म जिमदार, ऊ कमैया 

म जिमदार, ऊ कमैया 

११९९ दिन अगाडि

|

२ साउन २०८०

कैलालीमा ९५३ मुक्त कमैया परिवारको पुनस्र्थापन हुन सकेन

कैलालीमा ९५३ मुक्त कमैया परिवारको पुनस्र्थापन हुन सकेन

११९९ दिन अगाडि

|

२ साउन २०८०

देशमा दास प्रथाको अवशेषको रुपमा रहेको कमैया प्रथा अन्त्यको घोषणा भएको आज २३ बर्ष पुरा भएको छ । २३ बर्ष बितिसक्दा पनि पूर्ण रुपमा भूमिहीन धेरै मुक्त कमैयाहरुलाई सरकारले बसोबासको ब्यवस्था गर्न सकेको छैन ।  यसै क्रममा साउन १ गते मुक्त कमैया महिला विकास मञ्च कैलालीले धनगढीमा पत्रकार सम्मेलन गर्दै कैलालीमा ९५३ परिवार बसोबासका लागि भूमि नपाएको जनाएको छ ।  मञ्चका अनुसार कैलालीमा जम्मा मुक्त कमैया संख्या ९७६२ परिवार रहेकोमा बसोवासका लागि जग्गा नपाएका सट्टा भर्ना ४००, परिचय पत्र बदर १७३, जग्गा नपाएका शुद्ध ३८० परिवार गरी जम्मा ९५३ परिवार ब्यबस्थापन गर्न बाँकी रहेको जनाएको छ ।  त्यसैगरी मञ्चले छुट हुन गएका मुक्त कमैयाहरुलाई स्थानीय सरकारको सिफारिस वमोजिम जो जहाँ वसेका छन्, स्थलगत अध्ययन गरिी फिल्डमै परिचय पत्रसहित पुनस्थापना गर्न, मुक्त कमैया शिविरमा जनता आवास कार्यक्रम सञ्चालन गर्नुपर्ने जस्ता सरकारसँग ९ बुँदे माग गरेको छ ।  नेपालमा सिक्किम, आसाम, बर्माबाट आएका नेपालीभाषी भारतीयहरुको जग्गासहित उचित व्यवस्थापन भए पनि देशमै पूर्ण रुपमा भूमिहीन रहेका मुक्त कमैयाहरुको अझै पुनस्र्थापन हुन सकेको छैन । उनीहरुलाई राजनीतिक दलहरुले केवल भोट बैंक बनाएका छन् । चुनाव हुँदा माग पुरा गर्ने बाचा गर्छन् तर चुनाव सकिंदा बिर्सने गरेका कुरा मुक्त कमैया महिला विकास मञ्चका संस्थापक अध्यक्ष कौशिला चौधरीलगायत मुक्त कमैयाका अगुवाहरु बताउँछन् ।

चलो रे हंसा ओहे देश...

चलो रे हंसा ओहे देश...

११९९ दिन अगाडि

|

२ साउन २०८०

सेवा भट्टराई  गीत सङ्गीतमा धनी छ, थारू समुदाय। शुभकार्यमा मागर, दशैंमा बर्कीमार र सखिया, माघीमा धमार र मघौटा। सन्दर्भ अनुसार बेग्लाबेग्लै गीतहरू यो समुदायमा पाइन्छन्। त्यति मात्र नभएर पूर्वदेखि पश्चिम तराईसम्म फैलिएको थारू समुदायमा ठाउँ पिच्छे फरक फरक गीत पनि पाइन्छन्। तिनैमध्ये केही विधा व्यवसायीकरणसँगै अझ लोकप्रिय बनिरहेका छन् भने केही विधा ओझेलमा छन्। थारू गीत गाएर नाम कमाएकी दाङकी बसन्ती चौधरीले यी सबै किसिमका गीत गाउने गरेकी छन्। उनीसँगको कुराकानीमा आधारित रहेर यहाँ थारू समुदायमा गाइने केही गीतको चर्चा गर्दै छु। नचाउने झुम्रा दशैं लगायत चाडबाड र अन्य रमाइलो अवसरमा गाइने गीत हो, झुम्रा। विगतमा झुम्रा नाच पुरूषले मात्र नाच्ने गर्थे। हुन त थारू समुदायमा महिला ननाच्ने होइनन्। समूहमा जम्मा भएर गाउँभरका केटीहरू सखिया र बर्कीमार जस्ता नाचमा रमाउने गर्छन्। तर, झुम्रा रमाउनका लागि नभई प्रदर्शनका लागि नाच्ने गरिन्छ। यसको अर्थ हो, थारू समुदायमा ‘उत्सव’ र ‘प्रदर्शन’ का नृत्यमा फरक छ। “सखिया वा बर्का नाचमा सबै साथीहरू सँगै नाच्दा कुनै समस्या हुँदैनथ्यो, तर झुम्रामा दुई जना मात्र नाच्ने हुँदा अभिभावकहरू पठाउन चाहँदैनथे,” बसन्ती भन्छिन्, “त्यसैले झुम्रा गीतमा पुरुषले नै महिलाका लुगा लगाएर सबैलाई मनोरञ्जन दिने प्रचलन रहेको थियो।” अचेल झुम्रा गीतमा सबै जना नाच्ने गर्छन्। थारू गीतको बजार बढ्दै जाँदा बसन्तीले थुप्रै झुम्रा गीत रेकर्ड गराएकी छन्, जुन चाडबाड र उत्सवमा बजाउने गरिन्छ। साथै, यात्रामा जाँदा गाडीमा पनि सुन्न पाइन्छ। आफ्नी हजुरआमाबाट प्रभावित भएर झुम्रा नाच्न थालेको बताउँछिन् बसन्ती। “मेरी आमाकी आमा आफ्नो जमानामा निकै अगाडि हुनुहुन्थ्यो। उहाँ चाहिं मादल बजाएर, हार्मोनियम बजाएर सबलाई नचाउनुहुन्थ्यो, तर अरू चाहिं केटा मात्रै नाचेको देख्थें। उहाँलाई नै सम्झिएर पछि मैले पनि झुम्रा नाच्न र गाउन थालें,” उनी भन्छिन्। अचेल थारू चलचित्र र महोत्सवमा समेत झुम्रा निकै लोकप्रिय भएको छ। यूट्युबमा पनि यसका भिडिओहरू पाइन्छन्। “झुम्रामा रङ्गीन दुनियाँ छ किनभने सबैलाई नचाउन र रमाइलो गर्न यो गीत गाउने गरिन्छ,” बसन्ती भन्छिन्। व्यावसायिक रूपमा उनले गाएको एउटा झुम्रा गीत यस्तो छः केटा लागि टे लागि कलक्टर भर रूपियाँ रूपनी बठनियाँ नहिँ छोरबु। केटी नचदी अँगनामे अँगिया सौंपिदेहबुँ   रूपवा रूपिया लेके सटबुँ। केटा बक्साभरि रुपैयाँ लागे पनि लागोस्, राम्री केटी छोड्दिनँ केटी आँगनमा आँग हल्लाएर नाचिदिन्छु तर रूप चाहिं रुपैयाँ लिएर मात्र साट्छु।० ‘सजना’ जोगाउने प्रयास बसन्ती आफ्ना समुदायका गीत जोगाउने काममा पनि सक्रिय छिन्। अहिले उनी सङ्गीत उत्सव ‘इकोज् इन द भ्याली’ को सहयोगमा अरू सङ्गीतकारहरू सिम्मा राई र हिसी डोल्मा शेर्पासँग मिलेर सजना भाका जोगाउन लागिपरेकी छन्। बसन्तीका अनुसार माघको सरस्वती पूजादेखि भदौको हरेरी पूजासम्म गाइने गीत हो( सजना भाका। “यो गीत पानी नपरेको वेला पानी पार्न गाइन्छ वा बैरागिएकी महिलाले आफ्नो माइती याद गर्दै श्रीमान्, नन्द, आदिलाई सुनाउन पनि यो गीत गाउँछन्,” बसन्ती भन्छिन्। सजना भाका जोगाउने क्रममा बसन्तीले सिम्मा र हिसीलाई थारू गीत जान्ने निर्मलासँग भेट गराएकी थिइन्। निर्मलासँग मिलेर यी तीन जनाले सजना भाका सिकेर रेकर्ड गराए जुन अहिले यूट्युबमा उपलब्ध छ। साथै, तीनै जनाले गत चैतमा काठमाडौंमा भएको ‘इकोज् इन द भ्याली’ उत्सवमा पनि यो गीत गाएका थिएः अरी मछरी मरन हम्रे गइलि ना  री मरली राप्ती लदिया अरी अंगरीमे काटि अंगरकटवा ढिकवा बैठल रोइबुँ भौजी मोरे लेलिन टपिया ना री ननदी लेलिन हेलका भौजी मरलिन रैनी मछरिया ननदी झिंगा झोकलिन। हामी माछा मार्न राप्ती नदीमा गयौं औंलामा अंगरकटुवा कीराले टोक्यो, नदीतिरमा बसेर रोएँ। भाउजूले टपिया ९एक खालको भाँडा० लिइन्, नन्दले हेलका ९एक खालको भाँडा० लिइन् भाउजूले रैनी माछा मारिन्, नन्दले झिंगा माछा छोपिन्। नदीमा माछा मार्न जाने थारू महिलाको दैनिकी यो गीतमा वर्णन गरिएको छ। यस्ता केही गीतले नयाँ श्रोता पाउन थाले पनि थारू समुदायका रीतिरिवाजमा प्रयोग गरिने र ‘विशेष’ अवसरमा मात्र सुनिने गीत भने समुदायमै सीमित भएको पाइन्छ। ओझेलमा गम्भीर गीत थारू सङ्गीत परम्परामा मनोरञ्जन मात्र छैन, जीवनका गूढ रहस्य बोकेका भजन पनि छन्। त्यस्तै एउटा भजन बसन्तीले पनि गाएकी छन्। कोही कसैको मृत्यु भएपछि उसको घरमा गएर गाइने यो भजनले दक्षिणएशियामा लोकप्रिय निर्गुण दर्शनको सार खिचेको छ। चलो रे हंसा वहि देश जहाँ सट्गुरू बालम बसे हंसा हो हंसा कउने बने लेहतो बसेरा भूलिगयो टु मायाके बखेरा हंसा हो चलो रे हंसा वहि देश जहाँ सट्गुरू बालम बसे आधा पापि किनारे लागे आधा पार्थिव मझेढार हो चलो रे हंसा ओहे देश जहाँ सट्गुरू बालम बसे। बसन्तीले सुनाएको यो भजनको अर्थ यस्तो छ( जसको श्रीमान् वा श्रीमती बितिसक्यो, आधा गयो भने आधा घरमै छ, उसलाई कसरी खुशी पार्नेरु आधा शरीर यहाँ छ, आधा त गइसक्यो। हाम्रो पार्थिव शरीर पापी त हो। एक दिन यहाँ छ, अर्को दिन त गइजान्छ नि। जन्मेपछि मरण अवश्य छ।’                                                                                                                                        गायिका बसन्ती चौधरी “थारू संस्कृतिका भजन एकदमै मन छुने छन्। उजाडिएको जिन्दगीलाई हामी त्यही गीत(सङ्गीतको माध्यमबाट जगाउन सक्छौं,” बसन्ती भन्छिन्। बसन्तीले भने जस्तै यो गीतले पार्थिव शरीरलाई पापी एवं नाशवान् र आत्मालाई अमर एवं पापबाट मुक्त मानेको छ। गीतमा संसारलाई मायाजाल, झमेला भनिएको छ भने मृत्युलाई मुक्ति। यो पापी संसारबाट छुटकारा पाएर ‘हंस’ दैवी शक्तितर्फ जानुमै खुशी छ। गीतमा ‘निर्गुण’ भन्ने शब्दको प्रयोग गरिएको त छैन, तर शरीर र आत्मालाई अलग रूपमा बुझ्ने दक्षिणएशियाको निर्गुण परम्पराको भाव बोकेको छ। यो परम्परामा मृत्युलाई अन्त्यभन्दा पनि परिवर्तनको प्रक्रियाका रूपमा लिइन्छ, जहाँ आत्माले पापी संसारबाट मुक्ति पाउँछ र आध्यात्मिक यात्रामा जान्छ। दक्षिण एशियाका हिन्दू समुदायमा निर्गुण परम्पराको लामो इतिहास छ। सांसारिक गतिविधिलाई ‘झमेला’ वा ‘दुःख’ मान्ने, संसारलाई ‘पापी’ र ‘मोहमायायुक्त’ मान्ने, सांसारिक दुःखबाट मुक्ति खोज्ने, शरीरलाई क्षणिक र आत्मालाई अमर मान्ने, यो परम्पराका केही विशेषता हुन्। पूर्वीय दर्शनमा महाभारतको भागवद् गीतादेखि लिएर बुद्धको दर्शनसम्ममा यो अवधारणाका जराहरू पाइन्छन्। नेपालमा भानुभक्तको रामायणमा लगायत विभिन्न रचनामा यी अवधारणा उल्लेख गरिएका छन्। ‘निर्गुण’ भन्ने शब्द प्रयोग नगरे पनि यस्तो बृहत् दर्शनलाई यो गीतले सटीक ढङ्गले समेटेको छ। सङ्गीत मनोरञ्जन मात्र नभई मानव जीवनका विविध पक्ष दर्शाउने माध्यम पनि हो र यो भावनाको गहिराइमा पुग्न सक्छ भन्ने उदाहरण पनि हो यो गीत। आत्माको अमरता सांसारिक जीवनको क्षणभङ्गुरता, जीवन र मृत्युको चक्रबाट मुक्तिको इच्छा र अलौकिक, दैवी शक्तिसँग एकाकार हुने चाहना यो गीतमा व्यक्त गरिएको छ। थारू भाषाका थुप्रै मनोरञ्जनात्मक विधाको व्यवसायीकरण र प्रचारप्रसार भइरहँदा यस्ता दर्शन बोकेका गीत भने समुदायमा मात्र सीमित छन्। “कसैको मृत्यु भएको छ भने हामी त्यो घरमा पालैपालो सुत्न जान्छौं। त्यति वेला यस्ता गीत गाएर परिवारका मानिसलाई सान्त्वना दिन्छौं,” बसन्ती भन्छिन्, “यो गीतलाई मराठी भजन भनिन्छ र यो थारू गीत अहिलेसम्म कसैले रेकर्ड गरेको मलाई थाहा छैन।” यस्ता गीतको ‘गम्भीर’ विषय र समुदायमा विशेष प्रयोजनका कारणले यो सन्दर्भ बाहिर यी गीत लोकप्रिय हुन नसक्लान् कि भन्ने एउटा पूर्वधारणा हुन सक्छ। तर, छिमेकी देश भारतमा भने यस्ता दर्शन बोकेका गीतले चलचित्रमा र शास्त्रीय सङ्गीतमा ठाउँ पाएको पाइन्छ। त्यसैले यी प्राचीन दर्शन पनि नयाँ पुस्तामाझ पुगिरहेका छन्। कबिरले रचेको मानिने गीत ‘उड जाएगा हंस अकेला’ नेटफ्लिक्समा प्रदर्शनमा आएको चलचित्र कलामा समावेश गर्नु यस्तो अभ्यासको पछिल्लो उदाहरण हो। जग दर्शनका मेला उड जायेगा हंस अकेला। बसन्तीको गीतले यस्ता गीत नेपालमा पनि छन् भन्ने उदाहरण दिन्छ। विडम्बना प्रचारप्रसारको अभावमा ती ओझेलमा परिरहेका छन्। थारू समुदायमा आफ्नो भाषाका गीतको बजार विकास भइरहेको छ। त्यो त्यस्तो आधुनिक बजारमा धेरैजसो मनोरञ्जनात्मक विधा, लय र शब्द पुगे पनि जीवन दर्शन बोकेका गीतले ठाउँ पाइरहेका छैनन्। हिमालखबरबाट  

थारू किसानहरूको हरडहुवा अर्थात् हरढोवा

थारू किसानहरूको हरडहुवा अर्थात् हरढोवा

१२०१ दिन अगाडि

|

३१ असार २०८०

अहिले असार अन्तिम चलिरहेको छ, आर्थिक बर्षको अन्त्य भैरहेको छ । नेता कर्मचारी, ब्यापारी, संघ संस्थाहरु हिसाब मिलानमा ब्यस्त छन् । पश्चिमका थारुहरुमा भने हरडहुवा अर्थात् हरढोवाको रौनक छाएको छ ।  असार अन्तिम साता भएकोले पनि होला, गाउँहरुमा दिनैपिच्छे हरढोवा चलिरहेको छ । सबैभन्दा बढी हरढोवा असार ३० मा देखिएको छ । कतिपय गाउँमा असार अन्तिम दिनमा पनि हरढोवा मनाउने समाचार प्राप्त भएको छ ।  आदिवासी थारुहरुले मनाउने हरढोवाबारे धेरैलाई थाहा नभएको पनि हुन सक्छ । हरढोवा भनेको धानबाली रोपाईं सकिएपछि मनाउने विशेष पर्व हो भनी बुझ्नु पर्दछ ।  आदिवासी थारुहरुको मूलपेशा कृषि हो । कृषि ब्यवसाय उनीहरुको जीवनको मूलआधार हो । उनीहरुका बालबालिकाहरु खेतीबारीको हिलो माटोसँग लडीबुडी गरी हुर्किन्छन् । जीवनको शुरुवात र अन्त्य खेतीपाती गर्दै बित्ने हुँदा कृषिमा गरिने धेरैजसो क्रियाकलापलाई उनीहरु पर्वको रुपमा मान्ने गर्दछन् ।   धान खेतीको शुरुवातमा ढुरिया पूजा (धर्ती पूजा, हरोट लेहाई), रोपाई गरिसकेपछि हरढोवा, धान हरियो भैसकेपछि हरेरी, धान काटिसकेपछि औली, धान डाईं गरिसकेपछि पेंडिया उनीहरुले खेतीपाती गर्दा बखतका पर्व हुन् ।  अहिले खेतीपातीका लागि ट्रयाक्टर उपलब्ध छ । तर, पहिले पहिले खेतीपाती गर्दा उनीहरुको महत्वपूर्ण हतियार भनेको हलो हुन्थ्यो, जसलाई उनीहरु ‘हर’ भन्दछन् । हर (हलो) कृषिमा नभई नहुने महत्वपूर्ण साधन हो, जसलाई उनीहरु धान रोपाईंपछि धोई पखाली, सरसफाई गरी जतनका साथ राख्ने गर्दछन् ।  रोपाईं सकिएपछि त्यही हर (हलो धुवाई) ढोवाई नै थारुहरुका लागि पर्व बन्न पुग्यो र हरढोवाको नामले परिचित हुन पुग्यो । त्यही हरढोवा बोलीचालीमा अपभ्रंश भई कतै कतै हरडहुवा हुन पुग्यो । बोलीचालीमा हरढोवा, हरडहुवा जे भनेपनि यो हर धुवाई उत्सव नै हो ।   किसानका लागि गहुँ, मसुरो, तोरी वा अन्य अन्नबाली भन्दा पनि धानबाली रोपाईं गर्दा सार्है मिहिनेत चाहिन्छ । धानखेतीमा मेनपावर पनि बढी लाग्ने, गर्मी अति हुने, कहिले लगातार परेको पानीले खेतमा टिक्नै गार्हो हुने, हातखुट्टा पानीले पाक्ने हुँदा धानबाली रोपाईलाई कठिन कार्यको रुपमा लिने गरिन्छ ।  धान रोपाईं समयमै गर्न सकिएन भने वष दिनको कमाई सकिन्छ, भोकै मर्नुपर्ने अवस्था हुन्छ । त्यसैले रोपाईं सकिएपछि सबैजना रमाउने र “अब वर्षभरी मुखमा माड लाग्ने भयो” भनी ढुक्क हुन्छन् र खुशी ब्यक्त गर्ने गर्ने गर्दछन् । त्यही कठिन कार्यमा सफलता प्राप्त गरेपछिको खुशियाली हो हरढोवा भन्दा फरक नपर्ला ।   हरढोवा गाउँभरीका मान्छे सँगै मनाउने गर्दछन् । घर घरमा मीठो खानेकुरा, परिकार तयार गर्दछन् । खेतीपातीको काममा सहयोग गर्नेहरु, जान्नेसुन्ने, सम्मानित ब्यक्तित्वहरु, चेलीबेटीहरुलाई घरमा बोलाउँछन्, खानपिन गर्दछन् र रमाउँछन् ।  हरढोवाको कुनै निश्चित तिथी, मिति वा बार छैन । यो गाउँभरीका किसानहरु धानबाली रोपाईं गरिसकेपछि सल्लाह गरेर मनाइने पर्व हो । कोही अघि, कोही पछि रोपाईं कार्यको थालनी गरे पनि गाउँमा सबैको रोपाईं सकिएपछि हरढोवा मनाइन्छ । रोपाई सकिने दिनमा पनि घर परिवार समान्य उत्सव मनाउने गर्दछन् । तर हरढोवा गाउँभरीका किसानहरु रोपाईं सकिएपछि सँगै मनाउने पर्व मानिन्छ ।  पश्चिममा प्रायः असार महिनाभित्र रोपाई सम्पन्न हुन्छ । त्यसैले, असार अन्तिम सातातिर कुनै दिन कुनै गाउँमा, कुनै दिन कुनै गाउँमा पर्व मनाइएको पाइन्छ । २०८० मा यो पवै असार ३० गते धेरै गाउँमा मनाइएको देखियो । असार ३१ गते पनि कतै कतै देखिदैछ । यसले यो बर्षको हरढोवा पर्वमा केही एकरुपता देखिएको छ, जुन जरुरी छ ।  वनविनाशका कारण वातावरण पर्यावरणमा आएको परिवर्तनले यस वर्ष वषातर्् निकै कम भइरहेको छ । असारमा धानबाली रोपार्इं गर्न सकिएन भने असोजमा धान पाक्न सम्भव हुँदैन र अर्को बाली उत्पादनमा पनि समस्या हुन्छ । त्यसैले, किसानहरु सकेसम्म असार महिनाभित्रै ट्युबवेल, बोरिङ्ग, कुलो, नहर लगायतको स्रोतबाट धानबाली रोपाई गरिसक्ने मनस्थितिमा रहन्छन् । अगावै खेती सक्नेले रोपाईंमा पछि भएकालाई सख्लहरा भई सघाउँछन्, जुन निशुल्क हुन्छ । यसले संगै हरढोवा मनाउने कार्यक्रम सफल हुन्छ ।  एकरुपतामा बल पुग्छ ।  कहिले यो गाउँ, कहिले त्यो गाउँ आलोपालो हरढोवा मनाउनु भन्दा पनि सँगै धेरै गाउँ मनाउँदा राम्रो हुन्छ । आगामी दिनमा कम्तीमा जिल्लाभरी सँगै हरढोवा होस् भन्ने कामनासहित सबैमा हरढोवा पर्वको शुभकामना ।      

नेपाली कांग्रेसमा थारु समुदायका नेताहरु विकल्पको खोजीमा  

नेपाली कांग्रेसमा थारु समुदायका नेताहरु विकल्पको खोजीमा  

१२०६ दिन अगाडि

|

२६ असार २०८०

नेपाली कांग्रेसमा थारु समुदायका नेताहरुले विकल्पको खोजीबारे छलफल थालेका छन् । पार्टीभित्र थारु नेताहरुलाई बेवास्ता गरिएको भन्दै विजयकुमार गच्छदारसहितका नेताहरु कांग्रेसबाट बाहिरिने तयारीमा सोचमा पुगेका हुन् । असारको पहिला साता पूर्वउपसभापति विजयकुमार गच्छदार, केन्द्रीय सदस्य रामजनम चौधरी, गोपाल दहित, प्रतिनिधिसभा सदस्य तेजुलाल चौधरी लगायतका नेताहरुबीच विकल्पको खोजीमा छलफल भएको थियो । कांग्रेस केन्द्रीय सदस्य रामजनम चौधरीका अनुसार नेतृत्वले थारुप्रतिको दृष्टिकोण नबदले पार्टीमा बस्नेको औचित्य नभएको छलफलको निष्कर्ष थियो । कांग्रेस सांसद तेजुला चौधरीले पनि थारु नेताहरुले विकल्पको खोजी गरिरहेको बताए । ‘कांग्रेस नेतृत्वको रवैया देखियो । यस्तो अवस्थामा कांग्रेसमा बस्नुको अर्थ छैन भनेर छलफल गरिरहेका छौं,’ तेजुलालले भने । भोलि बस्ने केन्द्रीय कार्यसमिति बैठकपछि थप रणनीति बनाउने थारु नेताहरुको तयारी छ । रामजनमले भने, ‘एक वर्षपछि भोलि केन्द्रीय समिति बैठक बस्दैछ । त्यहाँ हाम्रो कुरा राख्छौं ।’ थारु संघको विधान, नेपाल तरुण दल विस्तार, मन्त्री छनोट लगायतका विषयमा सामुहिक कुरा उठाउने रामजनको भनाइ छ । ‘थारु संघको विधान नै संशोधन भएको छैन । नेपाल तरुण दलको ४ सय जनाको केन्द्रीय कार्यसमिति आउँदा पनि हामीले भनेको एक जनालाई पनि राखिएन । मन्त्री छनोटमा पुरा बेवस्ता गरियो ,’ उनले भने । कांग्रेसबाट ९ जना मन्त्री बन्दा पनि एकजना थारुलाई समावेश नगराइएकोमा उनीहरुको आपत्ति छ । ‘यस्तो ठूलो मन्त्रिपरिषदमा एक जना थारु समुदायबाट मन्त्री बनाएनन् । एमाले र माओवादीले थारु समुदायबाट मन्त्री बनायो । तर, कांग्रेसले एक जनालाई पनि मन्त्री बनाएन । थारुहरुप्रति नेपाली कांग्रेसको दृष्टिकोण के हो ? यसबारे भोलि कुरा उठाउछौं,’ उनको प्रश्न छ । रामजनमका अनुसार केन्द्रीय सदस्य गोपाल दहितले थारुहरुको माग–मुद्दाबारे सूची बनाएका छन् । भोलि केन्द्रीय समिति बैठक बस्नुअघि उनीबीच आन्तरिक छलफलको तयारी छ । ‘हामीलाई बेवास्तै गरिएको छ । हेरौं हाम्रोबारे भोलिको केन्द्रीय समिति बैठकमा कस्तो किसिमको कुरा आउँछ,’ उनले भने, ‘पार्टीले हाम्रो माग सुनुवाइ गरेन भने अब विकल्प सोच्नुपर्ने अवस्था आउँदैछ । हामी त्यसका लागि पनि तयारी गरिरहेका छौं ।’ गच्छदारले २०७४ कात्तिक २९ मा आफ्नो फोरम लोकतान्त्रिक पार्टीलाई कांग्रेसमा समाहित गराएका थिए । २०६४ मा कांग्रेस छाडेर गएका गच्छदार १० वर्षपछि ०७४ मा पुनः कांग्रेसमै फर्किएका थिए । कांग्रेसमा आएर उपसभापति बनेका उनी १४ औं महाधिवेशनमा भने धनराज गुरुङसँग उपसभापतिमै दुई मतले पराजित भएका थिए । ललिता निवास प्रकरणमा मुछिएका गच्छदार अहिले कांग्रेसबाट बाहिरिएर नयाँ पार्टी बनाउने गृहकार्य गरिरहेको नेताहरु बताउँछन् । त्यसमा केन्द्रीय सदस्य, केही संघीय र प्रदेश सांसदले उनलाई साथ दिएको देखिन्छ । रामजनमकाअनुसार असार पहिलो साता भएको छलफलमा २० जना नेताहरु सहभागी थिए ।

सुदूरपश्चिम प्रदेशको बजेट पारित हुन नदिने सत्तारुढ ३ दलको निर्णय

सुदूरपश्चिम प्रदेशको बजेट पारित हुन नदिने सत्तारुढ ३ दलको निर्णय

१२०७ दिन अगाडि

|

२५ असार २०८०

सुदूरपश्चिम प्रदेशको आगामी आर्थिक वर्ष २०८०र०८१ को बजेट पारित गर्न नदिने सत्तारुढ ३ दलले निर्णय गरेका छन् । सत्तारुढ दल नेकपा माओवादी केन्द्र, नागरिक उन्मुक्ति र एकीकृत समाजवादीको सोमबार बसेको संयुक्त बैठकले सो निर्णय गरेको हो ।  नागरिक उन्मुक्ति पार्टीका संसदीय दलका नेता घनश्याम चौधरीले प्रदेश सभामा पेश गरिएको बजेट संघीयताको मर्म विपरीत र व्यक्ति केन्द्रित   रहेकोले यथास्थितिमा पारित गर्न नदिन ३ दलको निर्णय भएको जानकारी दिए । असार १ गते प्रदेश सरकारका आर्थिक मामिला मन्त्री नरेश कुमार शाहीले आगामी आर्थिक वर्षका लागि २९ अर्ब २६ करोड ५९ लाख ३२ हजारको बजेट प्रस्तुत गरेका थिए । शाही एकीकृत समाजवादीबाट मन्त्री भएका हुन् । बजेटमाथि प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको मात्रै होइन, सत्तारुढ गठबन्धनभित्रै असन्तुष्टि देखिएको हो ।  बजेटप्रति सरकारको नेतृत्व गरिरहेको नेपाली कांग्रेसका सांसद सांसदहरुले पनि विरोध जनाउँदै आएका छन् ।  

यी हुन् प्रतिभा पुरस्कार पाउने ३२ जना

यी हुन् प्रतिभा पुरस्कार पाउने ३२ जना

१२११ दिन अगाडि

|

२१ असार २०८०

सरकारले संस्कृति प्रवद्र्धन कार्यक्रमअन्तर्गत ४ विधामा राष्ट्रिय तथा प्रादेशिक प्रतिभा पुरस्कार दिने निर्णय गरेको छ ।  संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले बुधबार उक्त निर्णय गरेको हो। मन्त्रालयले बुधबार नै मन्त्रीस्तरबाट विभिन्न ४ विधानमा ३२ जनालाई पुरस्कार दिने निर्णय गरिएको बताएको छ । यसै क्रममा भाषा, साहित्यतर्फ थारू साहित्यमा योगदान गर्ने शेखर दहित (शोभाराम चौधरी) लुम्विनी प्रदेशबाट पुरस्कृत हुने भएका छन् । त्यस्तै, लुम्विनी प्रदेशबाटै संस्कृतितर्फ टिकाराम उदासी (टिकाराम बुढामगर) पुरस्कृत हुने भएका छन् ।  सुदूरपश्चिम  प्रदेशबाट संस्कृतितर्फ नन्दलाल राना पुरस्कृत हुने भएका छन् । हेर्नुहोस् सूचीः