Above News Title

ठुम्रार साहित्यिक बखेरीको १००औं भाग सम्पन्न

ठुम्रार साहित्यिक बखेरीको १००औं भाग सम्पन्न

प्रत्येक महिनाको अन्तिम शनिवार कीर्तिपुरमा आयोजना हुने ठुम्रार साहित्यिक बखेरीको १००औं भाग साउन २६ गते प्रज्ञा भवनको देवकोटा कक्षमा भव्य कार्यक्रमका साथ सम्पन्न भएको छ ।

‘हमार संस्कृत्ति, हमार स्वाभिमान, सक्कुजे मिल्के बचाई आपन बचाई आपन पहिचान’ भन्ने मूल नाराका साथ २०६९ साल माघदेखि सुरु भएको थारू साहित्य रचना वाचनको शृङ्खला ठुम्रार साहित्यिक बखेरीको १००औं भागमा ‘थारू कवितामा महिला हस्ताक्षर’ शीर्षकको कार्यपत्र पनि प्रस्तुत गरियो । 
उक्त कार्यपत्रमा भूमिका थारूले थारू भाषामा महिला कविता लेखनको स्थिति र सम्भावनाबारे उल्लेख गर्नुभएको थियोे ।

यस कार्यपत्रमाथि शान्ति चौधरीले टिप्पणी गर्दै थारू भाषासाहित्यको खोजअनुसन्धानमा थप जोड दिनुपर्ने बताउनु भएको थियोे । सहभागीका तर्फबाट पुरुषोतम चौधरी, नरेन्द्रकुमार चौधरी ,इन्दु थारू,प्रणव चौधरी ,सियाराम चौधरी र सन्तोषी चौधरीले जिज्ञासा तथा सुझाव राख्नुभएको थियोे । कार्यपत्र थारु कवियत्रीहरुले के विषयमा लेख्दैछन् भन्दा पनि कार्यपत्र तथ्याङ्मा अल्झिएको धेरैको टिप्पणी थियो । सहभागीका टिप्पणी र जिज्ञासालाई शान्त पार्दै प्रस्तोता भूमिका थारूले प्राप्त भएका सुझावका आधारमा आफूले कार्यपत्रलाई पूर्णता दिन कोसिस गर्ने बताउनु भएको थियोे ।

प्रज्ञा प्रतिष्ठान देवकोटा सभाकक्षमा आयोजित यस विमर्श कार्यक्रममा बर्दियाली थारू विकास मञ्च, चम्पन सांस्कृतिक समूह, बरघर रेस्टुरेन्ट, राष्ट्रिय थारू कलाकार मञ्च, निसराउ ग्रुप प्रालि, जेनस इन्टरनेसनल प्रालि, अग्रासन थारू महिला समूह, यूनिक थारू ग्रुप र न्यु जर्सी थारू कम्युनिटीलगायतका समाजिक सङ्घ संस्थाहरू समेत आयोजकका रूपमा रहेका थिए ।

सो अवसरमा कार्यक्रमका प्रमुख अतिथि नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भूपाल राईले ब्यानर बाचन गरेर कार्यक्रमको समुद्घाटन गर्नुभएको थियोे । उहाँले कार्यक्रमलाई सम्बोधन गर्दै आफ्नो टिमले प्रज्ञा सम्हालेपछि आदिवासी, जनजाति, भाषाभाषीका भाषालाई प्राथमिकता दिएको बताउँदै भन्नुभयो, ‘राष्ट्रिय कविता महोत्सवमा भाषिक रुपले कविहरुको उपस्थिति गराउँदा संख्या बढ्नुका साथै नेपाली बाहेकका विभिन्न भाषाभाषी नै टप टेनमा परेका छन् ।’ मातृभाषामै कविता लेख्ने कविहरु प्नि उम्दा भएको उहाँको भनाई थियो । संघीयताको कार्यान्वयनको क्रममा थारु समुदायबाट विद्रोह हुँदा तिनले ठूलो मूल्य चुकाउनु परेको स्मरण गर्दै उहाँले भन्नु भयो, मैले पनि टीकापुरबारे लेख, कविता लेखेर थारु समुदायप्रति सद्भाव जताएको छु । 

कार्यक्रममा विभिन्न क्षेत्रमा विशेष योगदान पुर्याउने बुद्धसेन चौधरी, मानबहादुर चौधरी पन्ना, सिताराम चौधरी, बलराम चौधरी र नन्दुराज चौधरीलाई प्रमुख अतिथि राईले कदरपत्र प्रदान गर्नुभएको थियोे । उहाँले संस्थागत योगदान पुर्याउने बर्दियाली थारू विकास मञ्च काठमाडौँ र न्यु जर्सी थारू कम्युनिटी संयुक्त राज्य अमेरिकालाई समेत कदरपत्र प्रदान गर्नु भएको थियोे । सम्मानित व्यक्तित्व सिताराम चौधरी र बुद्धसेन चौधरीले आआफ्नो मन्तव्य राख्नु भएको थियो।

कार्यक्रममा अरूण चौधरी ,गणेश वर्तमान ,प्रणव चौधरी, शिव चौधरी, मित्थु थारु, अर्णव चौधरी, सन्तोषी चौधरी, सीएन थारु, निरजबाबु चौधरी, प्रकृति पूजा, दोषहरण चौधरी, श्रीसन चौधरी, अविनाश चौधरी, शान्ति चौधरी, शत्रुघन चौधरी, भीमेश चौधरी, रामस्वागत चौधरी, उदयनारायण चौधरी, दिलबहादुर कुश्मी लगायतले कविता वाचन गर्नुभएको थियोे ।

कार्यक्रमका सभाध्यक्ष नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञसभा सदस्यसमेत रहनु भएका तथा थारू लेखक सङ्घ नेपालका अध्यक्ष तथा ठुम्रार साहित्यिक बखेरीका संयोजक डा कृष्णराज सर्वहारीले वाचित रचनाको दस्तावेजीकरण गरिनुपर्ने कुरामा जोड दिँदै धन्यवाद ज्ञापनसहित कार्यक्रमको समापन गर्नुभएको थियोे ।

कार्यक्रमको ओैचित्यमाथि प्रकाश पार्दै थारू लेखक सङ्घका नन्दुराज चौधरीले ठुम्रार साहित्यिक बखेरी सुरु गरेको १२ वर्षपछि प्रज्ञाको सहकार्यमा प्रज्ञामा कार्यक्रम गर्न पाएकोमा खुशी व्यक्त गर्दै स्वागत मनतव्य राख्नु भएको थियोे । कार्यक्रमको सञ्चालन यस सङ्घका आजीवन सदस्य शत्रुघन चौधरीले गर्नुभएको थियोे ।

प्रकाशित:

७६६ दिन अगाडि

|

२७ साउन २०८१

रेशम चौधरीको उम्मेदवारी विरुद्ध उजुरी किन ?
रेशम चौधरीको उम्मेदवारी विरुद्ध उजुरी किन ?

१४३६ दिन अगाडि

|

२५ असोज २०७९

डा. केआई सिंहको बिर्तावाल ‘गुलयारी’ : थारू उपर कहिल्यै नमेटिने ती घाउहरू
डा. केआई सिंहको बिर्तावाल ‘गुलयारी’ : थारू उपर कहिल्यै नमेटिने ती घाउहरू

१४७० दिन अगाडि

|

२१ भदौ २०७९

स्वतन्त्रहरु अनि नागरिक उन्मुक्ति पार्टीको उदयको दस्तक
स्वतन्त्रहरु अनि नागरिक उन्मुक्ति पार्टीको उदयको दस्तक

१४८० दिन अगाडि

|

१२ भदौ २०७९

‘रेशम रक्तबीज हो, एक रेशमको उमेदवारी खारेजले हजार रेशम जन्मिन्छन्ः’ हिमाञ्चल भट्टराई
‘रेशम रक्तबीज हो, एक रेशमको उमेदवारी खारेजले हजार रेशम जन्मिन्छन्ः’ हिमाञ्चल भट्टराई

१४३५ दिन अगाडि

|

२६ असोज २०७९

टीकापुर घटनाको मुद्दा फिर्ता नलिइए नागरिक उन्मुक्तिका सांसदले शपथ नलिने 
टीकापुर घटनाको मुद्दा फिर्ता नलिइए नागरिक उन्मुक्तिका सांसदले शपथ नलिने 

१३८४ दिन अगाडि

|

१५ मंसिर २०७९

रातीसम्म नाचगान गरेको भन्दै टीकापुर प्रहरीबाट जानकीका ३ जनालाई पक्राउ
रातीसम्म नाचगान गरेको भन्दै टीकापुर प्रहरीबाट जानकीका ३ जनालाई पक्राउ

१४४० दिन अगाडि

|

२० असोज २०७९

टीकापुर घटना राज्यसत्ताले चलाखीपूर्ण रूपमा घटाएको घटना होः मोहना अन्सारी
टीकापुर घटना राज्यसत्ताले चलाखीपूर्ण रूपमा घटाएको घटना होः मोहना अन्सारी

१३७३ दिन अगाडि

|

२७ मंसिर २०७९