Above News Title

नेपालमा पहिलोपटक अन्तर्राष्ट्रिय बालसाहित्य सम्मेलन हुने, तयारी पुरा

नेपालमा पहिलोपटक अन्तर्राष्ट्रिय बालसाहित्य सम्मेलन हुने, तयारी पुरा

नेपालमा पहिलो पटक हुन लागेको अन्तर्राष्ट्रिय बालसाहित्य सम्मेलनको तयारी तीव्र रूपमा अघि बढेको छ ।

आज काठमाडौं, बबरमहल, साफ फल्चामा आयोजित पत्रकार सम्मेलनमा उक्त जानकारी दिइएको हो । सम्मेलन नेपाल प्रज्ञा प्रतिष्ठान, नेपाल बालसाहित्य समाज र रूम टु रीडको संयुक्त आयोजनामा आगामी असोज ४ र ५ गते प्रज्ञा प्रतिष्ठान, कमलादीमा हुन लागेको हो । 

अन्तर्राष्ट्रिय बालसाहित्य सम्मेलन आयोजक समितिका संयोजक, नेपाल प्रज्ञा प्रतिष्ठानका   उपकुलपति एवम् बालसाहित्य विभागका प्रमुख विमल निभाले सम्मेलनले बालसाहित्य सम्बन्धी प्राज्ञिक बहसलाई अघि बढाएर नेपाली बालसाहित्यको लेखनस्तर माथि उठाउन योगदान पुग्ने बताए । 

आयोजक संस्थामध्येका एक नेपाल बालसाहित्य समाजका अध्यक्ष एवम् आयोजक समितिका सदस्य प्रमोद प्रधानले धेरै लामो समयको प्रयासपछि पहिलोपटक नेपालमा अन्तर्राष्ट्रिय बालसाहित्य सम्मेलन आयोजना गर्न सम्भव भएको बताउँदै सम्मेलनबाट नेपाली बालसाहित्यबारे अन्य देशका सहभागीलाई जानकारी दिन र अन्य देशको बालसाहित्यबारे जानकारी लिन सकिने भएकोले यसको विशेष महत्त्व हुने विचार राखे।

आयोजक समितिका सदस्यसचिव एवम् नेपाल बालसाहित्य समाजका महासचिव विजयराज आचार्यले सम्मेलनमा दक्षिण एसियाका भारत, बाङ्लादेश, भुटान, श्रीलंका, पाकिस्तानसहित जापान, मलेसिया, दक्षिण कोरिया तथा डेनमार्क, नेदरल्यान्ड, नर्वे लगायतका देशबाट सहभागी हुने जानकारी दिए ।
आयोजक समितिका सदस्य महेश पौड्यालले सम्मेलनमा नेपाली र अङ्ग्रेजी भाषा प्रयोग हुने स्पष्ट पारे ।

पत्रकार सम्मेलनमा नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्य एवम् आयोजक समितिका सदस्य त्रैलोक्यमान बनेपाली, आयोजक समितिका सदस्यहरू भोला श्रेष्ठ र अनुराधाले पनि पत्रकारका विविध प्रश्नहरूको जवाफ दिएका थिए।

प्रकाशित:

७५८ दिन अगाडि

|

२ भदौ २०८१

रेशम चौधरीको उम्मेदवारी विरुद्ध उजुरी किन ?
रेशम चौधरीको उम्मेदवारी विरुद्ध उजुरी किन ?

१४३६ दिन अगाडि

|

२५ असोज २०७९

डा. केआई सिंहको बिर्तावाल ‘गुलयारी’ : थारू उपर कहिल्यै नमेटिने ती घाउहरू
डा. केआई सिंहको बिर्तावाल ‘गुलयारी’ : थारू उपर कहिल्यै नमेटिने ती घाउहरू

१४७० दिन अगाडि

|

२१ भदौ २०७९

स्वतन्त्रहरु अनि नागरिक उन्मुक्ति पार्टीको उदयको दस्तक
स्वतन्त्रहरु अनि नागरिक उन्मुक्ति पार्टीको उदयको दस्तक

१४८० दिन अगाडि

|

१२ भदौ २०७९

‘रेशम रक्तबीज हो, एक रेशमको उमेदवारी खारेजले हजार रेशम जन्मिन्छन्ः’ हिमाञ्चल भट्टराई
‘रेशम रक्तबीज हो, एक रेशमको उमेदवारी खारेजले हजार रेशम जन्मिन्छन्ः’ हिमाञ्चल भट्टराई

१४३५ दिन अगाडि

|

२६ असोज २०७९

टीकापुर घटनाको मुद्दा फिर्ता नलिइए नागरिक उन्मुक्तिका सांसदले शपथ नलिने 
टीकापुर घटनाको मुद्दा फिर्ता नलिइए नागरिक उन्मुक्तिका सांसदले शपथ नलिने 

१३८४ दिन अगाडि

|

१५ मंसिर २०७९

रातीसम्म नाचगान गरेको भन्दै टीकापुर प्रहरीबाट जानकीका ३ जनालाई पक्राउ
रातीसम्म नाचगान गरेको भन्दै टीकापुर प्रहरीबाट जानकीका ३ जनालाई पक्राउ

१४४० दिन अगाडि

|

२० असोज २०७९

टीकापुर घटना राज्यसत्ताले चलाखीपूर्ण रूपमा घटाएको घटना होः मोहना अन्सारी
टीकापुर घटना राज्यसत्ताले चलाखीपूर्ण रूपमा घटाएको घटना होः मोहना अन्सारी

१३७३ दिन अगाडि

|

२७ मंसिर २०७९