शपथ ग्रहण गर्न गएका सांसदलाई नागरिक उन्मुक्तिले बोलायो फिर्ता 

शपथ ग्रहण गर्न गएका सांसदलाई नागरिक उन्मुक्तिले बोलायो फिर्ता 

११९२ दिन अगाडि

|

९ साउन २०८०

बेल्जियमको ब्रुग सहरमा पाईप लाईनबाट घरघरै बियर

बेल्जियमको ब्रुग सहरमा पाईप लाईनबाट घरघरै बियर

११९२ दिन अगाडि

|

९ साउन २०८०

पाईपलाईनबाट घर घरमा ग्यासको सुविधा र चर्चा त नेपालमापनि सुनेकै हो । तर बेल्जियमको एउटा शहरमा भने विश्वमै पहिलो पटक पाईपलाईनबाट घरघरै बियर पुर्‍याईएको छ । पहिले पहिले कल्पना गरिएपनि घरघरै बियरको पाईपलाईन पुर्‍याउनु अब कल्पनाको विषय रहेन । बेल्जियमको ब्रुग शहरमा सन् २०१६ को सेप्टेम्बर तेस्रो हप्तादेखिनै विश्वको पहिलो बियर पाइपलाइन खोलिएको थियो । तीन दशमलव दुई सय किमीको पाइपले सहरको ऐतिहासिक केन्द्रमा रहेको हाल्वे मान ब्रुअरीलाई उपनगरमा रहेको बोटलिङ प्लान्टसँग जोडिदिएपछि यो संभव बनेको हो । ब्रुग मध्ययुगिन सहर हो । पुराना घर र साँघुरा गल्लीमा बियर बोकेर चर्को आवाज आउने हुनाले त्यसलाई रोक्न पनि बियर पाईपलाईन जोडेको भनाई बियर उत्पादक ब्रुवरीको छ । ब्रुगको पुरानो शहर एक युनेस्को विश्व सम्पदा स्थल पनि हो। हाल्भ मान बेल्जियममा सबैभन्दा छिटो लोकप्रियता हासिल गरेको ब्रुअरीहरू मध्ये एक हो, र यसले बियर बितरण गर्दा ट्राफिक जाम बढाउँदै लगेको थियो । पाइपलाइनको अर्थ ब्रुअरी टाउन सेन्टर भित्र पहिले जहाँ थियो, सोही स्थानमा रहेको छ, जहाँ यसले विगत ५०० वर्षदेखि मदिरा बनाउँदै आएको छ। पछिल्लो बियर ट्याङ्करले सन् २०१६ को सेप्टेम्बर तेस्रो हप्ता ब्रुअरी छोडेको ब्रुअरीका ब्यवस्थापक हाल्भ मानले बताएको छ । पाइपलाइन ऐतिहासिक शहर केन्द्र अन्तर्गत चल्छ। पाइपलाइन आंशिक रूपमा क्राउडफन्डिङ अभियानद्वारा आर्थिक सहयोग गरिएको थियो, जसले ४० लाख युरो भन्दा बढि उठायो। हाल्भ मानले बेल्जियममा क्राउडफन्डिङको रेकर्ड बनाएको बताएको छ । पाइपलाइन ३,२७६ मिटर लामो छ, र यसको गहिराई जमिनबाट ३४ मिटर छ । यो सहरको ऐतिहासिक नहर र राम्पार्ट भन्ने स्थल भएर जान्छ । एक घण्टामा यसको पाइपलाइनबाट करिब ४,००० लिटर बियर बग्छ जसबाट १२,००० बोतल भर्न पुग्छ । बियरको गुणस्तर कायम राखिएको सुनिश्चित गर्न ब्रुअरी नयाँ प्रविधिले सुसज्जित छ । यसमा पाइप सफा राख्नको लागि सफा गर्ने र फ्लस गर्ने प्रणाली पनि छ । नेपालप्लसबाट

गढवा गाउँपालिकालाई सेरामिक्सको हब बनाइने

गढवा गाउँपालिकालाई सेरामिक्सको हब बनाइने

११९२ दिन अगाडि

|

९ साउन २०८०

नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान तथा लुम्बिनी प्रदेशको दाङस्थित गढवा गाउँपालिकाबीच पालिकालाई सेरामिक्सको हब बनाउने विषयमा छलफल भएको छ ।  प्रतिष्ठानले देशभरका विभिन्न ७ स्थानमा कलाको हब बनाउन अघि सारेको योजना अनुसार गाउँपालिकामा उक्त काम अघि बढाउन प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीको संयोजकत्वमा गाउँपालिका अध्यक्ष यम नारायण शर्मा पोख्रेल (विश्वास) र प्रतिष्ठानका प्राज्ञ परिषद् सदस्यहरुको उपस्थितिमा असार ३१ गते विभिन्न निर्णय भएको छ ।  निर्णयानुसार पहिलो चरणमा नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान र गढवा गाउँपालिकाबीच गढवा गाउँपालिकालाई सेरामिक्सको हब बनाउने सम्बन्धमा अध्ययन गरी कार्ययोजनाको खाका सहितको प्रतिवेदन पेश गर्न गाउँपालिकाका वडा नं ३ को वडासदस्य आशाराम चौधरीको संयोजकत्वमा प्राज्ञ दिनेश्वर महतो, अग्रज कलाकार गोपाल कलाप्रेमी, गाउँपालिकाको वडा नं ६ का वडा सदस्य मानु कुमाल तथा वडा नं ३ का वडा सदस्य तथा कलाकार चुनुराम थारु रहेको टोली रहेको छ ।  यस टोलीले तोकिएको विषयमा अध्ययन गरी साउन मसान्तभित्र प्रतिवेदन पेश गर्नेछ । यसपछि गढवा गाउँपालिकामा रहेका ललितकलाका विभिन्न क्षेत्रहरु मुख्यतः लोककलालाई विस्तार तथा प्रवद्र्धन गर्नका लागि नीतिगत एवम् योजनागत छलफल अघि बढाइने छ ।   

यसकारण आवश्यक छ टीकापुरमा कृषि अनुसन्धान केन्द्र

यसकारण आवश्यक छ टीकापुरमा कृषि अनुसन्धान केन्द्र

११९२ दिन अगाडि

|

९ साउन २०८०

कैलालीको टीकापुरमा बहुआयामिक प्रदेशस्तरीय कृषि अनुसन्धान केन्द्र स्थापनाको लागि पहल थालिएको छ । राष्ट्रिय गौरवको आयोजना रानी जमरा कुलरिया सिँचाइ आयोजना र दुई कृषि क्याम्पस स्थापना भएसँगै टीकापुरलाई कृषिको ‘हब’का रूपमा विकास हुँदै गएको छ । कैलाली क्षेत्र नं १ प्रतिनिधिसभा सदस्य रुपा सोसी चौधरीले कृषि भण्डारका रूपमा रहेको यस क्षेत्रमा कृषिको अनुसन्धान गर्दै उत्पादन बढाउनका लागि कृषि अनुसन्धान केन्द्र स्थापना हुनुपर्ने बताएका छन् । उनले भने ,“ कृषिमा  सम्भावना बोकेको क्षेत्र भएका कारण पनि अनुसन्धान केन्द्र स्थापना गर्नु आवश्यक छ । ” राष्ट्रियसभा सदस्य गरिमा शाहले कृषि अनुसन्धान केन्द्र स्थापनाका लागि सामूहिक प्रयासको आवश्यकता औँल्याए । “अनुसन्धानकै माध्यमबाट सुदूरपश्चिम प्रदेशलाई समृद्ध बनाउन सकिन्छ”, उनले भने, “त्यसका लागि हामीले गर्नुपर्ने काम हामी गर्छौँ । त्यसमा ऐक्यबद्धता सबैको चाहिन्छ ।” नेपाल कृषि अनुसन्धान परिषद्का बाली निर्देशक डा कृष्णकुमार मिश्रले सुदूरपश्चिममा कृषि अनुसन्धान केन्द्र स्थापनाका लागि धेरै प्रयास यसअघि पनि भएको जानकारी दिनुभयो । सबै दृष्टिकोणले टीकापुरमा कृषि अनुसन्धान केन्द्र स्थापना गर्न राम्रो हुने उनको धारणा छ । “टीकापुरमा दुई कृषि क्याम्पस स्थापना भएका छन् । राष्ट्रिय गौरवको आयोजना यहीँ छ । कृषि क्षेत्रमा टीकापुरले सम्भावना बोकेको छ”, उनले भने, “हामी बहुआयामिक कृषि अनुसन्धान केन्द्र स्थापना गर्न तयार छौँ । त्यसका लागि आवश्यक जग्गाको व्यवस्थापन स्थानीय सरकारले गर्नुपर्छ ।”  परिषद्ले नगरपालिकासँग दुई सय ३५ बिघा जग्गा माग गरेको छ । उसले पहिलो चरणमा स्थापनाका लागि ७५ देखि एक सय बिघा जग्गा आवश्यक पर्ने बताएको छ । “जग्गा आवश्यकताका आधारमा चाहिने कुरा हो । तत्कालका लागि ७५ देखि एक सय बिघा जग्गा आवश्यक हुन्छ, ” निर्देशक मिश्रले भने, “भोलि क्षेत्र जति बढ्दै गयो त्यसैअनुसार जग्गाको खपत बढ्दै जाने हुनसक्छ ।”  सरकारले चार वर्ष अगाडि नै सुदूरपशिममा कृषि अनुसन्धान केन्द्र स्थापना गर्ने निर्णय गरिसकेको थियो ।  सुदुरपश्चिम विश्वविद्यालयका उपकुलपति प्राध्यापक डा अम्माराज जोशीले कृषि अनुसन्धान केन्द्र स्थापनाले समग्र सुदूरपश्चिममा कृषि क्षेत्रको विकास हुने जानकारी दिए । उनले एउटा फलफूलको बिरुवाका लागि भारतीय बजार पुग्नुपर्ने बाध्यता रहेको बताउँदै अनुसन्धान केन्द्रले काम गर्न सके भारतीयहरू नेपाली बजारमा आएर खरिद गर्ने स्थिति बन्छ भने । “टीकापुरका बहुआयामिक कृषि अनुसन्धान केन्द्र स्थापना हुँदा त्यसको सबैभन्दा बढी फाइदा विश्वविद्यालयले लिनेछ । किनभने विश्वविद्यालयको कृषि विज्ञान सङ्कायको डिन कार्यालय टीकापुरमा छ र त्यहाँ ६७ जिल्लाको बिद्यार्थी अध्ययन गर्नुहुन्छ । उहाँहरूका लागि बलियो सिकाइ केन्द्र बन्न सक्छ ,' जोशीले  भने । टीकापुर नगरपालिकाका निवर्तमान नगरप्रमुख तपेन्द्रबहादुर रावलले टीकापुरमा कृषि अनुसन्धान केन्द्र स्थापना गर्न आवश्यक रहेको बताए ।  उनले भने ,“अहिले टीकापुरमा दुई क्याम्पसमा कृषिको अध्ययन हुँदै आएको छ । त्यससँगै तीन वर्षीय बाली विज्ञानको अध्ययन–अध्यापन पनि टीकापुरमा हुन्छ । त्यतिमात्र नभई, कृषि, पशु र वन विज्ञानको समेत अध्यापन हुने हुँदा त्यो जनशक्तिलाई स्थानीय क्षेत्रमा आबद्ध गराउनका लागि पनि केन्द्र निकै उपयोगी हुनेछ ।” टीकापुर नगरपालिकाका उपप्रमुख खड्क शाहले बहुआयामिक कृषि अनुसन्धान केन्द्र स्थापनाका लागि टीकापुर एक ठाउँमा उभिने बताए । उनले कृषिबाटै देश समृद्ध बनाउन पनि कृषिमा आधुनिकीकरण आवश्यक हुने बताउँदै त्यसका लागि अनुसन्धान केन्द्रले टेवा पुर्याउने विश्वास व्यक्त गरे । “नगरपालिकाले गर्ने काममा समग्र टीकापुरको ऐक्यबद्धता चाहिन्छ । यसमा सबैले केन्द्रको आवश्यकता महसुस गर्नुभएको छ,” नगर उपप्रमुख शाहले भने, “अझै आवश्यक छलफल र बहसमार्फत कृषि अनुसन्धान केन्द्रको स्थापनाका लागि नगरपालिका लागेको छ र लाग्ने छ । आशा गरौँ केन्द्रको स्थापना हुन्छ ।” सुदुरपश्चिम विश्वविद्यालय कृषि विज्ञान सङ्कायका डिन लालप्रसाद अमागाईँले कृषि विकासको मेरुदण्ड भएको जनाउँदै कृषि अनुसन्धान केन्द्रको स्थापनाले विश्वविद्यालयमा बिद्यार्थीको सङ्ख्यामा वृद्धि हुने अपेक्षा गरे । उनले कृषिका लागि सबै कुराले परिपक्व बन्दै गएको टीकापुर कृषि अनुसन्धान केन्द्रको स्थापनापछि पूर्ण हुने बताए । रासस

मुहार फेरिएको काठमाडौँ

मुहार फेरिएको काठमाडौँ

११९५ दिन अगाडि

|

६ साउन २०८०

बालिका चौधरी बर्दिया बस्ने म पछिल्लो पटक सन् २०२२ को फेब्रुअरीमा काठमाडौँ आएकी थिएँ । सायद त्यतिवेला एमसीसी विरोधको आन्दोलनको चर्किरहेको थियो । काम विशेषले निस्किदा त्यसबेला माइतीघर मण्डलादेखि संसद भवन, तीनकुनेसम्म सबै गाडीघोडा बन्द थियो । बाटो पुरै सुनसान थियो । आन्दोलनकारी र प्रहरीबिच ढुुंगामुढा थियो । अनिकालमा बीउ जोगाउनु, हुलमालमा जिउ जोगाउनु भनेझैँ जोगिएर हिँड्नु पर्‍यो ।  काठमाडौँ आउँदा म प्रायः पैदल हिँड्ने गर्छु । इमरजेन्सी नपरेसम्म गाडी चढ्दिन । यसपालि असारको पहिलो साता काठमाडौँ आउँदा मैले निकै फरक पाएँ । पहिलाको जस्तो काठमाडौँ रहेन अब । पहिला पहिला सुन्धारा, न्यूरोड हुँदै असन छिर्दा युपी विहारको भीडभाडमा आएजस्तो लाग्थ्यो । जता गए पनि पाइला टेक्ने ठाउँ नै हुँदैनथ्यो । पेटीमै पसल हुँदा हिँड्दा ठेलमठेल गरेर हिँड्नुपर्थ्यो ।  बाटोमै कोही मकै पोलेका हुन्थे त कोही बाटोमै चिया, नास्ता बेचिरहेका हुन्थे । फलफूल बेच्ने, जुत्ता सिउने मान्छेदेखि सेकुवा भुटुवा बेच्ने मान्छे उस्तै, अनि खानेहरूको झनै भीड ।  यसपालि बाटोको पेटीमा रहेको सबै बजार उठाएर सुनसान भएको रहेछ । अहिले ती दृश्य नदेख्दा अनौठो लाग्यो । कस्तो शान्त र स्वच्छ वातावरण पाइयो काठमाडौँमा । तर, भीड हटाउनु मात्रै समस्याको समाधान होइन, तिनको व्यवस्थापन ठुलो कुरा हो । वानेश्वर एरिया लगायतका फुटपाथ पसललाई अलि भित्र व्यवस्थापन गरेको सुन्दा खुसी लाग्यो । बागबजारको पद्मकन्या क्याम्पसको अगाडि, प्रदर्शनी मार्ग, जमल चोक, रत्नपार्क, सुन्धारा, वीर अस्पतालको वरपर, अनि पुरानो बसपार्क त भन्नै परेन, जहिल्यै आउँदा देखिने फोहरको थुप्रो देखिन्थ्यो । यस पटक भने छ्याङ्ग सफा देखेँ । न दरबारमार्गमा, न त बागबजारमा पार्किङले बाटो साँगुरिएको थियो । बागबजारमा त अहिले बोटविरुवा सहितको गमला राखेको सुनेकी छु । मान्छेहरूको व्यवहार परिवर्तन गर्न एक्सन लिनैपर्ने देखियो । यदि काठमाडौँ महानगरपालिकाले एक्सन नलिएको भए संघीय राजधानीमा यो सब सम्भव थिएन । एक्सन लिएकैले होला, यहाँकाले जथाभाबी फोहर फाल्न छोडे । यहाँका मान्छेको व्यवहार परिवर्तन भएको देखेर खुसी लाग्यो ।  बाटोभरी सानो स्पिकरमा रेकर्ड गरेको हल्ला सुनिन्थ्यो, हेल्लो दाई यता फर्केर हेर्नुस् त ! हजार बाह्र सयको जुत्ता मात्र ६ सय पचास, ६ सय पचास मात्र । यसपालि त्यस्तो कान खाने आवाज पनि सुनिनँ । बाटोभरी माग्ने मान्छेको उत्तिकै भीड हुन्थ्यो त्यो पनि देखिएन । दृष्टिविहीनहरू बाटो बाटोमा गीत गाएर बसेका हुन्थे, ती पनि देखिएनन् ।  त्यस्तै, ससाना बालबालिकाहरु खुट्टै ढोगेर माग्न आउँथे । काखमा साना नानी च्यापेर आमाहरू पनि माग्न बसेका हुन्थे, ती भेटिएनन् । वास्तवमा ती मानिसहरूको पनि व्यवस्थापन भएको हो भने निकै नै सह्रानीय काम हो । अन्य पालिकाहरूले पनि सिक्नुपर्ने काम हो यो । राम्रा काम अनुसरण गर्दा के फरक पर्छ र ?                                                                                                                                        लेखिका बालिका चौधरी म लाजिम्पाटबाट हिँडेर लैनचौर हुँदै जमल, रत्नपार्क, सुन्धारा, सिंहदरबार हुँदै हनुमानथान अनामनगर पुगें । बाटोको सरसफाइ अनि मान्छे हिँड्ने बाटोको पेटी हेर्दा साँच्चै परिवर्तन भएछ काठमाडौँ । हरेक चोकमा ट्राफिक प्रहरीको सक्रियता, नगर प्रहरी र ट्राफिक प्रहरी मिलेर काम गरेको देख्दा साँचै परिवर्तन भएकै हो त भन्ने कुरा मनमा खेलिरह्यो ।  हरेक स्थानमा जथाभाबी पार्किङ गर्न रोक लगाइएको रहेछ । सिंहदरबारको दक्षिण गेटभन्दा अगाडि अनामनगर जाने बाटोतर्फ जथाभाबी मोटरसाइकल पार्क गरेकोमा नगर प्रहरीको गाडीले मोटरसाइकल लोड गरेर लगेको पनि देखेँ । नियम भनेको नियम हो । अब बल्ल पो भएछ, “काठमाडौँ सहर हेर्न लाग्छ रहर” । त्यसो त नेपालमा धेरै नियम कानुन बनेका छन् । यदि भएको नियम कानुन सबैले यसरी नै पालना गरे भने त देश सिंगापुर बन्न के बेर । नियम बनाउनमा कोही पछि परेको छैन । चाहे नगरपालिका होस् या गाउँपालिका । प्रदेश होस् या संघ, सबैले आपआफ्नो नियम कानुन बनाएका छन् । तर, केवल कागजको खोस्टामा सीमित छन्, हाम्रा नियम कानुनहरू । त्यसैले त, देशमा भ्रष्टाचार हुने तर साना माछा मात्रै समातिने, ठुला माछालाई कुनै नियम कानुन नै नलाग्ने चलन छ यहाँ । काठमाडौँका आकाशे पुलमा पनि सामान फिँजाएर विक्री गर्नेहरूले गर्दा हिँड्न सकस थियो । अहिले काम परेका मानिसहरू मात्र आकाशे पुलमा सुुईंसुईं हिँडेको देखेर खुसी लाग्यो । तर, मैले जान्न चाहेको कुरा महानगरपालिकाको कार्यालयमा सेवाग्राहीले सेवा कसरी पाइरहेका छन् ? उनीहरू सन्तुष्ट छन् कि छैनन् । सेवा प्रदायकले सेवाग्राहीसँग कस्तो व्यवहार गरिरहेका छन् ? भन्ने हो ।  कतै सेवाग्राही सेवा लिन जाँदा महानगरका कर्मचारीहरू टिकटक बनाएर त बसेका छैनन् ? कतै फेसबुकमा व्यस्त भएर अहिले फुर्सद छैन, पछि आउनुस् त भनेका छैनन् ? कतै सेवाग्राहीसँग झर्केर बोलेका त छैनन् ? मेयर बालेनज्यू, यस्तो त पक्कै छैन होला है । नहोस् पनि ।  कतिपय सरकारी निकायमा गएर सेवा लिन जाँदा मेरो भोगाइको आधारमा माथिका प्रश्नहरू मेरो मनमा उब्जेका हुन् । हालै, कर कार्यालयमा कर बुझाउन गएको थिएँ । निवेदन दर्ता गर्ने ठाउँमा दर्ता गर्ने कर्मचारी मेरी बास्सैको भिडियो हेरेर बसेको थियो । अनि, मेरो फाइल नै नहेरी ४ नं कोठामा जानुस् भनेर पठायो । म ज्ञानी भएर उतै लागेँ ।  ४ नं कोठामा ३ जना कर्मचारी थिए, तिनै जना एउटै मोबाइलमा झुन्डिएका थिए । त्यहाँ पनि फेसबुकको भिडियोमा व्यस्त देखेँ । एक मनले उनीहरूलाई डिस्टर्व नगरूँ जस्तो लागेको थियो । डिस्टर्व नगरी सुखै थिएन । बल्लतल्ल एउटा कर्मचारीले मेरो फाइल समात्यो र हेरेझैँ गरेर दर्तामा जानुस् भन्यो ।  मैले भनेँ, दर्ताले यहाँ पठाएको हो, राम्रोसँग हेर्नुस् भनेपछि यो कागज पुगेको छैन भनेर फिर्ता पो दियो । अन्तमा, बिचौलियाको सहाराले त्यही दिन काम सम्पन्न भयो । नपुग कागज पनि चाहिएन । वडा कार्यालयमा गयो, त्यहाँको पारा पनि उस्तै । जिल्लामा म जस्तो सामाजिक अभियन्तालाई त बाल दिँदैनन् भने सर्वसाधारणलाई कस्तो व्यवहार गर्छन् होला भनेर निकै सोच्ने गरेको छु । त्यसैले, सम्झिदा दुःख लाग्छ, जनप्रतिनिधि अनि सरकारी कर्मचारीको पारा देखेर ।  अब काठमाडौँ महानगरपालिका जस्तै सबै निकाय तह तप्काले भएको कानुन र नियम सबैले सही तरिकाले पालना गरिदियो भने सबैलाई न्याय हुने थियो । लैङ्गिक हिंसा, बालविवाह, बालश्रम न्यूनीकरण गर्न ऐन कानुन बनेको छ । जबाफदेहिता, सुशासनदेखि बाल अधिकार, महिला अधिकार, दलित अधिकार, जनजाति सबैको न्यायको लागि नियम ऐन कानुन बनेको छ । अझ भन्ने हो भने आमाको नामबाट नागरिकता दिने भन्ने कानुन पनि बनिसकेको छ । तर, व्यवहारमा पो लागू भइरहेको छैन ।  छोरीले पनि छोरा सरह बराबर अंश पाइन्छ भनिए पनि व्यवहारमा निकै कम छ । अर्थात् परिवारले छोरीलाई अंश दिनै मान्दैन । त्यसको लागि मुद्दै लड्नुपर्ने देखिन्छ । जतिसुकै कानुन बने पनि सहज रूपमा कार्यान्वयन हुन सकिरहेको छैन । के नियम कानुन कार्यान्वयन गर्न बालेन जस्ता स्वतन्त्र जनप्रतिनिधि नै आउनु पर्छ त ?

भगवान भरोसे भगवानपुरे किसानहरू

भगवान भरोसे भगवानपुरे किसानहरू

११९६ दिन अगाडि

|

५ साउन २०८०

भुवन चौधरी पहिले पहिले बर्षात्को समयमा लगातार झरी परेपछि खेतीपातीको समस्या हल भै हाल्थ्यो । यसरी धान रोपेको खेतमा चिरा फाटेको देख्न मिल्दैनथ्यो ।  हालको घोराही उपमहानगरपालिका–१३ बाह्रकुने दह, उत्तर बगालेदेखि माथि सिरान भएको सेवार खोला फराकिलो थियो । भगवानपुरे कुलोको बाँध हालको घोराही–१४ झिंगौरा र घोराही–१६ तेरौटे गाउँको बिचमा (अटो भिलेजदेखि उत्तर) थियो । त्यस भन्दा माथि राजपुरे कुलोको बाँध, त्यस भन्दा माथि झिंगौरे कुलोको बाँध, त्यस भन्दा माथि रतनपुरे कुलोको बाँध, त्यस भन्दा माथि घोराही कुलोको बाँध, त्यस भन्दा माथि बाहुनडारे कुलोको बाँध लगायतका थुप्रै कुलाका बाँधहरु थिए ।  माथि उल्लेखित सबै कुलोहरुमा सेवार खोलाको पानी पुगेर पनि भगवानपुरे कुलोमा बर्षात्को समय मात्रै नभएर असोज कार्तिक महिना हिउँदमा समेत थोर बहुत पानि बग्ने गर्दथ्यो । याने कि हिउँदे बालीनालीमा समेत पानी सिँचाई गर्न सकिन्थ्यो ।  अर्कोतर्फ बर्षात्को समयमा दुइ तीन पटक झरी गरेपछि घोराही उपमहानगरपालिका–१६ को कार्यालयदेखि पूर्वतर्फ पर्ने खरिच्य सोता हँुदै दक्षिण बघी सोतामा सिम अर्थात् पानीको मूल उठ्ने गर्दथ्यो । सो सिम पानीले पनि भगवानपुर गाउँका डाबरहरुमा धान रोपाई गर्न सहज हुने गर्दथ्यो ।  तर, अहिलेको स्थिति बिलकुल फरक छ । बगालेदेखि दक्षिण आउँदै गर्दा सेवार खोला साँगुरो साँगुरो हँुदै तलतिर बगेको छ । तल अटो भिलेजसम्म आइपुग्दा त सेवार खोलो हो कि सेवार कुलो हो भन्ने छुट्याउन सकिदैन ।  खोलोबाट कुलोमा परिणत भएपछि सिम (मूल) त त्यसै सुक्ने नै भयो । खोलो भनाउँदोमा मूल सुकेपछि कुलोमा पानी कसरी वग्ला ? अर्कोतर्फ जग्गाधनी र जग्गा खरिद बिक्री गर्ने जग्गा कारोबारीहरुले खरिच्यदेखि दक्षिण बघी सोता (सिम उठ्ने सोताहरु) सबै प्लटिङ गरी डोजर र जेसिभीले पुरेर घडेरी बनाएपछि सिम (मूल) त त्यसै सुक्ने नै भयो । खोलाको, सोताको मूल सुकेपछि म जस्ता भगवानपुरे किसानहरु मर्ने नै भए । भगवान भरोसे हुने नै भए ।  

स्माइल पहिले रिक्सावाल, अहिले प्राचार्य

स्माइल पहिले रिक्सावाल, अहिले प्राचार्य

११९७ दिन अगाडि

|

४ साउन २०८०

कमैयाको जञ्जिरबाट उदाएको एक अथक अभियन्ताको नाम हो, स्माइल चौधरी । यिनको खास नाम हो बन्सीराम डंगौरा थारू ।  बहुमुखी प्रतिभाका धनी स्माइलको पेशाको कुनै निश्चित दायरा भने छैन । उनी कुशल शिक्षक, प्राचार्य, प्रशासक, सामाजिक अभियन्तादेखि कुनै बेलाका राजनीतिकर्मीसमेत हुन् । मेहनत गरे कसैको मुख ताक्नु पर्दैन भन्ने दरिलो उदाहरण बनेका स्माइलको विगत पनि निकै कहालीलाग्दो छ । कैलालीको गोदावरी नगरपालिका–१ जित्तलपुर मुक्त कमैया शिविर स्थायी घर भएका स्माइल (४०) का बुवा पल्टु डंगौरा र आमा तुलसी डंगौरा थरुनी जन्मजात कमैया थिए । उनी जन्मिनुभन्दा पहिले उनका बुवा १७ जनाको परिवारको गर्जो टार्न साहुबाट १५ हजार सौंकी (ऋण) लिएका थिए । तर लिएको सौकी कहिल्यै तिर्न सकेनन् । पछि सोही सौकी तिर्न जमिनदारलाई जग्गाजमिन बेचे । यसरी उनको बुवाको कमैया जीवन सुरु भयो । स्माइल भन्छन्, ‘म जति बेला जान्ने बुझ्ने भएँ, त्यति बेला मेरो बुवा अनि दाई धनीराम चौधरीलाई कमैया भएको पाएँ । पछि मैले पनि उहाँहरुसँग मालिकको काम गर्नुपर्यो ।’ विभिन्न ठाउँमा कमैया बस्दै जाँदा उनका बुवा र दाई धनगढी बडहाराका जमिनदारको घरमा कमैया बसे । जमिनदारका छोराछोरीसँगै स्माइललाई नजिकैको नवदुर्गा प्राथमिक विद्यालयमा भर्ना गरियो । अनि सुरु भयो उनको स्कुले  जीवन ।  कक्षा ५ सम्म नवदुर्गामै पढेका उनी  कक्षा ६ र ७ भने धनगढीकै त्रिनगर माविमा पढे । उनका बुवा र दाई अत्तरिया फर्केपछि कक्षा ६ र ७ को विद्यालय खर्च जोहो गर्न उनलाई निकै ठूलो संघर्ष गर्नुपरेको थियो । विगत स्मरण गर्दै उनले भने, ‘बुवा र दाई अत्तरिया फर्केपछि पढ्नकै लागि आफन्तकहाँ बस्न थाले तर खर्च जुटाउन गाह्रो भयो । दिनभरि स्कूल पढ्थे, स्कूल विदापछि राति अवेरसम्म रिक्सा चलाउँथे । त्यही पैसाले कापी कलम किन्थे । स्कुलको शुल्क तिर्थे ।’ पछि उनी पनि अत्तरिया फर्केर ग्वासी माध्यमिक विद्यालयबाट २०५२ सालमा एसएलसी उत्तीर्ण गरे । त्यसताका उनलाई कक्षा ८ देखि १० सम्मको अध्ययनमा अत्तरियाका शिक्षक रामेश्वर विकले सहयोग गरेको उनी सम्झिन्छन् । विक हाल बुटवल बहुमुखी क्याम्पसमा प्राध्यापक छन् । शिक्षा प्राप्तीको लागि निकै संघर्ष गरेका उनी पूर्वाञ्चल विश्वविद्यालयबाट डेभलमेन्ट स्टडीबाट मास्टर्स गरेका छन् ।  अध्ययनसँगै उनले शिषण पेशा सुरु गरे । कैलालीको चौमालामा २०५८ सालमा आनन्द प्रावि स्थापना गरे । जहाँ उनले मुक्त कमैयालगायतका बालबालिकाहरुलाई पढाए । उनको शिक्षा पेशामा मात्रै सक्रियता रहेन । सन् २००३ देखि २०१० सम्म कमैया प्रथा उन्मुलन समाज नामक् गैरसकारी संस्थाको उनी कार्यक्रम संयोजक भइ ७ वर्ष काम गरे । २०६४ सालको पहिलो सविधानसभा सदस्य निर्वाचनमा उनी संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चमार्फत् उम्मेदवारी दिएका थिए । काममा निकै लगनशील उनी नेपालकै प्रतिष्ठित चौधरी ग्रुपमा म्यानेजरदेखि सुदूरपश्चिम र कर्णाली प्रदेशको प्रशासकको रुपमा काम गरे । उनी  हाल अत्तरियास्थित एभेरेष्ट एकेडेमीका प्राचार्य छन् ।   त्यस्तै, युथ एलाइन्स फर डेभलपमेन्ट (याड) संस्थाका प्रमुखसँगै थारू भाषाको पहिलो दैनिक पत्रिका ‘पहुरा थारू दैनिक’ का प्रकाशक पनि हुन् ।