इच्छाकामनाका २२ चेपाङ परिवारलाई नयाँ घर उपहार

इच्छाकामनाका २२ चेपाङ परिवारलाई नयाँ घर उपहार

८४१ दिन अगाडि

|

२६ असार २०८१

भूख

भूख

८४४ दिन अगाडि

|

२२ असार २०८१

रंजन लेखी गरिब के पेट मे भूख के ज्वाला,  खाना के खोजी हर दिन के हाला । सपना सह्जै छै भूख से झौंसल,    जीवन के डगर काँटेकाँट से भरल ।। अमिर के मन मे भूख के खेल,  लालच पैसा के ऐश्वर्य के लेल ।  अघावे कहियो नै खोजैत फिरे और,   विपुलता मे भि खाली खाली ठौर ।। नाम के भूख श्रेय पावै के चाह,   सारा संसार चिनौक एकरे परवाह ।  चकाचौंध जीवन चर्चा के लिप्सा,    मगर भीड मे असगरे बस रिक्तता ।। राजसत्ता के भूख देखावे बड सपना,  सदैब शासन करी यहा मन मे तृष्णा ।  जनसेवा के नाम मे स्वार्थ के भोज,   सत्ता पावला पर देश जनता पर बोझ ।। रुप सौन्दर्य के भूख दोसर कथा,  सदा सुन्दर रहै के अगाध व्यथा । जवानी मे मस्के सुन्दरता मे महके,   जरा जीर्ण रोग कहिया तक छुपाइवे ।। माया वासना के भूख पताल तक चाह,   मन के आ तन के भूख के अलग राह । पवित्र माया के भूख हृदय के सम्बल,  वासना के भूख अस्थायी आ दुर्वल ।।  ज्ञान के भूख मुक्ति के यात्रा,    सम्यक शिक्षा त तोडे दासता ।   सत्य के खोजी समझ के चाह,      दूर असगरे  पटिवेध के नाह ।। भूख कहै छै सैब जीवन के कथा,   भिने भिने यात्रा एक साझा व्यथा । संसार के कुनाकाप्चा सब के दुःख,    भूख के छाया मे पेन्डोरा सन्दुख ।।      सप्तरी, हालः साज, बाहिया, ब्राजिल      २५ मे २०२४

नाटक  पूर्णविरामः कसले अठ्याइरहेको छ समयको गर्धन ?

नाटक पूर्णविरामः कसले अठ्याइरहेको छ समयको गर्धन ?

८४५ दिन अगाडि

|

२२ असार २०८१

“आखिर कसले अठ्याइरहेको छ समयको गर्धन ? निसासिइरहेको छ प्रत्येक पल वर्तमान, फट्फटाउँदै छट्पटाएर, कसको मुखभित्र प्रवेश गरिरहेछन् दिन, महिना र वर्षहरू ? कसको षड्यन्त्रमा फसेको छ, वायु ? कसको अधिनमा छ, ब्रम्हाण्डको आयु ?” मञ्चको अघिल्लो कुनामा सुतिरहेको एक वृद्धको आवाज सुनिन्छ । एकसरो वेरिएको कपडामा रहेका वृद्ध मरुभूमि जस्तो देखिने स्थानबाट उठेर दर्शकदिर्घातिर हेर्दै निरन्तर बोल्न थाल्छन् । “दिनको रक्तचाप बढेसँगै पग्लिँदै गइरह्यो, मानव जातिको अस्तित्व भयभित, त्रसित, आतंकित छन्, भूतकालका कंकालहरू ए सेपियन्सहरू ! बन्द गर अब सृष्टि । मानव जीवन पृथ्वीको स्वास्थ्यका लागि हानीकारक छ ।” वृद्धको आवाज सकिन नपाउँदै पृष्ठभूमिबाट केही मानिसहरू सेताम्मे भेषमा खासखुस गर्दै देखा पर्छन् । पृथ्वीमा अक्सिजन र पानीको अभाव भएपछि मुखमा विरुवाको अक्सिजन लगाएर पानी खोज्दै आइपुग्छन् । वृद्ध चुप लागेर कुनाबाट सबै नियालिरहन्छन् । डिटेक्टर मेसिनसहित पानीको खोजीमा आएका मानिसहरु मरुभुमीमा चिसो ठाउँ भेट्टाउँछन् । यो सबै वृद्धले देखेपछि रोक्न खोज्छन् । त्यसपछि ती वृद्धले सबै रहस्यहरु सुनाउन थाल्छन् र कथा अगाडि बढ्दै जान्छ । यो दृश्य हो सर्वनाममा मञ्चन भइरहेको नाटक पूर्णविरामको । काठमाडौंको कालिकास्थानस्थित सर्वनाम नाटकघरमा असार १७ गतेदेखि मञ्चन भइरहेको नाटकका पूर्णविरामका लेखक नाटककार सुरज पराजुली हुन् । बढ्दो शहरीकरण र वातावरण विनाशले भविष्यमा मानव सभ्यतामै पूर्णविराम लाग्ने त हैन भन्नेमा लेखक चिन्ता व्यक्त गर्दछन् । उनी भन्छन् ‘कंक्रिटको जंगलमा रुमल्लिएका म जस्ता करोडौँ मानिसहरू केहि दिनलाई नै सहि शान्ति खोज्दै प्रकृतिको काखमा पुग्ने चाह राख्दछन् । धरालाई निर्मम हातहरू नै माटोलाई सुम्सुम्याउन, रुखलाई अंगालो हाल्न चाहन्छन् । वर्षा, खोला या झरनाको संगीत रुचाउने कानहरूले ठुला ठुला स्पिकरमा कराउन कहिल्यै छोडेनन् । माटोको अथवा प्रकृतिको सुगन्ध मनपराउने नाकहरूलाई अव्यवस्थित ढंगले ढल बगाउन र कुहिएको दिनचर्या धरतीलाई सुम्पिन लाज लागेन । यस्ता विभिन्न कुराले मलाई भित्रभित्रै सताइरहेको थियो । छट्पटि नै भएको थियो ।’ उनले त्यही छट्पटि नाटक पूर्णविराममा पोखेको बताउँछन् । उनले रंगकर्मी, चलचित्रकर्मी, कर्मचारी, पत्रकार, शिक्षक, विद्यार्थीहरु लगायत सबैलाई एकपटक नाटक हेरिदिन अनुरोधसमेत व्यक्त गरे । नाटकको परिकल्पना तथा निर्देशन आरुष मगरले गरेका छन् । नाटकको विषयवस्तुले आफुलाई तानेको उनी बताउँछन् । मानिस आफैँमा प्रकृतिको एउटा अंश हो भन्ने कुरा सायद हामीले बिर्सिरहेका छौँ । निरन्तर प्रकृतिको दोहन गरेर फुस्रो रजगजमा रमाइरहेका छौँ । जसको असर वर्तमान समयमा हामीले देख्दै र भोग्दै आईरहेका छौँ । जानेर या नजानेर भावि पिढिलाई जिउन समेत मुस्किल हुने वातावरण सिर्जना गरिरहेका छौँ । यसप्रति हामी सबै समयमै सचेत र सजग हुनुपर्छ भन्ने कुराले मलाई उत्साहित बनायो र नाटक निर्देशनको जिम्मेवारी लिएको उनी बताउँछन् । नाटकमा रिनेक्श बस्नेत, मीना पूर्णिमा, विवेक आचार्य, सगुन तामाङ, मुकेश हमाल, समाइरा श्रेष्ठ, समीक्षा पौडेल, असिम थारु, भूमिका थारू, विध्यक तिलक, बसन्त बहादुर खड्का, सरस्वती दाहाल, युवराज थापा मगर, निरबहादुर खपाङ्गी, सुरज पराजुली, शू गूँः, सुदिश थापा मगर, सुजन परियारलगायतको अभिनय रहेको छ । नाटक ‘पूर्णविराम’को मञ्च तथा पोस्टर रसिक राजले बनाएका हुन् । नाटकले केहि जटिल प्रश्नहरू उठाएको छ । बढ्दो पर्यावरणीय परिवर्तनले भविष्यको कस्तो स्वरूप देखाउने हो ? विज्ञानको दुरुपयोगले कतिसम्म भयावह अवस्था सिर्जना गर्न सक्छ ? लगायतका विभिन्न चिन्ताजनक प्रश्नहरू उठाइएको छ । राजनीतिज्ञको दोहोरो चरित्र, सर्वसाधारणले आधारभूत आवश्यकता पुरा गर्न भोग्नुपर्ने कठिनाइ आदि नाटकमा प्रस्तुत गरिएको छ । कोरोना भाइरसले विश्वमा धेरै मानिसहरुको ज्यान लिएको विगतको सन्दर्भमा नाटकमा पनि एक वैज्ञानिकले अक्सिजन सोस्ने भाइरस निर्माण गरेर वातावरणमा छरिदिन्छन् । जसले वातावरणमा भएको सबै अक्सिजन सोस्छ । मानिसहरुलाई सास फेर्नसमेत गाह्रो हुन्छ र विरुवाहरु खोज्न थाल्छन् । एन्टागोनिष्ट साइन्टिस्टको भुमिकामा रहेका रिनेक्स बस्नेतको अभिनयले नाटकलाई थप रोमाञ्चित बनाउँछ । नाटक पूर्णविराम वातावरण विनाश गरेर मानव बस्ती विस्तार गर्ने मनुष्य प्रवृत्तिमाथिको दरिलो झापड हो । नाटकलाई काठमाडौं महानगरपालिका वडा नम्बर २९ को सहयोगसमेत रहेको छ । असार २९ गतेसम्म मञ्चन हुने नाटक बिहीबारबाहेक हरेक दिन साँझ ५ः१५ बजे र अतिरिक्त प्रदर्शन शनिबार १ बजे पनि रहनेछ । कदरन्यूजबाट ।

मधेसमा उमेर नपुगी विवाह गर्ने ५० प्रतिशत भन्दा बढी

मधेसमा उमेर नपुगी विवाह गर्ने ५० प्रतिशत भन्दा बढी

८५१ दिन अगाडि

|

१६ असार २०८१

महोत्तरी । राष्ट्रिय जनगणना–२०७८ को तथ्याङ्कअनुसार मधेसमा २० वर्ष नपुगी विवाह गर्ने किशोरीको सङ्ख्या ५० प्रतिशतभन्दा बढी देखिएको छ । राष्ट्रिय जनगणनामा उल्लेख गरिएको विवरणअनुसार १५ देखि १७ वर्षभित्र विवाह गर्ने २७.७ प्रतिशत छन् । यसैगरी १० देखि १४ वर्षको उमेरभित्र विवाह गर्ने ९.३ प्रतिशत र १० वर्ष उमेर मुनि विवाह गराइने ०.२ प्रतिशतसहित यो सङ्ख्या ३७.२ प्रतिशत हुन्छ । अठार र २० वर्ष उमेरबिच विवाह गर्ने ३९.५ प्रतिशत छन् । दुलाहाको उमेर २० देखिए पनि दुलही १७ वर्षका पाइएका छन् । उमेर नपुगी विवाह भएका महिला ३९.५ को आधा हुँदा कूल उमेर नपुगी विवाह हुनेको सङ्ख्या ५० प्रतिशतमाथि पुग्ने देखिएको बालविवाहविरुद्ध सामाजिक अभियान सञ्चालन गर्दै आएको रत्यौली युवा क्लबका अध्यक्ष वैद्यनाथ चौधरीले जानकारी दिए ।  मधेसमा विवाह हुने सालाखाला औसत उमेर नै १८ वर्ष रहेको राष्ट्रिय जनगणना, २०७८ को तथ्याङ्क अभिलेखमा उल्लेख छ । पुरुषको उमेर २० वर्ष भए पनि महिला १७ वर्षसम्मका पाइएका छन् । बालविवाहको यो पाटोबाहेक अनमेल विवाह हुँदा पनि बालविवाहमा पर्ने किशोरी नै बढी रहेका देखिएको चौधरीले बताए । पछिल्ला केही वर्षयता अनमेल विवाह घट्दै गए पनि समाजमा पाको उमेरका पुरुषको सम्पत्ति हेरेर उमेर नपुगेकी छोरी दिनेहरू समाजमा अझै बाक्लै रहेका उनको भनाइ छ । बालविवाहको यो अवस्था अन्त्य गर्न जिल्लाका स्थानीय तहले विभिन्न सामाजिक सङ्घसँगको सहकार्यमा सामाजिक जागरण अभियान सञ्चालन गर्दै आएका छन् । मटिहानी, बलवा, मनराशिशवा, जलेश्वर र लोहारपट्टी नगरपालिका तथा पिपरा र महोत्तरी गाउँपालिकामा बालविवाहविरुद्ध सामाजिक जागरणका लागि विवाह प्रणाली सुधार परियोजना सञ्चालन भइरहेका मटिहानी नगरपालिकाका प्रमुख हरिप्रसाद मण्डलले जानकारी दिए । यी सात स्थानीय तहका ४९ वटा विद्यालयमा बालविवाह अन्त्यका लागि जीवनोपयोगी शिक्षा र व्यवहार परिवर्तनसम्बन्धी सैद्धान्तिक कक्षा, छलफल र अभ्यास भइरहेका जनाउँदै यसबाट सकारात्मक परिणाम प्राप्त भइरहेको नगरप्रमुख मण्डलले बताए । बालविवाह न्यूनीकरणका लागि स्थानीय सरकारले विद्यालयमा बालबालिका र अभिभावकबिच जनचेतनामूलक कार्यक्रम, सडक नाटक प्रदर्शन, बाल क्लबको गठन, तालिम र बालमैत्री शासनलगायत कार्यक्रम सञ्चालन गराइरहेका छन् ।  मटिहानी नगरपालिकाले उमेर पुगेपछि छोराछोरीको विवाह गराउने अभिभावक, विवाह विधि सम्पन्न गराउने गुरु÷पुरोहित तथा मोल्वी (इस्लाम धर्मावलम्बीका पुरोहित) लाई सामाजिक सम्मान गर्दै आएको छ । रासस  

नेपाल साहित्यिक पत्रकार सङ्घको १८ ओैँ वार्षिकोत्सव सम्पन्न 

नेपाल साहित्यिक पत्रकार सङ्घको १८ ओैँ वार्षिकोत्सव सम्पन्न 

८५३ दिन अगाडि

|

१४ असार २०८१

चेतनाथ धमला  काठमाडौँ । नेपाल साहित्यिक पत्रकार सङ्घको १८ औँ वार्षिकोत्सवका अवसरमा साहित्यिक पत्रकारिता दिवस तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ । माननीय सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले असार १३ गते प्रज्ञा हल कमलादीमा पानसमा बत्ती बालेर कार्यक्रमको समुद्घाटन गर्नुभएको थियोे । सो अवसरमा  उहाँले वरिष्ठ स्रष्टा तथा साहित्यिक पत्रकार नारायणप्रसाद शर्मा,डा. तुलसी भट्टराई ,निनु चापागाईं,डा.विष्णुविभु घिमिरे ,डा.अमर गिरी ,ईश्वरचन्द्र ज्ञवाली ,प्रा. घनश्याम कँडेल ,नरेन्द्रबहादुर श्रेष्ठ ,नरनाथ लुइँटेल ,प्रा.डा. कृष्णप्रसाद घिमिरे ,लोकबहादुर थापा मगर ,हरिगोविन्द लुइँटेल ,कृष्ण प्रसाईं र सावित्री श्रेष्ठलगायत १४ जनालाई 'राष्ट्रिय साहित्यिक पत्रकारिता सम्मान' अर्पण गर्नुभएको थियोे ।यस अवसरमा मन्त्री शर्माले नेपाल साहित्यिक पत्रकार सङ्घसँग सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले सहकार्य गर्ने उल्लेख गर्दै साहित्यिक पत्रकारका समस्यालाई समाधान गर्न आफूले सक्दो प्रयत्न गर्ने बताउँदै प्रविधिमैत्री साहित्यिक पत्रकारिता आजको आवश्यकता रहेको उल्लेख गर्नु भएको थियोे । विशिष्ट अतिथि नेपाल प्रज्ञा-प्रतिष्ठानका कुलपति भूपाल राईले मातृभाषा साहित्यिक पत्रकारिता क्षेत्रमा सरकारी सञ्चारमाध्यम समावेशी देखिँदैन, यो दु:ख लाग्दो कुरा हो। तर प्रज्ञा-प्रतिष्ठानले साहित्यिक पत्रिका सहयोग कोष स्थापना गरी पुरस्कार र अनुदान प्रदान गर्दै आएको छ ।साथै मातृभाषा साहित्यिक पत्रकारिताको उन्नायनमा समेत लागिपरेको बताउँदै सरकारको ध्यानाकर्षण गराउनु भएको थियोे । विशेष अतिथि नेपाल साहित्यिक पत्रकार सङ्घका पूर्व केन्द्रीय अध्यक्ष तथा सल्लाहकार रोचक घिमिरेले सरकारी तवरबाट साहित्यिक पत्रकारितालाई उपेक्षा गरेको र यसको विशिष्टता बुझ्न नसकेको बताउनु भएको थियोे । सम्मानित व्यक्तित्व वरिष्ठ स्रष्टा तथा साहित्यिक पत्रकार निनु चापागाईंले इतिहासदेखि नै साहित्यिक पत्रकारिताचाहिँ साहित्यको मेरुदण्ड बनेर आएको छ ।तर राजकीय निकायहरूले यसलाई महत्त्व नदिनु दुखद पक्ष हो भन्नु भएको थियो ।यसैगरी अर्का सम्मानित व्यक्तित्व वरिष्ठ स्रष्टा साहित्यिक पत्रकार डा.तुलसी भट्टराईले साहित्यिक पत्रकारिताले पुर्याएको योगदानलाई कसैले पनि नजरअन्दाज गर्न नहुने बताउनु भएको थियोे ।अर्का सम्मानित व्यक्तित्व ईश्वरचन्द्र ज्ञवालीले साहित्यिक पत्रकारले जनयुद्वलगायतका विभिन्न अग्रगामी आन्दोलनको पक्षधरता देखाउँदै सांस्कृतिक रूपान्तरणमा समेत अहम भूमिका खेल्दै आएका छन् ।त्यसकारण साहित्यिक पत्रकारिताको समाजमा विशेष भूमिका रहँदै आएकाले सरकारले विशेष प्राथमिकता दिनुपर्नेमा जोडदिनु भएको थियोे । सङ्घका केन्द्रीय अध्यक्ष मोहन दुवालले साहित्यिक पत्रकारिताको गरिमामय इतिहासबारे चर्चा गर्दै छापा तथा विद्युतीय पत्रपत्रिकाका अनेकौँ समस्या जुदिरहेका छन् ।मातृभाषा साहित्यिक पत्रकारिताक‍ो प्रवर्द्धनका निम्ति सङ्घ एकसाथ रहने बताउनु भएको थियो । तिनको संरक्षणका लागि सरकारको भूमिका मुख्य निर्भर रहने बताउनु भएको थियोे ।उहाँले प्रस्तावित मिडिया काउन्सिल विधेयकमा साहित्यिक पत्रकारको प्रतिनिधित्वलाई सुनिश्चित गर्न समेत माग गर्नु भएको थियोे । सङ्घका केन्द्रीय उपाध्यक्ष रामप्रसाद पन्तले साहित्यिक पत्रकारिताका ज्वलन्त समस्याबारे चर्चा गर्दै स्वागत मनतव्य राख्नु भएको थियोे ।सङ्घका केन्द्रीय कोषाध्यक्ष सूर्य लाकोजूले समग्र साहित्यिक पत्रकारिताका बारेमा नयाँ ढङ्गलेले सोच्नुपर्ने बताउँदै धन्यवाद ज्ञापन गर्नुभएको थियोे । कार्यक्रमको उद्घोषक सङ्घका केन्द्रीय महासचिव चेतनाथ धमलाले साहित्यिक पत्रकारिताका आयामहरू समयसँगै बदलिँदै छन् ।तिनलाई आत्मसात् गरेर अघि बढ्नुको विकल्प छैन । जागरणकालमा रहेको मातृभाषा साहित्यिक पत्रकारिताको विकासमा सबैको चासो रहनुपर्ने बताउनु भएको थियोे । 

भ्यासकटोमी भाले पाल्नेलाई पालिकाको अनुदान

भ्यासकटोमी भाले पाल्नेलाई पालिकाको अनुदान

८५४ दिन अगाडि

|

१२ असार २०८१

नारायण खड्का एक हप्ताअघि दाङ, राप्ती गाउँपालिका–४, मौरीघाटकी ४० वर्षीया सुशीला महराको बैंक खातामा दुई हजार ५०० रूपैयाँ जम्मा भयो। यो रकम राप्ती गाउँपालिकाले जम्मा गरिदिएको थियो। सुशीलाले २५ वटा बँधिया भाले पालेकी छन्। गाउँपालिकाले चालु आर्थिक वर्षमा बँधिया भाले (क्यापन) पाल्ने किसानलाई एउटा भालेको वार्षिक सय रूपैयाँ अनुदान दिने निर्णय गरेको थियो। गाउँपालिका साना किसानलाई लक्षित गरेर उनीहरूको हौसला बढाउन पहिलोपटक यस्तो अनुदानको नीति लिएको हो। यसका लागि चालु आर्थिक वर्षमा एक लाख रूपैयाँ बजेट छुट्याएको थियो। हालसम्म १२ जना किसानले कुल तीन सय भालेका लागि अनुदान पाएका छन्।गाउँपालिकाको ‘पशुसेवा कार्यक्रम सञ्चालन कार्यविधि, २०८०’ मा न्यूनतम पाँचवटा बँधिया भाले पाल्ने किसानले वार्षिक रूपमा एकमुस्ट अनुदान पाउने प्रावधान छ। बँधिया भाले भनेको प्रजनन क्षमता बन्ध्याकरण गरिएको भाले हो। गाउँपालिकाले गत वैशाख १० गते सार्वजनिक सूचना जारी गरी ३० दिनभित्र पशुसेवा शाखामा निवेदन दिन आह्वान गरेको थियो। निवेदनमा किसानले भालेको संख्या र उमेर खुलाउनुपर्ने शर्त छ। फार्म दर्ता भएको भए नवीकरणको प्रमाणपत्र र दर्ता नभए वडा कार्यालयको सिफारिस समावेश गर्नुपर्छ। यो अनुदानले बँधिया भाले पालिरहेकी सुशीला उत्साहित भएकी छन्। सुशीला भालेलाई आफै बँधिया बनाउँछिन्। उनले चितवनमा भेटेरेनरी तालिम लिएकी थिइन्। बँधिया बनाउन तालिममै सिकेकी हुन्। सुशीलाका अनुसार उनीसँग ३२ वटा बँधिया भाले थिए। एक साताअघि ७ वटा बेचिन्, बाँकी रहेका २५ भालेको संख्या पेश गरेअनुसार गाउँपालिकाबाट दुई हजार ५०० रूपैयाँ प्राप्त गरेकी हुन्। सुशीलाका अनुसार बँधिया बनाएको आठ–दश महिनापछि बेच्दा राम्रो मूल्य प्राप्त हुन्छ। सामान्यतया बँधिया भाले तौल नगरी ‘कुत्वा’ मा किनबेच हुन्छ। कुत्वा भनेको मोलमोलाइ हो। ‘मैले एउटा बँधिया भाले तीन हजारदेखि चार हजार (रूपैयाँ) सम्ममा बेच्ने गरेकी छु। जिल्लामा पनि बिक्री हुन्छ। धेरैजसो काठमाडौं र पोखरा पुग्छ,’ सुशीलाले भनिन्।  उनका अनुसार पैसावाला मानिसहरू बँधिया भाले खोज्छन्। यसको मासु खानु उनीहरूको सोख हुन्छ। ‘राम्रो बँधिया भएको भालेको मासुको टेस्ट (स्वाद) नै अलग हुन्छ। एकदमै खँदिलो मासु हुन्छ,’ उनले भनिन्, ‘मासुका पारखीहरू एकपटक बँधिया भाले खाएपछि फेरि त्यही खोज्छन्।’ उनलाई गाउँपालिकाले बँधिया भाले पाल्नेलाई अनुदान दिन थालेकोमा निकै खुसी लागेको छ। उनका विचारमा गाउँपालिकाले साना किसानको हितमा काम गरेको छ। बँधिया भाले पाल्न अरू किसानहरू पनि उत्साहित भएका छन्। सुशीलाले खसीबाख्रा र भैंसी पनि पालेकी छन्। हाल उनको गोठमा ८० वटा खसीबाख्रा छन्। भैंसी एउटामात्र छ। गाउँपालिकाले दुध उत्पादन गर्ने किसानलाई पनि प्रतिलिटर चार रूपैयाँ अनुदान दिने गरेको छ। उनी भन्छिन्, ‘मैले वर्षभरि बेचेको दुधको अनुदान मेरो खातामा जम्मा भइसकेको छ। यो वर्षदेखि बँधिया भालेमा पनि अनुदान पाएर खुसी लागेको छ।’ हाल राप्ती गाउँपालिकामा प्रकाश विष्ट अध्यक्ष रहेका छन्। उनी नेकपा माओवादी केन्द्रबाट उम्मेदवार बनेका थिए। उनी निर्वाचित भएपछि किसानले दुधमा अनुदान पाउन थालेका हुन्। बँधिया भालेमा चालु आर्थिक वर्षमा अनुदान सुरू भएको हो। गाउँपालिकाको पशुसेवा शाखाका प्रमुख दामोदर आचार्यका अनुसार ‘साना किसान प्रवर्द्धन कार्यक्रम’ अन्तर्गत यस्तो अनुदान सुरू गरिएको हो। यसबाट किसानहरू लाभान्वित र उत्साहित हुने विश्वास प्रकट गरे। उनले किसानको सहभागिता हेरेर अनुदान रकम बढाउँदै जाने नीति रहेको बताए। दुध र बँधिया भालेमा अनुदान पाउने किसानको संख्या हरेक वर्ष बढ्दै जाओस् भन्ने चाहना गाउँपालिको रहेको पनि उनले बताए। आचार्यका अनुसार यस वर्षको अनुदान किसानले माग गरेका आधारमा दिने र अर्को वर्षदेखि र किसानको घरमै पुगेर विवरण संकलन गर्ने योजना छ। गाउँपालिकाले दुधको अनुदानमा एक वर्षमा १५६ जना किसानको खातामा १२ लाख रूपैयाँ जम्मा गरेको छ। यस हिसाबले गाउँपालिकामा एक वर्षमा तीन लाख लिटर दुध उत्पादन भएको छ। औसतमा एक किसानले एक हजार ९२३ लिटर दूध उत्पादन गरेर सात हजार ६९२ रूपैयाँ अनुदान पाएका छन्। औसत हिसाब यस्तो भए पनि वडा नम्बर ४, मौरीघाटको ‘प्रसिद्धि एग्रो फार्म’ सञ्चालक शरदकुमार शर्माले एक लाख रूपैयाँ अनुदान प्राप्त गरेका छन्। यस हिसाबले उनी एक्लैले २५ हजार लिटर दुध उत्पादन गरेको देखिन्छ। दुध बेच्ने किसानले मात्र अनुदान पाउँछन्। सहकारी संस्थाको संकलन केन्द्रमा वा आफूखुसी अन्यत्र बेच्ने दुबै थरी किसानले प्रतिलिटर प्रतिदिन चार रूपैयाँका दरले अनुदान पाउँने व्यवस्था छ।  मानौं, कुनै किसानले दैनिक पाँच लिटर दुध बेच्छन् भने दैनिक २० रूपैयाँ अनुदान पाउँछन्। अनुदान पाउन किसनाले वडा कार्यालयमा विवरण बुझाउनुपर्छ। किसानको खातामा मासिकरूपमा पैसा जम्मा हुन्छ। गाउँपालिका कार्यालयले समय समयमा दुध उत्पादनको अनुगमन र दुधको गुणस्तर परीक्षण पनि गर्ने गरेको छ। राप्ती गाउँपालिकाले कृषि क्षेत्रको उन्नयनका लागि व्यावसायिक रूपमा तरकारी खेती गर्ने किसानका हकमा ‘करार खेती’ कार्यान्वन गरेको छ। जग्गा भाडामा लिएर व्यावसायिक तरकारी खेती गर्ने किसानले भाडामा लिएको जग्गाको प्रतिकट्ठा वार्षिक बढीमा तीन हजार रूपैयाँ गाउँपालिकाले व्यहोर्छ। दोस्रो वर्ष प्रतिकठ्ठा एक हजार र तेस्रो वर्ष २५ प्रतिशत रकम गाउँपालिकाले व्यहोर्ने व्यवस्था छ। गाउँपालिकाबाट गत आर्थिक वर्षमा १२ जना किसानले करार खेतीको अनुदान पाएका थिए। चालु आर्थिक वर्षमा हालसम्म ८ जना किसानले १६९ कट्ठाको भाडामा अनुदान पाएका छन्। राप्ती गाउँपालिकाले आफ्नो जमिनमा व्यावसायिक तरकारी खेती गर्ने किसानलाई क्षेत्रफलमा आधारित अनुदान पनि दिने गरेको छ। तीन कट्ठाभन्दा बढी क्षेत्रफलमा खेती गरेका किसानले प्रतिकट्ठा एक हजार २०० रूपैयाँका दरले अनुदान पाउँछन्। गत आर्थिक वर्षमा २०२ जना किसानले त्यस्तो अनुदान पाएका थिए। चालु आर्थिक वर्षमा हालसम्म ९७ जना किसानले अनुदान लिएका छन्।सेतोपाटीबाट