Above News Title

किन मनाइन्छ आदिवासी दिवस ?

किन मनाइन्छ आदिवासी दिवस ?

मणिराज महतो
 

9 अगस्टलाई प्रत्येक वर्ष आदिवासी दिवसको रुपमा मनाउने गरिन्छ। यस दिन बिश्वभरिका आदिवासी समुदायका मानिसहरू, आदिवासी संगठनहरु तथा संयुक्त राष्ट्र संघका धेरैजसो देशका सरकारी संस्थाहरु द्वारा परिचर्चा, सामूहिक समारोहहरु आयोजना गरिन्छन्। 

9 अगस्ट 1995 मा पहिलो पटक बिश्व आदिवासीदिवसको आयोजना गरिएको थियो। यो दिवस संसारभरिका आदिवासीहरु को सबैभन्दा ठूलो दिन हो। यसर्थ 9 अगस्टमा किन बिश्व आदिवासी दिवस मनाइन्छ ? यो दिवसले आदिवासीहरुको लागि के महत्व राख्छ ? आदिवासी दिवस मनाउने परम्परा कहाँबाट शुरु भयो ? संयुक्त राष्ट्र संघले बिश्व आदिवासी दिवसको घोषणा किन गर्यो ? बिश्व आदिवासी दिवस मनाउनुको उद्देश्य के हो ? भन्ने बारेमा केही बुझ्ने कोसिस गरौँ। 

संसारभरिका 195 देश मध्येमा 90 देशहरुमा 5000 भन्दा बढि आदिवासी समुदायहरु छन् जसको जनसंख्या करिब 37 करोड भन्दा धेरै रहेको छ। आदिवासीहरु को आफ्नै 7000 भाषाहरु छन् तर आदिवासीहरुकै अधिकार सबैभन्दा बढी हनन् हुने गर्दछ। यसैलाई मध्यनजर गर्दै बिश्व आदिवासी दिवस मनाउने निर्णय लिइयो, जसको मूल उद्देश्य हो- आदिवासी जनजातिहरुको अधिकारको सुरक्षा र प्राप्तीको सुनिश्चितता गर्ने र बिश्वको पर्यावरण संरक्षणमा आदिवासीहरुले पुर्याएको योगदानको प्रचार गर्ने।

आदिवासीहरुको अधिकारको लागि आदिवासी दिवस मनाउनुको पछाडी एउटा लामो इतिहास रहेको छ। आदिवासीहरुको साथमा भइरहेको बिभेदको मुद्दालाई अन्तर्राष्ट्रिय श्रम संगठन ( जो लिग अफ नेशन पछि युनाइटेड नेशनको एउटा प्रमुख अंग बन्यो) ले सन् 1920 देखि उठाउन शुरु गर्यो। यस संगठनले सन् 1957 मा ‘ इंडिजिनस एंड ट्राइबल पिपुल्स कन्भेन्शन सं 107’ नामक दस्तावेज पारित गर्यो, जुन आदिवासी जनजातिहरुसंग सम्बन्धित पहिलो अन्तराष्ट्रिय दस्तावेज हो। यो दस्तावेज बिश्वभरिका आदिवासीहरुमाथि हुने गरेका यातना र बिभेदबाट बचाउनको लागि पारित गरिएको थियो।

ILO ले पुनः सन् 1989 मा उक्त दस्तावेजको संसोधन गर्दै इंडिजिनस एंड ट्राइबल पिपुल्स कन्भेन्शन 169 ( ILO 169 ) जारी गर्यो। यस दस्तावेजले आदिवासीहरुको आत्मनिर्णयको अधिकारको मान्यता दिदै जल, जंगल, जमिन लगायतका प्राकृतिक संसाधनहरुमाथि आदिवासीहरुको पहिलो हकको स्विकृति प्रदान गरेको छ। यही दस्तावेजले संयुक्त राष्ट्र संघद्वारा 13 Dec 2007 मा जारी गरिएको आदिवासी अधिकार घोषणापत्रमा प्रमुख भूमिका निर्वाह गर्यो।

बिश्व आदिवासी दिवस मनाउनुको पछाडी संयुक्त राज्य अमेरिकाका आदिवासीहरुको सबैभन्दा ठुलो भूमिका रहेको छ। अमेरिकी देशहरुमा 12 October मा कोलम्बस दिवस मनाउने प्रचलन थियो, जसको त्यहाँका आदिवासीहरुबाट घोर बिरोध भयो र सोही दिन आदिवासी दिवस मनाउन शुरु गरि दिए। त्यहाँका आदिवासी समुदायले कोलम्बस दिवसको दिन आदिवासी दिवस मनाउनु पर्ने भनेर सरकारसंग माग राखे, किनभने कोलम्बसले त्यो औपनिवेशिक शासन ब्यवस्थाको प्रतिनिधित्व गर्दथ्यो, जसको लागि ठूलो नरसंहार भएको थियो।

यो बिबाद बढ्दै गएर संयुक्त राष्ट्र संघ समक्ष पुग्यो। अमेरिकी देशहरुमा आदिवासीहरुमाथि भएको भेदभावको मुद्दाको लागि संयुक्त राष्ट्र संघको सहयोगमा सन् 1977 मा जेनेभामा एक अन्तर्राष्ट्रिय सम्मेलनको आयोजना गरियो। यस सम्मेलनमा पनि कोलम्बस दिवस हटाएर त्यस दिन आदिवासी दिवस हुनुपर्ने जोडदार माग उठ्यो। बिस्तारै आदिवासी दिवसको मुद्दा बिश्वभर पेचिलो बन्दै गयो। आदिवासीहरुले सन् 1989 देखि आदिवासी दिवस मनाउन शुरु गरे, जसलाई धेरैले समर्थन गरे। अन्ततः 1992 October 12 मा अमेरिकी देशहरुमा कोलम्बस दिवस हटाएर त्यस दिन आदिवासी दिवस मनाउने परम्पराको शुरुवात भयो।

यसको साथसाथै संयुक्त राष्ट्र संघले आदिवासीहरुको अधिकारको बिषयलाई लिएर अन्तर्राष्ट्रिय कार्यदल गठन गर्यो, जसको प्रथम बैठक 9 अगस्ट 1982 मा जेनेभामा भयो। संयुक्त राष्ट्र संघले सन् 1994 लाई आदिवासी बर्ष घोषणा गर्यो। 23 December 1994 मा संयुक्त राष्ट्र संघले 1995-2004 सम्म प्रथम आदिवासी दशक घोषणा गर्यो र आदिवासीहरुको मुद्दाको बारेमा 9 अगस्ट 1982 मा बसेको प्रथम बैठकको स्मरणमा 9 अगस्टलाई प्रति बर्ष आदिवासी दिवस मनाउने घोषणा गर्यो।

यसको अलावा संयुक्त राष्ट्र संघले सन् 2005-2014 सम्म द्वितीय आदिवासी दशक घोषणा गर्यो, जसको उद्देश्य आदिवासीहरुको मानवअधिकार, पर्यावरण, शिक्षा, स्वास्थ्य, आर्थिक एवंम् सामाजिक बिकासको मुद्दालाई समाधान गर्न अन्तर्राष्ट्रिय सहयोग जुटाउनु हो।

बिश्व आदिवासी दिवस बिश्वभरिका आदिवासीहरुको अधिकार सुनिश्चित गराउने र त्यसको बिकासमा जोड दिने दिन हो। 
त्यसैले, प्रत्येक वर्ष 9 अगस्टको दिन सबै आदिवासीहरुले आफ्नो एकता र अधिकारको लागि संघर्ष र प्रतिबद्धताको प्रदर्शन गर्न जरुरी छ।

यस दिन आदिवासीहरुले आफ्नो मातृभूमिको पहिलो निवासी आफूहरू भएको घोषणा गर्ने तथा जल, जंगल, जमिन लगायतका प्राकृतिक संसाधनहरुमाथि आफूहरूको पहिलो हक भएको दाबी गर्ने दिन हो। जय आदिवासी दिवस।

नवलपरासी , नवलपुर

प्रकाशित:

११७७ दिन अगाडि

|

२४ साउन २०८०

रेशम चौधरीको उम्मेदवारी विरुद्ध उजुरी किन ?
रेशम चौधरीको उम्मेदवारी विरुद्ध उजुरी किन ?

१४७९ दिन अगाडि

|

२५ असोज २०७९

डा. केआई सिंहको बिर्तावाल ‘गुलयारी’ : थारू उपर कहिल्यै नमेटिने ती घाउहरू
डा. केआई सिंहको बिर्तावाल ‘गुलयारी’ : थारू उपर कहिल्यै नमेटिने ती घाउहरू

१५१३ दिन अगाडि

|

२१ भदौ २०७९

स्वतन्त्रहरु अनि नागरिक उन्मुक्ति पार्टीको उदयको दस्तक
स्वतन्त्रहरु अनि नागरिक उन्मुक्ति पार्टीको उदयको दस्तक

१५२३ दिन अगाडि

|

१२ भदौ २०७९

‘रेशम रक्तबीज हो, एक रेशमको उमेदवारी खारेजले हजार रेशम जन्मिन्छन्ः’ हिमाञ्चल भट्टराई
‘रेशम रक्तबीज हो, एक रेशमको उमेदवारी खारेजले हजार रेशम जन्मिन्छन्ः’ हिमाञ्चल भट्टराई

१४७८ दिन अगाडि

|

२६ असोज २०७९

टीकापुर घटनाको मुद्दा फिर्ता नलिइए नागरिक उन्मुक्तिका सांसदले शपथ नलिने 
टीकापुर घटनाको मुद्दा फिर्ता नलिइए नागरिक उन्मुक्तिका सांसदले शपथ नलिने 

१४२७ दिन अगाडि

|

१५ मंसिर २०७९

रातीसम्म नाचगान गरेको भन्दै टीकापुर प्रहरीबाट जानकीका ३ जनालाई पक्राउ
रातीसम्म नाचगान गरेको भन्दै टीकापुर प्रहरीबाट जानकीका ३ जनालाई पक्राउ

१४८३ दिन अगाडि

|

२० असोज २०७९

टीकापुर घटना राज्यसत्ताले चलाखीपूर्ण रूपमा घटाएको घटना होः मोहना अन्सारी
टीकापुर घटना राज्यसत्ताले चलाखीपूर्ण रूपमा घटाएको घटना होः मोहना अन्सारी

१४१६ दिन अगाडि

|

२७ मंसिर २०७९