काठमाडौंमा गुरही पर्व मनाइने

काठमाडौंमा गुरही पर्व मनाइने

८२३ दिन अगाडि

|

१३ साउन २०८१

ललितपुरमा सात र कैलालीमा तीन जनामा हैजा पुष्टि

ललितपुरमा सात र कैलालीमा तीन जनामा हैजा पुष्टि

८२३ दिन अगाडि

|

१२ साउन २०८१

स्वास्थ्य सेवा विभागअन्तर्गतको ईपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडिसिडी)ले देशभर हालसम्म १० जनामा हैजा सङ्क्रमण पुष्टि भएको जनाएको छ। ललितपुरमा सात र कैलालीमा तीन जनामा हैजा पुष्टि भएको महाशाखाका निर्देशक डा. यदुचन्द्र घिमिरेले जानकारी दिनुभयो। उनले हैजाबाट बच्न व्यक्तिगत सरसफाइ र सम्बन्धित निकायको व्यवस्थापकीय भूमिका महत्वपूर्ण रहेको बताए। ‘हैजाको सम्बन्ध सरसफाइबाहेक खानेपानीको आपूर्तिसँग पनि जोडिएको छ। ललितपुरमा इनारको पानीमा दिसामा देखिने जीवाणु भेटिएको हो। ढलबाट मिसिएको हुनसक्छ। शौचालयको अवस्था र फोहोरको व्यवस्थापन कस्तो छ त्यसले पनि भर पर्छ। हैजा फैलिन नदिन यी सबैमा ध्यान दिनु जरुरी छ,’ उनले भने। हैजा ‘भिब्रियो कोलेरी’ प्रजातिको जीवाणुबाट मानिसमा लाग्ने अति सङ्क्रामक झाडापखालासम्बन्धी रोग हो। शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका सङ्क्रामक रोग विशेषज्ञ डा शेरबहादुर पुनले भने, ‘हैजाका जीवाणु सङ्क्रमित खाना वा पानीको सेवनका कारण लाग्ने गर्दछ। सरसफाइ तथा स्वच्छ खानेपानीको कमीले यो रोग फैलिने सम्भावना रहन्छ।’ हैजा सङ्क्रमण भएको एक दिनभन्दा कम समयदेखि पाँच दिनसम्म लक्षणहरु देखा पर्छन्। हैजा सङ्क्रमण भयो र उपचार पाएन भने केही घण्टामै सङ्क्रमितको मृत्यु पनि हुनसक्ने विज्ञ बताउँछन्। डा पुनका अनुसार यसका मुख्य लक्षणमा पातलो तथा चौलानी पानी जस्तो दिसा, वाकवाकी र बान्ता हुने, कडा जलवियोजन हुने हुन्छ।  कडा लक्षण देखिएमा आँखा गाडिने, मुख जिब्रो र घाँटी सुक्खा हुनु, तिर्खा लाग्नु, छाला सुक्खा हुनु, रक्तचाप कम हुनु, पिसाब पहेँलो हुनु र पिसाबको मात्रा कम हुने हुन्छ। डा. पुन मुख्यतः तीन वटा कुरामा ध्यान दिन सके हैजालाई नियन्त्रणमा राख्न सकिने बताउँछन्। पहिलो,  सुरक्षित पानी, दोस्रो व्यक्तिगत सरसफाइ र अर्को अनुगमन। उनले सबैभन्दा महत्वपूर्ण पाटो सफा र स्वच्छ पानी सेवन गर्नुपर्ने बताए। ‘हैजा दुषित पानीबाट एकदमै सहज र सरल तरिकाले फैलिन्छ। धाराको पानी मान्छेले उमालेर वा फिल्टर गरेर खान्छन् तर जारको पानी धेरैले त्यसो गर्दैनन्,’ उनले भन्नुभयो, ‘किनेको पानी पिउनयोग्य नै छ भनेर सिधै खाइन्छ। विद्यालयदेखि लिएर कार्यालयदेखि लिएर सार्वजनिक स्थलमा जारको पानी राख्ने चलन छ। कतिपय व्यवसायीहरुले प्रशोधित नै नगरेका पानी बजारमा पठाउँदा रहेछन्। जसले गर्दा हैजाको संक्रमण फैलिन्छ।’ उनले व्यक्तिगत सरसफाइ व्यवहारमा लागू भएको नदेखिएको बताए। ‘शौचालयको व्यवस्थापन राम्रो हुनुपर्छ। शौचालयको व्यवस्थापन कमजोर हुँदा हैजालगायत पानीजन्य रोगहरु फैलिन सक्छ। दिसामा रहेका जीवाणुहरु कुनै कारणले गर्दा बगेर फेरि हाम्रो खानेपानीमा आइपुग्छ। शौचालयको प्रयोग गरेपछि साबुन पानीले मिचिमिचि हात धुन जरुरी छ,’ उनले भने। डा. पुन कतिपय व्यापारीले प्रशोधन नै नगरी पानी बजारमा ल्याइदिँदा मानिसहरु बिरामी हुने भएकाले सम्बन्धित निकायले नियमित अनुगमनलाई प्राथमिकतामा राख्नुपर्ने धारणा राख्छन्। ‘अनुगमन कडाइका साथ गर्ने हो धेरै हदसम्म नियन्त्रणमा आउँछ,’ उनले भने। हैजालगायत पानीजन्य रोगबाट बच्न उमालेको वा क्लोरिन झोल हालेर शुद्धीकरण गरिएको पानी पिउने, खानेकुरालाई राम्ररी पकाएर खाने, खाना बनाउनु अघि र खाना खानु वा खुवाउनु अघि, दिसापिसाब गरेपछि वा बालबालिकाको दिसा धोएपछि, फोहोर चलाएपछि, घर वा कार्यालय छिर्नु अघि, बाहिर सामान छोएपछि साबुन पानीले कम्तीमा २० सेकेन्डसम्म मिचिमिचि हात धुनुपर्ने विज्ञहरुको सुझाव छ। रासस

कहियासम अनागरिक ?

कहियासम अनागरिक ?

८२४ दिन अगाडि

|

१२ साउन २०८१

इ डेसके नागरिक हुके फेन अनागरिक कहलुइया “मै” एक आदिवासी जनजाति मोर पुर्खा सालोसे जोगैटि अइलक जमिन  हिंस्रक जनावरसँगे लरके मलेरिया पचाके बइठ्वाइल बस्टि जल, जंगल, जमिनसँगे गँस्टि अइलक डोस्टि एक डिन अचानक आके टुँ ‘तँ त घोंघी खाने जात यो जल, जंगल, जमिन तेरो होइन !’ कहिके उ बस्टिसे खडेरके बुह्रान जैना बाढ्य बनाके हमार अस्तित्व मेटैलक टुँ अट्ना हलि बिस्रा ढरलो ? मोर पुर्खन्के बट्ठामे फोहाके सुन्नामे सुन्ना ठपके सौकि टिराके छुछ्छे भौकि कैके  कमैया ओ कमलह्रि बनाके हमार जमिन हडप्लक पसुहस हमरिहिन जोटैलक मै नै बिस्रैले हुँ ओ, आझ अभिन फेन हमरिहिन कमैया ओ कमलह्रि डेखुइयन  कहिया फेर्बो विभेडके चस्मा ? हुइना टे सक्कु चिज बावइ टोहार कब्जामे टुहिन टे जा कैना फेन छुट  हमार रकट, पस्ना, परिसरम लुट  हमार सपनम बजैठो बुट  मै यहाँ पहिचानके नारा घन्कैलेसे फेन कि कोच्डेठा जेल बर्सैठा लाठि खाइक परठ गोलि टुँ भर झुठ आस्वासन डेखाके मौसमहस बडलटि रठो बोलि मने अहँ नैसेक्ठो बडले टबे टे बोक्ले टो अभिन  उहे अन्यायके झोलि बह्राइटो डमन ओ विभेडके रूख्वा सुस्टाइटो स्वार्ठके बिसौनिमे आज संघर्सके लहरामे यात्रा कैटि रलक मै जबसम रहि इ जिउ नै अँटियइम बोइटि रहम जहिया फेन मोर पहिचान, अधिकार, समानटाके बिया । समानटाके बिया ।।               कहियासम अनागरिक ? (२०८१) कविता संग्रहसे

‘मलाई मन पर्ने विषय आफ्नो थारू समुदायको मुद्दा होः’  कवियत्री भूमिका थारू

‘मलाई मन पर्ने विषय आफ्नो थारू समुदायको मुद्दा होः’ कवियत्री भूमिका थारू

८२६ दिन अगाडि

|

१० साउन २०८१

प्रज्वल अधिकारी एपेक नेपाल स्थापनाको २५ वर्ष पुगेको उपलक्ष्यमा एपेक राष्ट्रिय काव्य महोत्सवको आयोजना गर्दै छ । साउन १२ गते, शनिवार काठमाडौंस्थित नेपाल पर्यटन बोर्डमा आयोजना हुने उक्त कार्यक्रममा सातै प्रदेशका १४ कविले आफ्ना कविता प्रस्तुत गर्दैछन् । त्यसमध्ये एक हुनुहुन्छ –भूमिका  थारू । प्रस्तुत छ, कवि प्रज्वल अधिकारीले भुमिका थारूसँग गरेको कुराकानी : नेपाली कला, कविता र रंगमञ्चको क्षेत्रमा हुनुहुन्छ, यसलाई कसरी हेरिरहनु भएको छ र यी क्षेत्रमा हुँदा लैंगिक विभेदको सामना गर्न परेको छ कि छैन ? – म अन्तर्मुखी स्वभावको भएकीले मलाई कला, कविता र रंगमञ्च मार्फत् नै आफूलाई अभिव्यक्त गर्न मन पर्छ । पहिलेको तुलनामा हेर्ने हो भने यस क्षेत्रले दिन प्रतिदिन फड्को मारिरहेको अवस्था छ । यो क्षेत्रमा भइरहँदा खेरि लैंगिक विभेदको कुरा गर्ने हो भने महिलालाई खाली ठाउँ भर्नको लागि मात्र ‘स्पेस’ दिने गरेको मैले कयौंपटक महसुस गरेकी छु । रंगमञ्चमै पनि पुरुषलाई नै धेरैजसो ‘स्ट्रङ क्यारेक्टर’ दिएको हामीले देख्दै आइरहेका छौं । ‘ए महिला कवि पो रैछ । तिमी पनि कविता लेख्छौ र ? कविता लेखेर के पायौ ?’ भनेर कुनै बेला कसैले मलाई यसरी प्रश्न तेर्साएको नमीठो घटना अझै पनि ताजै छ । कविता लेखिरहँदा तपाईंलाई सबैभन्दा मन पर्ने विषय के हो ? – कविता लेखिरहँदा मलाई सबैभन्दा मन पर्ने विषय भनेकै आफ्नो थारू समुदायको मुद्दा हो । समग्र थारूहरूलाई अझै पनि सीमान्तकृत कमलरी, कमैयाकै रूपमा हेरिन्छ । मलाई लाग्छ, तमाम आदिवासीको मुद्दाहरूलाई अझै पनि ओझेलमा पारिएको छ या भनौँ दबाइएको छ । अब पनि ती आवाज नयाँपुस्ताले नउठाए कसले उठाउने ? त्यही भएर मेरो कवितामा प्रायः मेरै थारु समुदायकै कथा–व्यथा अनि विद्रोह झल्किन्छ । ‘कहियासम अनागरिक ?’ शीर्षकको मेरो थारु भाषाको कवितासंग्रह यही असारमा प्रकाशन भएको छ । कवितामा मेरो यो प्रयास, यो संघर्षको यात्रा सदैव जारी नै रहनेछ । नेपाली कविताको क्षेत्रमा गुट, उपगुट छ भनिन्छ, के तपाईंलाई थाह छ ? – नेपाली कविताको क्षेत्रमा गुट, उपगुट पक्कै पनि छ । जस्तो कि सधैँ एउटै अनुहार दोहोरिइरहनु । एउटालाई मात्र बारम्बार मौका दिनु, अब्बल लेख्ने नयाँले मौका नै नपाउनु । कविताको क्षेत्रमा पनि समावेशिता चाहिन्छ भनिन्छ, के यो ठिक हो ? – हो, कविताको क्षेत्रमा अवश्य पनि समावेशिता चाहिन्छ । यसै पनि आदिवासी, दलित, मुस्लिम, सीमान्तकृत वर्गका आवाज सामान्यतः सुन्नमा आउँदैन । ती आवाज कविता मार्फत् ल्याउन पनि कविताको क्षेत्रमा सबैको समान ढंगले प्रतिनिधित्व हुन एकदमै जरुरी छ । एपेक नेपालले समकालीन कविको प्रतिनिधित्वको रूपमा तपाईंको प्रदेशबाट तपाईंलाई कविता वाचनका लागि आमन्त्रण गरेको छ कस्तो लाग्दैछ ? – एपेक नेपालले समकालीन कविको प्रतिनिधित्वको रूपमा लुम्बिनी प्रदेशबाट मलाई कविता वाचनको लागि आमन्त्रण गरेकोमा एपेक नेपालप्रति हृदयदेखि नै आभारी छु । कार्यक्रममा सहभागिता जनाउन साँच्चिकै आतुर छु । कवितामा बामे सर्दै गरेकी स्रष्टाले यो मौका पाउँदा कविता लेखनमा थप ऊर्जा, हौसला अनि आँट मिलेको छ ।

मुक्तिक सपना

मुक्तिक सपना

८३४ दिन अगाडि

|

२ साउन २०८१

बँढुवा कमैयाँ पटै नि हो कबसे बाँढल रहे मलिक्वाक डर ऋण शोषन ओ सौंकीसे पुस्टौ पुस्टा बिटल सौंकीमे सौंकी ठपल। बाबा छावा नटिव ऊ शोषक किसन्वाक लग जुनीभर कमाईल बर्खाम खौही डवाई बुट्टी डस्याम जरावरके लग लेहल ठोरचे पैंसा माटीक शरिर माटीम मिलल घटल नाई झन बर्हल  कैयो पुस्टौ बिटल  ऊ सौंकी, टिरे नाई सेकके कोई औरे ओर भागल कोई टङ्गके मारल कोई जहर खाईल कोई सौंकीक बडला जन्नी छाई कम्हलरिया पठाईल कोई शोषकनके राट रंगीन बनाईल कुवाँरी छाई नाई चाहके  सौंकीक कारन ईज्जट लुटाईल। हाँ ऊ कमैयाँ शोषन सहनाम घैंखर ना नाई कहल जुनीभर डुई छाक खाईक लग का बर्खैहा पानी का बैशाखी घाम जैसिन कर्रा रहे काम पशु हस मेहनट कर्ना बानी। जब ढिरे ढिरे चेट खुलल ठोर ठोर कमैयाँनके बस्टीम फे भगनुवा हेरल चरम दासत्वाके जंजीरसे ऊ बँढुवा कमैयाँ  मुक्ति खोजे लागल कबु नि ओरैना सौंकीसे दासत्वाके जुनीसे जन्नी छाईनके ईज्जटसे यौन प्यास मेटैन मलिक्वासे। जब मुन्टीम कफन बाँढल कमैयाँ हाँ मुक्ति मिलल ऊ मलिक्वाक सौंकीसे जेल हस ओकर बुक्रीसे हाँठगोर खैना खेट्वा खेर्हन्वासे ओ मुक्ति मिलल बचपन बिटल गाउँसे । नाई अटैना कमैयाँ गाउँक ऐलानी जग्गाम बीचढारमे न घर न घाटके गाउँसे घरसे निकरल सपना पुरा कर्ना आँटके। कमैयाँन दुखमे राजनिती करूईया नेटनके दलाल खुब उल्कैनै सपना डेखैनै रहेक लग अपन घर रही जोटे खाईक खेट्वा रही खुल्लै आँखीसे डेख्ली ऊ मुक्तिके सपना खै पुरा कहाँ हुईल न घर न घरबास अब,  जिन्गी हु गिल नेटनके दास।               जोशीपुर ५ सिमराना, कैलाली  

एमाले–काँग्रेस गठबन्धनः गोर्खाली राज्यसत्ताको यथास्थितिवादी मोर्चा ?

एमाले–काँग्रेस गठबन्धनः गोर्खाली राज्यसत्ताको यथास्थितिवादी मोर्चा ?

८३५ दिन अगाडि

|

१ साउन २०८१

एमाले–काँग्रेस गठबन्धन नेपाली राजनीतिको नौलो अभ्यास होइन । संविधान निर्माणको लागि पहिलो संविधानसभा देखि नै यसखाले प्रयोग हुँदै आएको छ । पुष्पकमल दाहाल नेतृत्वको सरकार पतन गराउन एमाले–काँग्रेसको गठबन्धन तयार भयो । यो गठबन्धन नेपाली राजनीतिमा सरकारको स्थायित्व प्रदान गर्नको लागि भएको सैद्धान्तिक बुझाई छ । तर, रणनीतिक रुपमा दुईदलीय राजनीतिलाई कायम गरेर भविष्य सुनिश्चित गर्न तयारी गरेको सहजै बुझ्न सकिन्छ ।  जस्तो  कि थ्रेस होल्ड ३ प्रतिशतबाट ५ प्रतिशत पुर्याउने एजेन्डामा दुवै दल सहमत रहेको धेरैले अनुमान गर्न थालेका छन् । यदि थ्रेसहोल्डमा बढोत्तरी गर्न सके पहिचानको आन्दोलन गर्दै आएका जुनकुनै राजनीतिक दल आफ्नो कद बढाउन सक्ने छैन ।  सर्वप्रथम माधव नेपालको नेतृत्वमा एमाले–काँग्रेस गठबन्धन २०६६ सालमा बनेको थियो । त्यसवेला पुष्पकमल दाहालको नेतृत्वको संयुक्त सरकार ढलेको थियो अहिलेको जस्तै । मधेशी जनअधिकार फोरम दुई टुक्रा हुन पुग्यो । त्यस बखत विजय गच्छदारले नेतृत्व गरेको फोरम (लोकतान्त्रिक) उक्त सरकारमा सहभागी भयो । टुटफुटको श्रृङ्खला शुरु भएको अवस्था थियो । यो प्रक्रिया स्थायी सरकारको लागि थिएन र पहिलो संविधान सभाको विघटनको आधार बन्यो । अन्ततः डा बाबुराम भट्टराई नेतृत्वमा रहेको सरकारले संविधान जारी गर्न सकेन र १५ जेठ, २०६९ मा संविधान सभा विघटन भएको थियो ।  दोश्रो संविधान सभाको चुनाव २०७० मंसिर ४ गते सम्पन्न भए पनि विश्लेषक सीके लालको मत अनुसार त्यो त विधान सभाको चरित्र बोकेको देखिएन । त्यसबखत पनि एमाले–काँग्रेसको गठबन्धन बन्नुका साथसाथै राप्रपा जस्तो मजबुत सहयोगी त्यो विधान सभामा कृत्रिम रुपले खडा गरे । पहिलो संविधान सभाको सहमति जम्मै उल्टाएर एक थान संविधान जारी गरेको थियो । देशको अधिकांश जनता यसलाई अस्वीकार गर्दा एमालेका शंकर पोखरेलको टिप्पणी थियो कि कालो मानिसले कालो दिन मनाउँछ । जबकि उनीहरुले नै उत्कृष्ट भनेको संविधानमा जाति, वर्ण, लिङ्ग तथा क्षेत्रको आधारमा  भेदभाव गरिनेछैन भनी उल्लेख छ ।  सीमान्तकृत तथा वहिष्करणमा परेका मधेशी, आदिवासी जनजाति, महिला, मुस्लिम त्यसलाई विधान सम्झे, शासन गर्नका खातिर १९१० मा जंगवहादुरले ल्याएको मुलुकी ऐन जस्तै । गोर्खा राज्यसत्ता मजबुत बनाउने पृथ्वी नारायण शाहको सच्चा उत्तराधिकारी यिनीहरु सावित हुँदा राजनीतिको खेलको नियम बदल्न नयाँ पावरम्याट्रिक्स चाहिएको हो । त्यसैले वहस अब संविधान संशोधन रहेन । विधान सभाले जारी गरेको कथित संविधान साँचिक्कै संविधानमा रुपान्तरण गर्न केन्द्रित हुनुपर्छ । अर्थात् वहुलराष्ट्रियताको यथार्थता बोकेको नेपाली जनताको अपनत्व बोध हुने संविधान आवश्यक छ ।  एमाले–काँग्रेस गठबन्धनको निर्मम समीक्षा  नेपालको राजनीतिमा एमाले–काँग्रेस मिलेर राजनीतिक परिवर्तनमा भूमिका खेलेको विषय लुकेको छैन । त्यसलाई अझ यसरी बुझौं, जब जब यसखाले यिनीहरुको गठबन्धन बन्यो, नेपालमा व्यवस्था परिवर्तन गर्न सफल रहे । तर अवस्था परिवर्तन कठिन बन्यो । २०४६÷४७ सालको जनआन्दोलन वहुदलीय व्यवस्था पुनस्र्थापना गर्न सफल भए । संसदीय व्यवस्थामा दलतन्त्र फष्टाएर सबै क्षेत्र राजनीतिक प्रभावको चपेटामा पर्न गई तहसनहस हुने अवस्थामा पुग्यो । शिक्षा र स्वास्थ्य क्षेत्र व्यापार भयो । जनताको जनजीविका संकटपूर्ण हुँदै गयो । लोकतान्त्रिक अभ्यास राजनैतिक संस्कारविहीन हुन पुग्यो । पञ्चायती व्यवस्थाले वहिष्करण तथा सिमान्तकृत बनाइएका जनताको लागि अझ थप जोखिम ल्यायो । प्रतिस्पर्धाको नाममा उही वर्चश्वशाली समुदायका सम्भ्रान्तहरु हालिमुहाली गर्न थाले । खुलाबजार अर्थनीति अपनाएर राष्ट्रिय पूँजीपतिवर्गको हुर्मत लिए भने दलाल पूँजीपतिको उदय गराए । वहुराष्ट्रिय कम्पनी भित्र्याएर आदिवासी जनताको ऐतिहासिक भूक्षेत्र, जल, जंगल तथा जमीन हडप्ने सुविधा राज्यले प्रदान गरे । यही परिवेशमा पहाडी ब्राह्मणको गरिबी दर साठी प्रतिशतभन्दा बढीले कम भएको तथ्याङ्क छ । यही दरमा किन आदिवासी जनजाति, मुस्लिम, मधेशी, थारुलगायत कर्णाली क्षेत्रका जनताको गरिबी न्यून भएन ? विचारणीय सवाल छ ।  एमाले–काँग्रेस यथास्थिति कायम राख्न गठबन्धन गरेको देखिन्छ । हिजोसम्म तीन पटक यही संविधान संशोधन गर्दा उही चुच्चे नक्सा भएको नेपाल देखाउन लायक छ । महान राजनीतिक कर्म ठानेको एमाले–काँग्रेसको त्यो संविधान संशोधन घाँडो भयो । यिनीहरु जनजीविकाको सवालमा उदासीन रहेको तर्क के आधारहीन भन्न मिल्छ ? व्यापार घाटाले अर्थतन्त्र थलिएको छ र युुवाजनशक्ति चाहे शिक्षित होस् कि अशिक्षित कामको खोजीमा परदेश भौतारिनु पर्ने अवस्था सिर्जना हुनु राम्रो संकेत हो त ?  भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भने अनुसार नेपालको प्रशासन, पानी र जवानी रोक्न सक्ने क्षमता विकास गरेन । यो तथ्यले के सावित गर्न सकिन्छ कि नेपाल आफ्नै विवेक र दक्षताले एमाले–काँग्रेसले भनेअनुसार राजनीतिक क्रान्ति सम्पन्न भएको ठहर हुन सकेन । तर फेरि के पनि सत्य हो भने पूँजीवादको लहरबाट नेपाल अलग रहन सक्ने अवस्था छैन । यही परिवेशको मनन आजको मूल चिन्तन विषय हो । भविष्यको बाटो एमाले–काँग्रेसको गठबन्धन कति दिन टिक्छ भन्ने सवाल गौण हो । यहाँ नेपाली राजनीतिको भविष्यको बाटो कस्तो होला भन्ने विषय छ । यिनीहरुसंग नेपाली जनतालाई लाभान्वित बनाउने योजना नभएको पक्कै होइन तर किन यो कार्यान्वयनका लागि उचित ठानेनन् ? के अब ती योजना कार्यान्वयनका लागि दिल्ली तथा बेइजिङसंग राज्य–राज्य विचको व्यापार गर्न तयार होलान ? व्यापार घाटा कम गर्न हिम्मत जुटाउलान ? कि उनीहरुलाई रिझाएर आफ्नो आफ्नो सरकार टिकाउन नतमस्तक होलान ? यी जीवन्त प्रश्नको उत्तर जनताले खोजेका छन् ।  पुष्पकमल दाहाल नेतृत्वको सरकार पाँचौ पटक विश्वासको मत लिन संसदको सामना गर्दा नैतिकताको प्रश्न उठ्यो । यही सवाल अब बन्ने एमाले–काँग्रेसको सरकारको लागि पनि हो । दिल्ली तथा बेइजिङसंग राज्य–राज्य बिचको व्यापार जनहितमा गर्न यिनीहरुले समेत नैतिक आधार गुमाइसके । शासनसत्ता उपर संकट पैदा नहोस् भनी यी तप्का दिल्ली र बेइजिङसंग पटक पटक सम्झौता गरी यहाँका सम्पदा तथा प्राकृतिक श्रोत जिम्मा लगाउने काम गरे । मौजुदा शक्ति क्षीण नहोस् भनी आफ्ना देशभरीका प्रतिस्पर्धीलाई तह लगाउन कुनै कसर बाँकी नराख्ने राज्य सम्भ्रान्तहरु देश कंगाल बनाउने बाटोमा अग्रसर भएका छन् ।  हालको गठबन्धन विगतको एमाले–काँग्रेस गठबन्धनसंग तुलना गर्दा यिनीहरुले भन्ने गरेको स्थायित्व दुईदलीय शासन व्यवस्थाको रणनीतिक सोंच हो । केही समय पहिले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले कान्तिपुर दैनिकको एक अन्तरवार्तामा माओवादी केन्द्रलाई पोजिसन रोज्न संकेत गरेबाट अनुमान लगाउन सकिन्छ । नेपाली काँग्रेसले यसमा विमति जनाउने कुनै ठाउँ नै छैन । अबको तीन वर्ष यदि सरकार चल्न पाएको खण्डमा कि त बामपन्थी कम्युनिष्ट शक्तिहरु एक ठाउँमा आउने गरी शक्ति संचय गर्लान् अथवा प्रजातान्त्रिक काँग्रेसको चुनावी गठबन्धनमा रही केही सिट हासिल गरी आफ्नो गुनासो सुनाउने काममा समय कटाउलान् । अन्त्यमा, सरकार बनाउने र गिराउने खेलको स्थायित्व खोजी गर्दै गर्दा यी दुइटै दलका नेतृत्वसंग प्रष्ट भिजन नभएको बुझ्न सकिन्छ । गठबन्धन गर्दा सहमति जेसुकै गरुन्, यिनीहरुको जुन मिसन पुरा गर्न गठबन्धन गरिए अब त्यसलाई पुरा गर्न अग्रसर हुने देखिन्छ । तसर्थ हामी भ्रमबाट मुक्त हुनैपर्छ र बहुलराष्ट्रिय राज्य स्थापनार्थ राष्ट्रिय मुक्ति क्रान्तिको बाटोमा लामबद्ध हुन सक्नुपर्छ ।  बहुलराष्ट्रिय राज्य नेपाल स्थापना नगरी यहाँका विशिष्ट पहिचान बोकेका जनताको अपनत्व कायम गर्न कठिन छ । दोश्रो, लामो समयदेखि ऐतिहासिक भूक्षेत्रहरुमा साँस्कृतिक पहिचान बोकेका जनता स्वशासित हुन चाहेका छन् र तिनीहरुको चाहना सम्बोधन गर्न संविधानको पुनर्लेखन गर्नुपर्ने हो । यसका लागि अभियान, संघर्ष र विद्रोहको कार्यदिशामा केन्द्रिकरण सहितको हस्तक्षेप हुन जरुरी छ । अन्तर्राष्ट्रिय विधिशास्त्रको आधारमा  ऐतिहासिक साँस्कृतिक भूमिको रक्षा त्यस भूमिकामा प्रथम राष्ट्र÷आदिवासीको संरक्षकत्वमा हुने सर्वविदितै छ । पुष्पकमल दाहाल नेतृत्वको माओवादी केन्द्र र समाजवादी मोर्चा विपक्षी कित्तामा आएको हालको अवस्थामा पहिचान आन्दोलन थप पेचिलो बन्ने देखिन्छ । यही कारण हो कि भ्रमित बनाएर राजनीतिक दुनो सोझ्याउने काम सम्पन्न गर्न एमाले–काँग्रेस गठबन्धन बनाइएको होस् । बाँकी राजनीतिक दलहरुको पनि यसमा सहमति हुन सक्ला तर ‘भ्रमित बनाऊ र राज्य गर”को नीति अब निकम्मा भइसक्यो । आधुनिकताले ल्याएको प्रभाव तथा उत्तरसंरचनाको हालको युगमा नयाँ ज्ञानमिमांशा नै चाहिएको छ । मार्क्वादी ज्ञान मिमांशा र उदारवादी ज्ञान मिमांशा अब अपूर्ण भएको महसुस गरिंदैछ । नयाँ एसियाको परिकल्पनामा समय प्रवाह अगाडि बढेको देखिन्छ । भारत र चीनको विचमा रहेको नेपाल आफैंमा एउटा केन्द्र बन्नु नयाँ ज्ञानको मूलश्रोत हो । त्यसको लागि हाम्रो सोच्ने तरिका फरक चाहिन्छ । शुरुमा एकाइशौं शताब्दीमा आफ्नो केन्द्रिय पोजिसन कायम गर्न विश्वकौ नक्सा रोटेसन गरेर हेर्न सक्नुपर्छ । त्यसबाट हामी पनि लाभान्वित हुन सक्छौं र नयाँ राजनीतिक शक्तिको अभ्यास अब औपनिवेशिकता विरुद्ध केन्द्रित हुने स्पष्ट मान्यता चाहिएको छ ।  वर्तमान गठबन्धनको सरकार र गोर्खाली राज्यसत्ताको खेलको नियम बदल्न अग्रसर हुनैपर्छ । त्यसको लागि शक्ति विन्यासको सैद्धान्तिक आधार खोजी गर्न सक्नुपर्छ । साथै, एकल राष्ट्रियता विरुद्ध बहुलराष्ट्रियताको संघर्ष घनिभूत बनाउँदै जानुपर्छ । शक्ति संचयको लागि अभियानमार्फत् सम्वादात्मक कार्यलाई निरन्तर अगाडि बढाउने र संघर्ष शक्ति सन्तुलनको आँकलनसहित गर्दा अन्ततः स्वशासन त कसो अभ्यास नहोला र ? यसबाट समान जनता समृद्ध राष्ट्रकोे परिकल्पना साकार पार्न सक्छ । यस कारणले राष्ट्रिय मुक्ति क्रान्ति सबैको साझा ठहर भएको छ, जसले एमाले–काँग्रेसको यथास्थितिवादी मोर्चा नाकाम बनाउने तागत निर्माण गर्न सक्नेछ ।    

तेजुलाल चौधरी युवा तथा खेलकुद मन्त्रीमा नियुक्त 

तेजुलाल चौधरी युवा तथा खेलकुद मन्त्रीमा नियुक्त 

८३६ दिन अगाडि

|

३१ असार २०८१

सप्तरी–४ बाट प्रतिनिधिसभामा प्रत्यक्ष निर्वाचित काँग्रेसका सांसद तेजुलाल चौधरी केपी ओली मन्त्री परिषद्मा युवा तथा खेलकुद मन्त्रीमा नियुक्त भएका छन् । उनले ३१ असारमा नियुक्त अन्य २२ मन्त्रीसंगै पदको राष्ट्रपति शितल निवासमा शपथ ग्रहण गरेका छन् ।  .२०७९ मंसिरको चुनावमा उनी २३ हजार चार सय ९१ मत प्राप्त गरी निर्वाचित भएका थिए । उनका निकटतम प्रतिद्वन्द्वी जसपाका बालकिशोर यादवले १७ हजार नौ सय ७७ मत प्राप्त गरेका थिए ।   गत प्रतिनिधिसभा र संविधानसभाको निर्वाचनमा समेत तेजुलाल सोही क्षेत्रबाट विजयी भएका थिए । तीन तीन पटक प्रत्यक्ष चुनाव जित्दासमेत मन्त्रीको जिम्मेवारी नपाउँदा उनी खिन्न थिए । स्मरण रहोस्, उनी पहिले शिक्षा राज्यमन्त्री रहिसकेका छन् । यसपाली राष्ट्रपति रामचन्द्र पौडेलले उनको मन्त्री नियुक्तिबारे विशेष चासो राखेका थिए । ललितपुरको कुपण्डोलमा नाइटिंगेल स्कूलका प्रिन्सीपल उनी शिक्षामा टिएल चौधरीको नामले परिचित छन् ।