काठमाडौं
थारु आयोगवाट प्रकाशित ‘थारू समुदायको थर सूचीकरण’बारे पुस्तक मंगलबार विमोचन भएको छ ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमनलाल मोदीले पुस्तक विमोचन गरेका हुन् ।
सो अवसरमा मन्त्री मोदीले संघीय निजामती ऐन मस्यौदामा थारू समुदायको जातीय जनसंख्या अनुसारै ६.६ प्रतिशत आरक्षण प्रस्ताव गरिएको जानकारी दिए । उनले भने, ‘तर, थारुलगायत आदिवासी जनजातिहरु खुल्लाका लागि छुट्याइएको ५१ प्रतिशत पनि हाम्रै लागि हो भनेर कडा मेहनत गर्नुपर्छ । अरुहरुले मात्रै फाइदा उठाए भनेर हल्ला मात्रै गर्नुको तुक छैन ।’
कार्यक्रममा संघीय सांसद अरुण कुमार चौधरी तथा रुपा सोशी चौधरीले एकल जातिको भोटले मात्र चुनाव जित्न नसकिने भएकाले सबैसँग सहकार्य, सद्भावको आवश्यकता औंल्याए ।

थारु आयोगका अध्यक्ष विष्णु चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा आयोगकी सदस्य शान्ति मोदी थारुले कार्यक्रमबारे प्रकाश पारेकी थिइन् ।
विमोचित पुस्तकमा थारू समुदायको ५३२ थर सूचीकरण गरिएको छ । थर भित्रको पनि उपथर केलाउँदा हजार बढी थर रहेको छ । उपथरको पनि सूचीकरण गरिएको छ ।
मानवशास्त्र केन्द्रीय विभागले थारु आयोगका लागि थर सूचीकरण प्रतिवेदन तयार पारेको थियो । थर सूचीकरण प्रतिवेदनका प्रमुख अनुसन्धानकर्ता कृष्णराज सर्वहारीले सूचीकरण गरिएको बाहेक छुटपुट अन्य थर रहेको हुन सक्ने बताए ।
प्रकाशित:
११३७ दिन अगाडि
|
२३ साउन २०८०
४ दिन अगाडि
|
२९ भदौ २०८३
५ दिन अगाडि
|
२८ भदौ २०८३
१८ दिन अगाडि
|
१५ भदौ २०८३
२० दिन अगाडि
|
१३ भदौ २०८३
२० दिन अगाडि
|
१३ भदौ २०८३
२६ दिन अगाडि
|
७ भदौ २०८३
३५ दिन अगाडि
|
२९ साउन २०८३
१४३८ दिन अगाडि
|
२५ असोज २०७९
१४७२ दिन अगाडि
|
२१ भदौ २०७९
१४८२ दिन अगाडि
|
१२ भदौ २०७९
१४३७ दिन अगाडि
|
२६ असोज २०७९
१३८७ दिन अगाडि
|
१५ मंसिर २०७९
१४४२ दिन अगाडि
|
२० असोज २०७९
१३७५ दिन अगाडि
|
२७ मंसिर २०७९