‘थारू लखागिन’मा ‘पन्ना’ पुनः सर्वसम्मत अध्यक्ष  

‘थारू लखागिन’मा ‘पन्ना’ पुनः सर्वसम्मत अध्यक्ष  

८०९ दिन अगाडि

|

२७ साउन २०८१

गुरही पर्वले प्रज्ञा गुञ्जायमान

गुरही पर्वले प्रज्ञा गुञ्जायमान

८१० दिन अगाडि

|

२६ साउन २०८१

                                                                                                                                                                       तस्विरः दिनेश चौधरी काठमाडौं उपत्यकामा बस्ने थारु समुदायले शुक्रवार नेपाल प्रज्ञा प्रतिष्ठानको सिद्धिचरण हलमा गुरही÷गुरिया पर्व मनाएका छन् ।  अग्रासन महिला समुहलगायत विभिन्न दुई दर्जन थारु संघसंस्थाको आयोजनामा भएको कार्यक्रममा प्रमुख अतिथि थारु आयोगका अध्यक्ष विष्णु चौधरीले  भने, ‘विगत केही वर्ष यता थारु महिलाहरु संगठित हुँदै गएकोमा खुशी लागेको छ । महिलाहरुले यसलाई पर्व संगसंगै अधिकार प्राप्तीको आन्दोलनको रुपमा पनि लिनुपर्छ ।’   थारु कल्याणकारिणी सभाकी केन्द्रिय सदस्य इन्दु थारुले गुरहीलगायत धेरै महत्वपूर्ण चाडवाडबारे अझै पनि राष्ट्रिय स्तरको पाठ्यक्रममा पढ्न नपाउनु विडम्वनापूर्ण अवस्था रहेको बताइन् । उनले निकै संघषैपछि कैलालीको क्याम्पस चोकको नामकरण गुरही चोक बनाउन सफल भएको बताइन् । कार्यक्रममा प्रेमा चौधरी, नेमसिंह थारु लगायतले राजधानी बसेर पनि गाउँघरको पर्व सामूहिक रुपमा काठमाडौमा मनाउन पाएकोमा खुशी व्यक्त गरे ।कार्यक्रममा विभिन्न थारु कलाकारले गीत, नृत्य प्रस्तुत गरेका थिए । गुरही पर्वले प्रज्ञा प्रतिष्ठानको सिद्धिचरण हल गुञ्जायमान भएको थियो ।  कार्यक्रमपछि कपडाका गुरही (गुडिया) बालिकाहरुले चौरमा सेलाएका थिए भने बालकहरुले सोंटा (कोर्रा)ले गुरही ठटाएका थिए ।  अग्रासन महिला समुहकी अध्यक्ष चम्पा चौधरीको सभापतित्वमा भएको कार्यक्रममा किरण चौधरीले स्वागत गरेकी थिइन् ।  कार्यक्रममा हालै दशरथ रंगशालामा भएको काभा भलिबल प्रतियोगिता उपविजेतामा उत्कृष्ट प्रस्तुती दिएकी सरस्वती चौधरी, भुटानमा सम्पन्न काभा बिच भलिबल च्याम्पियनसिपमा स्वर्ण पदक विजेता मनिषा चौधरीलगायत महिला खेलाडीहरुलाई सम्मान प्रदान गरिएको थियो । त्यस्तै, राष्ट्रिय महिला ह्यान्डबलत्रय खेलाडी संगीता चौधरी, अदिति चौधरी र हिलिना रानालाई पनि सम्मान गरिएको थियो ।  थारु बाहुल्यता रहेको तराईका जिल्लाहरुमा धान रोपिसकेपछि  गुरही पर्व मनाउने चलन रहेको छ । खेतीपातीमा कुनै किसिमको हानी नोक्सानी नहोस्, गाउँमा रोगबिरोग नफैलियोस् भनेर किसानहरु हरेक बर्षको साउनको अन्तिम वा भाद्रको शुरुवातमा गुरही÷गुरिया पर्व मनाउने गर्दछन् ।  यसैबीच आज शनिवार साउन २६ गते दिनको १ बजे प्रज्ञाको देवकोटा कक्षमा थारु साहित्यको रचना वाचन ठुम्रार साहित्यिक बखेरीको १०० औं भाग हुँदै गरेको समाचार छ ।

पर्माकल्चर डायरीमा हुम्लाको पसिना

पर्माकल्चर डायरीमा हुम्लाको पसिना

८११ दिन अगाडि

|

२५ साउन २०८१

खेतबारी ग–ह्रा कुना, बिउ बीजन सुधारौं  आत्मनिर्भर बन्दै, गृहस्थीको ढोका उघारौं  हो–पसिना बेचेर परचक्री र परजीवी बन्ने मान्छे ! होइन–पसिना बगाएर समय, श्रम र सम्पदाको सदुपयोग गरेर बाँच्ने मान्छे ! साँच्चै के हो मान्छे ! के होइन मान्छे !! तर त्यही हो मान्छे ! जो, जहाँ र जसरी स्वावलम्बी, आत्मनिर्भर र परिश्रमी भएर बाँच्ने मान्छे नै साँच्चै मान्छे हो ! ती देख्दै अचम्म लाग्ने पसिनाका भकारीहरू, मेहेनतका ढुकढुकीहरू र जोस जाँगरका सागरहरू साँच्चै ! पर्माकल्चर व्यावहारिक दर्शन अनुरुप उपयुक्त प्रविधिका संगोल नमुनाहरू हुन् । मान्छेले के गर्न सक्छ र ? भन्दा के गर्न सक्दैन र ? भन्ने उदाहरण हुन्–तीन्टी आँप मदन पोखरा पाल्पाका शान्ती घिमिरे, बेगनास पोखराका सूर्य अधिकारी, सीतापाइला काठमाडौका श्याम श्रेष्ठ, शान्तिबाटिका ककनीका गर्ड लेडरमन, भक्तपुर गाम्छाका रमेश खड्का, पातलेखेत हसेराका गोबिन्द शर्मा, लाङदुकका कार्साङ र गोविन्द लामा, डाडाँफयाका दीर्घबहादुर शाही, गुन्छाका आङ्गेल, रिमीका सज्जन बुढा, सिमकोटका, धर्मराज रोकाया, राना रावत र दन्त रावतहरू केही प्रतिनिधि पात्रहरू हुन् । यो दर्शनका एक प्रचारकर्तामध्येका एक हुन् – कृष एभान्स । उनी रोलीङ पर्माकल्चरका प्रारम्भकर्ता हुन् । यिनैको पहलमा हुम्लामा पर्माकल्चर कृषि शिक्षा लागु भएको हो । पर्माकल्चर सम्भावनाको सरोवर हो, विश्वासको धरोहर हो, श्रमको रहर हो र हो परिश्रमको आस्था पनि हो । यसैले पनि अब विभिन्न नाम र काममा जानी नजानी पर्माकल्चर, दिगो कृषि, जैविक कृषि, सबल कृषितिरका गतिविधिहरूको माग र प्रयोग बढ्न थाल्नु सत् प्रयास हो ।  प्राध्यापक वील मोलिसन  यस्तै तप्काका मान्छे हुन् । जसले युद्धको विभिषिकाबाट आक्रान्त भएर वनवासका निस्सार, निरास, निष्कलंक, निष्काम, निक्खर र पट्टयार लाग्ने दिनहरूमा पनि एक नौलो सिर्जना दिए, एक नौलो अनुभूति दिए र एक नौलो अनुभव दिए । त्यही सिर्जनाको सुन्दर फूल हो– पर्माकल्चर कृषि दर्शन । उनका सहयोगी थिए– डेभिड होल्मग्रेन । यी दुवै अष्टेलियाका नागरिक हुन् । बीसौं शताब्दीको सातौं दशकतिर कृषि क्षेत्रले पाएको नौलो दर्शन पर्माकल्चरले व्यावहारिक ज्ञानको महत्व बढाएको छ । यो कृषि दर्शनको सिद्धान्त, ज्ञान, सीप र प्रविधिको खुला पाठशाला हो, महाविश्वाविधालय हो, व्यावहारिक ज्ञानको महाआलय हो । यो भूगोलको काप काप फलेको फूलेको सकरात्मक सोचको बिउ हो । श्रमको राप रापमा प्रकम्पीत भएको जीवन आधारको एक लक्ष्य हो । कृषि दर्शनको दाप दापमा छचल्केको छत्ताछुल्ल भएको पसिनाको सागर हो । यो कृषि दर्शनले समय, सीप, जग्गा, माटो र जाँगर अनुसार सीप र प्रविधिको एकतामा विविधता र विविधतामा एकता प्रयोगको गर्दै माटोको उर्बर शक्तिको संरक्षण, जैविक खाद्य उत्पादन, वातावरण मैत्री, स्वस्थ र स्वच्छता लागि सहयोग गर्दछ । पर्माकल्चरको शाब्दिक दर्शन भनेकै परम्परागत ज्ञान, प्राकृतिक पद्दति र विज्ञानका नविनतम कुराहरूको समायोजन हो । यसबाट मानव जीवनलाई कसरी सबल बनाउने हो । यो सहकार्य, सद्भावना र समायोजनको त्रिकोणात्मक रुपरेखाको वृत्तमा आधारित छ । यसैले पर्माकल्चर भनेको नै हाम्रो संस्कृति र प्रकृतिको आधाररेखा हो ।  जहाँ कृषिका अनेकौं अवयवहरूसँग संस्कृति जोडिएको हुन्छ । संस्कृतिका अनेकौं रुपरेखाहरूसँग प्रकृति रमाएको हुन्छ । र त जीवनका आरोहअवारोहको डुङ्गामा मौसम, समय, ऋतु, हावापानी, जातजाति र पशुपन्छीहरूको पातपतकर, आखेटोपहार तथा अङ्गप्रत्याङ्गहरूसँग जोडिने भएकाले नै यो जीवन जगत्को आधार हो । पर्माकल्चर कृषि दर्शनको अवधारणाको विकास वि.सं. २०३१ सालमा प्रतिपादीत भएको हो । यो दर्शनले मुलतः प्राकृतिक प्रणाली, स्थायीत्व, विविधता, सर्वशुलभता, एकता, अनेकता र समन्ववाद जस्ता ढाँचायुक्त कुराहरूको अध्ययन, अनुसन्धान, निरिक्षण र मूल्याङ्कनका आधारमा मानव तथा पृथ्वीका सम्पूर्ण जीवहरूको दिगोपनको सुरक्षा गर्ने ढाँचायुक्त गतिविधिहरूमा सहयोग गर्ने काम गर्छ । यो कृषि दर्शन नै पर्माकल्चर हो ।  छर्ने गरौं झोल मल, रोग पापी भागला पसिनाको मलबाट, फल मीठो लागला  माथिको देउडा गीतले परम्परागत कुराहरूलाई समय सुहाउँदो परिवर्तन गर्न आवश्यक भएकोले उद्गार गरेको छ । हुम्ला साधन र स्रोतले अत्यधिक धनी भईकन पनि उचित रुपमा परिचालन र व्यवस्थापन नहँुदा आम मानसिकता चामल फोविया, फास्टफुड फोयिबा, झिनीगीन्टी मेनिया, मैदा मेनिया र गैससको राहतमुखी भ्रमको भुमँरीमा झुमेको छ, रमाएको छ र काम भएर पनि बेकामको नाममा समय गुमाएका छन् । वनमा आगो लगाएर बहादुर नाममा घुमेका छन् । यसबाट माथि उठ्न पर्माकल्चर कृषि जस्तै व्यावहारिक कृषि शिक्षाको माध्यमबाट खेर गएका वस्तुहरूको समुचित प्रयोग गरी राम्रो आम्दानी लिई आत्मनिर्भर र व्यावसायिक बन्ने काममा लाग्ने आवश्यक भएको छ । यो जिल्लालाई नै नेपालको एक अनुपम जैविक क्षेत्र भएको जिल्लाको रुपमा पहिचान गर्न गराउन सक्छौं ।  वैधानिक रुपमा पर्माकल्चर, दिगो कृषि तथा जैविक कृषिलाई अँगालेर नमुना किसानहरूको उपाधी पाउने गाउँमा लाङदुक गाउँ हो । यहाँ किसानहरूले अरु पेशालाई छाडेर पर्माकल्चर कृषि दर्शनको वकालत गर्न देश विदेशमा पुगेका छन् ।  मनग्य आम्दानी गरेका छन् । यस जिल्लाका जैविक नमुना गाउँहरूमा माँसपुर, लिमी, चाला, नेप्का, राँती, निमागाउँ, लेख, याङ्गु, यारी, तम्मु अनेकौं गाउँहरू छन् । जहाँका किसानहरूले जानी नजानी जैविक कृषिलाई नै जीविकोपार्जनको पेशाको रुपमा अँगालेका छन् । तर वैधानिक रुपमा भने पर्माकल्चर, दिगोकृषि तथा जैविक कृषिलाई अँगालेर नमुना किसानहरूको उपाधी पाउने गाउँमा लाङदुक गाउँ हो । यहाँ किसानहरूले अरु पेशालाई छाडेर पर्माकल्चर कृषि दर्शनको वकालत गर्न देश विदेशमा पुगेका छन् । यही पेशामा रमाएका छन् । मनग्य आम्दानी गरेका छन् । कृषि पर्यटनको लागि हातेमालो गर्न प्रचारप्रसार लागि यहाँका अगुवाहरू छिरिङ लामाहरू र कार्साङ्गमा लामाहरू लागेका छन् । त्यसैले पर्माकल्चरले सीप र आम्दानीलाई बढाउँछ । आम्दानीले व्यावसायिता दिन्छ । व्यावसायिकताले प्रविधिको हस्तान्तरण गर्छ । प्रविधिले सचेतना बढाउँछ । सचेतनाले सञ्चार र सन्देश दिन्छ । सञ्चारले ज्ञानविज्ञानको खोजी गर्ने कार्यमा सहयोग गर्छ । खोज अनुसन्धानले जागरण ल्याउँछ । जागरण नै समयको परिवर्तन हो । परिवर्तनले नै समय, व्यक्ति, समाज र युगलाई नयाँ नयाँ रुपमा रुपान्तरण गर्छ, विकास गर्छ र निकास दिनका लागि पृष्ठपोषण गरेको हुन्छ । प्रस्तुत कवितांसले हुम्ला र हुम्लीको वर्तमान अवस्थाको बारेमा प्रकास गरेको छ ।  पीएचको फ्लोराइडयुक्त दाँतले ङिच्च हाँस्छ हुम्ला   चामलको बारेमा चुलिएको विकास  वस्तुविनियम गरेर  पर्माकल्चर कृषि दर्शन प्रयोग गर्ने ४९औं जिल्ला हुम्ला हो । यसको प्रयोगबाट ग्रामीण समुदायका लागि कम श्रम, कम मूल्य कम जग्गा र एकै स्थानमा एकीकृत प्रणालीबाट कृषिजन्य उत्पादनहरू प्राप्त गर्न गराउन सकिन्छ । यो एक एकीकृत ढाँचायुक्त प्रणाली भएकोले गरीवीको अभावले दुःख दिने हिमाली जिल्ला हुम्लाको विविधतापूर्ण भूगोल र पेशाको उत्तम कृषि प्रविधि हो । यो कृषि प्रणालीले मौसमी र बेमौसमी कृषि उत्पादनमा नयाँ नयाँ र विभिन्न प्रकारका सीप, प्रविधि, विधि विधानहरू प्रयोग गर्न सकिने मान्यता र ढाँचा हो । हाल हुम्लामा पनि यो विधि प्रयोग गरिन थालको छ । चाहे हिउँको खालमा होस् कि पानीको आहाल होस् । जैविक खेतीको उपयोग हुन थालेको छ । यसबाट स्वास्थ्यमा सकरात्मक सूचकहरू देखा पर्न थालको छन् । यो पर्माकल्चर कृषि दर्शनको एक उपलब्धी हो । यी क्रियाकलापहरूले लैङ्गिक समानता, सामूहिक भावना र कृषि सहकारीताको भावना जगाएको छ । दुई वर्षदेखि पाँच फिट हिउँभित्र पनि हरियो सागको उत्पादन गरेर उपयुक्त प्रविधिको राम्रो नमुना प्रस्तुत भएका छन् । ग्रीनहाउसको माध्यमबाट मौसमी र बेमौसमी तरकारी खेतीको प्रयोग गर्ने सीप प्रत्येकका घरदैलोमा पु–याई गृहस्थी बलियो बनाउनमा प्रयासरत छन् – हिमाली पर्माकल्चर केन्द लगायत केही गैससहरु । यसबाट अवश्य पनि केही मात्रामा दिगो र जैविक कृषि सूचकका सकारात्मक परिर्वतनका देखिन थालेका छन् । यसैले तलको कवितांसले हुम्लाको प्राकृतिक छटाको मनोदशा जग जाहेर गरेको छ । च्या छहरा चलमल चल्मलाउँदै जिस्की मस्की मुस्कुराउँदै दूरदृष्टिको दूरबीनमा बल्छिन् हर्दम धप धप धप !               — च्याछहरा/काजी रोसन हुम्लीहरूले पर्माकल्चरको सीप र प्रविधिबाट हिउँदे मौसममा पनि वनेलु र घेरेलु तरकारीहरूको उत्पादन गरी प्रयोग गर्न थालेका छन् । यसले गर्दा नजानिंदो रुपमा स्वास्थ्यमा सकरात्मक सूचकहरू देखा पर्न थालेका छन् । प्रत्येक घरका मान्छेहरू विभिन्न गैसस र जिल्ला कृषि विकास कार्यालयमा गएर तरकारीका बिउ बीजन र फलफूलका बिरुवाहरूको माग गर्न थालेका छन् । यसले केही वर्ष यता कृषिका बारेमा चेतना छाएको छ । बिउ बीजनका बारेमा छलफल हुन थालको छ । हिउँद र वर्षाको समयमा प्रत्येक हुम्लीहरूको घरका अगाडी प्लाष्टिक टनेल, तातो नर्सरी, आकासे नर्सरी, फलफूल नर्सरी, करेसाबारी र ग्रीन हाउसको आकर्षण बढेको छ । यो कृषि कामले एकातिर स्वास्थ्यमा सुधार र अर्कातिर आयमा टेवा पुगेको छ ।  पर्माकल्चर दिगो कृषिको नाम हो । यो समय आवश्यकता हो । जलवायु परिवर्तनको प्रभावबाट बच्ने उपाय हो । माटो सुधार्ने तरिका हो । खेर गएको जग्गालाई उपयोग गर्ने नीति हो । किसानलाई स्वालम्वी बनाउने प्रविधि हो । हुम्लाका गाउँघर वरपर छरिएर रहेका साधनहरूको प्रयोगबाट हरियो मल, झोल मल, गोठे मल, गीतिमल, घुरेनमल, जुडेल्नोमल जस्ता जैविक स्रोतबाट माटो सुधार भई उत्पादन बढ्ेर राम्रो आम्दानी गर्नसक्छौं । करेसाबारी, एयरलेरीङ, तातो नर्सरी, आकासे नर्सरी, घरेलु नर्सरी, एफ्रेम, हरियोबार फार्म फरेष्ट्री जस्ता विविध प्रविधिहरूको प्रयोगबाट विभिन्न जातका वनस्पतिको घरेलुकरण र व्यावसायिकरण गर्न सकिने सम्भावना रहेको छ । विभिन्न प्रकारका ग्राफ्टीङबाट विभिन्न प्रकारका फलफुलहरूलाई विकसित गर्न सकिने देखिन्छ । उदाहरणको लागि ग्रीनहाउस, फलफुल नर्सरी, बधुवा पशुपालन र पशु आहरामा समेत सुधार हुँदै छ । यो पर्माकल्चरको व्यावहारिक प्रयोग हो । लैङ्गिक असमानता, पैतृक अधिनायक, एकल सोच, जीविकोपार्जन खेती, अत्याधिक वन विनास, अत्यधिक मात्रामा अप्रमाणित र हाईब्रीड बीउ र प्लान्ट क्वारेन्टाइन नगरीएका बोटविरुवाहरूको आयात, क्षणिक कार्यक्रममुखी सोचलाई हटाएर लैगी¨क समानता र समुदायवादी, प्रमाणिकरण भएको बीउ विजनको प्रयोग, विषादी र रसायनिक मलमा न्यूनिकरण र कटौती गरी जैविक तथा प्राङ्गरिक मलको प्रयोग गरेर पर्माकल्चरमा आवद्ध समुदाय तथा आत्मनिर्भर कृषि शिक्षा भएकोले यो माटो, हावापानी, भूगोल, व्यक्ति, समाज र समय सुहाउँदो छ ।  मान्छे बगाई जग्गा भत्काई बिगारी दिस् घट्ट बाँझा गणा बुका खेतको को ल्याइदेला कट्टठ         — उठ ! अब हुम्ला कर्नाली  / सुझाव ढकाल पर्माकल्चर दिगो कृषिको नाम हो । यो समय आवश्यकता हो । जलवायु परिवर्तनको प्रभावबाट बच्ने उपाय हो । माटो सुधार्ने तरिका हो । खेर गएको जग्गालाई उपयोग गर्ने नीति हो । किसानलाई स्वालम्वी बनाउने प्रविधि हो । प्रकृतिको विविधतालाई अनेकतामा र अनेकतालाई विविधतामा बदल्ने कृषि दर्शन हो । संस्कृति, प्रकति र वैज्ञानिक तौरतरीकालाई समायोजन गर्ने एक नवीन कृषि दर्शन हो । यसलाई कुनै गैससको नाम, काम र दाम कमाउने प्रतीक रुपमा नभै २० बर्षे दिर्घकालीन कृषि विकास कार्यक्रम, राष्ट्रिय योजना तथा कृषि नीति नियमहरूको लागि मुख्य सवाल बन्नुपर्छ । तब मात्र राष्ट्रिय लक्ष्य र योजनाको कृषि नीति नियमको सफल गतिविधि बन्ने छ । यसलाई व्यापक बनाउन सबै क्षेत्रबाट आवश्यक सहयोग र सञ्जाल बढाउनु पर्छ ।  विश्व जैविक खेती प्रणाली र नीतिमा फर्केको मौकामा पर्माकल्चर कृषि शिक्षा गतिलो सवालको मार्ग बन्ने छ । यसको प्रतिनिधित्व गर्ने राष्ट्रिय सञ्जाल नेपाल पर्माकल्चर समुह हो । यसमा नेपालभरी पर्माकल्चर कृषि दर्शन अपनाउने व्यक्ति, समुह र संस्थाहरूको वार्षिक भेलामा अनुभव आदान प्रदान गर्ने मञ्च समेत हो । यसले पर्माकल्चर कृषकका अनुभव साँटफेर गर्दै क्षमता अभिवृद्धि र स्तरीकरणका लागि पहल गर्छ, गराउँछ । साथै पर्माकल्चर डिजाइन कोर्सको लागि प्रशिक्षण सममेत दिने काम गर्छ । यस्ता कामहरूले हिमाली भेगका उच्च भूभागीय धरातलको बाह्रै महिना प्रयोग गर्ने काममा सहयोग गर्ने देखिन्छ । माटोलाई पनि जस्वन्त बनाउन पहल गर्छ । वातावरणको संरणका लागि उर्जा थप्छ । हुम्ला जस्ता विविधतायुक्त तर पिछडिएको समाजको उठानमा यो व्यावहारिक कृषि प्रणाली उपयोगी बन्न सक्छ । जय गृहस्थी ! उठ उठ ! किसान दाजुभाइ, खेतीपाती गर्न  आयो पर्माकल्चर कृषि शिक्षा, उज्यालो छर्न  Karnarokaya994@gmail.com

मधेश प्रदेशमा २० सदस्यीय जम्बो मन्त्रिपरिषद

मधेश प्रदेशमा २० सदस्यीय जम्बो मन्त्रिपरिषद

८१३ दिन अगाडि

|

२३ साउन २०८१

मधेश प्रदेशमा थप ५ राज्यमन्त्री नियुक्त हुँदा २० सदस्यीय जम्बो मन्त्रिपरिषद हुन पुगेको छ । मधेशका मुख्यमन्त्री सतिशकुमार सिंहले मंगलबार थप ५ राज्यमन्त्री नियुक्त गरेका छन् । उनले नेपाली कांग्रेसबाट २,जनमत, नेकपा एमाले र लोकतान्त्रिक समाजवादी पार्टीबाट १-१ जना गरी पाँच राज्यमन्त्री नियुक्त गरेका हुन् । एमालेबाट भौतिक पूर्वाधार विकास राज्यमन्त्री मा मो. जयद आलम, कांग्रेससबाट भूमि व्यवस्था कृषि तथा सहकारी राज्यमन्त्रीमा रेखा ठाकुर, उर्जा सिंचाइ सरसफाइ तथा खानेपानी राज्यमन्त्रीमा निलम कुाारी रजक नियुक्त भएका छन् । यस्तै लोसपाबाट शिक्षा तथा संस्कृति राज्यमन्त्रीमा रामबाबु यादव र जनमतबाट उद्योग पर्यटन राज्यमन्त्री सम्भु साह नियुक्त भएका छन् । यो संगै मधेश सरकारको मन्त्रिपरिषद अहिलेसम्मकै ठूलो आकारको अर्थात २० सदस्यीय बनेको छ । मधेशमा १२ मन्त्रालय छ । जनमतले मुख्यमन्त्री बाहेक २, कांग्रेस र एमालेले ४-४ र लोसपाले एक मन्त्रालय सम्हालेको छ । यसअघि नै एमालेका २ र जनमतका एक राज्यमन्त्री नियुक्त भइसकेका थिए । यसैबीच निवन्धकार प्रतीक ढकाल यसबारे व्यंग्य गर्दै भन्छन्, सङ्घीयताले देशलाई केही दिएन भन्नुभएको होइन तपाईंले ? देश यति सानो भए पनि ८८४ जना लोगोधारी सांसद र १५० जनाको हाराहारीमा झण्डाधारी मन्त्री त पाएकै थियाैँ, अब त ८ जिल्ला भएको मधेश प्रदेशले २० जनालाई मन्त्री बनाएर गाैरवशाली कामै देखाइदियो । यही रीतले देश अगाडि बढ्दै जान पाउने हो भने एउटा यस्तो दिन पनि आउनेछ कि प्रदेशका सबै नागरिक घटीमा पनि एकपटक मन्त्री भइसकेका हुनेछन् । अनि हुन्छ कि हुन्न देशबाट गरिवी निवारण ? मन्त्री हुनु अनि गरीवै रहिरहनु सम्भव छ नेपालजस्तो समृद्ध मुलुकमा ? कुरै नबुझी सङ्घीयतालाई होच्याउने ? त्यसैले यो महान् उपलब्धिको रक्षा गराैँ ।   

हुम्लाः संस्कृतिको घर, प्रकृतिको वर

हुम्लाः संस्कृतिको घर, प्रकृतिको वर

८१८ दिन अगाडि

|

१८ साउन २०८१

                                                                                                                                                               हुम्लाको वसन्ते पर्व चैतलो । नया नया ह्युँ पड्याको, काँ कोरु कटुकी      खाई हाँलु कि खल्ती हालुँ, दूधको बटुकी  संस्कृति र प्रकृतिको धरातलीय रेखाचित्रका अनेकौं दस्तावेजहरूलाई हिमशिखरको काखमा जोडी नयनको रुपमा रहेका दूधेकुण्ड र लडेकुण्डहरू प्रकृतिमा भएका देवकीय अर्थात् सत् र आसुरी अर्थात् खराब आत्महरूलाई सन्तुलनमा राख्न प्राकृतिक तराजुको काम गरेको छ । जहाँको पबित्र जलले सिञ्चित जडिबुटीहरूले मानव तथा प्राकृतिक भूगोललाई प्रत्यक्ष र परोक्ष रुपमा प्रभाब पारेको छ ।  बदलिंदो विश्व परिवेशमा हुने खाने देशहरूको प्राकृतिक तथा मानवीय स्रोत संसाधनहरूको अति दोहनका कारण एकातिर विनासको लहर बढ्दो छ भने अर्कातिर त्यसको प्रभाब व्यापक रुपमा बढ्दै गएको छ । प्रकृति र संस्कृतिको संघारका रुपमा चिनिएको छ हुम्ला । यसैले पनि विविधतायुक्त छ यो जिल्ला । यहाँको गैरकाष्ठ वनपैदावारले जिल्लालाई प्राकृतिक स्रोत साधनको धनी भूगोलका रुपमा चिन्ने र चिनाउने गर्छ । तर पनि प्रकृतिमाथि मानवीय कलुषित भावनाका कारण हुम्लामा दिनप्रति दिन प्राकृतिक निधि र विधिहरू नाश हुँदै गएको छ ।  अमिवा आकारको हुम्लामा अनेकौं प्रकारका विविधता पाइन्छन् । नेपालको कुल क्षेत्रफल १,४७,१८१ वर्ग किमि क्षेत्रफलमध्ये हुम्ला ६,०१२ वर्ग किमि क्षेत्रफल रहेको छ । राष्ट्रिय भूगोलको ३.८५ प्रतिशत भूभाग हुम्लाले ओगटेर देशकै दोस्रो जिल्लाको स्थान पाएको छ । यो जिल्ला समुद्र सतहबाट ४ हजार फिटदेखि २४ हजार ६४ फिटसम्मको उचाईमा रहेको छ । सदरमुकाम सिमकोटको उचाई ९५०० फिट छ । यो जिल्ला पृथ्वीको २९०३५’ देखि ३००३५’ उत्तरी अक्षांस र ८१०१५’ देखि ८२०३०’ पूर्वी देशान्तरका बीचमा रहेको छ । यो जिल्ला साविक २७ गाविस, ९ इलाका र १ निर्वाचन क्षेत्रमा विभाजित थियो भने हाल एक संघीय निर्वाचन क्षेत्र, दुई प्रादेशिक निर्वाचन क्षेत्र, ७ गापा, ४४ वडा र जिल्ला समन्वय समिति सहितको राजनीतिक विभाजन रहेको छ ।   यो जिल्लाको भूबनोट तथा हावापानी तीन प्रकारको छ । हिमालय तथा उच्च पहाड क्षेत्र ११००० देखि २४०६४ फिट, होचो तथा पहाडी क्षेत्र ५००० देखि ११००० फिट र नदीको वेँसी क्षेत्र ४००० देखि ५००० फिटसम्मको उचाईमा रहेको छ । यहाँ शितोष्ण, समशितोष्ण र उपोष्ण हावापानी रहेको छ । यस जिल्लाका प्रख्यात नदीनाला, छहरा, ताल, कुण्ड र तप्पनहरू छन् । हुम्ला कर्नाली नदी कैलाश मानसरोवरको समीपमा रहेको च्छोलङकारी तालबाट उद्भव भएर माप्चा नदीको नाममा प्रख्याति पाएको छ । हुम्ला कर्नाली नदी जिल्लाको मध्य वक्षस्थलमा नागवेली भएर बगेको छ ।  हुम्ला जिल्लाको ऐतिहासिकतालाई केलाउँदा विसं ६६३ देखि विसं २०८१ सम्म १४१८ वर्षको कालखण्डमा कर्नाली प्रदेशको इतिहासलाई केलाउँदा धेरै उथलपुथल भएको पाउँछौं । ग्याल्बु गेसरको विशालकाय लोकगाथा, राजा नोर्जाङका लोककथाहरू, चार्ची, फाक, धमारी, माँगल र देउडा गीत हुम्ली जनजीवनको आवाज बनेको छ ।  राज्यले उपेक्षा गरे पनि विभिन्न समयमा विभिन्न विद्वानहरूको अथक योगदानस्वरुप कर्नालीको ऐतिहासिकताका बारेमा अध्ययन गर्नेहरूमा युरोपमा पादरी एन्टोनियो आन्डडा, विलियम मुरक्रोफ्ट, ह्यामिल्टन, राहुल साँस्कृत्यायन, कर्कपेट्रिक, स्वामी प्रभावानन्द, प्रो।रामरुहल, कोर्नेल जेष्ठ, टोनी हेगन, दितरे शुद्धु, जोसेप टुची, टेरी व्याग, बेरीबिसप, योगी नरहरीनाथ, रामनिवास पाण्डे, डा।राजाराम सुवेदी, डा।सूर्यमणि अधिकारी, रत्नाकर देवकोटा, पूर्णप्रकाश नेपाल यात्री, सत्यमोहन जोशी, चुडामणि बन्धू, प्रदिप रिमाल, स्थीरजङ्गबहादुर सिंह, डोरबहादुर बिष्ट, मोहनप्रसाद खनाल, श्रीकृष्ण गौतम, रमेश खड्का, हुमकान्त पाण्डे लगायतका धेरैको लगानी रहेको छ ।  स्थानीय लेखक, पत्रकार तथा साहित्यकारहरूमा छक्कबहादुर लामा, गोरखबहादुर बोगटी, जयबहादुर रोकाया, कर्णबहादुर रोकाया, डा मानबहादुर रोकाया, डा दिनेश रोकाया, डा बिनु रोकाया, कन्जोक लामा, लक्ष्मी ऐडी, जिग्मे लामा, डबलबहादुर महतारा, भिमबहादुर फडेरा,  डा दीपेन्द्र रोकाय, दीपक बुढा, माधुरी शाही, बसन्ती शाही, बखतबहादुर शाही, बसन्त रोकाया, कर्णबहादुर रावल, जनक महतारा संकेत, मनप्रसाद काफ्ले, गोरखबहादुर बुढा लगायतको उल्लेख्य योगदान रहेको छ ।  ॐ मत्रिमुदे सालेदु हुँ, ॐ मणि पदमे हुँ, ॐ चन्द सूर्य मरुत् जस्ता समन्वयात्मक सांकेतिक मन्त्रहरूमा छरिएर रहेका ताम्रपत्र, कनकपत्र, शिलापत्र, ताडपत्र, भोजपत्र र स्मृतिपत्रहरू पनि प्राकृतिक साधान स्रोतहरूको बाहुल्यता रहेको छ । ॐ मत्रिमुदे सालेदु हुँ, ॐ मणि पदमे हुँ, ॐ चन्द सूर्य मरुत् जस्ता समन्वयात्मक सांकेतिक मन्त्रहरूमा छरिएर रहेका ताम्रपत्र, कनकपत्र, शिलापत्र, ताडपत्र, भोजपत्र र स्मृतिपत्रहरू पनि प्राकृतिक साधान स्रोतहरूको बाहुल्यता रहेको छ । जहाँ कोरिएका, लेखिएका तथा संग्रह गरिएका कथा, व्थथा र गाथाहरूमा उल्लेख भएको छत्तीस कर प्रणाली रहेको थियो । कर्नाली साम्राज्यको आर्थिक मेरुदण्डलाई बलियो बनाउने काममा प्राकृतिक स्रोत साधनहरू भएका, रहेका र छरिएका खानी, पानी, जडिबुटी, पात, पतकर, घाँस, दाउरा, स्याउला, सोतर, झ्याउ, च्याउ, ल्याग्रु, ईरु, ऐंजेरु तथा अन्य विभिन्न प्रकारका वनस्पतिहरूले सम्पन्न बनाएका प्रमाणहरू छन् । यसैले भनिन्छ “आकासको इगडी, पातालको निध” भन्ने कुरा नै यसकै प्रमाण हो । पुस हिउँ शिला, माघ हिउँ बिला नाम अनेक भए पनि एरोमाथेरापी, हाइड्रोथेरापी, एपीथेरापी, ग्रेनथेरापी, स्टोनथेरापी, फायरथेरापी, सनथेरापी, मडथेरापी, नेचुरलथेरापी र रेजीनथेरापी जस्ता विभिन्न प्रकारका उपचार विधि र विधानको प्रयोग गरेर जीवनलाई स्वस्थ, स्वच्छ र निर्मल बनाउने काम गरेको पाइन्छ । यसैले त हाम्रा अग्रजहरूको आयु दीर्घजीवी भएको अनेकौं उदाहरण पाइन्छन् । यसैकारण पनि हिउँलाई एक प्राकृतिक औषधीका रुपमा मान्ने र जान्ने हुम्ली संस्कृति भएकोले नै “पुस हिउँ शिला, माघ हिउँ बिला” भन्ने वैज्ञानिक कथ्य र तथ्यको झड्को दिन्छ । त्यसैले पनि हिउँ खाएको जौ धेरै रोगको उपचारका लागि प्रयोग गरिन्छ ।   हुम्ली संस्कृतिको सम्बन्धसँग जैविक विविधताका उर्बर सम्भावनाहरूले आय आर्जनको अवसर प्रदान गरेको छ । जसरी हुम्ला प्राकृतिक तथा सांस्कृतिक रुपमा विविधतामा चित्रित छ । त्यसरी नै सामाजिक संस्कारहरूको विविधतालाई एकतामा अनेकता र अनेकतालाई एकताको मालामा गाँसेको छ ।  त्यसको उदाहरणहरूमा स्याँडाको लसुन, खगालगाउँ र बराईँको रातो चिनु, बरागाउँ र तोर्पाको खिस्से फापर, बुराउँसेको चोती कोइरा, पुमाको गहुँ, सिमकोट र रिमीको जौ, रायाको कोदो, थालीको उवा, दार्मा मिमीको धान, दुल्ली र पिप्लाङको मकैहरूको चर्चा परिचर्चा हुन थालेको छ । लेख, दोजाम, हेप्का, तांगिन, यांगुगाउँहरू महका घारहरूका उपमा भएका छन् ।                                                                                                                                                              हुम्लाको बहुउपयोगी अन्न चिनु । जब जंगलमा खेर गएका चुली, खाम्बु, आरु, धुपी, रिगा, तारुचुक, भाँगाविलो, डिम्बर, वनजीरा, वनलसुन, लौठौ, ढँडेलो, चुत्रो, दारिम, च्याउ, स्याउ र झ्याउ जस्ता विभिन्न किसिमका फलफुल, पातपति¨र सबै आम्दानीका स्रोत बन्दैछन् । यसबाट घरेलुदेखि व्यवसायी उद्योगका रुपमा स्थापना हुन थालेका छन् ।  अहिले यी कुराहरूसँग समायोजन गरी दिगो, सस्तो र सरल प्रविधिको हस्तान्तरणका उदाहरणहरू स्वरुप आधुनिक घट्ट, सोलार ड्रायर, डोकेचुलो, सुधारिएको चुलो, झोल विषादी, झोल मल, आलु चिप्स, रष्टिक स्टोर, ग्रीनहाउस, गँडयौला मल, बीउ विकास बैक, जैविक चिया, खामुको तेल, ढँटेलाको पीना, हरियो बार, महको प्रशोधन, जडिबुटी खेती र यस्ता विभिन्न किसिमका गतिविधिहरूले गर्दा ब्यापार, व्यवसाय र रोजगारीका अवसरहरूको पनि सिर्जना गर्ने काममा सकारात्मक सूचकहरू देखा परेका छन् ।  वनस्पतिको बास्नादार सुवासको लाभा छाउँछ । कितपतङको सांगीतिक जाभा चल्मलाउँछ । वर्षको एक बाली पाक्ने यी गाउँ ठाउँहरूमा वैशाखदेखि जेठसम्म नाफल, फापर, उवा, जौ, तोरी, चोती, कोइरा, कला, चिनो र कागुनो छरेर असोज कार्तिकमा मात्र पाकेर थन्क्याउने गरिन्छ । यी दुई महिनाले बाँकी ७, ८ महिनाका लागि मान्छे र पशुवस्तुहरूको गाँस, बास र कपासको व्यवस्था गर्नैपर्छ ।                                                                                                                                                                          तिलखुरो बनेलु फल छ्याङमा राखिएका विभिन्न जडिबुटीबाट बनाइएको मदिरा औषधीको रुपमा प्रयोग गरिन्छ । चीरु र फुरुलाई सम्पन्नता र विपन्नताको रेखा मानिन्छ । यो पनि पछिल्लो समय संक्रमित छ । बचाउने कि नयाँ स्वीकार गर्ने ? यसैले पनि हाम्रो समाज परसंस्कृतिकरण र आत्मीकरणको दोधारमा अल्झेको छ । यसैले पशुपालन जीवनको आधार बनेको छ । चौरीका लस्करहरूले जीवित स्पन्दनको आभा दिन्छ । हुम्लाको भाषिक पुरात्तत्व, सांस्कृतिक मानवशास्त्र, पर्यावरणीय संस्कृति, जातीय निधि र विधिहरूको अथाह स्रोत र साधनहरूको धरातलमा प्रकृतिको व्यापक प्रभाव परेकाले पर्यावरणीय भूगोललाई एक खुला विश्वविद्यालयको अर्थशास्त्र मान्न सकिन्छ ।  भनिन्छ कि हुम्ला सम्भावना र अवसरहरूको मेल्टीङ पट, माइल स्टोन, हर्बेरीया, फूलबारी र सप्तरङ्गी क्यानभास हो । र, त जैविक नमुनाका गाउँहरूमा माँसपुर, लिमी, चाला, नेप्का, राँती, निमागाउँ, लेख, याङ्गु, यारी र तम्मु अनेकौं छन् । जहाँका किसानहरूले जानी नजानी जैविक कृषिलाई नै जीविकोपार्जनको उत्तम पेशाको रुपमा अँगालेका छन् । तर पनि वैधानिक रुपमा जैविक कृषिलाई अँगालेर नमुना किसानहरूको उपाधि पाउने गाउँ लाङदुक हो । यहाँको सांस्कृतिक धरातलमा प्रकृतिको उपस्थितिलाई सहअस्तित्व, सहकार्य र सहकारीको रुपमा हुम्लीहरूले अँगालेका छन् । कामहरू सँगालेका छन् । दामहरू जम्मा गरेका छन् ।  नेपालमा सामुदायिक वन उपभोक्ताहरूको हक अधिकारको स्थापना, संरक्षण र सम्बद्र्धन गर्ने अभिप्रायले २०५२ जेठ १८ गते सामुदायिक वन उपभोक्ता महासंघको स्थापना भई हालसम्म विभिन्न सामुदायिक वन उपभोक्ता समुहहरूको सवाललाई स्थानिय तहदेखि राष्ट्रिय, अन्तराष्ट्रिय तहसम्म पैरवी र वकालत गर्दै आएको छ । यसले वन र वन व्यवस्थापनको कामका बारेमा व्यापक जानकारी र सन्देश दिन सफल भएको छ । यो विश्वको लागि एक नमुना अभ्यास पनि हो ।  नेपालमा सामुदायिक वनको नीति लागु भइसकेपछि यसका सकारात्मक तथा नकारात्मक कुराहरूको प्रभाव व्यापक रुपमा देखिन थाल्यो । यसले कर्नाली क्षेत्रको अर्थ सामाजिक क्षेत्रका भूइँचालो ल्याइदियो । एकातिर परम्परागत पशुपालन व्यवसाय लोप हुन थाल्यो भने अर्कातिर प्राकृतिक स्रोत साधनहरूमा स्थानीय समुदायको सहभागिता, उपयोगिता तथा व्यवस्थापनमा प्रत्यक्ष संलग्नता बढेर लोकतान्त्रिक अभ्यास हुन थाल्यो । यो कामले परेको दरार अझैसम्म पनि पुरिन सकेको छैन ।  यसले एकातिर वर्षौदेखि खेर गइरहेका प्राकृतिक स्रोत साधनहरू आय आर्जनको माध्यमका रुपमा रुपान्तरण भए भने अर्कातिर विकासका लागि स्थानीय स्रोत साधनको माध्यमबाट उपयुक्त प्रविधिको विकास विस्तार र हस्तान्तरणले समुदायको जीवनस्तर उकास्ने काममा सहयोग गर्ने कुरा प्रमाणित भयो ।  यसका केही उदाहरणहरूमा मेखालागाउँमा गठित रोचा सावउसको वनबाट संकलन गरी बेचिएको रकमले पेल्टिक सेटबाट बिजुली उत्पादन गरियो । यसपछि साविक मिमि गाविसको ऐडीबाडा, साविक दार्मा गाविसको रिमी, बोहराबाडा, साविक बरगाउँ गाविसको लाङदुक, साविक मेल्छाम गाविसको मेल्छाम, साविक खार्पुनाथ गाविसको दुर्पा, साविक सिमकोट गाविसको खाद्दक र पाँवाडा गाउँमा आधुनिक घट्ट निर्माण गरिने काम भएको थियो ।  पछिल्लो समय विकाससंगै विनाश पनि आउँछ भने झैँ केही मात्रामा भ्रष्टाचार, विनाश, विकृति पनि मौलाउन थाल्यो ।  यसका अलावा विभिन्न गैससहरूले बिजुली, आधुनिक घट्ट, सोलार, ग्रीनहाउस, फलफुल बगैंचा, नर्सरी, जडिबुटी खेती, पशुपालन, सहकारी र उपयुक्त प्रविधि प्रयोग र हस्तान्तरणमा सहयोग पुर्याई नयाँ आयाम थप्ने काम गरेका थिए । यसबाट सामुदायिक काम कार्यहरूका लागि महिला, दलित, जनजाति तथा विपन्न वर्ग तथा समुदायहरूको सहभागिता पहुँचको कुरामा बहसका साथै जनसहभागिता, पारदर्शिता र प्रतिबद्धताका सवालहरू बहसमा आएका हुन्, भलै लामो समयसम्म लागु नभए पनि । पछिल्लो समय विकाससंगै विनाश पनि आउँछ भने झैँ केही मात्रामा भ्रष्टाचार, विनाश, विकृति पनि मौलाउन थाल्यो ।  हुम्ला जिल्ला सम्भावनाहरूको सरोवर भएको हुनाले यहाँका प्राकृतिक तथा सांस्कृतिक साधन स्रोतहरूको समुचित रुपमा प्रयोग हुने सकेको खण्डमा यहाँको अर्थतन्त्रलाई व्यापक रुपमा सहयोग पुग्ने देखिन्छ । यसका लागि विभिन्न क्षेत्र, विषय, रुचि, चाहना र स्तरका समुदायहरू माझ समतामुलक विकासस, चेतनालाई प्रत्येक व्यक्ति, घरदैलो र समुदायको स्तरमा पुर्याउने कुरा नै पहिलो चुनौती हो ।  के काठका औजारहरू ? के स्थानीय हस्तकलाका प्रशाधनहरू ? के खानाका परिकारहरू ? के उपयुक्त सीप र प्रविधिका प्रचलनहरू हुन् ? के विभिन्न प्रकारका जडिबुटीहरूको प्रयोग र व्यापार ? यस्ता सम्पदाहरूको समुचित रुपमा खोज, संरक्षण, विकास र विस्तार गर्ने समय आइपुगेको छैन र ? त्यसले नै सम्भावनाहरूले अवसरहरूको खोजी गर्छ । अवसरहरूले रोजगारीको सिर्जना गर्छ । रोजगारीले आयमा सबलता ल्याउँछ । आयले व्यक्ति, घर, गाउँ, राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरसम्म बढाउनमा सहयोग गर्छ । सहयोग नै सामुहिक भावनाको आधार हो । यो आधार नै सद्भावको सदाचार हो । सदाचारले सीप, प्रविधि र प्रवृत्तिको प्रचार प्रसार गर्ने काममा टेवा गर्छ । यसैले हुम्ला सुनको थालीभित्रको मिठो परिकार मात्रै नभएर अवसरको स्रोत पनि हो ।  आम मानसिकता चामल फोविया हुम्ला साधन र स्रोतले अत्यधिक धनी भईकन पनि उचित रुपमा परिचालन र व्यवस्थापन नहँुदा आम मानसिकता चामल फोविया, फास्टफुड फोबिया, झिनीगिन्टी मेनिया, मैदा मेनिया र गैससको राहतमा रुमलिएको छ । वनमा आगो लगाउने बहादुर नाममा चिनिन्छ । कालोधन्दा गर्ने धनीमानीको अग्रपंक्तिमा गनिन्छ । तर प्रकृति र संस्कृतिको समुचित प्रयोग गर्नु नै आजको आवश्यकता हो । यसैले, कुनै पनि कुराहरूका लागि जानकारी, बहस, छलफल र सन्देश प्रवाह गर्नु अति आवश्यक पर्छ । त्यसका लागि सीप र आम्दानी आवश्यकता पर्छ । आम्दानीले व्यावसायिता दिन्छ । व्यावसायिकताले प्रविधिको हस्तान्तरण गर्छ । प्रविधिले सचेतना बढाउँछ । सचेतनाले सञ्चार र सन्देश दिन्छ । सञ्चारले ज्ञानविज्ञानको खोजी गर्ने कार्यमा सहयोग गर्छ । खोज अनुसन्धानले जागरण ल्याउँछ । जागरण नै समयको परिवर्तन हो । परिवर्तनले नै समय, व्यक्ति, समाज र युगलाई नयाँ नयाँ रुपमा रुपान्तरण गर्छ, विकास गर्छ र निकास दिन्छ ।         पछिल्लो समय देखिएको वायोपाइरेसीको समस्या हो । यसका बारेमा जानकारी दिन आवश्यक रहेको छ । यदि कुनै पनि जैविक स्रोतहरू जस्तै वनस्पति, जीवजन्तु, सूक्ष्म जीवाणु, आनुवाशिंक वा वंशाणुगत श्रोतहरू वा तिनका कुनै अंश वा कुनैपनि स्थानीय ज्ञान, सीप, सूचना आदिको संकलन, अध्ययन तथा व्यवसायीकरण सम्बन्धित स्रोत–समुदाय वा स्रोत–राष्ट्रसँग पूर्वसूचना तथा पूर्वस्वीकृति नलिइकन कसैले हासिल गरी एकाधिकार जमाउदँछ अथवा चोरी गर्दछ भने त्यसलाई वायोपाइरेसी भनिन्छ ।  यो शब्द बायो  अर्थात् ‘सजीव’ वा ‘जीव’ र पाइरेसी अर्थात ‘चोरी’ शब्दहरू मिलेर बनेको हो । यसरी उक्त बाहिरी व्यक्ति वा संस्थाले उक्त जैविक विविधता वा ज्ञान सीपमा एकाधिकार प्राप्त गरेपछि त्यही ज्ञान सीप तथा सम्पदाको प्रयोगलाई रोक लगाउन सक्छन् । यसरी एकाधिकार प्राप्त गरेपछि कृषक, समुदाय, राष्ट्रले आफ्नै परम्परागत ज्ञान, सीप र सम्पदाको पनि त्यसै उपभोग गर्न पाउँदैनन्, उपभोग गरेवापत कर, सलामी तिर्नुपर्ने हुन्छ ।  हाल सालैको एक प्रतिवेदनले केही अफ्रिकी मुलुक  लगायतका विश्व विभिन्न देशहरूमा सयौं वायोपाइरेसीका घटनाहरू घटेको जानकारीमा आएको छ । खास गरी विकासोन्मुख मुलुकहरूबाट यसका जैविक विविधताहरू दिनानु दिन ह्रास हुँदै गइरहेको छ । यसैले पनि समुदायस्तरमा बायोपाइरेसीका बारेमा व्यापक सचेतना जगाउनु पर्ने आजको आवश्यकता हो ।  हाम्रो ज्ञान, सीप र सम्पदाको लेखाजोखा राखी भविष्यमा आइपर्ने यस्ता वायोपाइरेसीको रोकथामका लागि हामीले तुरुन्तै उचित कदमहरू चाल्नुपर्ने हुन्छ । वायोपाइरेसीको रोकथाम गर्न र स्थानीय संघ संस्थाहरूले स्थानीय जैविक रैथाने ज्ञानको पञ्जीकरण गरेर त्यसका विविधताको अनुसन्धान गर्दै सदुपयोग गर्न अग्रसर हुनुपर्छ । यसबाट वायोपाइरेसीलाई नियन्त्रण गर्न सकिन्छ ।  हुम्ला डायरीका स्तम्भकार कर्णबहादुर रोकाया, ग्रामीण पत्रकारितालाई आधार बनाएर कर्नाली प्रदेशको हुम्ला जिल्लाबाट साढे दुई दशकदेखि पत्रकारिता क्षेत्रमा क्रियाशील रहनु भएको छ । 

बनायौ विधान अनि भन्ने संविधान ?

बनायौ विधान अनि भन्ने संविधान ?

८२० दिन अगाडि

|

१६ साउन २०८१

प्रारम्भः नेपालको संविधान लेखिएको हाते पुस्तक पढौं एकपटक । कभरमा संविधान लेखियो र कानुनका विद्यार्थीहरु समेतले यसलाई संविधान नै बुझे । म राजनीति शास्त्रको विद्यार्थी भने फरक ढंगले बुझ्ने कोशिश गर्दैछु, यो दुस्साहस पनि हुन सक्छ । तर मेरो अन्तरमनले यो विधान हो भन्छ श्री ३ जंगवहादुरले १९१० सालमा जारी गरेको मुलुकी ऐनजस्तै ।  हालसम्म ७ संविधान नेपालमा जारी गरेको कानुनी इतिहास पढाइए पनि ती सबै विधानको रुपमा थिए र एकल नश्लीय शासन कायम राख्न नेपाल राज्यको संरचना गरे । त्यसैले, विधानको संशोधन सनद जारी गरेर हुँदै आएको घटना यसपटक पनि संशोधनको सवालसंग जोडिएर आए आश्चर्य मान्नुपर्ने छैन । नयाँ सरकार बनाउन एमाले–काँग्रेसको गठबन्धन बन्यो । सहमति पत्रमा संविधान संशोधन उल्लेख भएको समाचारहरु पढ्न पाइयो । दलका नेतागणसमेत यसमा सहमत देखिए । उनीहरुको तर्क के छ भने अस्थिरता हाम्रो अनुभव हो र अब स्थिरताका लागि संविधान संशोधन गर्नुपरे पनि तयार हुनैपर्छ । रणनीतिक रुपमा उनीहरुको सहमतिको बुँदा यो पनि हो कि नेपालमा दुई दलको शासन हुनुपर्छ । सरकारको गठबन्धन दलका प्रमुख नेतागण पटक पटक यसबारे बोल्दै आएका पनि हुन् ।  हालको गठबन्धन सरकारको चरित्र लोकतन्त्रसंगत मान्न सकिन्न । लोकतन्त्रको आवरणमा पहिलो र दोश्रो ठूलो दल सरकार बनाउँदा सार्वभौम नेपाली जनताले कसरी पचाउने भए ? सवाल विचारणीय छ । तसर्थ, यो लोकतन्त्र नभएर दलतन्त्रमा रुपान्तरण हुँदै गरेको प्रष्टै छ । दलतन्त्रमा भ्रष्टाचारको कुरो अवश्यम्भावी छ, कारण वहुदलीय व्यवस्थामा हाल दलहरुको काम भ्रष्टाचारको एजेन्ट सरह हुँदा संसारभरि नै आलोचना हुँदै आएको छ । राज्यका सबै तह तथा अंगहरु दलतन्त्रको प्रभावमा निष्प्रभावी भएको सहजै अनुमान गर्न सकिन्छ । अझ स्थानीय तहको घिनलाग्दो कर्तुत नेपालमा कुरागरी साध्य छैन ।  त्यसो भए संविधान के होला ?  संसारभरि नै संविधान सभाबाट बनेका २२ देशका संविधान छन् । संविधानको स्प्रीट भनेकै समानता र समन्यायलाई लागु गर्ने राजनीतिक सहमति पत्र हो । तर पनि यसलाई देशको मूल कानुन भनि ठहर गर्छ । संविधानसभाबाट नेपालमा संविधान जारी गर्नुभन्दा अगाडि थुप्रै अन्तर्राष्ट्रिय महासन्धि, घोषणापत्रहरुमा हस्ताक्षर भए । तीमध्ये आइएलओ महासन्धि नं.१६९ अन्तरिम व्यवस्थापिका संसदबाट पास गरेको सर्वविदितै छ । यसको मर्म कहिंकतै यो संविधानमा प्रतिविम्बित भएको देखिन्न । सवाल यति मात्र होइन, शासक सम्भ्रान्तको गोर्खाली राज्यसत्ताको मनोदशा व्यवस्थित गरेको अनुभूति दिलाउँछ ।  त्यसो भए संविधान निर्माणबारे अरु देशको अनुभव के रह्यो त ? उनीहरुले आफ्नो देशको ल्याण्ड स्केप र सोसल स्केपको मिहिन ढंगले अध्ययन गरे । त्यसले पावर स्केपको म्याट्रीक्स र सिद्धान्त बनाउन सघायो । बुँदागत रुपमा उनीहरुले संविधानको विषयबस्तु तयार गरे । साथै, त्यसको सहमतिपूर्वक छिनोफानो गरे ।  संसदीय व्यवस्था नेपालको शासकीय स्वरुप ठहर गर्दा वहुलवादमा काँग्रेसले अडान लियो, त्यसलाई सम्बोधन नगरी धरै नपाउने । अर्को समाजवादउन्मुख अर्थतन्त्रमा माओवादी केन्द्रले अडान राख्यो, त्यसलाई पनि सम्बोधन गर्न कर लाग्यो । संविधान सेकुलर पोलिटिक्सको पक्षमा उभिन धर्मनिरपेक्ष राज्य घोषणा गरियो तर साँस्कृतिक अधिकार मौलिक हकमा लेखिएपश्चात फेरि धर्मनिरपेक्ष राज्य परिभाषित गर्नुपर्ने आवश्यकता किन पर्यो ? यी मेटाफिजिकल विषयवस्तुहरुले भ्रमहरु सिर्जना गर्न सघाए । यथार्थमा केन्द्रीयताको मनोदशाले ग्रस्त थिए दलका नेतागण र राजनैतिक सम्झौताको दस्तावेज भन्दै कानुनी र प्रशासनिक झमेला शासक सम्भ्रान्तको अभिष्ट थियो । किन विधान जस्तो संविधान ? नेपाली जनतालाई भ्रमित बनाउने र शासन गर्ने नीति अब स्वीकार्य छैन । अझ ग्राह्म ई.फुलरको मत सापटी लिने हो भने वर्तमान परिवेशमा संसारका आदिवासी जनता आफ्ना मालिकसंग शासन गर्ने शास्वत अधिकार छ भनि स्वीकार गर्न हदैसम्म अनिच्छुक देखिन्छन् । साथै, राष्ट्रवादी शक्ति तथा साँस्कृतिक पुनःउत्थानका शक्ति अब आफ्नो व्यवस्था आफैं दावी गर्न तयार देखिएका छन् । त्यस अर्थमा पुनर्जागरण कालका ज्ञान र त्यसमार्फत् अभ्यासमा आएको शासन व्यवस्था विस्तारै असान्दर्भिक हुँदै गएको छ । संविधान लोकतन्त्रको उपज हो । नेपालमा लोकतन्त्रको अभ्यास पुरानै हो । प्रथाजनित कानुनमार्फत् समुदायले लामो समय अभ्यास गरेको स्वशासन यहाँको सन्दर्भमा लोकतन्त्रको आधार बन्नुपर्छ । विकसित लोकतन्त्रको जग यसलाई मान्ने प्रचलन हालको सबै विकसित मुलुकमा छ । यसकारणले पार्टीहरुसमेत लोकतान्त्रिक मुल्य तथा राजनैतिक संस्कारयुक्त भएको दावी गरिआए ।  नेपालको सन्दर्भमा लोकतन्त्रको स्थापना समाजका एलिट र दोश्रो विश्वयुद्धपश्चात विश्व राजनीतिमा आएको उतार चढावले व्यवस्था परिवर्तन अकस्मात हुँदा त्यसका लागि यहाँका जनता अभ्यस्त हुनै सकेनन् । त्यसमा पनि उनीहरु आफ्नो बडीपोलिटिक कायम राख्न राज्य व्यवस्थासंग प्रतिरोध गरिरहे ।  संविधान संशोधनको विषय चर्चा गर्न लायक हुँदै होइन । अझ २०७२ सालमा जारी भएको विधान त यिनीहरुको लागि सर्वोत्कृष्ट ठहर हुँदै आयो । तर पनि एमाले–काँग्रेस गठबन्धन सरकार कृत्रिम रुपले संविधान संशोधन औचित्यपूर्ण सावित गर्न लागिपरेका छन् । संविधान संशोधनका लागि संविधान सुधार आयोग गठन गर्ने सम्बन्धमा इन्कार गर्दै सबै दलको सहमतिमा हुने बताउन थालेका छन् । यसमा विशेष छलफल चल्ने नै भयो र अलोकतान्त्रिक चरित्र बोकेका दलहरु समेतको सहयोगमा यसको संशोधन प्राविधिक रुपमा हुन्छ ।  अंकगणितको राजनीतिक हिसाब किताब मिल्दा यो गठबन्धनले रटान लगाउँदै आएको विश्वको उत्कृष्ट संविधान केन्द्रियतालाई बलियो बनाउने गरी मनपरी ढंगले काम गर्ला । विपक्षी आन्दोलनकारी कमजोर तथा उपायविहीन भएको वेला फास्ट ट्रयाकमा आफ्ना अवरोधहरु हटाउन कोसिस गर्लान् । तर, नेपाली जनतालाई थाहा भएकै कुरो हो कि संविधान राष्ट्रिय मुक्ति क्रान्तिको जगमा मात्र बन्ने अवस्था देखिन थालेको छ ।  यी शासन गर्न आतुर दलहरु विधान जारी गरे । हुकुम चलाउन तीन पार्टीका नेतागण जसरी संविधानको नाममा विधान ल्याए र संविधान संशोधनको नाममा सनद जारी गर्न लाजमान्ने छैनन्, त्यसले द्वन्द्व मात्र बढाउने काम गर्छ । त्यस अर्थमा संविधान संशोधनको नाममा समय खर्चिनुको अर्थ छैन । ज्ञान र हिम्मतको सम्मिश्रित रुप यदि सपना ठहर हुन्छ भने संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान सैद्धान्तिक रुपमा शासनको लागि मार्गदर्शन गर्न सक्ने हुनुपर्छ । साथै, नेपाललाई बपौती (रियलस्टेट)को तहबाट राज्य (स्टेट)को तहमा रुपान्तरण गर्न हिम्मत देखाउने गरी हैसियत राख्नुपर्छ । त्यसको अर्थ साझा नेपाल निर्माणको लागि नयाँ राजनीतिक विचारधारामा स्टेटक्राफ्ट गर्न अग्रसर हुनैपर्छ । अन्त्यमा, नेपालमा राजनीतिक खेलको नियम बदल्न जरुरी छ । त्यसैले, विगतका लामो समयको वहिष्करण तथा सिमान्तीकरणमार्फत् भोगेका पीडामा मलहम लगाई उनीहरुको आत्मनिर्णयको हकलाई सम्मान गर्न सक्यौं भने संविधान संशोधनको लागि एक खालको वातावरण बन्न सक्छ । त्यसको लागि शेरवहादुर देउवाले कैलालीको एक इन्च सिमाना हेरफेर हुन सक्दैन भन्ने  मनोदशाबाट बाहिर आउनैपर्छ ।  त्यसैगरी प्रधानमन्त्री खडग प्रसाद शर्मा ओली जोखिम मोल लिएर भए पनि बहुलराष्ट्रिय राज्य नेपालको प्राकृतिक जगलाई स्वीकार गर्न सक्नुपर्छ । अबको संविधान यही बहुलराष्ट्रियताको जगमा व्यवस्थित गर्न सके वहिष्कृत तथा सिमान्तीकरणमा परेका जनताले अपनत्व ग्रहण गर्न सक्ने आधार दिन्छ ।  त्रिविबाट राजनीति शास्त्रमा एमफील लेखक हाल समान–नेपालको संयोजक हुनुहुन्छ ।  

ठुम्रारके १००औं साहित्यिक श्रृंखला प्रज्ञामे हुइना

ठुम्रारके १००औं साहित्यिक श्रृंखला प्रज्ञामे हुइना

८२१ दिन अगाडि

|

१५ साउन २०८१

            ठुम्रार साहित्यिक बखेरीके ९९औं साहित्यिक श्रृंखलामे साहित्यकार मानबहादुर पन्नाहे स्वागत कैटि डा सर्वहारी, साथमे नन्दुराज चौधरी । ठुम्रार साहित्यिक बखेरीके १००औं साहित्यिक श्रृंखला नेपाल प्रज्ञा प्रतिष्ठानके देवकोटा सभाहलमे हुइना बा ।  अइना साउन २६ गते दिनके १ बजे १००औं साहित्यिक श्रृंखला हुइना जानकारी श्रृंखलाके संयोजक थारु लेखक नेपाल संघ नेपालके केन्द्रीय अध्यक्ष डा कृष्णराज सर्वहारी डेलाँ । प्रज्ञा प्रतिष्ठान लगायत मेरमेरिक थारु संघसंस्थाके सहकार्यमे हुइना कार्यक्रमके लग कविता पठैना अर्जि कइगइल बा । १००औं साहित्यिक श्रृंखलाहे भव्य बनाइक लग डा कृष्णराज सर्वहारीके संयोजकत्वमे मूल तयारी समिति बना गइल बा । जेम्ने नन्दुराज चौधरीके संयोजनमे आर्थिक, शत्रुघन चौधरीके संयोजनमे प्रचारप्रसार, सिताराम चौधरीके संयोजनमे मञ्च व्यवस्थापनलगायट समिति बना गइल बा ।  इहिसे पहिले साहित्यकार मानबहादुर चौधरी पन्नाके बरका पुहनाइमे ठुम्रार साहित्यिक बखेरीके ९९औं साहित्यिक श्रृंखला असार २९ गटे सनिच्चरके कीर्तिपुर, पाँगास्थित बरघर रेस्टुरण्टमे निम्जल रहे ।  २०६९ साल माघ महिनासे डा सर्वहारीके नयाँबजार, कीर्तिपुरके डेराके छतसे ठुम्रार साहित्यिक बखेरी सुरु हुइलक हो । पाछे त्रिवि परिसरके बालकुमारी खाजा घर हुइटि हाल कीर्तिपुर, पाँगास्थित बरघर रेस्टुरण्टमे महिनक अन्तिम शनिच्चरके बिहानके कार्यक्रम नियमित बा । कोरोना अवधिमे कार्यक्रम बन्द रहे । बखेरीमे वाचन कइगइल रचना ‘परगा’के रुपमे पोस्टा निकार गइल बा । स्मरण रहे, थारु भसा साहित्य केन्द्रसे हरेक महिनक पहिल शनिच्चरके दिनके ललितपुर, कुपण्डोलस्थित नाइटिंगेल स्कूलमे थारु साहित्यके रचना वाचन बसघरा हुइठ । २०८१ असारसम यकर ७२ भाग निम्जल बा ।