कैलारी गाउँपालिकामा साढे ४ सय घर डुबानमा 

कैलारी गाउँपालिकामा साढे ४ सय घर डुबानमा 

७९८ दिन अगाडि

|

५ भदौ २०८१

सुदूरपश्चिम सरकारको अन्याय कायमैः थारू समुदाय आक्रोशित

सुदूरपश्चिम सरकारको अन्याय कायमैः थारू समुदाय आक्रोशित

८०० दिन अगाडि

|

४ भदौ २०८१

सुदूरपश्चिम सरकारले प्रदेशमा धेरै स्रख्यामा रहेका थारु, दलितमाथि अन्याय कायमै राखेकोले अब सह्य नहुने भनी आक्रोश पोखेका छन् । साथै जननिर्बाचित सांसद, सरकार नैतिक रुपमा यति तल झरेर थारुहरुलाई हेप्न नहुने हो भन्ने विचार ब्यक्त गरेका थिए । उनीहरुले आफूहरुको जनसंख्यामा प्रदेशमा १७.८२ रहेकोले आफूहरुले १८% भन्दा कम दिइने सेवा सुविधालाई कुनै हालतमा स्वीकार नगर्ने बताएका थिए ।  थरुहट थारुवान राष्ट्रिय मोर्चा, नेपाल राना थारु समाज, थारु नागरिक समाज, थारु बिद्यार्थी समाजले मंगलबार (भाद्र ३) थारु छात्रबासमा आयोजना गरेको सुदूरपश्चिको निजामति सेवा ऐन बारेको छलफलमा नाउपा पार्टीबाट निर्बाचित सांसदहरु नागरिक उन्मुक्ति पार्टीका रामेश्वर चौधरी, कैलाश चौधरी र घनश्याम चौधरीको समेत उपस्थिति थियो ।  सहभागीहरुले सुदूरपश्चिम प्रदेश निजामति ऐन २०७९ लाई संशोधन गर्न बनाइएको बिधेयकमा भएको मुख्य मुख्य ब्यबस्थाबारे प्रदेश सभाका सदस्यहरुसँग जानकारी माग गरेका थिए । सांसदहरुले बास्तवमै सुदूरपश्चिम सरकारले थारुहरुमाथि अन्याय गर्न गइरहेको, उनीहरुको जनसंख्या (१८ प्रतिशत) अनुसार आरक्षण कोटा दिन नचाहेको, महिलाको ३३ प्रतिशतमा पनि थारुहरुलाई समावेश नगरेको, अपांग कोटामा पनि थारुहरुलाई समावेश नगरेको र यसको लागि आफूहरु आवाज उठाइरहेको जानकारी गराएका थिए ।  सांसदहरुबाट बिधेयकबारे जानकारी पाइसकेपछि थारु अगुवाहरु माधव चौधरी, अधिबक्ता जोहारी लाल चौधरी, थारु नागरिक समाजका संयोजक दिल बहादुर चौधरी, नेपाल रानाथारु समाजका कमल राना, थाकस केन्द्रिय सदस्य प्रभात चौधरी, महिला अगुवा बसन्ती चौधरी, प्रेमवती राना लगायतले त्यसबारे धारणा राखेका थिए । उनीहरुले सुदूरपश्चिम सरकारको यो कदम पनि थारुहरुमाथि निरन्तर गरिने अन्याय र अत्याचारको एक कडी रहेको, उसले थरुहट आन्दोलनमा फुट ल्याएजस्तै अहिले पनि थारु, रानाथारुबिचमा फुट ल्याई आरक्षण नदिने जालझेल गरिरहेकोले एकजुट भएर लड्ने, दलीय ह्वीप र दासता भन्दा माथि उठी आवाज उठाउने र अन्याय गर्नेहरुलाई समय आए एक भएर देखाउनुपर्ने बिचार ब्यक्त गरेका थिए ।  साथै उनीहरुले आफूहरु संलग्न रहेको दलमा भातृ संगठनमार्फत दवाव दिने, संयुक्त रुपमा मुख्य मन्त्रीलाई पुनः भेट्ने, पत्रकार सम्मेलन गर्ने र बुधबार प्रदेश सभा अगाडी धर्ना दिने र त्यसपछि अन्य कदमबारे छलफल गर्ने निष्कर्ष निकालेका थिए ।  छलफलपछि धनगढीमा सोही विषयबारे पत्रकार सम्मेलन गरिएको थियो । माग सम्बोधन नभए आज भदौ ४ बाट प्रदेशसभा अगाडि धर्ना बस्ने आयोजकले जनाएको छ ।   

सुदूरपश्चिमको निजामती सेवा ऐनः  थारु समुदायको गम्भीर आपत्ति

सुदूरपश्चिमको निजामती सेवा ऐनः  थारु समुदायको गम्भीर आपत्ति

८०० दिन अगाडि

|

४ भदौ २०८१

सुदूरपश्चिम प्रदेश निजामती सेवा ऐन २०७९ को संशोधन खाकामा सुदूरपश्चिम प्रदेशका थारु समुदायले आपत्ति जनाएका छन् । थारु कल्याणकारिणी सभा, थरुहट थारुवान् राष्ट्रिय मोर्चा, नेपाल राना थारु समाज र थारु नागरिक समाजले भदौ ३ गते सोवार धनगढीमा पत्रकार सम्मेलन गर्दै उक्त संशोधनमा विरोध जनाएका हुन् । थारु, राना थारु समुदायलाई संविधानले व्यवस्था गरेको अधिकारको कार्यान्वयनमा सुदूरपश्चिम प्रदेश सरकार असफल भएको उनीहरुको भनाई थियो । संविधानले निर्धारण गरेका मापदण्डहरूलाई पूरा नगरेको र समुदायका लागि आरक्षित अधिकारलाई कार्यान्वयन नगरेको भन्दै उनीहरुले विरोध जनाए । आफूहरुको माग सम्बोधन गराउन आग्रह गरिएको नभए भदौ ४ गते मंगलवार १० बजेदेखि सुदूरपश्चिम प्रदेश सभा अगाडि धर्ना कार्यक्रम गर्ने थारु नागरिक समाजका संयोजक दिलबहादुर चौधरीले ढकियाखबरलाई जानकारी दिए । समुदायको जनसङ्ख्याको आधारमा संविधानले १८प्रतिशत प्रतिनिधित्वको व्यवस्था गरेकोमा प्रदेश सरकारले उपेक्षा गरेको उनीहरुको आरोप छ । साथै, महिलाहरूको लागि आरक्षित ३३ प्रतिशत प्रतिनिधित्वमा पनि १८ प्रतिशत थारु÷राना थारु महिलालाई समावेश नगरेकोमा उनीहरुको असन्तुष्टि छ।

टीकापुर थारू विद्रोहः स्थिर गोर्खाली राज्यसत्ता संगको पैठेजोरी

टीकापुर थारू विद्रोहः स्थिर गोर्खाली राज्यसत्ता संगको पैठेजोरी

८०१ दिन अगाडि

|

३ भदौ २०८१

                                                                                                                                                               तस्विर साभारः हिमाल खबर । किन टीकापुर थारू विद्रोह राजनीतिक ? अनि राजनीतिक विद्रोह हुँदासमेत किन दुनियाँको नजरमा अपराधी करार ? आज उपरोक्त सवाल गौण बने । बंगलादेशको तख्तापटक विद्रोहको जगमा भएर अहिले शेख हसिना वेगम भारतमा शरणार्थी बन्नु नेपालको सन्दर्भमा असान्दर्भिक हुन सक्ला तर गोर्खाली राज्यसत्ता सन् २०१५ को नयाँ विधानमार्फत् जोगिने सम्भावना क्षीण हुँदैछ । यो विधान जारी गर्दै गर्दा नेपालमा राज्यविहीन राष्ट्रहरु असोज तीन–कालो दिन भन्दै विरोध गरे । एक दशकको शासन अवधिमा यहाँका राज्यसम्भ्रान्तहरु विधान पुनर्विचार गर्ने ठाउँमा पुगेका छन् भन्ने हालको सरकारी मोर्चाको कथन उनीहरुको ७ बुँदे सम्झौताबाट बुझ्न सकिन्छ । टीकापुर थारू विद्रोह रोक्न कैलाली जिल्लालाई दुई भागमा विभाजन गरेर पनि सहज बनाउन सकिने अवस्था थिएन । त्यहाँ स्वार्थको टकराव छ भन्ने राज्यसम्भ्रान्तहरुको मनमष्तिष्कमा थियो नै । साथै, गोर्खाली राज्यसत्ता बलियो बनाउन खस मनोविज्ञानलाई समेट्नुपर्ने अनिवार्यता थियो । प्रष्टै छ कि सुविधाअनुसार यहाँका राज्यसम्भ्रान्तहरु आफ्नो नश्लको रक्षा गर्न पुग्दा संघीय लोकतान्त्रिक गणतान्त्रिक व्यवस्थामा एकल नश्लीय शासनले निरन्तरता पायो । त्यही शासन व्यवस्थाले नै राज्यविहीन राष्ट्रको लागि राष्ट्रिय मुक्ति क्रान्ति जन्माउने आधार प्रदान गर्यो ।  मौजुदा राज्यसत्ताको निरन्तरता हालको विधानमा नै आर्यखसको परिभाषा समावेश गरी राज्यसम्भ्रान्तले दिएको सिद्धान्ततः स्वीकार गर्नुपर्ने हुन्छ । साथै, गाईलाई राष्ट्रिय जनावरलगायत अन्य विभिन्न चिन्हहरुमार्फत् राज्यको औपनिवेशिक चरित्र निर्धारण गर्दा थारू मासिन्या मतवाली भएरै बाँच्नुपर्ने भयो । एक्काइशौं शताब्दीको राजनीतिमा र त्यसमा पनि जनयुद्धमा सहभागी भएर यी सब बदल्छु भनी जुर्मुराएका वगाल उपनिवेश स्वीकार गर्नुपर्ने कुनै कारण थिएन । यही मनोदशा तथा स्वस्फूर्तताको बलमा गोर्खाली राज्यसत्तासंग पैठेजोरी खेल्न तयार भए थारूहरु ।  किसान विद्रोहलगायत सबैजसो लोकतान्त्रिक आन्दोलनहरुमा भौतिक तथा नैतिक रुपमा नै संघर्षरत थारूहरु  दासत्वबाट मुक्तिको लागि कमैया प्रथा उन्मुलन गर्न पहलकदमी लिए । लोकतन्त्र पुनः स्थापना भएको दश वर्षपश्चात २०५७ साल साउन २ गते नेपाल सरकारले  कमैया प्रथा उन्मुलन घोषणा गर्दा मुहारमा खुशी थियो । तर, मष्तिष्कमा समस्याको बोझ लिई पूर्व मालिकको घरबाट निकालिए । उनीहरु लामो समय जंगल, स्कूल तथा त्यस्तै अन्य ठाउँमा शिविर बनाएर जीवन बिताउन विताए । यी र यसखाले पीडा यथार्थमा कमलहरी बसेका छोरीहरुको समेत रह्यो । यहाँ राज्य नश्लवादी भएको कारण पुस्तौं कमैया तथा कमलहरी राख्ने जमिन्दार÷किसानहरु तथा शहरिया मालिकहरु नाफामा  रहेको देखियो ।  मुक्त कमैयाहरु व्यवस्थित गरिनुपर्ने जिम्मेवारीबाट राज्य चुकेपश्चात उनीहरु आफ्नो रिस फेर्न माओवादी जनयुद्धमा सामेल भएका थिए । जनयुद्धमा लागेकाहरु बर्दियामा मात्रै सयौं वेपत्ता पारिए । तर सरकार वेपत्ता रहेका व्यक्ति तथा संक्रमणकालीन न्यायसम्बन्धि आयोग गठन गर्दासमेत काम अगाडि बढ्न नसकेको सत्य हो । परिणाम के रह्यो भने सन् २०१५ मा नयाँ विधान जारी गर्दा संक्रमणकाल लम्बियो । अहिले पनि संक्रमणकालको अवस्था कायम रहेको  हाम्रो देशको राजनीतिले पुष्टि गर्छ । टीकापुर थारू विद्रोह हुँदाको बखत कथित संविधानसभाका प्रमुख चार दलले १६ बुँदे सहमति गरेकोे थियो । ती १६ बुँदे सहमतिले १२ बुँदे दिल्ली सम्झौता विस्थापन हुन पुग्यो । यसको प्रभाव विधानको खेस्रामा देखिई सकेको कारण त्यसको विरोध हुनु राजनीतिक कर्म थियो भने राज्यद्वारा विभिन्न ठाउँमा थारूलाई प्रतिबन्धित गर्न खोज्नु नै टकरावको कारण बन्यो । तर, अखण्ड सुदूरपश्चिमसंगको दुश्मनी देखाएर थारूसंग यो राज्यले वेइमानी गर्यो । प्रतिरोध गर्दा २०७२ भदौ ७ गते टीकापुरमा राज्यसंग थारू समुदाय आमने सामने हुन पुगे । यसलाई गैरराजनीतिक तथा अपराधिक घटना भनी यहाँका राष्ट्रिय मिडियामार्फत् पटक पटक लेख्न र बोल्न लगाउनु शासकीय उन्माद थियो । अर्को अर्थमा यो विद्रोह स्थीर गोर्खाली राज्यसत्ता विरुद्ध भयो । त्यसैले सेनाको गस्ती बढाएर त्यस क्षेत्रमा राज्यले आतंकित बनाउने काम गरे । साथै कफ्र्यूको समयमा टीकापुर बजारका थारू व्यापारीहरुको पसल लुटपाट र आगजनी गर्ने काम गरेको थियो ।  थरुहट प्रदेश नपाउँदासमेत संवैधानिक रुपमा थारू कलष्टर छुट्याई एउटा थारू आयोग गठन हुने विषय समेटिएर आउँदा थारू आन्दोलनको उपलब्धी ठान्ने जत्था पनि ठुलै छ । उपरोक्त यी यथार्थपरक विश्लेषणले थारू समुदायको संरचनागत पक्ष उजागर गर्न सकिन्छ तर एजेन्सी निर्माणको काममा कुनै योगदान दिन नसकेपश्चात थारूहरु उही प्रतिरोधका मनोविज्ञान बोकी माग र मुद्दामा संघर्ष केन्द्रित गर्नुपर्ने भएको छ । त्यसले थारू आन्दोलन जारी रहेको सन्देश दिन्छ । यस परिवेशमा थारू आन्दोलन पुनर्गठन गर्नुपर्ने विषय बहसमा आउनुपर्छ ।  एजेन्सीमार्फत् थारूको प्रतिरोधको मनोविज्ञानको सिमा पार गरी प्रोएक्टिभ भूमिका निर्वाह गर्न तयार हुनैपर्छ । यसले बदलिएको राजनीतिक पाराडाइमअनुसार सही भूमिकाका लागि योग्य बनाउँछ । यी अभियान निरन्तर चलाएर संघर्षमा जोड दिने कार्यदिशासंग जोड्न सक्नुपर्छ । टीकापुर थारू विद्रोह हुँदा पहिचान आन्दोलन आरक्षणकै वरिपरि घुमिरह्यो । स्वायत्तता तथा आत्मनिर्णयको अधिकार कुनै तयारी नै नगरी सडकमा उठाउने काम गरियो । फरक यति भयो कि थारू समुदाय सुदूरपश्चिम प्रदेश चाहेकै होइन भन्ने सन्देश दिनु थियो । तर थरुहट प्रदेश नपाउँदासमेत संवैधानिक रुपमा थारू कलष्टर छुट्याई एउटा थारू आयोग गठन हुने विषय समेटिएर आउँदा थारू आन्दोलनको उपलब्धी ठान्ने जत्था पनि ठुलै छ । यही ठाउँमा थारू विद्रोहको मर्म उपर प्रहार भयो । यसको वाइप्रडक्टको रुपमा भदौ ७ को थारू विद्रोह हो भनी बुझाउँदा अतिशयोक्ति नहोला । कारण नागरिक उन्मुक्ति पार्टी खोलेर चुनावी प्रतिस्पर्धा गर्दासमेत एजेन्सी निर्माणमा योगदान गर्न सकेन । त्यसैले, हामी थारू विद्रोहको विषयमा वहस गर्दा कन्भर्जेन्सको दृष्टिकोणबाट आन्दोलनको पहल लिन चुकिरहेका छौं । पटक पटक संघर्षमा निराश हुने गरी प्रतिरोधको गोलचक्करमा फँसिरहने हो भने सम्बन्धित समाजको नेतृत्व  गर्न असान्दर्भिक हुँदै गएको भन्न सकिन्छ । थारू आन्दोलनकारी अब “ट्राइल एण्ड इरर” को निरन्तरता दिने पक्षमा छैनन् । उनीहरु अब किटानी विचार, किटानी योजना तथा किटानी नेतृत्व खोजी गर्दै आन्दोलनमा सामेल हुन चाहेका छन् । गोर्खाली राज्यसत्तासंग टीकापुर थारू विद्रोहमार्फत् पैठेजोरी खेल्नुपर्ने कारणको मिमांशा हुनुपर्छ । साथै, स्वशासनको आकंक्षा उनीहरुको नैसर्गिक हक भएको कारण आत्मनिर्णयको अधिकार उपयोग गर्न नयाँ शासन व्यवस्थाप्रति आकर्षित हुँदैछन् । यस अर्थमा थारू आन्दोलन प्रतिरक्षाको घेरा तोडेर अब प्रोएक्टिभ हुन जरुरी छ । त्यसको लागि हो, एजेन्सी निर्माणको महत्वपूर्ण काम र राष्ट्रिय चेतनाको अनिवार्यता । जुन समुदायलाई बदल्ने कोशिश गरिआयौं, हामीले ती सम्बन्धित समुदायको विश्लेषण सही तवरले गर्न सक्यौं कि सकेनौं भन्ने प्रश्न जीवितै छ । अझ ती सम्बन्धित समुदायले भोग्दै आएका समस्याहरुको राजनीतिक समाधान दिन कुन ज्ञान प्रणालीको सहारा लिंदै आयौं त ? उदार पूँजीवाद तथा मार्क्सवादको वैचारिकी अभ्यास गर्दा पनि राज्य व्यवस्था एकल नश्लीय कसरी बन्यो नेपालमा ? त्यसले नयाँ नेपालको अवधारणालाई कहाँ र कसरी अवरुद्ध बनायो ? अध्येता सीके लालको सोच पत्र नेपालीय हुनलाई पढे केही निश्चित निष्कर्ष थाहा लाग्न सक्छ । उक्त सोच पत्रमा उल्लेखित विषय नेपालको सन्दर्भमा विचारणीय छ र राष्ट्रियता दावीको विषय फगत आरक्षण प्राप्त गर्न हुँदै होइन भनेर बुझ्नुपर्छ ।  टीकापुर थारू विद्रोहको साख नेपालमा वहुलराष्ट्रिय राज्य स्थापनार्थ राष्ट्रिय मुक्ति क्रान्ति र त्यसले बोक्ने किटानी विचार, किटानी योजना तथा किटानी नेतृत्वको जगमा जोगाउन सकिन्छ । ट्रयाक टु डिप्लोमेसीमा एक सिंगे गैंडा उपहार दिने परम्परा भएको देशमा नेपाली हुने आधार त स्थापित भइसक्यो, त्यसलाई आधात पुर्याउने काम पो गर्न भएन भन्ने मान्यता यद्यापि कायम छ । तर, पहिचानको वहस तर्कबाट नभएर भावनाबाट उत्पन्न हुने गर्छ भनि बुझाउन पो यहाँ कठीन छ (लाल, पृष्ठ ७) ।  अन्त्यमा, नेपाल वहुलराष्ट्रिय राज्य भएको तथ्य ढाकछोप गर्दैमा निराधार बन्दैन । यहाँ थारू तीमध्ये एक विशिष्ट राष्ट्र भएको बुझ्नुपर्छ । सोही आधारमा आत्मनिर्णयको अधिकारसहित स्वशासन हुनुपर्ने पक्षमा थारू समुदाय लगातार उभिई रह्यो । यो नेपालमा उठेको जातीय प्रश्नको समाधान पनि हो । थारू अब समस्याको समाधानकर्ताको रुपमा पहलकदमी लिन सक्नु पर्छ । राष्ट्रिय मुक्ति क्रान्ति त्यसको सशक्त साधन बन्न तयार छ ।  सारमा, टीकापुर थारू विद्रोहको साख नेपालमा वहुलराष्ट्रिय राज्य स्थापनार्थ राष्ट्रिय मुक्ति क्रान्ति र त्यसले बोक्ने किटानी विचार, किटानी योजना तथा किटानी नेतृत्वको जगमा जोगाउन सकिन्छ । राज्य त लाल आयोग प्रतिवेदन लुकाएर भए पनि थारूलगायत तराई मधेशको अन्य विविध स्थानमा भएका आन्दोलनमा भएको ज्यादती ढाकछोप गर्नमै व्यस्त छ । राज्य सम्भ्रान्तको छलछामको पुरानै परम्परा कायम राख्न चाहन्छ ।  लेखक समान नेपालका संयोजक तथा राष्ट्रिय मुक्ति क्रान्तिसंग आबद्ध हुनुहुन्छ । 

हुम्लामा साउने पूर्णिमा महिमा र दैवी न्यायिक इजलास

हुम्लामा साउने पूर्णिमा महिमा र दैवी न्यायिक इजलास

८०४ दिन अगाडि

|

३२ साउन २०८१

“राजाको ऐनभन्दा खोलाको चैन ठूलो” भन्ने उखानलाई हुम्लाका धामीहरूले सार्थक बनाएका छन् । यहाँ शदीयौंदेखि दैवी न्याय प्रणालीबाट फौजदारी र देवानी मुद्धाहरू छिनोफानो गर्ने गरेका छन् ।  सरकारले नागरिकलाई विभिन्न मानवीय यातना र असुरक्षाबाट सुरक्षा दिन आवश्यता अनुसारका विभिन्न निकायहरू गठन गर्ने गर्दछ । ती तत् तत् निकायहरूले समाजमा शान्ति, सुरक्षा, अमनचयन, पादर्शिता, जवाफदेहिता र भ्रष्टचारमुक्त समाज निर्माणमा सहयोग गर्दछन् । तर नेपालमा सरकारको दुरदृष्टिको अभाव भनौं कि अझै पनि केन्द्रीकृत नीतिको परिणाम भनौं राजधानी र मोफसलमा यस्तो भिन्नता ज्यादै गहिरो खाडलको रुपमा देखापरेको छ र रहेको छ पनि ।  हुम्ला मात्र नभएर कर्नाली प्रदेश जस्ता नेपालका विभिन्न मोफसलका क्षेत्रहरुमा जातिगत, भाषागत, संस्कारगत र अन्य प्रथाजन्य प्रचलनहरूले पनि दैनिक तथा सामाजिक रुपमा आइपर्ने ज्योतिषी, ग्रहदशा, विवाह, ब्रतबन्ध, मुद्धामामिला र अन्य कुराहरू गाउँठाउँका प्रशिद्ध देवताहरू “कालोसिल्तो, रामपाल, हंसपाल, बेताल, मस्टो, कैलास, महादेव, सर्की, ल्वासुर, हिल्छो, महाकाल, गुरा र मदानु” विभिन्न देवताका धामीहरूले छिनोफानो गर्ने गरिएको छ ।  ग्रामपालका रुपमा रहेका यी धामीहरूले विशेषतः झैझगडा, जारी, चोरी, जग्गा, अंश, ठगी र ज्यानमारा आदि प्रकृतिका फौजदारी र देवानी दुबै प्रकारका मुद्धा छिन्ने काम आफ्नो देवकीय अदातलको इजलास “घरमाँडु (घर नजिकको देवताको थान) र वनमाँडु (टाढाको देवताको थान)” दुबै स्थानबाट छिनोफानो गर्ने गर्दछन् । यहाँ र यस्ता माँडुहरूबाट न्याय पाउनका लागि पीडितले पीडकलाई धेरैभन्दा धेरै नशियत र जरिवाना होस् भनेर दियो बालेर, पिँठ्युमा ढुङ्गा बोकी, मुखमा दुबो च्यापी, भुजपत्रको टोपी, काँडाको ओछ्यान, फेरेको गादो, मोसोको टिको लगाई रुदै कराउँदै कर जोड्दै धामीको अगाडि नतमस्तक भई प्रार्थना गर्नुपर्छ र गर्दछन् ।  हुम्ला कर्नालीको सामाजिक, सांस्कृतिक र प्राकृतिक जनजीवनमा मस्टोको स्तर, स्थान, रुप र व्यापकताको बारेमा गहन रुपमा खोजी गर्नु गराउनु पर्ने देखिन्छ तर यस्तो काम हुन नसक्दा मौलिक सम्पदाको मुहान अर्थात् खुलाविद्यालय आफैमा ओझेल परेको छ । खशजातिको विश्वव्यापी सांस्कृतिक र सामाजिक परिवेश तथा स्याङसुङ, ख्युङलुङ सभ्यता एवं मानस कैलासको प्रमुखद्वार, उत्तरदक्षिण राजमार्गको व्यापारिक थलो र सम्पन्न सामाजिक गढलाई छिचोल्दा मस्टो र मस्टोइतरका देवदेवीका धामीडाङग्री र पुजारीका अनेकौं क्रियाकलापहरुलाई नियाल्दा धामीप्रथा र लामाप्रथाको एक आपसमा अन्योन्याश्रित सम्बन्ध रहेको पाइन्छ । तापनि धामीप्रथा विशेष गरी न्यायिक क्षेत्रमा चर्चित छ भने लामाप्रथा उपचार पद्धतिका लागि प्रचलनमा रहेको छ । अझ बोन परम्परामा यस्तो प्रक्रिया कालो बोेन र सेतो बोनको परिभाषामा पाउन सक्छौं ।  मस्टो क्षेत्रिय र राष्ट्रिय भूगोललाई नाँघेर अन्तरराष्ट्रिय भूगोलमा समेत परिभाषित, परिचालित र परिलक्षित भएको कथ्य र तथ्यले कर्नाली प्रदेशका खण्डहर, जर्जर र उराठलाग्दा काख र पाखाहरु यस संस्कृतिको साक्षीका रुपमा रहेका छन् । जस्तै यहाँका गर्खा, पाखा, दरा, खोला, वीस, पट्टी, कोट, रजवार, गढी, पातीहाल्न, बीसुन, रजवार र सेराहरु यी अवयवहरुका लागि गरिमामयी स्थानहरु मान्न सकिन्छ । यी स्थानहरु सम्पन्न खश सम्पदाको खानी हुन् भने हाम्रो परिचालित लोकसंस्कृतिको आँखाको नानी समेत भएको मान्न मनाउन सकिन्छ र सक्छौं पनि । यसको खोजी र रोजी गरौं र गराऔं । हाम्रा सन्ततीलाई आफु र आफ्नोपनको बारेमा चिन्न र चिनाउनका लागि हातेमालो गरौं ।  यसैले पनि मस्टो नेपाली खस  जातिले कुलस्वामीको रुपमा ग्रहण गरी सत्व र रजो गुण, कालो बोन र सेतो बोन, धामीपन्थी र बोनपन्थी, माच्योंक्ती ल्हा र काट्रच्योक्ती ल्हा, सुर र असुर, काल र अकाल, शीर र पाउ, दुध र रगत, छाकाल र बास्हारा, योग र वियोगको समपुरक, परिपुरक र अर्थपुरक मान्दै अन्तिम आस्थाको केन्द्र च्छोमाफाम अर्थात मानसरोवर र च्छो लांका अर्थात लंकारी तालको अद्भुत शक्तिभित्रको प्रज्ज्वलित प्रवाह भएर शदियौंदेखि दैविक न्यायलयको एक निर्विकल्पको रुपमा माप्चाको काप्चाको रुपमा बगिरहेको छ । मस्टोको वरिपरी घुमेको दैवी न्यायको प्रचलन, संस्कार, रीतिथीति तथा वैकल्पिक न्याय प्रणााली र पद्धति हो यो । यो नै हुम्लीहरुको मात्र नभएर कर्नालीको आत्म शुद्धताको रक्तसञ्चार हो । न्यायको लागि सामाजिक सद्भाव र समन्वयकर्ता समेत हो । यसैले पनि मस्टो खशजाति र खश साम्राज्यको एक खोजी योग्य नीघि, विधि, रीति, थीति र स्थिति पनि त हो नि ?  कर्नाली क्षेत्रमा प्रचलिनमा आएको मस्टो संस्कृतिको इतिहासको लेखाजोखा गर्दा यसको समयरेखा सायद सात हजार वर्ष पुरानो देखिन आउँछ । यसैले पनि मोहनजोडादो र हरप्पा समाज र संस्कृतिसँग जोडिन पुग्छ । योसँगै भाषिक समुदायका रुपमा सप्तम् र केन्तुम् परिवारको वरिपरी घुमेर भारोपेली, आग्नेय, द्रवीड र भोटबर्मेली भाषा पनि एक आपसमा अन्तरघुलन हुन पुगेको छ । यसैले पनि नेपाली भाषाको माउथलो बनेको हो सिँजा क्षेत्र । जसले गर्दा नोपली भाषा आज राष्ट्र भाषाको रुपमा एकताको प्रतिक बनेको छ । यसका धेरै प्रकारका भेदउपभेद भए पनि एक सम्पन्न राष्ट्रिय रेखा नाँघेर अन्तरराष्ट्रिय भाषा बन्नु हामी नेपालीको लागि गौरबको विषय हो । अझै यसलाई सम्पन्न गर्न गराउनका लागि स्थानीयस्तरमा प्रचलनमा आएका अन्य राष्ट्रिय भाषाको विकास विस्तार गरी मातृभाषालाई पनि संरक्षण गर्नु पर्दछ ।  हुम्ला कर्नाली प्रदेशको बहुचर्चीत चाडपर्वमध्ये साउने पूर्णिमा चाडपर्व मात्र हैन । यो त हुम्ला कर्नालीको एक सामाजिक न्यायलय हो । प्रत्येक वर्ष आउने १२ वटा पूर्णिमामध्ये वैशाख, साउन, कार्तिक र माघ पूर्णिमा हुम्ली लगायत कर्नाली समाजको एक न्यायिक इजलास पनि हो । यो अवधिमा देवीदेवताको पूजाआजा मात्र हुँदैन विभिन्न प्रकारका मुद्धाहरू छिनोफानो गर्ने एक महत्वपूर्ण दैविक न्यायलय पनि हो । यसका लागि विभिन्न प्रकारका विधिविधान, प्रक्रिया र चरणहरु पार गर्नु पर्दछ तैपनि सरकारी निकायभन्दा यहाँ छिटो छरिटो रुपमा न्यायिक सम्पादन हुने गरेको छ । यसैले पनि माँडुमा गरिने सम्पादन क्रियाकलापहरु सबैले सर्वस्विकार्य समेत मानिंदै आएको छ ।  साउने पूर्णिमा हुम्ला र हुम्लीका लागि मात्र नभएर कर्नालीका लागि एक अति महत्वपूर्ण सांस्कृतिक पर्व पनि हो । यो न्यायिक इजलास पनि हो । सामाजिक अदातल पनि हो । समाजलाई सुरक्षित र शान्त बनाउने नेटवर्क पनि हो । गाउँघरको मेलमिलाप केन्द्र पनि हो । सबैले समान रुपमा सहभागीता गर्न गराउने पाउने बहस केन्द्र पनि हो ।  साउने पूर्णिमा वर्षभरीका १२ वटा पूर्णिमाभन्दा अति महत्वपूर्ण पर्व, समय र सन्दर्भ पनि हो । यसैले पनि साउन पूर्णिमाको अति धेरै महत्व, स्थान र सन्दर्भ रहेको छ । यो दिनमा हुम्ला कर्नालीभरी धेरैको न्यायिक कामको छिनोफानो हुने गरेको छ । न्याय पाउने गरेका छन् । मेलमिलाप हुने गरेको छ । सामाजिक सद्भाव कायम हुने गरेको छ । र त यो जिल्लाभरी नै मनाउने गरिन्छ । आधुनिक समयमा यस्ता राम्रा नराम्रा दुबैे कुराहरूको लेखाजोखा गर्दा यसले समाजको शान्ति र समृद्धिका लागि महत्वपूर्ण भूमिका खेलेको छ । यहाँ यो पर्व के कसरी मनाइन्छ भन्दा पनि यसले सम्पादन गर्ने न्यायिक गरिएको छ । यसको बारेमा यहाँ जानकारी गर्ने गराउने प्रयास गरिएको छ ।  कर्नालीका धेरैजसो स्थानीयहरूको मानसिक तथा परम्पराजन्य विश्वास अनुसार अदालतमा त पहुँचवाला र मुखाले हरतरहले प्रमाण जम्मा गरी आफ्नो पक्षमा मुद्धा जित्ने प्रयास गदर्छन् । तर निमुमासोझा भने त्यसै रहन्छन् । यसैले पनि धामीहरु  र धामीप्रथा प्रति जनविश्वास धेरै र अगाध रहेको छ । त्यसैले पनि “देवपुरी हुम्लो, ब्रह्मपुरी जुम्ला” भन्ने उखानले पनि मान्यता पाउनुका साथै सार्थकता पाएको छ ।  मस्टो देवता प्राचीनकला, वैदिकयुगदेखि वर्तमानसम्म विभिन्न नाम, रुप र औतारमा औतारिएर आएको पूर्व प्राचिन देवता मानिन्छ । यसका बारेमा बेद, उपनिषद्, पुराण, संहिता, स्मृतिग्रन्थ र लोकांशहरु अनेकौं संख्यामा विभक्त भएको पाइए पनि मुख्यतः बाह्र भाइ मस्टो नौ दुर्गा भवानी भन्ने उक्तिले सर्वमान्यता पाएको छ । जस अनुसार मस्टो कुलस्वामी, मुलस्वामी, देवस्वामी, क्षेत्रस्वामी र वर्णस्वामी भएकैले देवाधिदेव महादेव कै विस्तारित र विस्थापित अंश र हंस मानिन्छ ।  यसरी प्राचिनदेखि अर्वाचिनसम्म पनि खश, मारुल्ले, कल्याल, रावत, राउटे, तमु, थर, थपाल्या, ब्याँसी र जाड सबै कर्नालीवासीहरुको जनजीवनमा मस्टोको अथाह अथाह व्यापकता र गहिराइका आयामहरुको महत्वपूर्ण भूमिका रहेको छ । त्यसैले हुम्लामा “राजाको ऐनभन्दा खोलाको चैन ठूलो, मुखालाको राजा निमुखाको देउता, देवपुरी हुम्लो ब्रहम्पुरी जुम्लो, बाह्र भाइ मैठो घरबारीमा बइतो” जस्तो झर्रा लोकोक्तिले सामाजिक जनजीवनमा प्रभावकारी भूमिका खेलेको छ । यसैले पनि हुम्ला लगायत कर्नाली प्रदेशको सामाजिक न्याय सम्पादनको कार्यमा महत्वपूर्ण भूमिका रहेको छ, खेलेको छ र प्रयोग भएको छ ।  द्वापर र त्रेतायुगमा शास्त्रमा उल्लेख भएको यो हिमवत् खण्डको उत्तरी भाग हुम्ला दरा (हाल जिल्ला)मा राक्षसी प्रवृत्तिको बोलवाला भएकाले भगवान् श्रीशंकरलाई उनका भक्तहरूले प्रार्थना र स्तुति गर्दा श्रीशंकरजीले भन्नु भयो हे ! सेवकहरू तिमीहरू आफ्नो नित्यकर्म अनुसार चार पूर्णिमा र चार औंसीमा कर्नालीको बगरमा गई मेरो आराधना गर । म देवसभाबाट त्यस्ता खराव आत्म र दृष्कर्मीहरूलाई तह लगाउन “बाह्र भाई मस्टो र नवदुर्गा भवानी”लाई पठाउँछु भन्ने आज्ञा भए बमोजिम नै “देवपुरी हुम्ला” भएको हो भन्ने जनविश्वास रहेको छ । त्यो वेलादेखि नै यो क्षेत्रमा “दैवी न्याय प्रणाली” शुरु भएको हो भन्ने स्थानीय मान्यता पाइन्छ । यसमा अगाध विश्वास पनि भएको र रहेको देख्न, स्पर्श गर्न, छाम्न, अनुभव गर्न गराउन सकिन्छ ।  हुम्ला लगायत कर्नाली प्रदेकका गाउँघरहरुमा स्थापना गरिएका देवीदेवताहरू विष्णुगादीबाट इन्द्र, इ्न्द्रगाधीबाट देवताहरूको उत्पत्ति भएको हो । यिनीहरूले आफ्नो अवतार ढुङ्गा, माटो, पानी र पशुपन्छी सबैमा औतारिँदा पनि ‘सतभित्’ देखाउन नसकी आजित भएपछि अन्तिममा मानिसमा प्रतिस्थापन हुँदा सास फेर्ने र नफेर्ने सबैको उद्धार गर्न सकेकाले नै मानव समाजमा न्यायिक काममा हात बढेको सन्दर्भ विभिन्न धामीहरूको पडेली (लामो वृतान्त)बाट थाह हुन्छ ।  यसरी हुम्ला लगायत कर्नाली क्षेत्रभरी नै “मस्टो र मस्टोइतरका देवाताहरूलाई कुलस्वामी, मुलस्वामी, क्षेत्रस्वामी, जातस्वामी, न्यायस्वामी, भूमिस्वामी, कर्मस्वामी, धर्मस्वामी, मर्मस्वामी र देवास्वामी” मान्ने भएकाले पनि “गाथ गाथमा मस्टो, घरबारीका बस्तो, घर घरमा मस्टा, न्याय भोक्ती गद्दा” भन्ने लोकोक्ति प्रचलनमा आएको छ ।  यसरी भौगोलिक अक्षांस र देशान्तरका रेखा रेखाहरुका गतिशिल कम्पन कम्पन र धड्कन धड्कनमा मस्टोका गाथा छ, इतिहास छ, भूगोल छ, गणित छ, ज्योतिष छ, हर्षा छ, वर्षा छ, न्होरा छ, बोन छ, री छ, च्छो छ, ल्हा छ, हिन्दु छ, बुद्ध छ, तोन्बा छ, इन्दु छ, अग्नि छ, इन्द्र छ, मरुत् छ, सिन्ध छ, सतलज छ, काङतीेसे छ, गंगा छ, ब्रह्मापुत्र छ, मस्टो यी सबैको अधिपती हो । यो वनडालीमा छ, मनडालीमा छ, धनडालीमा छ, तनडालीमा छ र कर्मडालीमा पनि यसको जीवांसमा छ, त्यान्द्रो छ, मान्द्रो छ र छ यसको लहरो, पहरो र छहरो छ ।  जीवनका अवयवहरु झेँ सिङ, पुच्छर, जीउ, आँखा, कान, नाक हाम्रा यी अवयवहरुका कर्मेन्द्रीय र ज्ञानेन्द्रीयहरुमा मस्टोको आस्था छ । मस्टो मस्टोइतर जेजस्ता देवदेवीहरु भए पनि ब्रह्रमा विष्णु महेश्वर, वाङदुङ ठितसुम, बोन हिन्दु बुद्ध, जाड ब्याँसी खशिया सबैमा सबैको काम मस्टो नै गर्छ ।  जीवनका अवयवहरु झेँ सिङ, पुच्छर, जीउ, आँखा, कान, नाक हाम्रा यी अवयवहरुका कर्मेन्द्रीय र ज्ञानेन्द्रीयहरुमा मस्टोको आस्था छ । मस्टो मस्टोइतर जेजस्ता देवदेवीहरु भए पनि ब्रह्रमा विष्णु महेश्वर, वाङदुङ ठितसुम, बोन हिन्दु बुद्ध, जाड ब्याँसी खशिया सबैमा सबैको काम मस्टो नै गर्छ ।  बाह्र भाइ मस्टो नौ दुर्गा भवानी, सोह्रमाला, सोह्र पैकेला आदि गाथा, कथा र व्यथाको पैत्रिक, मातृक तथा भातृक नातागोता, इस्टमित्र, मीतमीतेरी अनेकौं पारिवारिक मण्डल, मण्डप तथा कुण्डल भए पनि दुधभोगी देवताको सम्बन्ध च्छोमाफाम अर्थात मानसरोवरसँग र रक्तभोगी देवताको सम्बन्ध च्छोलाका अर्थात लंकारी तालसँग रहेको छ । यसैले पनि न्याय र अन्यायको विभेदक रेखा हो मानसरोवर ताल र राक्षस तालको महिमा मान्न सकिन्छ । गरिमा पाउन सकिन्छ । अरुणिमा छाम्न सकिन्छ । पूर्णिमा देख्न सकिन्छ ।  यसैले त यी र यहाँको राम्रो र नराम्रो, कालो र सेतो, न्याय र अन्याय, सुर र असुर, दुध र रगत, धन र ऋणको सन्तुलन काङरिन्पोच्छेले गर्ने हुनाले प्राक्धार्मिक शक्ति समाहित र विमोहित हुने केन्द्र नै कैलास पर्वत हो । यो भूस्वर्गको एक अनुपम, अनौठो र अलौकिक प्रतिबिम्ब हो । जसको चार दिशामा सतलज, ब्रह्रमापुत्र, सिन्धु र गंगा जस्ता विशालकाय जलाशयको उदगमस्थल मानिएको छ । त्यस्तै सूर्यमणि, पित्तमणि, ताम्रमणि र नीलमणि समेतले सुनमा सुगन्ध थपेर अनौठो आयाम थपेको छ । यहि भूस्वर्गको काखमा स्थापीत हजारौं वर्ष पुरानो र उन्नत स्याङसुङ सभ्यताको चिनारी ख्युङलुङको राजकीय र भोटको आत्मीय धर्म बोनको प्रतीक पुलिक अर्थात् सीमाला बनेको छ ।  यही भूभागमा अवस्थित विश्वको रहस्मय पर्वत, अत्युच्चत्तम आस्थाको महान सागर काङरिन्पोच्छे, काङतिसे, कैलास, कविलास, माउन्ट कैलास नै हिन्दु, बौद्ध, जैन र बोन चार धर्मको समेत अलौकिक शक्ति र भक्तिको स्रोत मानिन्छ । यी सबैको आदि स्रोत भएकोले आर्य, अनार्य, द्रवीड, हुण, तार्तार, तमु, राउटे, जाड र ब्याँसी आदि जातिका त देवाधिदेव महादेवकै अनेकौं रुपहरुमध्ये रुद्र मरुत् मारुद् महाइष्टाय मस्त मस्टो भएको लौकिक कथ्य र शास्त्रीय तथ्य हाम्रा अगाडि दैनिक न्यायको साक्षी सत्य बनेको साक्षी छ ।  यो खस जातिसँग प्रवाह भएको साकारभित्रको निराकार देवता हो । मस्टो अनेकौं सान्दिर्भक, शाब्दिक र र प्रासांगिक नाममा आएका माथि उल्लेखित शब्दहरु जस्तैः मरुत्, मस्टपा, मस्टो, मैठो, मस्त, माइथो, महाइस्टाय आदिको संश्लेषित तथा विश्लेषित रुपमा व्युत्पत्तिमुलक नाम भएको भए पनि यसको सर्वव्यापकता, सर्वशुलभता र सर्वमान्यता नै कर्नाली प्रदेशको सांस्कृतिक गरिमा हो, महिमा हो र अरुणिमा पनि हो ।  यसैले मस्टो कर्नालीको व्यक्ति, ध्वाङ, दग्डा, बाडा, पट्टी, गाउँ, मौजा, दरा, खोला, थपालो, प्रगन्ना, गर्खा, गढी, रजवार, सेरा, कोट, दुर्ग, विषय, थर्पु, रजस्थल, मण्डल र मण्डप आदि स्थाननामको सानो ठूलो भूभागिय वृत्तको आवृत्तीभित्रका डिग्री, गे्रड र रेडियनका सांस्कृतिक, सामाजिक, प्रशासनिक, पुरातात्विक, मानवशास्त्रीय तथा समाजस्त्रीय क्षेत्रमा नाम, काम र राम सबै व्यक्ति, जाति, स्थान र प्राकृतिक विशेषताहरुसँग सम्बन्धित छन् ।  मस्टो हुम्लाको मात्र नभएर कर्नाली प्रदेशकै प्रशिद्ध देवताको नाम हो । यो देवता यहाँको सामाजिक जनजीवनमा देवास्वामी, कुलस्वामी र क्षेत्रस्वामीको पदग्रहण गरेर बसेकाले नै यसका अनेकौं नाम र काम छन् । वेद, उपनिषद्, पुराण, संहिता, स्मृति, यात्रा वृतान्त र सनदपत्र आदि विभिन्न ऐतिहासिक प्रमाणको सन्दुसलाई खोलेर चिहाउँदा मस्टो संख्यात्मक गणना कतै १२, कतै २१, कतै ३६, कतै ४९, कतै ७२, कतै ८४, कतै १०० र कतै १२१ र कतै १८१ देखिए पनि मुल संख्या भने १२लाई आधार मानेर मस्टो पारिवारिक धरातललाई खोजी गर्न आवश्यक देखिन्छ । अनि मात्र मस्टो र मस्टोइतरका देवदेवीहरुको नौला नौला कथ्यहरु र तथ्यहरु पmेला पर्ने छन् तर कसले खोजी गरिदिने यो एक प्रश्नवाचक कुरा रहेको छ ।  यस्तै हुम्ला लगायत कर्नालीका सयौं गाउँहरूमा बसोबास गर्ने धेरै मानिसहरूलाई तपाई अदालतमा नगएर किन ? देवताको माँडुमा जानुहुन्छ भन्ने जिज्ञासामा राख्दा अदालतको लामो प्रक्रिया, झन्झटिलो, पैंशाको दोहन, स्थलगत अध्ययनको कमी, शक्ति र सत्ताको कुरा मान्ने र निष्पक्ष नहुने जस्ता कुराहरूबाट आजित भएका प्रशंगहरू जोडिन आउँछन् । किनकी पढेलेखेकाहरू अनेकौं तरिकाले प्रमाण जुटाएर अड्डा (अदालत) जान्छन् । यसको विकल्पमा यो न्यायिक पद्धतिले स्थान पाएको देखिन्छ । स्थानीय माँडुहरुमा दैनिक रुपमा सामाजिक तथा सांस्कृतिक रुपमा मुद्धाको छिनोफानो हुने गरेको छ । यसका लागि धेरै पद्धतिबाट फाष्टट्रयाक, सम्मोहन, जादुटुनामुना र स्थानीय भैभलादमीको बयानका आधारमा मुद्धा छिनोफानो गर्ने गरिन्छ । कतिपय सन्दर्भमा खोलाको चैन (रीतिथीति) असान्दर्भिक हुँदा हुँदै पनि शिक्षाको कमी, सांस्कृतिक सन्दर्भ, पुरातन मान्यता र अगाध विश्वासको कारणले यस्तो भएको हो । तर यो रिक्ततालाई सरकारी मानो खाएकाहरूले स्थानीयतालाई ध्यान दिएर सचेतनाका कार्यक्रम सञ्चालन गर्नु गराउनु पर्ने भए पनि यस्तो हुन नसक्नु राजाको काम कहिले जाला घाम जस्तै भएको छ ।  केही दशक अघि बरगाउँ निवासी लोप्चाङ्ग लामा र बुराउँसे निवासी गुरक्याप लामाको जारी मुद्धामा छिप्राको ल्वासुर देवताको धामीले ८० हजारमा छिनोफानो गर्दा दुवै पक्ष राजीखु्शी साथ दिनलिन तयार भएको घटना “कर्मचारी मिलन केन्द्र हुम्लाको मुखपत्र हुम्ला संगम”मा उल्लेख भएको प्रतिनिधि लिखत पनि हो । तापनि यस्ता घटनाहरू दैनिक सयौंका संख्यामा छिनोफानो हुने गरेका छन् । यिनीहरूलाई लिखत गरिएको भए हालसम्म हजारौं लाखौं पुग्ने देखिन्छ ।  हुम्ला लगायत कर्नालीका गाउँगाउँमा रहेका मस्टो र मस्टोइतरका देवताका माँडुहरूलाई “दैवीक न्यायलय” मानिन्छ भने धामीहरूलाई “दैवीक न्यायधिश”का रुपमा सम्मान गरिन्छ । हुम्ला लगायत कर्नालीका गाउँगाउँमा रहेका मस्टो र मस्टोइतरका देवताका माँडुहरूलाई “दैवीक न्यायलय” मानिन्छ भने धामीहरूलाई “दैवीक न्यायधिश”का रुपमा सम्मान गरिन्छ । र त एकदशीदेखि पूर्णिमा र औसीसम्म विभिन्न प्रकारका पुजाआजा र उपसना गर्ने गराउने चलन रहेको छ । यसबाट शारीरिक तथा आत्म शुद्धता होस् र बनोस् भन्ने मान्यता रहेको छ । यस्ता धेरै प्रकारका संस्कारहरु प्रचलनमा आएका छन् र ल्याइएका छन् । यो प्रक्रियाबाट स्थानीयस्तरमा दैनिक सयौंको संख्यामा मुद्धाको छिनोफानो हुने गरेको छ । यस्ता विभिन्न उदाहरणहरुको लेखाजोखा गर्ने हो भने सयौं हजारौं पुस्तकहरु तयार हुनेछन् । यो न्यायिक पद्धति प्रथाजन्य कानुनको अब्बल नमुना मान्न सकिन्छ ।  यति हुँदा हुँदै पनि यसका केही राम्रा र नराम्रा पक्षहरु पनि रहेका छन् । पछिल्लो समयमा विज्ञान प्रविधिको विकास र विस्तारसँगै यस्ता पुरातन कुराहरु लोप हुँदै जान थालेका छन् ।  email: karnarokaya994@gmail.com हुम्ला डायरीका स्तम्भकार कर्णबहादुर रोकाया, ग्रामीण पत्रकारितालाई आधार बनाएर कर्नाली प्रदेशको हुम्ला जिल्लाबाट साढे दुई दशकदेखि पत्रकारिता क्षेत्रमा क्रियाशील रहनु भएको छ ।

आजउरा प्रतिष्ठानसे थारु भासाके ३ ठो पोस्टा प्रकाशित 

आजउरा प्रतिष्ठानसे थारु भासाके ३ ठो पोस्टा प्रकाशित 

८०५ दिन अगाडि

|

३१ साउन २०८१

आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान, सानेपा, ललितपुरसे इ बरस (२०८१ सालमे) थारु भासाके ३ ठो पोस्टा प्रकाशित हुइल बा । प्रकाशित पोस्टामे भूमिका थारुके कविता संग्रह कहियासम अनागरिक, मानसिंह महतोके ललपुरीया थारुहरुको संस्कृति, भुलाई चौधरी, बुद्धसेन चौधरी ओ सियाराम चौधरीके प्रारिम्भक थारु ब्याकरणके पोस्टा निक्रल बा ।  मानसिंह महतोके ललपुरीया थारुहरुको संस्कृति पोस्टाके सिर्सक नेपाली भासामे बा । मने पोस्टा ललपुरिया थारु भासामे बा । प्रारिम्भक थारु ब्याकरण सप्तरी क्षेत्रके थारु भासामे बा । आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानसे परटेक बरस डस्याओर पोस्टा प्रकाशनके लग प्रोपोजल खुलठ । यम्ने स्रस्टालोग पाण्डुलिपि दर्ता कराइ सेक्ठा ।  प्रतिष्ठानके कोनो फेन प्रकाशन ओकर आफिससे सेंट्टिम मिलठ ।

ओझेलमा बाँकेको ‘सुतैया ताल’ 

ओझेलमा बाँकेको ‘सुतैया ताल’ 

८०६ दिन अगाडि

|

२९ साउन २०८१

बाँकेको वैजनाथ गाउँपालिका–३ मा अवस्थित प्राकृतिक सौन्दर्यले भरिपूर्ण ‘सुतैया ताल’ ओझेलमा परेको छ । बाँके राष्ट्रिय निकुञ्जको काखमा रहेको यो ताल प्राकृतिक रूपले रमणीय र मनमोहक भए पनि आवश्यक प्रचारप्रसार तथा भौतिक पूर्वाधारको अभावमा ओझेलमा परेको स्थानीयवासीको गुनासो छ । प्रायः हिउँदमा निकुञ्ज क्षेत्रमा वन्यजन्तुहरु यहाँ पानी पिउन आउने गरेका छन् । यसरी पानी पिउन आएका वन्यजन्तुलाई घरआँगनबाट नै हेर्न पाइने भएकाले सो समय अत्यन्त मनमोहक हुने स्थानीय बताउँछन् । स्थानीय रामबहादुर थापाले निकुञ्जबाट ‘सुतैया ताल’मा पानी पिउन आउने वन्यजन्तु हेर्न पछिल्लो समय आन्तरिक पर्यटकको चहलपहल बढ्दै गए पनि प्रचारप्रसारको अभावमा सो सङ्ख्या उल्लेख्य रूपमा वृद्धि हुन नसकेको गुनासो गरे । ‘यहाँ विभिन्न प्रजातिका वन्यजन्तु पानी पिउन आउँछन् । दुर्लभ वन्यजन्तुको यहाँ सहज रूपले आवतजावत हुन्छ’, उनले भने, ‘विशेष गरेर हिउँदका समयमा खडेरीले निकुञ्जमा डढेलो लाग्दा धेरै जनावर यहाँ पानी पिउन आउने गरेका छन्, यो दुर्लभ दृश्य हेर्न पर्यटकलाई आकर्षित गर्न जरूरी छ ।’ बाँकेको कोहलपुर बजारबाट करिब छ किलोमिटर उत्तरतर्फ सुर्खेत जाने बाटोमा पर्ने रत्न राजमार्गको छेउमा अवस्थित यस ताललाई स्थानीय बासिन्दाले विगत एक दशकदेखि निरन्तर रूपले संरक्षण र सम्वर्द्धन गर्दै आइरहेका छन् । ‘देउराली जनआश्रित मध्यवर्ती सामुदायिक वन उपभोक्ता समूह’ मार्फत स्थानीयले तालको संरक्षण, सम्वर्द्धन गर्दै आएका वन समूहका पूर्वध्यक्ष महेन्द्र थारुले बताए । ‘विगत एक दशकदेखि स्थानीयले ताल संरक्षण गर्न सुरू गरेका हौँ, हाल यहाँ निकुञ्जका वन्यजन्तु पानी पिउन आउने गरेका देखेर हामी उत्साहित छौँ’, उनले भने, ‘ताललाई वरिपरि घना जङ्गलले घेरेको हुनाले वन्यजन्तुका लागि पानी पिउन उपयुक्त स्थान बन्न पुगेकाले यहाँ विशेष गरी पाटेबाघ, चित्तल, बँदेललगायत वन्यजन्तु यहाँ आउने गर्दछन्।’ ताल संरक्षणसँगै आम्दानी बढाउने पर्यटकीय गतिविधि गर्न सकिने सम्भावना भए पनि स्थानीय उपभोक्तासँग लगानी गर्ने स्रोतसाधन अभावका कारण तालमा पर्यटकीय गतिविधि बढाउन नसकेको उनको भनाइ छ । ‘ताल अवलोकन गर्न आन्तरिक पर्यटक यहाँ पुग्ने गर्छन् तर यहाँ पर्यटकलाई बसाउने र खुवाउने पूर्वाधार बन्न सकेका छैनन् । त्यसैले संक्षरणका लागि राज्यले ध्यान नदिँदा पर्यटकीय सम्भावना हुँदाहुँदै पनि तालको सौन्दर्य नै ओझेलमा परिरहेको छ’, पूर्वअध्यक्ष थारू भन्छन् । यहाँ ताल संरक्षण र पर्यटन पूर्वाधार विकासका लागि तीनै तहका सरकार मिलेर अगाडि बढ्नुपर्ने स्थानीयको माग छ । उक्त ताल बाँके राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा पर्ने भएकाले निकुञ्जको ऐन÷कानुन पनि पर्यटकीय पूर्वाधार निर्माणमा बाधक बनिरहेकोले कानुनी जटिलता हटार यहाँ पर्यटकीय पूर्वाधार निर्माणमा जोड दिनुपर्ने पश्चिम पर्यटन सरोकार समूहका संस्थापक अध्यक्ष रामबहादुर मल्लो धारणा छ । ‘सुतैया तालको सम्भावना पर्यटकीय क्षेत्रका लागि अत्यन्तै राम्रो छ तर यहाँ निकुञ्जको ऐन÷नियम बाधक छ’, उनले भने, ‘नेपाल सरकारले आवश्यक समन्वय गरी कानुनी गाँठा फुकाएर पूर्वाधार विकासमा जोड दिनसके तालले आन्तरिक पर्यटन प्रवर्द्धन र आर्थिक विकासमा योगदान गर्ने सम्भावना छ।’ तालसँगै यहाँका स्थानीयलाई रोजगारसँग जोडेर होमस्टे, बोटिङ जस्ता पूर्वाधार सञ्चालन गरेर आन्तरिक पर्यटन प्रवद्र्धनका कार्यक्रम ल्याउन सकिने उनको भनाइ छ । गाउँपालिका अध्यक्ष प्रकाशबहादुर शाहीले विस्तृत परियोजना प्रतिवेदन ‘डिपिआर’ निर्माण गरेर ताललाई पर्यटनसँग जोड्ने कामको सुरुआत गरिएको बताए । ‘हामीले तालको डिपिआर तयार गरिसकेका छौ। स्थानीय सरकारसँग सीमित बजेट हुने भएकाले चाहेर पनि धेरै काम गर्न नसकिने अवस्था छैन । त्यसैले सङ्घ र प्रदेश सरकारले बजेट विनियोजन गरेर पर्यटकीय क्षेत्रका रूपमा यसलाई विकास गर्नुपर्छ’, उनले भने । यो ताल करिब सात हेक्टर क्षेत्रफलमा फैलिएको छ । रासस