हात्तीको आक्रमणले हात्ती प्रजनन केन्द्रका कर्मचारी जद्दु थारूको मृत्यु

हात्तीको आक्रमणले हात्ती प्रजनन केन्द्रका कर्मचारी जद्दु थारूको मृत्यु

७५५ दिन अगाडि

|

१८ असोज २०८१

थाकस देउखुरीबाट ढकेहेरसम्बन्धी बृत्तचित्र निर्माण शुभारम्भ

थाकस देउखुरीबाट ढकेहेरसम्बन्धी बृत्तचित्र निर्माण शुभारम्भ

७५८ दिन अगाडि

|

१५ असोज २०८१

थारु कल्याणकारिणी सभा क्षेत्र नं १ देउखुरीले थारु समुदायमा लोपोन्मुख अवस्थामा रहेको ढकेहेर संस्कृति संरक्षण गर्न दस्तावेजीकरणको अभियान थालेको छ ।  गढवा–७, मानपुरको मरुवास्थलमा एक औपचारिक कार्यक्रमको आयोजना गरी गढवा गाउँपालिका उपाध्यक्ष शारदा चौधरीले बृत्तचित्र निर्माणको असोज १३ गते आइतवार शुभारम्भ गरिन् । सो अवसरमा उनले थारु समुदायका गुरुवा, ढकेहेरलगायतका मन्त्रको दस्तावेजीकरण गर्ने काम स्थानीय निकायको भएकाले थोरै भए पनि गढवा पालिकाले निर्माता थाकसलाई सहयोग गरेको बताइन् ।  अवको एक सातासम्म मानपुर गाउँको मरुवा परिसरमा भिडियो खिचिने तथा ५० देखि ६० घण्टाको फुटेज दस्तावेजीकरण गर्ने योजना रहेको ढकेहेरसम्बन्धी बृत्तचित्रका निर्देशक उदय आलेले बताए । उनले बृत्तचित्र थारु, नेपाली र अंगे्रजी भाषामा बनाइने तथा मन्त्रको छुट्टै ग्रन्थसमेत प्रकाशन गरिने सोच रहेको बताए ।  त्यस्तै, थाकस क्षेत्र नं १ का वरिष्ठ सल्लाहकार राजेन्द्रप्रसाद चौधरीले कुनैबेला ढकेहेर आशाराम चौधरीका मन्त्र रेकर्ड गर्न खोज्दा अनुमति नपाएको स्मरण गरे । उनले भने, ‘आज ढकेहेर आशारामले भिडियोमा आफ्ना मन्त्र दस्तावेजीकरणमा सहयोग पुर्याइ रहेकोमा खुशी लागेको छ ।’ नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञसभा सदस्य डा कृष्णराज सर्वहारीले ढेकेहेर गुरुवाहरुको ज्ञान दस्तावेजीकरण गर्न अत्यावश्यक रहेको औंल्याउदै महत्वपूर्ण कार्यको थालनी गरेकोमा थाकसको सराहना गरे । उनले बृत्तचित्रको गुणस्तरमा ध्यान दिन आग्रह गर्दै कम्तीमा किम्फ महोत्सवमा छनोट हुन सक्ने स्तरको बनाउन सुझाए ।  हरेरीलगायत विभिन्न पूजाआजामा ढकेहेर, अन्य गुरुवाहरुको मन्त्र वाचनले प्रथाले समुदाय तथा गाउँमा आरोग्यताको कामना गर्ने, बालीनाली र पशु चौपायामा लाग्ने रोगहरुको प्रतिरक्षा गर्ने, उत्पादनमा बृद्धि हुने र गाउँको रोगव्याधि र महामारीलाई नियन्त्रण गर्ने परम्परागत मान्यता रहेकाले यसलाई जोगाउन अपरिहार्य रहेको अन्य वक्ताहरुको भनाइ थियो ।  थाकस, क्षेत्र नं १ का सभापति प्रकाश चौधरीले यो एक किसिमको सप्ताह जस्तो भएकाले छायांकन हुने हरेक दिन ढकेहेरको मन्त्र वाचन श्रवण गर्न आउने श्रोताहरुलाई चामल, फलफूल, भेटी लिएर आउन आग्रह गरे ।  कार्यक्रममा थाकसका कानुनी सल्लाहकार हल्लुप्रसाद चौधरी, सल्लाहकार चेतराम चौधरी, ढकहेरका मुख्य गुरुवा आशाराम चौधरी लगायतले पनि आआफ्नो मन्तव्य दिएका थिए । थाकस क्षेत्र १ का वरिष्ठ उपाध्यक्ष गोकुलप्रसाद चौधरीको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रमको सहजीकरण कर्कट चौधरीले गरेका थिए । थारु कल्याणकारिणी सभा क्षेत्र नं १ देउखुरीको आयोजना, थाकस गढवाको सहआयोजना र गढवा गाउँपालिकाको सहयोगमा देउखुरीको गढवामा लोपोन्मुख ढकेहेर संस्कृति संरक्षणसम्बन्धी बृत्तचित्र निर्माण हुन लागेको हो ।   

थारू कलाकार मञ्चसे साहित्यकार पन्ना सम्मानित

थारू कलाकार मञ्चसे साहित्यकार पन्ना सम्मानित

७६० दिन अगाडि

|

१३ असोज २०८१

सुर्खेतक वीरेन्द्रनगरमा एक समारोहके बिच राष्ट्रिय थारु कलाकार मञ्च शाखा सुर्खेतसे संस्कृति पर्यटन तथा नागरिक उड्डययन मन्त्रालयसे भासा, साहित्य विधाम क्षेत्रीय प्रतिभा पुरस्कार (२०८०) से सम्मानित हुइलकम थारु साहित्यकार मानबहादुर चौधरी पन्ना सम्मानित हुइल बाट ।  राष्ट्रिय थारु कलाकार मञ्च शाखा सुर्खेतके पैल्हा साधारण सभा ओ अइटि रलक बर्का डस्या ओ डेवारिक शुभकामना लेउडेउ कार्यक्रमम पन्नाह कर्णाली प्रदेशके वरिष्ठ कलाकार एवम् बर्का पहुना प्रेमदेव गिरी सम्मान पत्र डेल रलहिन् । पैल्हा साधारण सभाम संस्थासे कैगिल मेरमेरिक कार्यक्रमके आर्थिक वर्ष २०८०/०८१ ऋसार मसान्तसमके एक लाख ६१ हजार ७ सय ६५ रुप्या बराबरके आय व्यय प्रस्तुत कर्ल रलह ।  साधारण सभा कार्यक्रमम अध्यक्ष राजु चौधरीसे प्रस्तुत कैगिल आर्थिक ओ प्रगति प्रतिवेदन सर्वसम्मतसे पारित हुइल रह । अध्यक्ष चौधरी अइना दिनम संस्थाह आम्हिन् सशक्त रुपम बह्रैटि कलाकारिता एवम् सांस्कृतिक क्षेत्रम आघ लैजिना बाट ढर्ल ।  थारु भासा साहित्य कला संस्कृतिम विशिष्ट योगदान कैक राज्यसे सम्मानित हुइलक्म साहित्यकार पन्नाह हार्दिक बधाई डेगिल बट्टोइल । कला साहित्यम असल मार्गदर्शन कर्ना उहाँ हमार समाजके अगुवा हुइट कल ।  कार्यक्रमके वरिष्ठ कलाकार एवम् बर्का पहुना प्रेमदेव गिरी– ‘सुर्खेतके रङ्गमञ्चके इतिहास २०२९ सालठेसे विकास हुइलक हो । थारु गाउँघरम फेन थारु समुदाय थारु गिटबास जोगैटि अइल । आब इ कला संस्कृतिह अम्हिन् मैगरसे संरक्षण कर पर्ना ब्याला आस्याकल यकर लाग थारु युवा जुर्मुरैल बाट इ खुसिक बात हो कल । सुर्खेतसे थारु भाषा, साहित्य कला संस्कृतिम कलम चलुइया मानबहादुर पन्ना राष्ट्रसे क्षेत्रीय प्रतिभा पुरस्कार पैना कलक थारुनके गौरबके बात हो ।  कर्णाली प्रदेश चिन्हैना काम कर्ल इ खुसिक बात हो कैक हार्दिक बधाई डेटि आगामी दिनम घैखरसे कलम चलोस् कना शुभकामना डेल । ओसहख विशिष्ट पहुना थारु कल्याणकारिणी सभाके केन्द्रीय सदस्य कृष्ण बहादुर थारु – थारुनके भाषा साहित्यके इतिहासम सगुनलाल चौधरी सुरुआत करल गोचाली पत्रिका २०२८ पहिल पत्रिका हुइलक जिकिर कर्टि सुर्खेतसे थारु भाषा साहित्यम कलम चलैना, थारु पत्रिका निकर्ना एवम् गितबास संस्कृति बारेम कलम चलैना साहित्यकार पन्नाक विशिष्ट योगदान रहल बा ।  उहा कल₋ धनसम्पत्ति फिर्ता हुइठ तर भाषा, साहित्य, संस्कृति हेराइल कलसे कब्बु फिर्ता निहुइठ ओहमार आगामी दिनम लौव लौव पुस्ता हुक्र फे भाषा साहित्यम कलम चलाइ पर्ना आवश्यकता रलक धारणा व्यक्त कर्ल ।  साहित्यकार लेखक मानबहादुर चौधरी पन्नाअसक और स्रष्टा जन्म परल कना टिप्पणी कर्ल ।   कार्यक्रमम थारु कल्याणकारिणी सभाके थारु कल्याणकारिणी सभाके केन्दीय सदस्य मान बहादर चौधरी – थारु समुदायम संस्कृतिको अथाह भण्डार हुइलक ओहर्से थारु पहिचान बचाइ पर्ना जिकिर कर्टि सबजे मिल्ख अगारि बह्र पर्नाके विकल्प नि रहल जिकिर कर्ल । कार्यक्रमम विमेरमेरिक गाउँक थारु नाच प्रस्तुत कर्ल रलह ।  कार्यक्रमम थारु अगुवा समाजसेवी जागुराम बहादुर थारु, मानविर थारु, दुर्गबहादुर थारु, शेरबहादुर थारु लगायतके वक्ता हुक्र थारुनके कला संस्कृति बचाइक् लाग एकजुट हुइटि आघ बह्रपर्ना बातम जोड डेल रलह । थारु भासा, साहित्य, कला, संस्कृति, सभ्यता, मूल्य मान्यताह संरक्षण करक लाग युवा पुस्ता ओ पुरान पुस्ता डुनु पक्षह जोर्टि एकजुट होख आघ बह्रक लाग पुर्खा हुक्र सरसल्लाह ओ सहयोग डिह पर्ना जरुरी रहल आउर बोलुइयन औल्यइल रलह । कार्यक्रमके सञ्चालन कलाकार जेबि डेमनडौरा कर्ल रलह । 

जितिया : एक संकल्पको पर्व

जितिया : एक संकल्पको पर्व

७६४ दिन अगाडि

|

९ असोज २०८१

परिचय : आश्विन कृष्ण पक्षको सप्तमी, अष्ठमी र नवमी तिथिमा वर्षेणी जीतिया पर्व थारु लगायत मैथिल तथा कोच राजवंशी महिलाहरुले ब्रतबसी मनाइने गरिआएका छन् । सनातन धर्मको निरन्तरता मानव समुदायले संसारभरि त्यस भूगोलको प्रकृति र संस्कृतिको अभ्यास हजारौं वर्षदेखि गर्दैछन् । पूर्व वैदिककालमा सूर्य देवताको रुपमा पुज्य मानिआएको परम्परालाई जीतिया ब्रत कथामा अत्यधिक महत्व दिनेगर्छन् । त्यसैले हिन्दु धर्माबलम्बी वाहेक अन्य पनि यसमा सरिक हुने गरेको छ । भनिन्छ “जीतिया पावैन बर भारी, धिया पुताके ठोइक सुताबे अपना ख्या भोइर थारी” तर यस भनाईले कतिपय सन्दर्भमा महिलाहरुप्रति नकारात्मक संदेश दिने गरेको हुन्छ । यथार्थमा जीतिया ब्रत आफ्ना लालाबालाको दीर्घायु, सुख तथा समृद्धिको लागि गरिने गर्छन् । यसलाई पवित्रताका साथ पकाएका परिकार ग्रहणगर्दा जसलाई स्थानीय भाषामा ओटघन भनिन्छ , पहिला जीतमहान देवतालाई चढाए पश्चात मात्र आफ्नो भोजनका लागि प्रयोग गर्ने हो । ब्रत बस्ने ब्रतालु ओटघन राती चराहरु चीरविर गर्नुअघि नै सकाउनुपर्छ । यो प्रक्रिया वहुत शान्तपूर्वक सम्पन्न गर्नुपर्छ ।  जीतिया मनाउने महिलाहरु दशगज्जा पारी धेरै छन् । मिथिला पात्रोमा यसबारे उल्लेख हुने गरेको छ । साथै नेपालमा नवलपुर देखि झापासम्म परम्परा देखि जीतिया ब्रत लिने गरेको छ । यसरी  नेपालको एक चौथाई जनसंख्या जीतियामा सहभागिता जनाउने गर्छन् । संघीय शासन प्रणालीमा यसलाई क्षेत्रीय पर्वको रुपमा बुझाउने गर्दैआए । नवलपुर तथा चितवन जिल्लामा बसोबास गर्दैआएका थारु वर्षेणी विदा नपाएको गुनासाहरु अभिव्यक्त गरिरहन्छ । ऐतिहासिक पृष्ठभूमि :      जीतिया पर्व थारुको भएको भएको दावी गर्नेहरु छन् । यसलाई कहिलेदेखि थारुले मनाउँदै आएको यकिनका साथ भन्न सकिंदैन् । पूर्वि नेपालमा मिथिला ज्ञानको श्रोतमा धनि मानिन्छ भने वंगाल तन्त्र र संस्कृतिमा सम्पन्न । यी दुई भूक्षेत्रको अन्तरघुलनबाट साझासंस्कृतिको विकास भएको बुझाउने गर्छ तर जीतियाको ब्रतकथा सुन्दा भाष्य अलग अलग निर्माण हुनपुग्छ ।  आश्विन कृष्ण सप्तमी तिथीमा ब्रतालु महिलाहरु पोखरी, तलाऊ, नदीमा स्थान गरी पूजा गर्ने कामलाई लहाई भन्ने गरीन्छ । विहान स्थान गरी पूजा सम्पन्न गरी सकेर उनीहरु ओटघनका लागि सामान व्यवस्थापनमा लाग्छन् ।  यसमा फलफूल, माछा, भात, तरकारी, च्युरा जे रुचिकर लाग्छ राती तयारी गर्न जुट्छन् । त्यसैले यो पर्वमा ओटघनका लागि माछ–मरुवा(कोदो जस्तै अन्न) व्यवस्था गरिन्छ । त्यसपछि उपवास वस्ने हो र उपवासमा यतिसम्म कि आफ्नो थुक निल्न समेत वर्जित मानिन्छ । नवमी तिथिमा विहान स्थान गरी जीतमहानको पूजा सकेर आँगनमा पाँच दाना बौटरा भिजाएको एक साथ निल्नु पर्ने हुन्छ । त्यसपछि पारन दही च्युरा खाई ब्रत तोडिन्छ । उपवासको दिन जीतिया ब्रतकथा श्रवण गरेर मनोवल उच्च बनाउनुपर्छ ।  सियार र चिल्हको दौतरी कथा समेत यसमा जोडिने गर्छ । कथा अनुसार मानिसहरु नदी किनार अथवा तलाउमा स्नान गरी आश्विन कृष्ण सप्तमी तिथिमा घेराको पातमा तोरीको पीना, माटो, जीतियाको फूल आदिले पूजा गरेको देखेर उनीहरुले आपसमा नै जीतियाको महत्व बारे केही बुझाई निर्माण गरी जीतिया ब्रत लिने अठोट लिन्छन् । तर विधी मिलाई सियार र चिल्ह जीतिय ब्रतको तयारी संगै जब ओटघन खाएर उपवास बस्छन् उनीहरुलाई राती कसरी कटाउने होला भनेर चिन्ताले सताउन थाल्छ । चिल्ही रुखको माथि र सियार फेंदमा रात विताउँदै गरेको हुन्छ । चिल्ही भोक प्यासले आजित हुँदा समेत यो कठोर ब्रत आफ्नो सन्तानको दीर्घायु, खुसियालीका लागि संकल्पका साथ पुरा गर्न तिर लागे । सियार भने भोकले हैरान भएर राती सबै सुतिसक्दा अलि पर गाडिएको सिनो खान पुगे । यसरी ब्रतको विधी भंग गरे सियारले । त्यसपछि जब उनीहरुको बच्चा जन्मिने क्रममा चिल्हीको बच्चा स्वस्थ्य थिए भने सियारले मृत बच्चा पाए । जीतिया ब्रतको प्रभाव यसखाले कथाबाट पुष्टी गर्न खोजेका हुन ।  यस धरतिमा एक राज्य शैव्या पटनी थिए जहाँ प्रतापी राजा सरी वाहन राज गर्दथे । धेरै समय पश्चात राज दरवारमा एक राजकुमारी जन्मे । नाम मासवासी राखियो । समय वित्दै जाँदा मसवासी यौवना र एक सुन्दर नारी भइन । राजा सरी वाहन छोरीको विहे गराइदिन चाहे तर उनी विहे नगर्ने निर्णय सुनाइन । राजा चकित परे साथै छोरी जिद्दी समक्ष उनको डेग चलेन । राजा आफ्नी छोरीको लागि अलगै घर बगैंचामा बनाइदिइन । केही सुसारे पनि व्यवस्था गरिदिए । मसवासी एक विहानै उठी स्नान गरेर पूजा गरिरहे । उनको संकल्प थियो कि सूर्यको दर्शन वर्जित हुनुपर्छ । यसरी नै दिनहरु वित्दै थिए ।  सूर्य देवता एक दिन छल गरे । जति वेला स्नान गरी पूजाको लागि मसवासी वाहिर निस्के, समय अगावै सूर्य क्षितिज बाहिर देखिए । मसवासी सूर्यको दर्शन नचाहेर पनि हुनपुग्यो । त्यसको प्रभावले मसवासी गर्भवति बने । राजा आश्चर्य चकित भई यसबारे थप जानकारी लिन थाले । मसवासीलाई अपहेलित हुनुपर्यो । तथापी कोखमा ९ महिना पोषण पालन गरी बच्चा जन्म दिए । नाम राखे जीतमहान । सबैले जीवमहानलाई बिना बाउको छोरा भनि हेप्थे ।  एक दिन बालक जीतमहान साथीहरुसंग खेल्न जंगल छेऊ पुगे । त्यहाँ खेलको नियम बनाउँदा साथीहरु चलाखी गरे । उनीहरुलाई थाहा थियो कि जीतुवाको बाउ को हो थाहा छैन । त्यसैले खेलमा आमाको नाम लिई खाल्टोमा पस्ने र निस्किंदा बाऊको नाम लिएर निस्किने भनियो । अब सबै साथीहरु सो नियम पालना गरी पस्ने र निस्किने खेल खेलेर रमाउँदै थिए । पालो जीतुवाको आयो । यो खेल भन्दा अगाडि खेलिने सबै खेलहरु जित्ने गरेको जीतुवा यस पटक मासवासीको नाम लिएर खाल्टोमा त पसे तर बाऊको नाम थाहा नहुँदा निस्किन सक्ने भएन ।  साथीहरु थप उपहासको पात्र बनाए । जब जीतुवाको आमाले यसबारे थाहा पाइन, त्यसपछि त्यहाँ पुगेर जीतमहानलाई सत्य तथ्य बनाए । जीतमहान वाहिर निस्के तर उनलाई चित बुझेको थिएन । अन्ततः उनी आफ्नो बाऊ खोज्न हिडे । आमाको लागि थप पिडादायी बन्यो । निकै पर पुग्दा थकित जीतमहान दृढ संकल्पित थिए लक्ष्य चुम्न । त्यसैले उनको लक्ष्य तिरको यात्रा जारी रह्यो । त्यसबाट निकै कष्ट भोग्न थालेका जीतमहानलाई सूर्य देव मनुष्य रुप धारण गरेर अगाडि देखा परे । तिम्रो वाउ  मै हुँ भनि सूर्य देवले सम्झाउन खोजे । जीतमहानले कसरी पत्याउने मैले भनि जवाफ मागे । सूर्य देवलाई अब आपत आइलागे । यसलाई सुल्झाउन उनले जीतमहानलाई फर्केर घर जान मनाए । बदलामा उनले यो पनि सम्झाए कि मत्र्यलोकमा महिलाहरु आफ्नो बालबच्चा लगायत सबैको कल्याण होस् भनि यदि आश्विन महिनाको कृष्ण सप्तमी शनिवारको दिन स्थान गरी पूजा गर्ने, अष्ठमी आइतवारको दिन उपवास बस्ने तथा नवमी सोमबारको दिन पारन गरी ब्रत सम्पन्न  गर्ने हो भने तिम्रो शक्तिको प्रभावले ब्रतालुहरु अपेक्षित फल प्राप्त गर्नेछन् । यसबारे आफ्नो गाउँ ठाउँमा परम्परा बसाल्न लगाइयो । त्यसरी ब्रत उठान गर्दा फल प्राप्तिको अनुभव गर्दा यसको विस्तार भएर गयो । त्यसैले उपरोक्त विधी पुरयाएर गरिने जीतिया खरजीतिया भन्ने चलन छ । शुरुमा जीतिया यसरी उठान गरेर पछि सप्तमी, अष्ठमी र नवमी तिथि जुनै दिन परे फरक पर्दैन । जीवनमा निरन्तर जीतिया ब्रत लिने गरे अकसर छोरी अथवा वुहारीले जीतिया उठाए पश्चात ब्रत अन्त्य गर्दा पनि हुन्छ । यस अर्थमा जीतिया अन्य क्षेत्रमा मनाईने तीज भन्दा मुल्यमान्यताको हिसावले नै अलग हुन् । जीतियाको दार्शनिक पक्ष :  जीतिया कथामा जीतियाको दार्शनिक पक्ष बारे उल्लेख गरिएको छ । यसलाई साँख्य दर्शनसंग तुलना गर्न सकिन्छ । सृष्टी सम्बन्धि ज्ञानलाई जसरी साँख्य दर्शनमा प्रकृति र पुरुष सापेक्षित सत्यको रुपमा बुझाउने गरिन्छ, सोही बमोजिम जीतिया ब्रतकथामा अन्धा–अन्धिको विवेचना छ । अन्धालाई अन्धिले प्रश्न गर्छ कि हे प्रीय कुन चराको आवाज हो र कुन चाही दिशामा बोलेको हो ? अन्धाले यी प्रश्नको जवाफ दिन चाहेको थिएन तर अन्धिले जिद्दी लिएपछि अन्धाले यसमा मेरो मृत्युको कारण लुकेको बताए । त्यसपछि अन्धाले ईश्वर रुपी कदभोरका चरा पूर्व दिसामा बोलेको बताएपछि अन्धा मारिए । कथा अनुसार अन्धाको पाउ हात उखेलेर चार दिसा पूर्व, पश्चिम, उत्तर र दक्षिणमा फालिए । त्यसैगरी पेट आकाश र पिठ्यु पाताल बन्यो । रगत समुद्री जल बन्यो । दुई आँखा मध्ये एक चन्द्रमा र अर्को सूर्य बन्यो । यसरी ब्रह्माण्डको सिर्जना भएको वर्णन गरिन्छ । अन्धि आफ्नो पति वियोगमा कदभोरका चरालाई पछयाउँदै लखेटे । भगवानको रुपधारण गरेर कदभोरका चरा भागे तर कहीं आश्रय मिल्ने सम्भावना नदेखे पछि अन्धिसंग माफी माग्दै यो ब्रह्माण्डमा जीव विकास गर्ने कुरामा विश्वास दिलाए । त्यसबखत पुरै जलमग्न रहेको परिवेशमा पतालबाट माटो ल्याउने जिम्मा गोरा माछालाई दिएको तर त्यो असफल भएपश्चात नायर माछालाई सो जिम्मा दिई पठाए । नायर माछा केही माटो ल्याउँदा माटोको जोरन राखी धरती बनाउन सफल भएको र जीव विकासमा सफलता प्राप्त भयो । यहाँ वनस्पतिमा सर्वप्रथम कुशको उत्पति भएको विषय उठान गरेको र यी कथाको सार हेर्दा प्रकृति र पुरुषको विम्बको रुपमा अन्धि र अन्धा लिन सकिन्छ । साँख्य दर्शन अनुसार चौविस   तत्वहरु गन्ती गरिन्छ जहाँ पुरुष निष्काम अर्थात् गतिहिन रहेको बुझाउँछ । त्यस्तै प्रकृति परा र अपराप्रकृति गरी वर्गीकरण गरिएको छ ।  प्रकृति चञ्चल र सत्य रहने परिभाषा सापेक्षित छ तर अन्धी चञ्चल देखिए पनि अन्धाको मृत्यु तर्कसंगत विषय पुरुषको सन्दर्भमा मान्न कठिन भयो ।  परम्परा र संस्कृति ः     जीतिया विभिन्न स्थानमा फरक फरक तरिका तथा विधी अपनाई मनाइने गरेको छ । तथापी जीतिया  थारुको मौलिक संस्कृति भित्र पर्छ । यसबाट थारुको सृष्टी सम्बन्धि अलग दृष्टीकोण छ भन्ने पुष्टी गर्न सकिन्छ । थारु प्रकृति पूजक हुन र प्रत्येक घटनालाई शक्तिव्यूह मार्फत विवेचना गर्न सक्नुपर्छ भनि विश्वास प्रणालीको निर्माण गर्छ । यहि परम्परालाई थारु अरुभन्दा आदिकालको अस्तित्व दावी गर्ने भएका छन् ।  संस्कृतिको रुपमा यहाँ मैले केही मनोवैज्ञानिक पहेली उजागर गर्न खोजें । त्यो के भने  जीतिया सफलताको लागि आशिष दिने पर्व हो । सामाजिक–साँस्कृतिक अभियानको रुपमा यसलाई निरन्तर चलाउने जिम्मेवारी त हो नै तर ज्ञानको तहमा जीतिया ब्रतकथाले छुवाछुछलाई कतै ठाउँ दिएको पाईदैन । त्यसो त नेपालमा कानुनी हिसाबले नै छुवाछुत सो सरह अर्थात् मासिन्या मतवालीको समाजिक दर्जा दिएकै हो(मुलुकी ऐन, १९१०) । लामो समयसम्म थारु यो राज्य संरचनामा औपनिवेशिकता भोग्दै आए । भारतमा समेत चमार जात भनेर थारुलाई छुवाछुत गरेकै हुन । तसर्थ, थारु छुवाछुत अंगालेको निकै पछि मात्र हो । यदि थारुले जीतिया मार्फत छुवाछुत विरुद्धको अभियान चलाउने काम गरे नेपालमा सामाजिक क्रान्ति कम समयमा पूरा गर्न सकिन्छ । थारु आफ्नो विगत र राज्य उत्पीडनबाट औपनिवेशिकता भोग्दै आएकोले थारुको आवाज यसका लागि विगुल फुके सरह हो । थारुलाई यो अभियान मार्फत तीन तहमा फाइदा प्रत्यक्ष रुपमा हुनेछ ।  (क) थारुका विवेकी पूर्खाहरुले निर्माण गरेको ज्ञान प्रणाली साझा गर्न मद्दत मिल्छ । त्यसको आधारमा थारु बाँकी पहिचान भन्दा अलग रहेको पूष्टी गर्न सघाउँछ । साथै थारु समाधानकर्ता हुन भनेर दावीलाई ठोस बनाउँछ ।  (ख) राजनीतिक तहमा थारु नेतृत्व गर्न सक्षम रहेको बुझाई सार्थक बनाउँछ । अभियानले शक्ति संचय गर्दा संघर्षका लागि थप आँट बढेर जान्छ । राजनीतिक कर्मको रुपमा संघर्षका लागि अधिक संख्यामा रहेका थारुलाई समाहित हुने अनि राजनीतिक पाराडाइममा आएको परिवर्तनले बनेको स्पेस कब्जा गर्न विद्रोहको तयारी गर्न सघाउँछ ।  (ग) आर्थिक तहमा एकिकृत योजना लागू गर्न सघाउँछ । शिल्पी समूह हाल छुवाछुत भोग्न विवश  देखिएको कारण उनीहरु निश्चित घेराभित्र कैद जस्तै छ । जब उनीहरु छुवाछुतको जंगीरबाट मुक्त  भई सीपको सहज प्रयोग गर्छन, विकास प्रक्रियामा सहभागी हुनेछन् । उत्पादन सम्बन्ध नयाँ ढंगले विकास भएर जानेछ । उत्पादन शक्तिको उचित व्यवस्थापन भई असलमा प्रतिस्पर्धा उत्पादनका लागि तब मात्र सम्भव बन्छ ।  अन्त्यमा, जीतियाको मुल्य मान्यता थप उन्नत बनाउन परम्परादेखि चलिआएको ज्ञान प्रणाली विकसित बनाउँदै जानुपर्छ । त्यसो त जीतियामा कृषीसंग सम्बन्धित थारु लगायत अन्यको आर्थिक अवस्था नाजुक छ र उनीहरु माइत आएका आफ्ना चेलीहरुलाई घर पठाउँदा चिन्तित हुनुपरेको छ, तथापी कर्मयोगी जीतिया फलदायी बनाउन शिक्षित ब्रतालु दिदीवहिनीहरु विवेक प्रयोग गरेर नेतृत्व लिन सक्नैपर्छ । कमजोर थारु राष्ट्रियताको जगमा निरन्तरताको क्रमभंगता गर्न असर्थ जस्तै बन्नु अब स्वभाविक होइन । सारमा थारु आफ्नो साँस्कृतिक भ«मीको संरक्षणकर्ता भएर आउन जीतिया जस्तो माहोललाई सही तवरले उपयोग गर्ने हो ।  जीतिया ब्रत लिएर एक संकल्पको तयारीमा रहेका सम्पूर्ण ब्रताल« दीदिवहिनीहरुमा सफलताको कामना सहित अपेक्षा गरिएका फल प्राप्त होस् भनि हार्दिक मंगलमय शुभकामना ।

थारू र यादवको आस्थाको धरोहर रिहार धाम सुनसान

थारू र यादवको आस्थाको धरोहर रिहार धाम सुनसान

७६८ दिन अगाडि

|

४ असोज २०८१

पाँच सय वर्ष पुरानो मानिएको दाङको लमही नगरपालिका–९ स्थित रिहार धाम हिजोआज सुनसान छ । हरेक वर्ष माघीमा मेला लाग्दा मात्र घुइँचो हुने गरेको भए पनि अन्य समयमा सुनसान हुने गरेको छ । दैनिक एक–दुईजना मन्दिरमा दर्शन गर्न मुस्किलले आउने गर्छन् । खासगरी सोही ठाउँमा हरेक वर्ष माघे सङ्क्रान्तिका अवसरमा लाग्ने मेलामा भारतबाट आउने दर्शनार्थी धेरै हुन्छन् । पारिवारिक सुःख र पशु चौपायालाई रोगव्याधीले नसताउने धार्मिक विश्वासका साथ भारतबाट यसरी आउने गर्छन् । विशेषगरी त्यहाँ लाग्ने मेलामा भौरी (ढुङ्गा) बोकेर को बलियो छ भन्दै मन्दिर परिक्रमा गर्ने चलन छ । द्वापर युुगमा ऋषिमुनिहरूले बिहार गरेको स्थलका रूपमा रिहार परिचित छ । बगारबाबासहित भैने पर्शु, मामीसौरी, बराह झाँक्री मन्दिर, गणेश मन्दिर, शिव मन्दिरजस्ता तीर्थाटन पर्यटकका लागि धार्मिक संरचना रहेका छन् । त्यहाँ अहिले १० लाखको लागतमा उद्यान (पार्क) पनि निर्माण भइरहेको छ । यसरी संरचना थपिँदै जाने तर पर्यटक नआउने गर्दा स्थानीय चिन्तित छन् । ‘दिनमा दुई–तीन जनामात्र आउँछन्’, स्थानीय सम्झना चौधरीले भनिनन्, ‘कहिल्यै त शून्य हुन्छ ।’ यो धामको इतिहास हजारौं वर्ष पुरानो मानिन्छ । द्वापर युुगमा ग्वालाहरूले गाई चराउने र गाईले बगारबाबालाई दूध चढाउने गरेको धार्मिक विश्वास छ । राजमार्गको दायाँ बायाँमा फैलिएको रिहार धाम एक सय हेक्टर क्षेत्रफलमा रहेको छ । रिहारमा तीर्थाटनका पर्यटकले बगारबाबाको पूजा गर्दछन् । बगारबाबा खुसी भएमा सन्तान र धन सम्पत्ति लाभ हुने विश्वास छ । रिहारलाई यदुवंशी अर्थात् यादवहरूले आफ्नो पुर्खाको उदगमस्थल मान्दै आएका छन् । जुन कारणले बगारबाबा क्षेत्र यदुवंशीहरूको सांस्कृतिक धरोहरका रूपमा लिने गरेका छन् । रिहारमा थारू जातिहरूको पनि संस्कृति जोडिएको छ । थारू जातिले रिहार क्षेत्रमा परापूर्वकालदेखि नै गाई चराउने, गोठ राख्ने र बगारबाबालाई पूजाआजा गर्दै आएका छन् । रिहार धाम यादव र थारू जाति दुवैको धरोहर हो । रिहारमा द्वापर युगमा दङ्गीशरण राजा र यदुवंशीको बीचमा घोडीको विषयमा विवाद भएको र विवाद मिलाउनलाई कृष्ण भगवान् रिहार आएको किंवदन्ती छ । त्यहाँ तप्तकुण्ड पनि छ, जहाँ सधैँ तातोपानी हुन्छ । मामा–भाञ्जी मन्दिर, घ्यू पोखिएको ठाउँ पनि त्यही छ । यति धेरै संरचना हुँदा पनि पर्यटकको आकर्षण नबढ्नु दुःखद रहेको स्थानीय चौधरीले बताइन् । रासस

मौजुदा संविधानः अरु उपर शासन गर्न मात्रै

मौजुदा संविधानः अरु उपर शासन गर्न मात्रै

७७० दिन अगाडि

|

३ असोज २०८१

नेपालमा राष्ट्रिय मुक्ति क्रान्ति आवश्यक छ । सीमान्तीकरण तथा वहिष्करणमा लामो समयदेखि पर्दै आएका नेपाली जनता औपनिवेशिकताबाट मुक्ति खोज्दैछन् । तर मुक्तिको परियोजना के हुनुपर्छ भन्ने स्पष्ट धारणा आउनुपर्छ । हिजो मुक्तिको परियोजना प्रजातन्त्र स्थापना र संघीय शासन व्यवस्था भनेर जनताको विचमा वहसमा लग्यौं । जनताले अभुतपूर्व रुपमा सफल बनाउन लागि परे । दोश्रो जनआन्दोलनमार्फत् यसखाले कार्यभार पुरा गरिएको भाष्य निर्माण गरी २०७२ साल असोज ३ गतेमा नेपालको संविधान लागू गरियो ।  पहिलो संविधान सभाको संवैधानिक समितिको वहुलराष्ट्रिय राज्य नेपाल घोषणा गर्ने निर्णय रद्दीको टोकरीमा फालिए । नेपाली राजनीतिमा देखा परेको संक्रमणकाल लम्बिएको कारण आधाभन्दा अधिक संख्याका नेपाली जनता यो संविधानमा सहमति जनाएनन् । अर्थात् संविधानले वैधता पाएन तर संविधान सभाबाट वैधानिकता प्राप्त गर्न पुग्यो । असोज तीन–कालो दिन मनाउनेहरु कालो नै देखिन्छन् भनेर एमालेका नेता एवम् वर्तमान महासचिव शंकर पोखरेल हाकाहाकी भने । यसरी नश्लीय चरित्र प्रदर्शन गर्ने छुट उहाँलाई शासक सम्भ्रान्त भएको कारण प्राप्त भयो । यसले न त संविधानको बचाउ गर्न सके, न नष्ट नै । दुई तिहाई प्राप्त केपी ओली नेतृत्वको सरकार पटक पटक अनाहकमा  प्रतिनिधिसभा विघटन गर्न थाले । उनकै नेतृत्वमा बनेको मौजुदा सरकार संविधान संशोधनको डंका पिट्न थालेको छ ।  अगाडि दुई पटक भएका संशोधन त औचित्यपूर्ण रहेको उनीहरुको तजविजले ठहर गरियो । यसरी तजविजले हुने संशोधन मात्र विधानका लागि सुहाउँछ । संविधान बनेको नभई विधान बनाए र यही विधानलाई सनद(इस्तिहार) जारी गर्दै संशोधन औचित्यपूर्ण छ भनि बुझाउने गरे ।  नेपालमा संविधान बनाउन कथित मौजुदा संविधान पुनर्लेखन हुनुपर्छ । वहुलराष्ट्रिय राज्य नेपाल स्थापनार्थ राष्ट्रिय मुक्ति क्रान्ति भनी संगठन र संघर्षको तयारी हुँदै गर्दा आज संविधान पुनर्लेखन अहम् सवाल बन्यो । त्यसलाई कार्यविधि के कस्तो अपनाएर पूरा गर्ने हो ? तय हुनैपर्छ । यहाँ अनिश्चिता र ब्रह्माण्डीय उद्देश्यविहीनताको समाधान दिन्छौं भनि थप पेंचिलो वहस उठान गर्दा कतै अल्मलिए जस्तो लाग्यो कारण नीति र नियत दुइटै स्पष्ट देखिएन । त्यस अनुरुपको वहस कमजोर हुनुहुँदैन भने चाहना यथार्थमा बदलिने योजना एकीकृत हुनुपर्छ ।  आम जनतासंग माफीको प्रश्न ः ऐतिहासिक कालदेखि वहिष्करण तथा सीमान्तिकरणमा परेका जनताको मनमा रहेको “यो देश हाम्रो तर राज्य हाम्रो होइन” भने भावना संविधान संशोधनले थप बढाउँछ । राज्य प्रयोग गरेर यहाँका सम्भ्रान्तहरु शासन गर्न पल्केकै छन् । उनीहरु देशको साधन श्रोत उपर पहुँच र नियन्त्रण राखी निरन्तर गरिबीको दर बढाउने नियतका साथ योजना बुन्दै आएको जगजाहेर नै छ । तसर्थ, अब उप्रान्त इतिहासको दुर्घटनाले बनेका यी शासकसंग शासन गर्ने साश्वत अधिकार छ भनि स्वीकार गर्न हामी हदैसम्म अनिच्छुक छौं भन्दै विकल्प सहितको विद्रोह पुरा गर्न राष्ट्रिय मुक्ति क्रान्ति उठान गर्दैछौं ।  राज्यप्रतिको अपनत्व बोध गराउन यहाँका राज्यधारीले शुरुवाती कदम आम जनतासंग माफी माग्ने हुनुपर्छ । आदिवासी जनतासंग भएको व्यवहार, जातीय संहार तथा औपनिवेशिकता जस्ता घृणायुक्त विगतका दर्द आम जनतासंग माफी नमागे भविष्यमा फेरि यसखाले राज्य उत्पीडन नदोहरिएला भनि संकल्प पनि भएको बुझिन्छ । यहि बुझाई आत्मसात गर्दै सन् २००८ मा अष्ट्रेलियामा सरकार प्रमुखले क्षमा याचना देशवासीको नाममा मागी आदिवासी जनता उपर उनीहरुको पूर्खाले चलाएको जातीय सफायालगायत उपनिवेश र त्यसको जगमा निर्मित स्टोलन जेनरेसनप्रति लज्जाबोध रहेको भावना सार्वजनिक गरे ।  हाम्रो देशमा समेत लामो समयदेखि कमलहरीको रुपमा थारु जनताका वालबच्चालाई घरेलु कामदार बनाएर श्रम श्रोषण गर्दै आएको अवस्था विद्यमान छ ।  राज्यसम्भ्रान्त नै सर्वोच्च अदालतको फैसला जो कमलहरी राख्न नपाइने भनि २०६३ सालमा नै सार्वजनिक गरिएको विषयसंग सम्बन्धित छ, त्यसलाई हाकाहाकी चुनौती दिई आएका छन् ।  इतिहासमा तामाङ चेलीहरुलाई पटाङ्गीनिमा सुसारे र धाईआमा बनाए । राज्यको नीति बनाएर राज्यशक्तिको श्रोत मानिएका कलम, करतुस (बन्दुक) तथा कर (अर्थ)मा प्रवेश निषेध गर्ने प्रचलनले यहाँका राज्य सम्भ्रान्तका लागि शतप्रतिशत आरक्षित रहे । यसलाई आत्मसात गर्न समेत आम माफीको विषय महत्वपूर्ण ठहर्छ । वहुलराष्ट्रिय राज्य नै किन ?  नेपालमा एकात्मकताबाट संघीयतामा लगेका र वर्तमान संविधानले सैद्धान्तिक रुपमा स्वीकार गरिसके पश्चात अब आर्थिक क्रान्तिको दिसामा देश प्रवेश गरेको भन्दैछन् । यथार्थ के हो भने वह«लराष्ट्रिय राज्य लोकतान्त्रिक पद्धतिलाई थप मजबूत बनाउने अवस्था बन्छ । यहाँ कञ्चन चन्द्रको मतलाई उद्यृत गर्न सकिन्छ–“व्यवहारिक प्रजातान्त्रिक सिद्धान्त र राजनीतिको सामान्य बुझाईअनुसार जातीय विभाजनले प्रजातान्त्रिक संस्थाहरुको अस्तित्वमा खतरा निम्त्याउँछ ।  जातीय विभाजनको राजनीतिकरणसंगै हुने लोकतन्त्रको अस्थिरिकरणसंग जोडिएको प्रधान प्रणालीहरु मध्येको एक “आउटविडिङ एफेक्ट” हो । जातीय आउटविडिङको सिद्धान्तअनुसार जातीय विभाजनको राजनीतिकरणले अवश्यम्भावी रुपमा जातीय पार्टीहरुको उदय गराउँछ । एउटै मात्र जातीय पार्टीको उदयले पनि एक्सट्रीम विड्सको चक्रमा पुरयाउँदै राजनीतिक प्रणालीमा संक्रमण गर्नेछ, जसले सम्पूर्ण रुपले प्रतिस्पर्धाको राजनीतिको अन्त्य गराउँनेछ ।  यस भनाईको विपरितमा म यो(विपरितान्र्तज्ञान) दावी गर्दछु कि यदि जातीय पार्टीहरुलाई संस्थागत रुपमा प्रोत्साहित गरेको खण्डमा जातीय पार्टीहरुले लोकतन्त्रलाई दिगो बनाउँछ, आउटविडिङलाई आउटविडिङ मोडेलहरुले मानी आएको एकल आयामिक जातीय पहिचानलाई वहुलआयामिकद्वारा प्रतिस्थापन गरी उलट्याउन सकिन्छ....। यो स्पष्ट छ कि लोकतान्त्रिक स्थायित्वलाई खतरा जातीय विभाजनले आन्तरिक स्वभावबाट आउँदैन बरु संस्थागत सन्दर्भ जसभित्र जातीय राजनीतिले स्थान लिन्छ त्यस एकल आयाम तर्फ सिमित गर्छ लोकतन्त्रलाई अस्थिर बनाउँछ जबकी संस्थाहरु जसले जातीय पहिचानको वहुलआयामहरुलाई बढ्वा दिन्छ लोकतन्त्रलाई दिगो बनाउँछ ।” जातीय पार्टीको अनेक अभ्यास नभएको होइन तर वहुलराष्ट्रिय राज्य मात्र पार्टी निर्माणमा सिमित छैन बरु यो मुक्ति सम्भव बनाउने एजेन्सी हो । नेपाल वहुलराष्ट्रिय राज्य प्राकृतिक रुपमा नै हो । प्रकृति र संस्कृतिको मिलन यहि वहुलराष्ट्रिय राज्यमा सम्भव छ । विशिष्ट पहिचान बोकेको प्राकृतिक मानव समुह संस्कृतिको मुल्य आत्मसात गरी यो तर्फ आकर्षित भए कारण सोल एफिनिटीका कारक जो स्वदेश ठहर भयो । सोल क्रयाफ्ट हुँदा यहाँका स्वदेशीय जनताहरु आत्मगौरव बोध गर्नु यो राज्यको भविष्यका लागि सुन्दर पक्ष नै हो ।   संसारमा आएको राजनीतिक पाराडाइमको परिवर्तनसंगै पहिचान एकल आयामिक हुने कि वहुआयामिक हुने विषयले प्राज्ञिक विमर्श माग गर्न पुग्यो । त्यसै अनुरुप राजनीतिको कन्सटीच्युएन्सी तयार भएर पहिचान आन्दोलन अग्रसर हुँदा स्थानिय राजनीति जातीय हुने विषयले महत्व प्राप्त गरे । अझ विश्व दुई ध्रुविय आर्थिक अवस्थाबाट वहुध्रुविय सभ्यताको केन्द्रहरु देखा पर्न थाले । तसर्थ, सभ्यताको द्वन्द्वले विस्थापन गर्न जमर्को गरेको विश्व राजनीतिमा अनिश्चयका संकेत प्रष्टै देख्न सकिने भए ।  अन्त्यमा, राष्ट्रिय मुक्ति क्रान्तिको सफलताकै जगमा नेपालको संविधान जारी हुन सक्ने विश्वास कायम राख्नका लागि हामी राष्ट्रिय मुक्ति क्रान्तिमा लामबन्द जनता अब हरसम्भव पुरै तागतका साथ मौजुदा विधान संशोधनको नभई संविधान पुनर्लेखन गर्न संघर्षलाई सशक्त बनाउने काम गरौं । यसले पहिलो चरणमा राज्यको तर्फबाट सरकारले आम माफीनामा सहितको लिखित सम्बोधन दिन अनिवार्य छ ।  यसको एउटा पक्ष के हो भने हामी वहिष्कृत तथा सीमान्तकृत जनताहरु जो वर्षौं देखि विभेद, शोषण एवम् दमन भोग्दै अन्ततः औपनिवेशिकताको शिकार भयौं आज तिनै औपनिवेशिकताबाट मुक्ति प्राप्त गर्न संरचनावादी, आधुनिक एवम् विकासवादी राज्यप्रणालीको विरुद्ध धावा बोल्न अभियान, संघर्ष तथा विद्रोहको कार्यदिशामा राष्ट्रिय मुक्ति क्रान्ति पहलकदमी लिन जरुरी छ ।  दुइटा नेपाल बनाउने राज्यसम्भ्रान्तहरु असोज तीन गते दीपावली मनाउने भए भने कथित संविधान जारी हुँदै कालो दिन मनाउन थालेका मधेशी, थारु, आदिवासी जनजातिलगायत आज स्वदेशी जनता थपिएर विशाल विरोध प्रदर्शन गर्दै दुनियाँलाई सन्देश दिन सकौं कि मौजुदा विधान अरु उपर शासन गर्नका लागि तयार गरे र सनदमार्फत् संशोधन गर्नुले वैधता प्राप्त गर्ने छैन । तसर्थ, निमुखा जनता पनि स्वदेशीय हुनुको अर्थ हामी पहिचान राजनीतिको वहुआयामिकता प्रयोगमा ल्याउन सक्नैपर्छ । इतिहासको दुर्घटनाले निर्मित हाम्रा शासकसंग शासन गर्ने साश्वत अधिकार छ भनी स्वीकार गर्न हदैसम्म अनिच्छुक रहेको दृढता देखाउनैपर्छ ।   

थारू समुदायले किन भन्छ कालो संविधान ?

थारू समुदायले किन भन्छ कालो संविधान ?

७७० दिन अगाडि

|

३ असोज २०८१

देशमा बहुदलीय ब्यवस्था आएको ३५ वर्ष, संघीय लोकतान्त्रिक गणतन्त्र घोषणा भएको १६ वर्ष र थारुहरुले थरुहट प्रदेश मागेको १८ वर्ष पुरा भएको छ । यो ३५ बर्षे अवधिमा कुन दलले कति वर्ष शासन ग¥यो ? कुन दलले कति वर्ष जनतालाई ठग्यो ? कुन दलले जनअपेक्षाको कति प्रतिशतसम्म सम्बोधन गरे ? याबत विषयमा लेखाजोखा गर्न आवश्यक छ ।  शासन सत्ताको हिसाब गर्दा सब भन्दा बढी नेपाली काँग्रेस, त्यसपछि करिब करिब बराबरको समयमा एमाले र माओवादी शासन सत्तामा बसेको देखिन्छ । २०४६÷०४७ र २०६२÷०६३ मा दुई दुई पटक जनताले आन्दोलन गरे, बलिदानी गरे, संविधान सभाको चुनाव भयो तर उत्पीडित जनता अहिले पनि जहाँको त्यहीं छन् । आन्दोलनमा आदिबासी जनजाति, दलित, मधेशी, थारु, मुस्लिम लगायतका सबै समुदायका मानिस सहभागी भए । तर उनीहरुको चाहनालाई समेटिएन । के दलमा भएका भातृ संगठन भनेका देउवा, ओली, दाहालहरुलाई सत्तामा पु¥याउने सिंढी मात्र हुन् ? सोच्नुपर्ने बेला भएको छ ।  जब चुनाव आउँछ, आदिवासी जनजाति, उनीहरुको सहयोग अपरिहार्य हुन्छ र चुनाव सकिएपछि उनीहरुकै विरुद्धमा ऐन पास हुन्छ । सचेत नागरिकहरु आवाज उठाउँछन्, अनि राजनीतिक कमैयाहरु पनि केही समय हाँ मा हाँ मिलाउँछन् र केही समयपछि सेलाउँछन् । होइन हो, तपाईंहरु दलभित्र आन्तरिक रुपमा लड्नु हुन्न, लड्नु प¥यो के ! भन्दा रिसाउँछन् । भन्छन्, आवाज उठाउँछौं, तर ऐन नियम बनाउने ठाउँमा हाम्रो मान्छे हुँदैनन्, कम पर्दछन्, निरन्तर भैरहेको त्यही हो । अरे बाबा, लगैबो बिख के रुखवा टो अमृत कैसिक पइबो ? एकछिन मात्रै माग मुद्दाप्रति गम्भीर भएर, एकछिन रिसाएर केही हुनेवाला छैन । निरन्तर आवाज उठाइरहनु पर्दछ । माग मुद्दा के हो ? त्यसमा भने स्पष्ट हुनुपर्दछ ।  थरुहट आन्दोलनको मूल माग के थियो ?  मलाई लाग्छ थरुहट आन्दोलनको मूल माग भनेको थारु बहुल जिल्लाहरुलाई समेटेर एक अलग प्रदेश, थरुहट प्रदेशको माग थियो । दोश्रो माग थियो, उनीहरुको भूमि, भाषा, संस्कृतिको संरक्षण र सम्बद्र्धन र तेश्रो राज्यको मूलधारमा पुग्न राज्यको हरेक सेवा सुविधामा क्षतिपूर्तिसहितको सहभागिताको माग । के यी मागहरु पुरा भएका छन् ? थारुहरुलाई थरुहट प्राप्त भैसकेको हो ? के उनीहरुको भूमिको संरक्षणको कुनै प्रयास भयो ? उनीहरुको भाषा संस्कृतिको संरक्षण र सम्बद्र्धनको कुनै प्रयास भएको छ ? के राष्ट्र शोषकहरुले थारुहरुलाई लोकसेवा, शिक्षक सेवा आयोगमार्फत् उनीहरुको जनसंख्याअनुसार सहभागी गराउने कुनै कदम चाले ?  विश्वको सर्बोत्कृष्ट संविधान घोषणा गर्नेहरु माथि चर्चा गरिएको यी प्रश्नहरुको जवाफ दिन सक्छन् ? ठग्नुको पनि सीमा हुन्छ । सेनाको घेरामा संविधान घोषणा भएको पनि ९ वर्ष पुरा भैसक्यो । गर्नेले ५ वर्षमा धेरै गरिसके । ठग्ने बानी परेकाहरुलाई ९ वर्ष होइन, हजार वर्ष दिनुस्, बदलाव आउँदैन, किन कि उनीहरुको भित्री ईच्छा जनकल्याण हुँदैन, राष्ट्र शोषण हुन्छ, जातिय र वर्गीय हित हुन्छ ।  कसैले भन्न सक्छ, संविधानमा धेरै कुरा उल्लेख छ । निश्चय पनि संविधानमा धेरै कुरा उल्लेख छ । तर मूल कुरा थरुहट प्रदेश थियो, त्यो राष्ट्र शोषकहरुले दिन मानेनन्, भबिष्यमा पनि दिन मान्दैनन्, किन की उनीहरु आफूलाई शासक मान्दछन्, मालिक मान्दछन्, थारुहरुलाई दास मान्दछन्, अर्को भाषामा प्रजा मान्दछन् । त्यसैले शासितलाई शासक वा मालिक तहमा उकास्न उनीहरु चाहँदैनन् । थारुहरु आदिबासी हुन्, भूमिबिना उनीहरु पानी बिनाको माछा झैं हुन्छन् भन्ने बुझाई छैन उनीहरुमा । थारुहरुको भूमिलाई कसरी लुट्ने ? उनीहरुको नीति अहिले पनि त्यही छ ।  भारतमा जस्तो नेपालमा आदिबासीहरुको भूमिलाई संरक्षण यिनीहरुले गर्न मान्दै मान्दैनन् । न त हामीले पठाएका हाम्रै अनुहारका राजनीतिक कमैयाहरु यो बिषय उठाउने हिम्मत गर्छन् । न त दलमा मै हुँ भन्ने आदिबासीहरु यो कुरा उठाउन सक्छन् । थारुहरुको, आदिबासी जनजातिहरुको भूमि किनबेच गर्ने, उनीहरुलाई भूमिबाटै बिस्थापित गर्ने कुरा मौलिक हकमै राखेपछि सक्किगो नि ।  अर्को कुरा संविधानको प्रस्तावना, निर्देशक सिद्धान्त, मौलिक हकमा धेरै कुरा उल्लेख भएपनि ऐन, नियम नबनाउने हो भने त्यो कार्यान्वयन हुन सक्तैन । मौलिक हकमा शिक्षाको हक, भाषा तथा संस्कृतिको हक, सामाजिक न्यायको हक जस्ता धेरै ठाउँमा कुरा राखिएको छ, तर ऐन बनाई कार्यान्वयन गर्ने काम भएको छैन । अझ पनि भाषालाई लादिएको छ । दशैं तिहारलाई बढी महत्व दिएकै छ । समानुपातिक समावेशी भनिएको छ, तर हामीहरु अझ पनि हामीलाई हाम्रो जनसंख्याको आधारमा शिक्षक, कर्मचारी, प्रहरी, सेनामा भाग देऊ भनी अनुनय बिनय गरिरहन परेको छ, रिट हाल्नु परिरहेको छ । उनीहरु लाज पचाएर थारु, दलितलाई पेलेर उनीहरुको भाग काटेर यो वा त्यो नाममा ब्राम्हण क्षेत्रीलाई बाँडिरहेका छन् । हामी निरीह भएर टुलुटुलु हेरेर बस्न परिरहेको छ ।  दोषी को ?  दोषी छुट्याउँदा हामी संविधान बनाउने को को हुन् ? भनी हेर्नैपर्ने हुन्छ । कुरा प्रष्ट छ, यो संविधान बनाउने भनेका नेपाली काँग्रेस, नेकपा एमाले, नेकपा माओवादी हुन् । यसमा अन्यको हात पनि केही होला । तर मुख्य दोषी यिनै हुन् । यसमा हुन सक्छ केही प्रतिशत नेकपा माओवादीको पनि दोष कम होस् । तर दोषी यिनै हुन् । संविधान जारी भैरहँदा, थरुहट प्रदेशको माग गर्दा प्रहरी सेना लगाएर थारुहरुमाथि दमन गरियो । संविधान जारी हुँदा तात्कालीन प्रधानमन्त्री सुशील कोइराला, गृहमन्त्री बामदेव गौतम थिए, इतिहास साक्षी छ । यसो लेख्दा राजनीतिक कमैयाहरुलाई दुःख लाग्न सक्छ, तर भन्नै पर्दछ, थारुहरुलाई यो हालतमा पुर्याउनुमा उनीहरुको पनि हात छ । म त भन्छु, अब रिसाउने होइन, बरु कमैया जुनीबाट मुक्त हुने हिम्मत राख्नुस् र जनताका हितविपरित ऐन, नियम पास हुँदा दरो गरी उभिनुस् ।   कालो संविधान निष्कर्षमा के भन्न सकिन्छ भने यो संविधान खासमा कालो संविधान हो । पुराना दलका पुराना नेता, सांसदहरुको संकीर्ण सोंचको उपज हो । मुटुमाथि ढुंगा राखी हाँस्न परे पनि उत्पीडित सबै जनतालाई यसले खुशी दिन सक्तैन । यो संविधानले घुमाईफिराई पञ्चायती शासन ब्यवस्थालाई नै संस्थागत गर्न खोजेको छ । केही कुरा संविधानमा लेखिएको छ, तर त्यसको आधारमा उदार दिलले ऐन नबनाउने हो भने यो कागजको खोस्टोमा मात्र सीमित हुनेछ ।  थाकसले आरक्षणको बिषयमा दायर गरेको मुद्दामा सर्बोच्चले क्षतिपूर्तिसहित यसलाई कार्यान्वयन गर्नु भन्दा त यो निरंकुश सरकारले टेरेको छैन । सर्बोच्चको विश्वास नगरौं, त्यो भन्दा ठूलो निकाय छैन । गरौं भने कसरी गरौं । सुदूरपश्चिम प्रदेशका सांसद, मन्त्रीहरु पनि थारु, आदिवासी जनजाति, दलितलाई उनीहरुको भाग दिन मानेका छैनन् । यसमा उनीहरुको पनि के दोष बिचरा, गल्ती त हाम्रै हो । चुनावको बेलामा हाप प्लेट मासु, एक पाउ दारु, सय रुपियाको रिजार्जमा उनीहरुलाई नै जिताई पठाउँछौं । मत किन्नेको दोष हुँदैन, दोष बेच्नेकै हुन्छ ।