थारू समुदायको ‘गुरही’ पर्वमा विविध आयाम

थारू समुदायको ‘गुरही’ पर्वमा विविध आयाम

११६५ दिन अगाडि

|

४ भदौ २०८०

थारु समुदायमा गुरही पर्वको उल्लास, पालिकाहरूद्वारा सार्वजनिक बिदा

थारु समुदायमा गुरही पर्वको उल्लास, पालिकाहरूद्वारा सार्वजनिक बिदा

११६६ दिन अगाडि

|

३ भदौ २०८०

पश्चिम नेपालको थारु बस्तीमा गुरही पर्वको उल्लास बढेको छ । नाग पञ्चमीकै दिन मनाइने यस पर्वको उल्लास बढेको हो । नाग पञ्चमी तथा गुरही पर्व भोलि भदौ ४ गते परेको छ। कैलाली, कञ्चनपुर, बाँके, बर्दिया, दाङ, सुर्खेत जिल्लाका साथै पछिल्लो समय काठमाडौँमा समेत भव्यताका साथ पर्व मनाउन थालिएको छ ।  यस वर्ष भृकुटी मण्डपमा अग्रासन थारु महिला समूहको संयोजनमा भदौ ४ गते विहान ११ बजे विविध कार्यक्रम गरी गुरही मनाउन थालिएको समूहकी अध्यक्ष चम्पा चौधरीले बताइन् ।  गुरही भनेको एक किसिमको गाइने किरा हो । सोही किराको प्रतीकको रूपमा यो पर्वमा कपडाको पुतला, खेलौना बनाइन्छ । थारु बसोबास रहेका कतिपय स्थानमा यसलाई गुरही पर्व भन्ने गरिन्छ भने कतिपय ठाउँमा गुरिया पर्व पनि भनिन्छ । पर्वमा थारु समुदायका घरहरूमा घुघरी (चना, केराउ, मटरा, मकैको भुजा) तयार गरिन्छ । आफ्नै हैसियतअनुसार अन्य खानेकुरा पनि बनाइन्छन् । केटीहरू कपडाका रङ्गीचङ्गी कपडाका गुरही बनाउने गर्दछन् । केटाहरू सोंटा वा केराको डाँठ तयार पार्छन् । साँझपख बालिका तथा युवतीहरू परम्परागत पोशाकमा आ–आफ्नो थालीमा गुरहीको प्रतिमा र भुटेका मकै वा केराउसहित गाउँका सीमा वा चोकमा जम्मा हुन्छन् । यसैबीच केटाहरू सोटा लिएर जम्मा हुन्छन् ।  जम्मा भएका बालिकाहरु गुरही विसर्जन गर्छन् र केटाहरू सोंटा, कोर्राले पिट्छन् । केटीहरू गुरही विसर्जन गर्ने बेला र केटाहरू पिट्ने बेलामा रोगब्याध नलागोस, आफूमा भएको अवगुण जाओस् भनी कामना गर्दछन् । पिटिसकेपछि केटाहरूले केटीसँग घुघरी  माग्छन् र प्रसादस्वरुप ग्रहण गर्दछन् । कतिपय गाउँमा पिटिएका यी विसर्जन सडकमै चौराहामै छोडेर हिँडिन्छ भने कतिपय गाउँमा बाजागाजाका साथ नदीमा सेलाउन पनि लाने गरिन्छ । यो पर्व बालबालिकाको सहभागिताबिना अपूर्ण मानिन्छ । यस पर्वलाई बाल पर्वको रूपमा समेत लिइन्छ । पर्वको प्रभावले गाउँ समाजबाट दुःख, कष्ट, रोग, व्याधि हट्ने जनविश्वास छ । यसैबीच कैलाली, कञ्चनपुरका थारु बाहुल क्षेत्रका स्थानीय तहले स्थानीय बिदा समेत दिएका छन् भने थारु अधिकारवादी सङ्घ संस्थाले प्रदेश सरकारसँग विदाको माग समेत गरेको छ । थारु समुदाय आबद्ध ६ संस्थाले एक विज्ञप्ति जारी गर्दै बिदा माग गरेका हुन् । थारु कल्याण कारिणी सभा कैलाली, सखी सञ्जाल कैलाली, थारु लेखक सङ्घ, राष्ट्रिय कलाकार मञ्च, थारु नागरिक समाज र थारु विद्यार्थी समाजले संयुक्त विज्ञप्ति जारी गर्दै बिदा माग गरेका हुन् ।

राना थारु समुदायले तिज मनाए

राना थारु समुदायले तिज मनाए

११६६ दिन अगाडि

|

२ भदौ २०८०

अविनाश चौधरी सुदूरपश्चिम प्रदेशको कैलाली, कञ्चनपुरमा आज तिज पर्व मनाइएको छ । दुवै जिल्लामा बसोबास गर्ने राना थारु समुदायले तिज पर्व मनाएका हुन् ।  तिज राना थारु समुदायको ठुलो पर्व मानिन्छ र धूमधामसँग मनाउने गरिएको छ । आज महिला दिदीबहिनीहरू दिनभरि निराहार व्रत बसेर तिज पर्व मनाएको राना थारु समुदायका बुद्धिजीवी डा जीवन रानाले बताइन् । “पानीसमेत नखाएर दिनभरि व्रत बस्ने गर्छौ”, उनले भनिन्,“पछि साँझ नदीमा पूजाआजा गरेर त्यहीँ प्रसादको रूपमा तयार पारिएको परिकार खाने चलन छ ।” राना थारु समुदायको तिज अरू समुदायको तिजभन्दा फरक रहेको छ । महिलाहरू आफ्नो दाजुभाइ, भतिजाको दीर्घायुको कामना गर्दै व्रत बस्ने गरेका छन् । त्यसै गरी, आफूहरूको तिज दर बिनाको तिज रहेको रानाले बताइन् । “अरू समुदायको जस्तो हाम्रो तिजमा दर खाने चलन छैन”, उनले भनिन्,“साँझ पूजाआजा गरेर एकैचोटी प्रसाद र भात खाने हो ।”  तीजको दिन दिनभरि निराहार व्रत बसेर अपराह्न वा बेलुकातिर नदीमा गएर पूजा गर्ने चलन रहेको छ । त्यस क्रममा व्रतालु महिलाहरू समानकी डोला बनाउन प्रयोग गरिएको डोरी (मुरिया) काटेर लग्ने गर्दछन् । यसै गरी, झुरकी (कुसको गाँठो) बनाएर लग्ने चलन छ । विवाहित व्रतालुले सात वटा गाँठो र अविवाहितले पाँच वटा गाँठो बनाएर झुरकी लग्ने गरेको स्थानीय रामरतोदेवी रानाले बताइन् ।   मुरिया र झुरकी दुवै नदीमा सेलाइन्छ । सो क्रममा व्रतालुहरुले झुरकी र मुरियालाई नदीको धारमा छोडेर “धारै धार टाढा जानू, हाम्रो दाजुभाइ, भतिजाको उमेर बढाउनू” भन्छन् । झुरकी नदीमा बगेर जति टाढा गए दाजुभाइ, भतिजाको आयु त्यति नै लामो हुने विश्वास रहेको उनले बताइन्।  तीजको पूजाआजापछि व्रतालुसहित घरपरिवार सबै मिलेर सिमही, पुरी, गुलगुला, पकौडा, पपरा लगायतका मिठा परिकार खाने चलन रहेको छ । यसै गरी, दाजुभाइहरूले व्रतालुहरूलाई आशीर्वादको साथै सकेको दक्षिणा पनि दिने गरेका छन् । 

रेशम चौधरी रिहाई हुँदा कोही किन दुःखी ?

रेशम चौधरी रिहाई हुँदा कोही किन दुःखी ?

११६७ दिन अगाडि

|

२ भदौ २०८०

राष्ट्रपति रामचन्द्र पौडेलबाट आममाफी पाएर जेठ १५ गते छुटे रेशम चौधरी । उनी देशभरी नागरिक स्वागत, बधाई, अभिनन्दन थाप्न भ्याइ सकेका छन् । मेचीदेखि महाकालीको यात्रा पनि पुरा गरिसकेका छन् । त्यति मात्रै होइन, उनी केन्या र त्यहाँका आदिवासी जनजाति, उनीहरूको संगठनले गरेको स्वागत सम्मान थापेर आइसकेका छन् ।  केन्याबाट नेपाल फर्किने बेला सर्वोच्चको टीकापुर घटनासँग जोडिएको रेशम चौधरी बारेको पूर्णपाठ पनि आइसकेको छ । पूर्णपाठले अहिले देशमा ठूलै तरंग फैलिएको छ ।  तरंग ल्याउनेमा नश्लवादी सोंच भएकाहरू नै अग्रपंक्तिमा देखिएका छन् । ती मिडियाकर्मी हुन सक्छन्, कानुन ब्यबसायी हुन सक्छन्, अधिकारकर्मी हुन सक्छन् । विभिन्न दलहरूमा लागेका झोलेहरू हुन सक्छन्, तमाम निकाय, संघ, संगठनका विभिन्न पदहरूमा रहेका विभिन्न रंगरुपका ब्यक्तिहरू हुन सक्छन्, जसको सोंच सार्है संकीर्ण छ ।  जो यथास्थितिवादी छन्, जो उत्पीडितहरूले न्याय पाएको देख्न चाहँदैनन् । तिनीहरूको अनुहारमा टीकापुर मुद्दाबारे सर्वोच्चको पूर्ण पाठले खुशियाली छाएको छ । तर अधिकांश आदिवासी जनजातिहरू, थारूहरू, मधेसीहरू, दलितहरू, ब्राम्हन क्षेत्री समुदायका न्यायप्रेमीहरू गलत प्रचारले गर्दा दुःखी भएका छन् ।  सर्वाेच्चको पूर्ण पाठले रेशम पुनः जेल जानु पर्छ भनेको छैन । तर, कतिपय मिडियाहरू “रेशम जोल जाने” शीर्षक नै राखेर अदालतलाई उक्साइरहेका छन्, एक किसिमले दवाव दिइरहेका छन् ।  कथित बुद्धिजीवी, कानुन ब्यवसायी, मिडियाकर्मीहरू टीकापुर घटना सम्बन्धमा अलिकति पनि गम्भीर देखिएनन् । रेशम चौधरी कसरी २०७४ सालमा अत्याधिक मत ल्याएर चुनाव जिते ? २०७९ सालमा कसरी जेलबाटै गठिन उनको नागरिक उन्मुक्ति पार्टीले स्थानीय चुनावमा सफलता पायो ? २०८० का प्रदेश सभा र प्रतिनिधि सभामा कसरी उनको पार्टीले सफलता हासिल ग¥यो ? घोत्लिन जरुरी छ ।  विशेष गरी २०४६ पछि काँग्रेस, एमाले र २०६२÷०६३ पछिका दिनहरूमा माओवादी समेतका कर्तुतका कारण आज थारूहरू यो अवस्थामा पुगेका छन् । थारुहरूलाई आश्वासन दिइएको जातीय स्वशासन, आत्मनिर्णयको अधिकारको आश्वासन त खेर गयो, गयो, उनीहरूलाई पहिचानमा आधारित प्रदेशसम्म पनि कथित लोकतान्त्रिक, समाजवादी दलहरूले दिन चाहेनन् ।  हो, तिनै काला कर्तुतका कारण आज नश्लवादीहरूले सोंचे जस्तो अवस्थामा थारूहरू रहेनन् । उनीहरू देशमा भएका सबै दलले शुरुवात गरेका सबै आन्दोलनमा दरो उपस्थिति जनाएका छन् । तर, आन्दोलन गरेवापत आदिवासी जनजातिहरू, थारूहरूले के पाए ? आन्दोलनले सफलता पायो, थारूहरूले के पाए ?  आफूलाई जनताको बीचमा लोकतान्त्रिक भन्ने दलहरूले थरूहट क्षेत्रमा जाँदा के छातीमा हात राखेर, तुलसा तामा छोएर उनीहरूको माग पुरा गरेको भन्न सक्छन् ? मलाई त त्यस्तो लाग्दैन । थारूहरूको लागि हाम्रो पार्टीले सबैभन्दा बढी बोल्यो भनेर गफ लाउनेले पहिले स्पष्ट हुनु पर्दछ कि थारूहरूको मुख्य माग के थियो ? अहिले पनि मुख्य माग के हो ? तर त्यो हिम्मत कुनै पार्टी र गठबन्धन सरकारसँग छैन ।  थारूहरूमाथि सदावहार अन्याय अत्याचार भैरहेको छ । उनीहरूलाई जंगबहादुर राणाको पालामा बनेको बि.सं १९१० को मुलुकी ऐनले कुन दर्जामा राखेको थियो ? राजा महेन्द्रको शासनकालमा थारूहरूलाई हेर्ने दृष्टिकोण के थियो ? अहिले पनि थारूहरूलाई हेर्ने दृष्टिकोण के छ ? उनीहरू पनि मज्जाले पढिरहेका छन्, हेरिरहेका छन्, विश्लेषण गरिरहेका छन् ।  आफूहरूलाई अहिले पनि केवल लौरोको रुपमा मात्र प्रयोग गरिरहेको कुरा थारुहरु आब जानिफकार भैसके । काँग्रेस, एमालेको स्पष्ट थारूविरोधी सोंच र माओवादीको दोहोरो (दोग्ला) चरित्रका कारण आज आदिवासी जनजातिहरू, दलितहरू, थारूहरू अन्याय अत्याचार खेपिरहेका छन् । नागरिक उन्मुक्ति जस्तो क्षेत्रीय पार्टी जन्मन बाध्य छ । टीकापुर घटनामा रेशम मात्रै मुछिएका छैनन्, उनीसँग सिङ्गो थारु समुदाय मुछिएको छ । टीकापुर घटना थरुहट आन्दोलन हुँदा घट्न पुग्यो । थरुहट आन्दोलन किन भयो ? थारूहरूका माग के थिए ? न त हँसिया हथौडाले कहिल्यै बुझ्न चाह्यो, न त चारताराले, न त अन्यले ।  थारु समुदायको चाहना, माग सुनुवाई गर्नुको साटो सीमाको लागि, देशको लागि लड्ने सशस्त्र प्रहरी, सेनालाई समेत लगाएर लोकतान्त्रिक दलहरूले थरुहट आन्दोलनलाई दबाएका छन् ।  संविधान नबनेकै अवस्थामा अधिकार प्राप्तिको लागि भएको थरुहट आन्दोलनलाई राजनीतिक आन्दोलन नभन्ने हो भने स्पष्ट छ, हाम्रो देशको ब्यबस्थापिका, कार्यपालिका, न्यायापालिका नश्लवादी छ । २०७२ साल सम्मको कानुनमा गम्भीर प्रकृतिका घटनामा आममाफी दिन नमिल्ने कुरा थिएन । रेशम पक्राउपछि २०७५ सालदेखि त्यस्तो घटनामा आममाफी दिन नमिल्ने ब्यवस्था भएको देखिन्छ ।  भनिन्छ, संसारमा सबै ठूलो, अग्लो एन्टिना भनेको पुलिस प्रशासनको हुन्छ । हरेक घटना उसको निगरानीमा हुन्छ । तुरुन्त थाहा नपाएपनि ढिलो चाँडो उसले पत्ता लगाउन सक्छ । तर, जुन घटनामा उ आफैं संलग्न हुन्छ, त्यो घटना कहिल्यै टुङ्गो लाग्दैन । उ संलग्न भएको घटनालाई आफू पन्छिएर टुङ्गो लगाउने गर्दछ । त्यस अवस्थामा निर्दोषहरू दुःख झेल्ने अवस्था आउँछ ।  अख्तियार प्रमुखहरू भ्रष्टाचार गरेर अमेरिका भाग्दछन् । राजालाई प्रहरी, सेनाले बचाउन सक्तैनन् । माफियाहरूलाई कारवाही हुँदैन । निर्मला पन्तको मुद्दा टुङ्गो लाग्दैन । टीकापुरको घटनामा लाल आयोगको प्रतिवेदन सार्वजनिक हुँदैन । अनि थारूहरूलाई सिधै दोषी अपराधी भन्न भ्याउँछन् ।  अहिले सर्वोच्चको पूर्ण पाठ र मिडियाको प्रचारवाजीले रेशमको संगठनलाई झन् फाइदा भइरहेको छ । उसलाई जेल हाल्यो भने पुनः “बाबा टोहार छावा जेलम् परल बा” भन्ने बोलको गीत थारूहरूमा पुनः गहिरो स्थान पाउनेछ । उसप्रतिको समवेदना मान्छेमा सञ्चार हुन्छ । बरु बाहिर रह्यो भने उसले कुनै ठाउँमा बोल्दा, ब्यवहार गर्दा चिप्लिने डर हुन्छ ।  त्यसैले म त भन्छु, रेशम चौधरीको रिहाई हुँदा औधी खुशी हुनुपर्ने र औधी दुःखी हुनुपर्ने कारण छैन । अहिलेको दुनियाँमा रेशमको भौतिक शरीरलाई कारागारमा कैद गर्न सकिएला तर उनको विचार, उनको संगठनलाई कारागारमा कैद गर्न सकिन्न ।  फेरि सर्वोच्चको पूर्ण पाठले सरकारलाई मात्रै होइन, स्वयम् सर्वोच्चलाई समेत नैतिक संकटमा पारेको देखिन्छ । पाठको आशयअनुसार मुद्दा उल्ट्याउने वा रेशमलाई जेल हाल्ने हो भने ब्यवस्थापिका र कार्यपालिकाको महत्व के हुने ? भन्ने शक्ति पृथकीकरणको सिद्धान्तमा समेत असर पर्नेछ । आदिवासी जनजाति, आदिवासी थारूहरूले हेर्ने नजरियाको त के कुरा गर्नु र !         

 सुदूरपश्चिम प्रदेशसभा :  बजेट र विश्वासको मतमै सीमित

 सुदूरपश्चिम प्रदेशसभा :  बजेट र विश्वासको मतमै सीमित

११६९ दिन अगाडि

|

३२ साउन २०८०

सुदूरपश्चिम प्रदेशसभा बैठक हालसम्म अनिश्चित जस्तै बनेको छ । सरकारले बिजनेस दिन नसक्दा बैठक अनिश्चित बनेको हो । असार ३० गते प्रदेश सभाबाट चालु आर्थिक वर्षको बजेट पारित भएको थियो । त्यसयता प्रदेश सभा बैठक बस्न नसकेको हो । सभामुख भीम भण्डारीले बिजनेस नहुँदा हालसम्म बैठक आह्वान गर्न नसकिएको बताए । तर आज कार्य व्यवस्था समितिको बैठक बोलाएको जानकारी दिए । सभामुख भण्डारीले भने, ‘आज दिउँसो बैठक बोलाएको छु । संसदीय समितिको जिम्मेवारी बाँडफाँडसँगै संसदलाई बिजनेस दिनेबारे आजको कार्यव्यवस्था समितिको बैठकमा छलफल हुन्छ ।’ प्रदेश सभाबाट ‘सुदूरपश्चिम प्रदेश सरकारको अर्थ सम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक, २०८०’ र ‘विनियोजन विधेयक, २०८०’ बाहेक कुनै पनि नयाँ कानुन प्रदेश सभाबाट पारित भएको छैन । प्रदेश सभाको गतिविधिले प्रदेश सरकारको गतिविधिलाई झल्काउने हुँदा सरकार नै कछुवा गतिमा चलेकोले सभा पनि त्यस्तै चलेको प्रमुख प्रतिपक्ष दलको भनाइ छ । सरकार र सदनलाई कांग्रेस नेतृत्वको सरकारले अनिर्णयको बन्दी बनाएको प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका संसदीय दलका नेता राजेन्द्र सिंह रावल बताउँछन् । जसले गर्दा जनसरोकारका कानुन ल्याउने सवाल ओझेलमा परेको समेत उनको भनाइ छ । नयाँ निर्वाचनपछि करिब ८ महिनाको अवधिमा हालसम्म प्रदेश सभाबाट ‘सुदूरपश्चिम प्रदेश सरकारको अर्थ सम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक, २०८०’ र ‘विनियोजन विधेयक, २०८०’ बाहेक कुनै पनि नयाँ कानुन प्रदेश सभाबाट पारित भएको छैन । यी दुई कानुन प्रत्येक वर्ष ल्याउनु पर्ने हुन्छ । त्यस बाहेक प्रदेश सभाबाट ‘सुदूरपश्चिम प्रदेश आर्थिक ऐन, २०७९ लाई संशोधन गर्न बनेको विधेयक’ संशोधन भएको छ । यस बाहेक कुनै कानुन ल्याउन नसकेको हो । प्रदेश सभा केवल सत्ताको जोड घटाउमा मात्रै सीमित हुन पुगेको हो । नयाँ निर्वाचनपछि पौष १८ गते पहिलो अधिवेशन सुरु भएको थियो । उक्त दिन सभामुखको निर्वाचनमा मिति तोकियो । त्यसपछि केही बैठकहरू सभामुख र उपसभामुख निर्वाचनमै केन्द्रित बन्यो । माघ ३ गते सभामुख उपसभामुख चयनपछि अर्को बैठक पूर्व मुख्यमन्त्री राजेन्द्रसिंह रावलले विश्वासको मत लिनका लागि माघ २६ गते आह्वान गरे । उक्त दिन रावलले विश्वासको मत पाएनन् । संविधानको धारा १६८ को उपधारा ३ अनुसार कांग्रेस संसदीय दलका नेता कमल बहादुर शाह मुख्यमन्त्रीमा नियुक्त भए । त्यसपछिको बैठक पनि शाहले विश्वासको मत लिन फागुन २१ गते बस्यो । उक्त दिन शाहले २ दुई तिहाइ बढी मत पाए । हिउँदे अधिवेशनलाई विधेयक अधिवेशन पनि भनिन्छ । सरकारले आवश्यक कानुन निर्माणमा समय खर्चिनु पर्ने समयमा संसद् सभामुख उपसभामुख निर्वाचन र मुख्यमन्त्रीको विश्वासको मतमा मात्रै केन्द्रित बन्यो । निरन्तर बैठक बस्न नसक्दा प्रदेश सभा सदस्यहरू फुर्सदिला भएका छन् । उनीहरूको दिनचर्या कार्यक्रम उद्घाटन, शिलान्यास र अनुगमनमा सीमित बनेको हो । प्रथम अधिवेशन जेठ ६ गते सम्पन्न भएर जेठ १३ गतेबाट दोस्रो अधिवेशन सुरु भएको थियो । पहिलो अधिवेशनमा सभामुख उपसभामुख निर्वाचन र मुख्यमन्त्रीको विश्वासको मतमा मात्रै केन्द्रित भएको प्रदेश सभा दोस्रो अधिवेशनमा नीति तथा कार्यक्रम र बजेटमा मात्रै केन्द्रित भयो । जेठ २४ गते प्रदेश प्रमुख देवराज जोशीले नीति तथा कार्यक्रम प्रस्तुत गरे । जेठ ३० मा नीति तथा कार्यक्रम पारित भयो । सरकारले असार १ गते बजेट ल्यायो । बजेट प्रस्तुतको २५ दिनपछि बल्ल संसद् सुरु भयो । २५ गते बजेटमाथि छलफल नभई प्रदेशका पूर्व आन्तरिक मामिला तथा कानुन मन्त्री पृथ्वी बहादुर सिंहको सडक दुर्घटनामा निधन भएको घटनाप्रति शोक प्रस्ताव पारित गर्दै बैठक सकिएको थियो । असार ३० मा बजेट पारित गरिएको थियो । त्यस यता बैठक बस्न नसकेको हो । निरन्तर बैठक बस्न नसक्दा प्रदेश सभा सदस्यहरू फुर्सदिला भएका छन् । उनीहरूको दिनचर्या कार्यक्रम उद्घाटन, शिलान्यास र अनुगमनमा सीमित बनेको हो ।

क्षेत्रीय पार्टीतिर मोडियो कोशीमा बहस

क्षेत्रीय पार्टीतिर मोडियो कोशीमा बहस

११७१ दिन अगाडि

|

३० साउन २०८०

अर्जुन आचार्य पहिचानको आन्दोलन सफल बनाउन क्षेत्रीय पार्टीहरु निर्माण गर्ने विषयमा पुनः बहस अघि बढेको छ । खास गरी कोशी प्रदेश नामकरणबारे विवाद भएपछि यो बहस जोडतोडका साथ अघि बढेको छ । के क्षेत्रीय पार्टी निर्माण हुने बलियो आधार छन् ? कि यो फगत बौद्धिक बहस मात्रै हो ? कोशी प्रदेश नामकरण विरुद्ध आन्दोलनरत पहिचान पक्षधरहरुले क्षेत्रीय पार्टी निर्माण गर्नुपर्नेमा पहिचानपक्षधर बुद्धिजीविहरुले जोड दिएका छन् । विराटनगरमा हालै आयोजित फोनिजको अन्तक्रिया कार्यक्रममा उनीहरुले पहिचानको आन्दोलनका माग र मुद्दालाई सम्बोधन नगरी राष्ट्रिय पार्टीहरुले खोलानाला र नदीको नामबाट प्रदेशको नामकरण भएको भन्दै उनीहरुले आगामी दिनमा क्षेत्रीय पार्टीहरुको निर्माण आवश्यक भएकोमा जोड दिएका हुन् । तर, पहिचानको आन्दोलनलाई नजिकबाट हेरिरहेका राजनीतिक विश्लेषक तथा प्राध्यापक कृष्ण पोखरेल भने यो विषय बौद्धिक बहस मात्रै भएको बताउँछन् । विराटनगरमा शनिबार आयोजित एक कार्यक्रममा पहिचानपक्षधर बुद्धिजीविहरु प्राडा महेन्द्र लावती, लेखक तथा विश्लेषकहरु खगेन्द्र संग्रौला, भवानी बराल र डम्बर खतिवडालगायतले क्षेत्रीय पार्टीको आवश्यकता रहेको औंल्याएका थिए ।  उनीहरु सबैको एउटै निष्कर्ष थियो, ‘अबको विकल्प पहिचानलाई आत्मसाथ गर्ने क्षेत्रीय पार्टी निर्माण ।’ तर, प्राध्यापक पोखरेलले भने त्यस्तो सम्भावना भएपनि साझा धरातल नभएको बताए । ‘नयाँ पार्टी गठन गर्ने सम्भव नै नभएको होइन । तर अहिलेको समस्या भनेको प्रदेशको बनावट नै डिमाण्डमा आधारित नभएर आपूर्ति ९सप्लाइ०मा आधारित भयो,’ उनले भने, ‘एक भन्दा बढी पहिचानवालाहरुको जमघट छ यो प्रदेशमा । जसले गर्दा यहाँ के नाम राख्दा कुन पहिचानको पक्षमा हुन्छ । तीन चारवटा नाम राख्न पनि मिलेन । त्यहीँनेर कठिनाइ छ ।’ उनले क्षेत्रीय पार्टी निर्माण गरे पहिचानका कतिपय मुद्दा स्थापित गर्न सकिने वा नाम परिवर्तन गर्न सकिने विषयको बहस पनि ‘बौद्धिक गफ जस्तो’ लागेको बताए ।  ‘त्यो भन्नु र हुनुमा, त्यसलाई यथार्थमा ल्याउनुमा त्यति सजिलो छैन । कोशी राख्नुभन्दा अगाडि पहिचानको नाम राख्नुपर्छ भन्नेहरुको पनि कुनै सहमति थिएन । त्यसो नहुनुको कारण प्रदेशको बनावट नै डिमाण्ड बेस नभएर सप्लाई बेस भयो । जसले गर्दा पहिचान पक्षधरको पनि एउटै स्वर बन्न सकेन,’ पोखरेलले भने, ‘त्यसैले जो पहिचानको पक्षमा थिए, तिनको पक्षमा मत पनि आएन ।’ उनका अनुसार यहाँ पहिचानको कुरा गर्दा लिम्बू, राई मात्रै छैनन् । मधेसी, राजवंशी, कोचे, मेचे छन् । कि त पहिचान पक्षधरको एउटा भ्वाइस बनाउन सक्नु पर्यो । त्यसपछि अर्को समुदायसँग सम्वाद गर्नुपर्यो । यो तिम्रो विरुद्धमा होइन भनेर भन्नुपर्यो ।  पोखरेलले पहिचान पक्षधर पार्टी संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चले मत ल्याउन नसकेको उदाहरण दिँदै साझा धरातल नभएको जिकिर गरे । ‘पहिचान पक्षधरकोलिम्बूवान पार्टी पनि थियो नि त । खोइ त ? उनीहरु त कडा पहिचान पक्षधर हुन्,’ पोखरेलले भने, ‘पार्टी बनाउन त सकिएला । खम्बुवानको आफ्नो होला, कोचेमेचेको आफ्नो क्षेत्रमा होला, मधेसीको, किरातको आफ्नो क्षेत्रमा होला । तर, प्रदेश भरमा त्यो खालको पहिचानको सञ्जाल बनाएर त्यसलाई संगठनमा ढालेर, मतमा परिणत गरेर आउनु पर्यो नि त ।’ यता, महेन्द्र लावतीले मधेस नामकरण र थरुहट आन्दोलनबाट जन्मिएको पार्टी नागरिक उन्मुक्तिले पाएको सफलतालाई हेर्दा पूर्वमा पनि क्षेत्रीय पार्टी बनाउनु पर्ने आवश्यकता देखिएको दाबी गरे ।  प्रदेश १ लाई पहिचानको आधारमा नामकरण गर्नुपर्छ भन्ने पहिचानवादीहरु आफैं विभाजित छन् ।  पहिचानकै माग गर्ने एउटा समूहले लिम्बूवानलाई अस्वीकार गर्ने र अर्को समूहले किरात अस्वीकार गर्ने परिपाटीले प्रदेश १ को पहिचान आन्दोलनले सार्थकता पाउने अवस्था कमजोर देखिन्छ ।  ‘मधेसी आन्दोलन र थरुहटको सफलतालाई हेर्ने हो भने मोर्चा बनाएर, गठबन्धन बनाएर, पहिचानवादी पार्टीमा समाहित बनेर वा पहिचानवादी राजनीतिक शक्ति निर्माण गरेको खण्डमा मात्रै पहिचानको आन्दोलनले ल्याएको अधिकारलाई स्थापित गर्न सकिन्छ,’ उनले भने, ‘यदि १ नम्बर प्रदेशमा क्षेत्रीय राजनीतिक शक्ति उदायो भने उसले पहिचानको विषय समेट्छ । किनभने राजनीतिक शक्ति निर्माण गर्दा पहिचानको समस्या कभरेज गर्छ जस्तो लाग्छ ।’ लेखक तथा विश्लेषक डम्बर खतिवडाले पनि राजनीतिक पार्टीहरुले मात्रै पहिचानको माग र मुद्दालाई सम्बोधन गर्ने भएकोले त्यसतर्फ सोच्नुपर्ने बताए । अर्का लेखक तथा विश्लेषक खगेन्द्र संग्रौलाले २ नम्बर प्रदेशमा क्षेत्रीय पार्टी र क्षेत्रीय भावना बलियो भएकै कारण पहिचानसहितको नाम मधेस राखिएको दाबी गरे । ‘कोशी प्रदेश नामकरण गरिएदेखि यहाँ लगातार पहिचानवादीहरुले आन्दोलन गरिरहेका छन्’उनले भने, यसको सम्बोधन हुनुपर्छ ।  किराँत–लिम्बूवानमै विवाद प्रदेश १ लाई पहिचानको आधारमा नामकरण गर्नुपर्छ भन्ने पहिचानवादीहरु आफैं विभाजित छन् ।  पहिचानकै माग गर्ने एउटा समूहले लिम्बूवानलाई अस्वीकार गर्ने र अर्को समूहले किरात अस्वीकार गर्ने परिपाटीले प्रदेश १ को पहिचान आन्दोलनले सार्थकता पाउने अवस्था कमजोर देखिन्छ ।  किरातीहरुलाई त अरुणपूर्व माग्ने अधिकार नै छैन भन्छन् लिम्बूवान माग्नेहरु । पहिचानको आन्दोलन भत्काउने काम लिम्बूहरुले नै गरेको कतिपय राईहरुको आरोप छ ।  विश्लेषक खगेन्द्र संग्रौला भने अहिलेको लागि लिम्बूवान र किराँत जोडेर प्रदेशको नाम राख्नुपर्नेमा जोड दिन्छन् ।  पहिचानको आन्दोलन नेपालमा बिसं २००८ सालमा इमानसिंह चेम्जोङको नेतृत्वमा लिम्बूवान आन्दोलनको लागि संगठन बनेको थियो । २०४२ सालमा वीर नेम्वाङको नेतृत्वमा भाषा संरक्षणको आन्दोलन भयो । उक्त आन्दोलनमा नेम्वाङसहितका आन्दोलनकारी जेल परेका थिए ।  आन्दोलनकै निरन्तरतामा २०६२ सालमा संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च दर्ता भयो । हालसम्म सो पार्टीले अरुणपूर्व लिम्बूवान राज्य हो भन्दै कुरा उठाइरहेको छ । सोही पार्टीको नेतृत्वमा २०६४ सालमा १८ दिन, १९ दिन, २५ दिनसम्म चरणवद्ध आन्दोलन भएका थिए ।  त्यसबेला सात राजनीतिक दल सम्मिलित सरकारी वार्ता समिति र संघीय गणतान्त्रिक राष्ट्रिय मोर्चाबीच २०६४ साल फागुन १८ गते ५ बुँदे सम्झौता भयो । सम्झौताको तेस्रो बुँदामा लिम्बूवान, खम्बुवान, तामाङसालिङ, थरुहटलगायतका आदिवासी जनजाति, दलित, पिछडिएका वर्ग र जातिहरुको ऐतिहासिक पृष्ठभूमिलाई समेट्ने प्रतिबद्धता गरिएको छ ।  त्यसपछि यो आन्दोलन शान्तिपूर्ण प्रदर्शन र धर्नामा सीमित भएको थियो । अहिले प्रदेशको नाम कोशी राखेपछि  आन्दोलनसँगै पुनःक्षेत्रीय पार्टीको बहस चर्किएको छ । 

 थारु महिला समाज उपत्यकामा नयाँ कार्यसमिति चयन

 थारु महिला समाज उपत्यकामा नयाँ कार्यसमिति चयन

११७२ दिन अगाडि

|

२९ साउन २०८०

थारु महिला समाज नेपाल उपत्यका तदर्थ समितिबाट सर्वसम्मतले सुशीला चौधरीको अध्यक्षतामा नयाँ कार्य समितिको गठन भएको छ । साउन २७ गते ललितपुरमा भएको एक कार्यक्रममा  थारु महिला समाज उपत्यका भेलाले नयाँ कार्यसमिति सर्वसम्मत रुपले चयन गरेको हो । कार्य समितिको उपाध्यक्ष मालती चौधरी, सचिव मन्दिरा चौधरी, कोषाध्यक्ष प्रतिमा चौधरी चयन भएका छन् । त्यस्तै, सदस्यहरुमा कल्पना चौधरी, सञ्जना चौधरी, रविना चौधरी, वन्दना चौधरी, प्रतिमा चौधरी, अन्जु चौधरी, उर्मिला चौधरी, सन्नु कुमारी चौधरी, लिना कुमारी चौधरी, भूमिका कुमारी चौधरी, जयन्ती चौधरी, शुष्मा चौधरी, गीता चौधरी,सीता चौधरी, सपना चौधरी, ईन्दला चौधरी, सुनिता चौधरी लगायत  चयन भए ।  कार्य समितिका पदाधिकारीलाई थारु महिला समाजका केन्द्रिय अध्यक्ष गीता चौधरी लगायतले अबिर, टीका लगाई बधाई तथा सफल कार्यकालको लागि शुभकामना  दिएका थिए ।