लगातारको वर्षाले जिल्लाको कैलारी गाउँपालिकामा मात्र साढे ४ सय घर घर डुबानमा परेका छन् । त्यस्तै, समग्रमा कैलालीमा १५ सय भन्दा बढी घर डुबानमा परेका छन् ।
बुधबार र विहीवार जिल्लाका कैलारी गाउँपालिका, भजनी नगरपालिका, गौरीगंगा नगरपालिका, घोडाघोडी नगरपालिकालगायत क्षेत्रका करिब १५ सय बढी घर डुबानमा परेका हुन् ।
कैलारी पालिकाको विपद् फोकल पर्सन भुवन बखरियाका अनुसार वडा नं. ५ र ७ स्थित पुरानो मनकापुर, जनकपुर र बसन्ता र भगहाको घर डुबानमा परेका छन् ।
त्यस्तै गौरीगंगा नगरपालिकाका वडा नं. ७, ९ स्थित महादेवा, भगवानपुर, शंकरपुर गाउँका घर डुबानमा परेको जिल्ला प्रशासन कार्यालय कैलालीले जनाएको छ ।
जिल्लाको घोडाघोडी नगरपालिका–५ सेउकलिया, वडा नम्बर ९ रत्तीपुर क्षेत्रको पनि दर्जनौँ घर डुबानमा परेका छन् ।
कैलारी गाउँपालिकाका अध्यक्ष रामसमझ चौधरीको निष्कर्ष हुलाकी सडकका कारण पानीको बहाव थुनिएपछि बस्ती नै डुबानमा परेको भन्ने छ । अध्यक्ष चौधरीले पानीको उचित निकासको व्यवस्थासहित सडक निर्माण गर्न सम्बद्ध पक्षको ध्यानाकर्षण गराइने समेत बताए ।
(नयाँ अपडेट गरिएको)
प्रकाशित:
७९८ दिन अगाडि
|
५ भदौ २०८१
३ दिन अगाडि
|
१० कात्तिक २०८३
३ दिन अगाडि
|
९ कात्तिक २०८३
४ दिन अगाडि
|
८ कात्तिक २०८३
१४ दिन अगाडि
|
२९ असोज २०८३
१५ दिन अगाडि
|
२८ असोज २०८३
१९ दिन अगाडि
|
२४ असोज २०८३
२२ दिन अगाडि
|
२० असोज २०८३
१४७८ दिन अगाडि
|
२५ असोज २०७९
१५१३ दिन अगाडि
|
२१ भदौ २०७९
१५२३ दिन अगाडि
|
१२ भदौ २०७९
१४७८ दिन अगाडि
|
२६ असोज २०७९
१४२७ दिन अगाडि
|
१५ मंसिर २०७९
१४८३ दिन अगाडि
|
२० असोज २०७९
१४१६ दिन अगाडि
|
२७ मंसिर २०७९