बाढी प्रभावित भन्छन्, ‘आब ट अनुगमनमे अउइयनके मुँहे नै हेर्नास् लागठ’

बाढी प्रभावित भन्छन्, ‘आब ट अनुगमनमे अउइयनके मुँहे नै हेर्नास् लागठ’

११७४ दिन अगाडि

|

२७ साउन २०८०

ठुम्रार साहित्यिक बखेरी पुनः सुरु

ठुम्रार साहित्यिक बखेरी पुनः सुरु

११७४ दिन अगाडि

|

२७ साउन २०८०

थारु भाषा साहित्यलाई  प्रवद्र्धन गर्ने उद्देश्यले ठुम्रार साहित्यिक श्रृंखला पुनः सुरु भएको छ ।  कोरोनाकालमा ठुम्रार साहित्यिक बखेरी स्थगित भएको थियो । बीचमा झुल्किएकोमा पुनः ९४ औं श्रृंखलापछि वर्ष दिनदेखि स्थगित थियो । यसै क्रममा ९५ औं श्रृंखला साउन २७ गते कीर्तिपुरको बरघर रेस्टुरेन्टमा सम्पन्न भएको छ । कार्यक्रममा गणेश वर्तमान, शत्रुघन चौधरी, गायक दोषहरण चौधरी, नन्दुराज चौधरी, डा रामबहादुर चौधरी, डा कृष्णराज सर्वहारी, वीरेन्द्र चौधरी, सिताराम चौधरी, प्रसादु थारु लगायतले आआफ्ना रचना वाचन र विचार राखेका थिए ।  अब कार्यक्रम प्रत्येक महिनाको अन्तिम शनिबार नियमित गर्ने कार्यक्रमका सुत्राधार डा कृष्णराज सर्वहारीले प्रतिवद्धता जनाए । साथै, उनले नेपाल प्रज्ञा प्रतिष्ठानबाट प्रकाशित हुन गैरहेको थारु पत्रिकाका लागि रचना पठाउन पनि आह्वान गरे ।  प्रज्ञामा ‘मातृभाषा साहित्य श्रृंखला’को सुरुवात यसैगरी, नेपाल प्रज्ञा प्रतिष्ठानको साहित्य (मातृभाषा) विभागले मातृभाषा साहित्यको मासिक शृंखला साउनबाट सुरु गरेको छ । पहिलो शृंखलाअन्तर्गत शुक्रबार डा. सोमबहादर धिमालले ‘धिमाल भाषाको साहित्य र युवाको भूमिका’ शीर्षकको कार्यपत्र प्रस्तुत गरे । सो अवसरमा डा. धिमालले धिमाल भाषा, साहित्यको वर्तमान अवस्थाको विविध पाटोबारे प्रकाश पारेका थिए । बिहेलगायत अवसरमा गाइने गीत हराउँदै गएको उनको भनाइ थियो । पहिले आर्थिक अवस्था कमजोर हुनेले बिहेभोज पछि ख्वाए पनि हुन्थ्यो । त्यसैले, आफूले आफ्नै बाबुको बिहेभोज खाएको रोचक प्रसंग उनले सुनाए ।  मातृभाषा विभाग प्रमुख प्राज्ञ राजन मुकारुङले श्रृङ्खलाले मातृभाषीहरुले अपनत्व महसुस गर्न पाउने  विश्वास व्यक्त गरे । उनले भने, ‘वर्षमा मात्र एक दिन मनाइने मातृभाषा दिवसको न्यास्रो यसले मेट्ने छ ।’ कुलपति भूपाल राईले प्रज्ञाको ६८ वर्षको इतिहासमा पहिलो पटक ‘मातृभाषा साहित्य शृंखला’को सुरुवात गरेकोमा मातृभाषा विभागको सराहना गरे । कार्यक्रममा अञ्जु राजवंशी, विनिता ताजपुरिया तथा देवकुमार चौधरीले आआफ्नो भाषामा कविता वाचन गरेका थिए । विभागका अनुसार अब भदौ महिनाको अन्तिम शुक्रबार कोँइच सुनुवार विशेष श्रृङ्खला (सिर्जना, संवाद र विमर्श) हुनेछ ।

 ५० प्रतिशत रोगबाट बचाउँछ सन्तुलित भोजनले

 ५० प्रतिशत रोगबाट बचाउँछ सन्तुलित भोजनले

११७५ दिन अगाडि

|

२६ साउन २०८०

माया श्रेष्ठ  नेपालमा खान नपाएर धेरै नागरिक कुपोषित छन् । साथै खाना खान नजानेर पनि कुपोषित भई विभिन्न रोगका सिकार बन्ने गरेको पोषणविद्हरू बताउँछन् । यस्तै खान नपाएर र भएको खानलाई मिलाएर खान नजानेर मृत्युको मुखमा पुग्ने गरेको परिवार कल्याण महाशाखा अन्तर्गत पोषण शाखाका पूर्वप्रमुख केदार पराजुली बताउँछन् । शारीरिक र मानसिक रूपमा स्वस्थ रहन ताजा र स्वस्थ आहार आवश्यक पर्छ । गर्मी मौसममा शरीरलाई स्वस्थ राख्न पनि सफा र सन्तुलित आहार आवश्यक पर्ने पूर्वप्रमुख पराजुलीको भनाइ छ । बर्खायाममा खानपानमा कसरी ध्यान दिने ? जाडो होस् वा गर्मी सन्तुलित भोजन र सरसफाइमा विशेष ख्याल गर्नु पर्छ । खानामा सबै तत्त्वहरू पर्याप्त मात्रामा उपलब्ध हुनु पर्छ । यस याममा पसिना र पिसाबका माध्यमबाट पानीजन्य पदार्थ बढी जाने गर्छ । गर्मी मौसममा शरीरमा बाहिरी तापक्रम बढी हुने भएकाले खाने कुरा र पिउने पानीमा विशेष ध्यान दिनु पर्छ ।  पानीको प्रयोग  बर्खाको समयमा पानी धेरै पर्ने भएकाले पानीका मुहान सफा नहुन सक्छन् । त्यस्ता मुहानबाट हाम्रा धारामा आउने र बजारमा जारमा पाइने पिउने पानी सफा र शुद्ध नहुन सक्छन् । त्यसैले बर्खा याममा पिउने र सरसफाइमा प्रयोग गर्ने पानीको शुद्धतामा ध्यान पुर्याउनु पर्छ । पराजुलीका अनुसार पानी उमालेर मात्र पिउनु पर्छ । क्लोरिन राखेर शुद्ध बनाइएको पानीले मात्रै नुहाउन, भाँडा माझ्न सुझाव दिन्छन् पराजुली । ज्यादै गर्मी हुँदा पानीको सट्टामा चिसो भनेर फ्यान्टालगायत कोल्डड्रिक्ङ्स पिउँदा स्वास्थ्यमा उल्टै असर पर्ने उनले बताए । कोल्डड्रिङ्क्स सट्टामा सादा, शुद्ध, फिल्टर गरी उमालेको पानीलाई चिसो वा हल्का तातो बनाएर पुदिना, कागती राखेर प्रशस्त मात्रामा पिउन उनको सुझाव छ ।  यसैगरी सुक्खा र सफा भाँडा पखालेर खाना पस्किने चलन धेरैको छ । यसरी भाँडा पखाल्नु नहुने पराजुलीको धारणा छ । उनी भन्छन्, ‘धोएर सुक्खा बनाएर राखिएका थाल, बोटुकालगायत भाँडा हामी पुनः पखाल्ने गर्छौं । यसरी पखाल्दा शुद्ध भाँडा झन् फोहोर हुन पुग्छन् । किनभने बर्खाको समयमा धाराको पानी शुद्ध छ भन्ने ग्यारेन्टी हुँदैन । त्यसैले धोएर राखिएको सुक्खा भाँडा फेरि सफा नगरौँ ।’  खानपानको सुरक्षा गर्मीको समयमा बासी खाना खानु हुँदैन । गर्मीमा झिँगा बढी फैलिन्छन् । त्यसैले पकाएको खाना केही समयपछि खाने भए पनि छोपेर राख्न पराजुली सुझाव दिन्छन् । खाना खुला राख्दा झिँगा, फ्ट्याङ्ग्रा, कीराहरूले फोहोर गरिदिने भएकाले छोपेर राख्नु पर्छ । त्यसैगरी पकाएर लामो समयसम्म राख्नु हुँदैन, तुरुन्तै खानुपर्छ । तत्काल खान फुर्सद नभए छोपेर फ्रिजमा राख्नु पर्छ । अनि आफूलाई अनुकूल भएपछि तापक्रम मेन्टेन गरी खान सकिने उनको भनाइ छ । उनले भने, ‘फ्रिजमा राखेको खाने कुरा पुनः नताएर खानु पर्छ । खानालाई लामो समयसम्म राखेर त्यतिकै खान हुँदैन ।’  फलफूल तथा तरकारी हामीले नियमित रूपमा खाने साग, तरकारी, फलफूलमा अत्यधिक मात्रा कीटनाशक औषधी प्रयोग भइरहेको समाचार प्रशस्त सुनका छौँ । यस्ता तरकारी तथा फलफूल राज्यले अनुगमन गरी कीटनाशक औषधीरहित भनेर जनतालाई सुसूचित गरी उपभोगको व्यवस्था मिलाइदिनुपर्ने उनको भनाइ छ । ‘फलफूल तथा तरकारी बजारमा आउनुभन्दा अगाडि कीटनाशक औषधी मात्रा छ वा छैन, कीटनाशक औषधी फलफूल तरकारीमा खानेयोग्य स्तारसम्मको छ छैन जनताले थाहा पाउनुपर्छ,’ पराजुलीले भने । विशेषगरी सहरी क्षेत्रमा विषादीयुक्त तरकारी र फलफूल खान बाध्य  भएकाले क्यान्सर, मिर्गौला लगायत अन्य स्वास्थ्य समस्या उत्पन्न भएको पनि उनले जानकारी दिए । सागमा फाइबरको मात्रा बढी हुन्छ । यसले खाना पचाउन सहयोग गर्छ । सागसब्जी पकाउनुभन्दा अघि भिजाएर राखेर पकाउनु पर्छ । विषादीबाट जोगिने मुख्य उपाय भनेको तरकारी फलफूल किनेर ल्याउनेबित्तिकै नखान उनको सुझाव छ । फलफूलको बाहिरी भागमा किटनाशक औषधी राखिएको भए तत्काल खानु हुँदैन । त्यस्ता फलफूल खानुभन्दा २४ घण्टा अगाडि कागती पानीमा डुबाएर पखालेर खान पनि उनको आग्रह छ ।  फलफूलको बाहिरी तहमा भएको कीटनाशक औषधीलाई २४ घण्टासम्म पानी डुबाउँदा केही मात्रा हट्ने उनले बताए । यद्यपि बाहिरी सतहमा भएको कीटनाशक औषधि पानी भिजाउँदा हटे पनि  भित्री भागमा बाँकी रहने सम्भावना भएकाले केही समय राखेर उपभोग गर्नु राम्रो हुने उनी बताउँछन् ।  फलफूलमा झन्डै ९० प्रतिशत पानीको मात्रा हुन्छ । त्यसैले सकेसम्म बढी मात्रामा फलफूलको उभोग गर्दा स्वास्थ्यका लागि फाइदा हुने उनले बताए । सिजन अनुसारका फलफूलमा पोषकतत्त्व बढी पाइन्छ । गर्मी याममा आँप, लिची लगायतका फलफुल पाइन्छन्, यस्ता मौसामी फल खाँदा बढी गर्मी हुन्छ भन्नु भ्रम मात्र हो । दिवा खाजा   बर्खाको समयमा विशेषगरी पानीजन्य रोगले सताउँछ । विद्यालयमा बच्चालाई दिवा खाजा खुवाउने व्यवस्था गरिएको हुन्छ, त्यस्ता ठाउँमा सरसफाइमा विशेष ख्याल गर्नुपर्छ । विद्यालयको चेमेनागृहमा खाजा बनाउने भान्सेको सरसफाइ, पिउने पानी र प्रयोग गर्ने पानीमा शुद्धता सावधानी अपनाउन उनको सुझाव छ ।   उनी भन्नछन्, ‘त्यहाँ खाना अस्वस्थकर भएमा धेरै बालबालिका प्रभावित हुन्छन् । उनीहरूलाई विभिन्न सरुवा रोगका भाइरस, फङ्गस, ब्याक्टेरियाले चाँडो सङ्क्रमण गर्ने भएकाले सतर्कता अपनाउनु पर्छ ।’ स्कुल र दिवा खाजा बनाउने भान्सेको व्यक्तिगत्त सरसफाइ, साना नानीबाबुलाई खान दिने भाँडाको सरसफाइ र स्वस्थकर खाजामा स्कुलले ध्यान दिन आवश्यक पर्ने उनले बताए ।  ५० प्रतिशत रोगबाट जोगिइन्छ खानपानमा मात्रै ध्यान दिइयो भने ५० प्रतिशत नसर्ने रोगहरूबाट जोगिन सकिने पूर्वप्रमुख पराजुलीले बताए । नेपालमा खाना अर्थात् सन्तुलित आहारले उपचार हुन्छ भन्ने कुरालाई सम्बन्धित निकायले जनमानसमा जानकारी दिन नसकिएको उनको भनाइ छ । उनले भने, ‘रोग लाग्नासाथ हामी डाक्टर भेट्न जान्छौँ । डाक्टरले औषधि लेखिदिने वा अप्रेसन गर्ने लगायतका विधि अपनाउँछन् । तर खानाबाट पनि उपचार सम्भव छ भन्नेतिर कसैको ध्यान गएको छैन ।’ खानपानबाटै बिरामी हुनबाट जोगिन्छ भन्ने कुराको ज्ञान, अभ्यस कम भएको पूर्वप्रमुख पराजुलीले बताए । मेडिकल सेवा दिनेहरूले समेत खानातर्फभन्दा औषधीतर्फ बढी ध्यान दिइएको उनले बताए । 

किन मनाइन्छ आदिवासी दिवस ?

किन मनाइन्छ आदिवासी दिवस ?

११७७ दिन अगाडि

|

२४ साउन २०८०

मणिराज महतो   9 अगस्टलाई प्रत्येक वर्ष आदिवासी दिवसको रुपमा मनाउने गरिन्छ। यस दिन बिश्वभरिका आदिवासी समुदायका मानिसहरू, आदिवासी संगठनहरु तथा संयुक्त राष्ट्र संघका धेरैजसो देशका सरकारी संस्थाहरु द्वारा परिचर्चा, सामूहिक समारोहहरु आयोजना गरिन्छन्।  9 अगस्ट 1995 मा पहिलो पटक बिश्व आदिवासीदिवसको आयोजना गरिएको थियो। यो दिवस संसारभरिका आदिवासीहरु को सबैभन्दा ठूलो दिन हो। यसर्थ 9 अगस्टमा किन बिश्व आदिवासी दिवस मनाइन्छ ? यो दिवसले आदिवासीहरुको लागि के महत्व राख्छ ? आदिवासी दिवस मनाउने परम्परा कहाँबाट शुरु भयो ? संयुक्त राष्ट्र संघले बिश्व आदिवासी दिवसको घोषणा किन गर्यो ? बिश्व आदिवासी दिवस मनाउनुको उद्देश्य के हो ? भन्ने बारेमा केही बुझ्ने कोसिस गरौँ।  संसारभरिका 195 देश मध्येमा 90 देशहरुमा 5000 भन्दा बढि आदिवासी समुदायहरु छन् जसको जनसंख्या करिब 37 करोड भन्दा धेरै रहेको छ। आदिवासीहरु को आफ्नै 7000 भाषाहरु छन् तर आदिवासीहरुकै अधिकार सबैभन्दा बढी हनन् हुने गर्दछ। यसैलाई मध्यनजर गर्दै बिश्व आदिवासी दिवस मनाउने निर्णय लिइयो, जसको मूल उद्देश्य हो- आदिवासी जनजातिहरुको अधिकारको सुरक्षा र प्राप्तीको सुनिश्चितता गर्ने र बिश्वको पर्यावरण संरक्षणमा आदिवासीहरुले पुर्याएको योगदानको प्रचार गर्ने। आदिवासीहरुको अधिकारको लागि आदिवासी दिवस मनाउनुको पछाडी एउटा लामो इतिहास रहेको छ। आदिवासीहरुको साथमा भइरहेको बिभेदको मुद्दालाई अन्तर्राष्ट्रिय श्रम संगठन ( जो लिग अफ नेशन पछि युनाइटेड नेशनको एउटा प्रमुख अंग बन्यो) ले सन् 1920 देखि उठाउन शुरु गर्यो। यस संगठनले सन् 1957 मा ‘ इंडिजिनस एंड ट्राइबल पिपुल्स कन्भेन्शन सं 107’ नामक दस्तावेज पारित गर्यो, जुन आदिवासी जनजातिहरुसंग सम्बन्धित पहिलो अन्तराष्ट्रिय दस्तावेज हो। यो दस्तावेज बिश्वभरिका आदिवासीहरुमाथि हुने गरेका यातना र बिभेदबाट बचाउनको लागि पारित गरिएको थियो। ILO ले पुनः सन् 1989 मा उक्त दस्तावेजको संसोधन गर्दै इंडिजिनस एंड ट्राइबल पिपुल्स कन्भेन्शन 169 ( ILO 169 ) जारी गर्यो। यस दस्तावेजले आदिवासीहरुको आत्मनिर्णयको अधिकारको मान्यता दिदै जल, जंगल, जमिन लगायतका प्राकृतिक संसाधनहरुमाथि आदिवासीहरुको पहिलो हकको स्विकृति प्रदान गरेको छ। यही दस्तावेजले संयुक्त राष्ट्र संघद्वारा 13 Dec 2007 मा जारी गरिएको आदिवासी अधिकार घोषणापत्रमा प्रमुख भूमिका निर्वाह गर्यो। बिश्व आदिवासी दिवस मनाउनुको पछाडी संयुक्त राज्य अमेरिकाका आदिवासीहरुको सबैभन्दा ठुलो भूमिका रहेको छ। अमेरिकी देशहरुमा 12 October मा कोलम्बस दिवस मनाउने प्रचलन थियो, जसको त्यहाँका आदिवासीहरुबाट घोर बिरोध भयो र सोही दिन आदिवासी दिवस मनाउन शुरु गरि दिए। त्यहाँका आदिवासी समुदायले कोलम्बस दिवसको दिन आदिवासी दिवस मनाउनु पर्ने भनेर सरकारसंग माग राखे, किनभने कोलम्बसले त्यो औपनिवेशिक शासन ब्यवस्थाको प्रतिनिधित्व गर्दथ्यो, जसको लागि ठूलो नरसंहार भएको थियो। यो बिबाद बढ्दै गएर संयुक्त राष्ट्र संघ समक्ष पुग्यो। अमेरिकी देशहरुमा आदिवासीहरुमाथि भएको भेदभावको मुद्दाको लागि संयुक्त राष्ट्र संघको सहयोगमा सन् 1977 मा जेनेभामा एक अन्तर्राष्ट्रिय सम्मेलनको आयोजना गरियो। यस सम्मेलनमा पनि कोलम्बस दिवस हटाएर त्यस दिन आदिवासी दिवस हुनुपर्ने जोडदार माग उठ्यो। बिस्तारै आदिवासी दिवसको मुद्दा बिश्वभर पेचिलो बन्दै गयो। आदिवासीहरुले सन् 1989 देखि आदिवासी दिवस मनाउन शुरु गरे, जसलाई धेरैले समर्थन गरे। अन्ततः 1992 October 12 मा अमेरिकी देशहरुमा कोलम्बस दिवस हटाएर त्यस दिन आदिवासी दिवस मनाउने परम्पराको शुरुवात भयो। यसको साथसाथै संयुक्त राष्ट्र संघले आदिवासीहरुको अधिकारको बिषयलाई लिएर अन्तर्राष्ट्रिय कार्यदल गठन गर्यो, जसको प्रथम बैठक 9 अगस्ट 1982 मा जेनेभामा भयो। संयुक्त राष्ट्र संघले सन् 1994 लाई आदिवासी बर्ष घोषणा गर्यो। 23 December 1994 मा संयुक्त राष्ट्र संघले 1995-2004 सम्म प्रथम आदिवासी दशक घोषणा गर्यो र आदिवासीहरुको मुद्दाको बारेमा 9 अगस्ट 1982 मा बसेको प्रथम बैठकको स्मरणमा 9 अगस्टलाई प्रति बर्ष आदिवासी दिवस मनाउने घोषणा गर्यो। यसको अलावा संयुक्त राष्ट्र संघले सन् 2005-2014 सम्म द्वितीय आदिवासी दशक घोषणा गर्यो, जसको उद्देश्य आदिवासीहरुको मानवअधिकार, पर्यावरण, शिक्षा, स्वास्थ्य, आर्थिक एवंम् सामाजिक बिकासको मुद्दालाई समाधान गर्न अन्तर्राष्ट्रिय सहयोग जुटाउनु हो। बिश्व आदिवासी दिवस बिश्वभरिका आदिवासीहरुको अधिकार सुनिश्चित गराउने र त्यसको बिकासमा जोड दिने दिन हो।  त्यसैले, प्रत्येक वर्ष 9 अगस्टको दिन सबै आदिवासीहरुले आफ्नो एकता र अधिकारको लागि संघर्ष र प्रतिबद्धताको प्रदर्शन गर्न जरुरी छ। यस दिन आदिवासीहरुले आफ्नो मातृभूमिको पहिलो निवासी आफूहरू भएको घोषणा गर्ने तथा जल, जंगल, जमिन लगायतका प्राकृतिक संसाधनहरुमाथि आफूहरूको पहिलो हक भएको दाबी गर्ने दिन हो। जय आदिवासी दिवस। नवलपरासी , नवलपुर

गच्छदारसहित ४ पूर्वमन्त्रीविरुद्ध पक्राउ पुर्जी जारी

गच्छदारसहित ४ पूर्वमन्त्रीविरुद्ध पक्राउ पुर्जी जारी

११७९ दिन अगाडि

|

२२ साउन २०८०

ललिता निवास क्याम्प भित्रको जग्गा हिनामिना प्रकरणमा  नेपाली कांग्रेसका केन्द्रीय सदस्य विजय गच्छदारविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । काठमाडौँ जिल्ला अदालतले आइतबार गच्छदार सहित चार जना पूर्वमन्त्रीविरुद्ध पुर्जी जारी गरेको केन्द्रीय अनुसन्धान ब्यूरोका एकजना अधिकृतले  बताए । ब्यूरो स्रोतका अनुसार पूर्व मन्त्रीहरू डम्बरबहादुर श्रेष्ठ, चन्द्रदेव जोशी र सञ्जयकुमार साह विरुद्ध पुर्जी जारी भएको छ ।  ललिता निवासको सरकारी जग्गा हिनामिना प्रकरणमा पूर्व मन्त्रीहरूले ‘सरकारी लिखत किर्ते’ गरेर व्यक्तिको नाममा लैजान भूमिका खेलेको आरोप छ । विजय गच्छदार २०६७ मा भौतिक योजना तथा निर्माण मन्त्री थिए । २०६७ असारमा भौतिक योजना तथा निर्माण मन्त्रालयमा शाखा अधिकृत हुँदा हाल सञ्चार मन्त्रालयका सचिव कृष्ण राउतले विशिष्ट व्यक्तिहरूको निवास बिस्तार सम्बन्धमा गुरुयोजना तयार गर्ने प्रस्तावको टिप्पणी उठाएका थिए । राउतले उठाएको टिप्पणीलाई तत्कालीन सह–सचिव नारायण गोपाल मलेगोले ‘राय सहित’ भौतिक योजना तथा निर्माण मन्त्रालयका तत्कालीन सचिव दीप बस्न्यातकहाँ पेस गरेका हुन् । बन्स्यातले ‘राय’ सहितको प्रस्ताव सदर गरेर मन्त्री विजय गच्छदारकहाँ पेस गरे । सो प्रस्ताव राज्यमन्त्री सञ्जय साह र उप–प्रधानमन्त्री गच्छदारले सदर गरेर मन्त्रिपरिषद मा लगेका हुन् ।

तिख्खर स्वादका थारू परिकार

तिख्खर स्वादका थारू परिकार

११८० दिन अगाडि

|

२० साउन २०८०

सन्तोष दहित  तिख्खर र फरक स्वादका कारण पछिल्लो समय ‘थारू परिकार’ ब्रान्ड बन्दै गएको छ। केही वर्षअघिसम्म थारु बस्तीमै सीमित रहेका ‘थारू परिकार’ अहिले भने ब्रान्ड बन्दै गएको छ। गाउँदेखि शहरसम्म धेरैको रोजाइमा थारू परिकार परिरहेका छन्। कतिपयत थारू परिकारको स्वाद लिन थारू होमस्टे र होटेलमा पुग्न थालेका छन्। घोराही उपमहानगरपालिका-१६ स्थित कबिला रिर्साेटमा हरेक दिन थारू परिकारको स्वाद लिन आउनेको घुइचो लाग्ने गरेको छ। थारू समुदायभन्दा गैर थारु समुदायका मान्छे बढी आउने गरेको रिर्साेटका प्रबन्धक विकास चौधरी बताउँछन्। थारु परिकार स्वस्थ, अर्गानिक र स्वादिलो भएकाले पनि सबैको रोजाइ भएको चौधरीको बुझाइ छ। यो रिर्सोटमा विशेष गरेर थारू परिकार ढिक्री, घोङघी, अनदीको रोटी, माछा, गंगटा, लोकल भालेको मासुका परिकार, सुंगुरको मासुका परिकार, आलुको चटनी बन्ने गरेका छन्। यहि स्वाद लिन ग्राहक आउने गरेको उनी बताउँछन्। त्यस्तै, बाँकेको गाभर भ्याली होमस्टेमा थारु परिकार नै ब्रान्ड बनेका छन्। थारू परिकारले नै होमस्टे चलेको सञ्चालक कृष्ण चौधरी बताउँछन्। “आन्तरिकसँगै बाह्य पर्यटकको रोजाइमा पनि थारू परिकार नै पर्छन्,” सञ्चालक चौधरी भन्छन्, “अन्य परिकार भन्दा भिन्नै स्वाद भएकाले पनि थारु परिकार ब्रान्ड बनेको हो।” केही वर्षयता थारु समुदायका परिकारको माग बढेको छ। ग्राहकको मागअनुसार, थारू परिकार आपूर्ति गर्न नसकिएको उनी बताउँछन्। लोकप्रिय थारू परिकार ढिक्री: ढिक्री सबैभन्दा लोकप्रिय र मौलिक परिकार हो। चामलको पिठो मुछेर विभिन्न आकारमा बनाइन्छ। पानीको बाफमा उसिनेर पकाइन्छ। करीब एक घण्टा जति ढिक्रीलाई पानीको बाफमा पकाइसकेपछि तयार हुन्छ। ढिक्री विशेष गरेर माघी र दशैंमा खाने प्रचलन थियो। तर, अहिले भने व्यवसायीक रुपमा थारू होमस्टे र होटलमा बिक्री भइरहेको छ। घोङ्घी:   घोङ्घी थारू समुदायको अर्को लोकप्रिय परिकार हो। शंखेकीराजस्तै देखिने घोङ्घी माछा पाल्ने पोखरी, तलाउ या खोलामा पाइने जीव हो। घोङ्घी बटुलेर ल्याएपछि करीब १२ घण्टा जति भाडामा राखेर पिठो खुवाइन्छ। त्यसपछि घोङ्घीलाई पानीमा उमालेर सफा गरिन्छ। घोङ्घीको पछाडिको भाग काटेर आवश्यकताअनुसार पकाइन्छ। घोङ्घीलाई ग्रेभी या उसिन्ने गरिन्छ। पकाइसकेपछि घोङ्घी चुसेर खाने गरिन्छ। घोङ्घी चुस्दा घोङ्घीको भित्री मासु मुखमा आउछ। घोङ्घी खाएपछि, ढाड, घुँडा तथा जोर्नी दुखाई कम हुने जनविश्वास छ। गंगटो: थारु समुदायको अर्काे परिकार हो, गंगटो। दलदले हिलो, खोला तथा छिपछिपे पानी या दुलोमा पाइन्छ। गंगटालाई विभिन्न तरिकाले पकाउने गरिन्छ। तेलमा फ्राई गरेर या ग्रेभी बनाएर वा सुपमा पकाएर खाने प्रचलन छ। यसलाई पोलेर अचार या चटनीको रुपमा पनि खान सकिन्छ। माछा: माछा थारु समुदायको विशेष परिकार हो। हरेक पर्वमा थारू समुदायले माछा मारेर खाने प्रचलन छ। चाडपर्वमा मात्र होइन, फुर्सद भयो कि थारु समुदायले नजिकै खोला, पोखरी, तलामा माछा मारेर खाने गर्दछन्। माछामध्ये थारु समुदायले झिँगाजस्तै उफ्रिहिँड्ने झिँगे माछा, गुइटा माछा, सिध्रा माछा लोकप्रिय छ। माछालाई विभिन्न तरिकाले पकाएर खाने गरिन्छ। घरेलु मदिरा: मदिरा थारु समुदायको अर्को लोकप्रिय पेय पदार्थ हो। महुवा, अन्दी, कोदो, मकै, जामुन, टिमुर, कुरिलोबाट मदिरा उत्पादन गरिन्छ। परम्परागत सीपका आधारमा उत्पादन हुने घरेलु मदिरालाई ब्रान्डिङ नै गर्न थालिएको छ। लुम्बिनी प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८०/८१ मा थारु समुदायको मदिरा ब्रान्डिङका लागि १२ करोड ८९ लाख बजेट नै छुट्याएको छ। परम्परागत सीपका आधारमा उत्पादन हुने घरेलु मदिरा ब्रान्डिङ गर्न कानूनी व्यवस्था र औद्योगिक प्रवर्द्धनात्मक कार्यक्रमका बजेट विनियोजन गरिएको मुख्यमन्त्री डिल्लीबहादुर चौधरी बताउँछन्। यसको ब्रान्डिङ गर्दा प्रदेशका २५ हजार जनाले रोजगारी पाउने मुख्यमन्त्री चौधरीको भनाइ छ। हिमालखबरबाट

मधेस बुझ्न काठमाडौँमै पुस्तकालय स्थापना

मधेस बुझ्न काठमाडौँमै पुस्तकालय स्थापना

११८१ दिन अगाडि

|

२० साउन २०८०

सङ्घीय राजधानी काठमाडौँमा मधेस पुस्तकालयको स्थापना भएको छ ।  काठमाडौँमा मधेसका युवाहरूको एक समूहले मधेस पुस्तकालय तथा अनुसन्धान केन्द्र सञ्चालनमा ल्याएको हो । काठमाडौँस्थित आलोकनगरमा  पुस्तकालय तथा अनुसन्धान केन्द्र सञ्चालनमा ल्याइएको हो ।  पुस्तकालयमा मधेस, देश र विश्व अनि विभिन्न क्रान्ति, सङ्घर्ष र दर्शनसँग सम्बन्धित किताबहरू राखिएका छन् । युवाहरूले किताब र आर्थिक सहयोग सङ्कलन अभियान नै सञ्चालन गरेर पुस्तकालयको स्थापना भएको छ । अभियान निरन्तर रहने र पुस्तकालयलाई थप व्यवस्थित अनि विकसित गर्दै लैजाने योजना रहेको छ । मधेस पुस्तकालय तथा अनुसन्धान केन्द्रले मधेसको विषयमा खोज र अनुसन्धानहरूसमेत गर्ने बताइएको छ । 'पुस्तकालय युवाहरू अध्ययनको केन्द्र बन्छ । यसलाई ज्ञान निर्माणको थलोको रूपमा पनि बुझ्दा हुन्छ', पुस्तकालयका अध्यक्ष शिव यादव भन्छन्, 'पुस्तकालय मधेसको समसामयिक मुद्धाहरुको वैचारिक रूपमा पनि बहस गर्ने स्थलको रूपमा विकास गरिनेछ ।' ‘ज्ञान निर्माण प्रक्रियामा मधेसको सदैव अग्रणी भूमिका रहँदै आइरहेको छ । विश्वमा ज्ञानको ज्योति फैलाउने गौतम बुद्धदेखि लिएर यज्ञब्लक्य, अष्टाबक्र, विधापती, जनक जस्ता विद्वत्ता प्राप्त गरेका महा–मानवहरूको जन्म मदेसको गर्वबाट भएको हो', अध्यक्ष यादव भन्छन्, 'राजा जनकको दरबारमा विश्वका उत्कृष्ट विद्वान्हरूको साक्षरता हुने गर्दथ्यो । संवाद हुने गर्दथ्यो । तर, पछिल्लो समय मधेसमा ज्ञान निर्माणको कुरा त परै जाओस ज्ञान आदान प्रदान पनि भइरहेको छैन । सो सम्बन्धी संवाद पनि भइरहेको छैन । जसको फलस्वरूप मधेसी युवाहरूमा आलोचनात्मक चेत हराउँदै गइरहेको छ भने उनीहरूमा अवसरवादी चरित्र मौलाउँदै गइरहेको छ ।' कुनै समय मधेसीहरूमा चेतनाको स्तर यती धेरै थियो कि राजतन्त्रको विरुद्ध सङ्घर्ष गरिरहेका रामराजा प्रसाद सिंहलाई राजतन्त्र स्विकार्नू हेतु तत्कालीन राजा महेन्द्रले उनलाई देशको प्रधानमन्त्रीको अवसर दिँदा पनि म बिक्रीमा छैन भन्दै प्रधानमन्त्री पद अस्वीकार गरिदिएको अध्यक्ष यादवले बताए । 'तर, अहिलेका शासकहरूले मदेसका युवाहरूलाई सानो कुनै अवसर दिँदा पनि सहर्ष स्विकार्छन्', उनले भने, 'त्यसैले ती युवाहरूलाई जागरूक हुन पनि यो पुस्तकालयको स्थापना गरिएको छ ।'अघिल्लो पुस्ताले अब मधेस के हो यहाँ आएर बुझ्न सक्ने उनले बताए ।