Above News Title

काठमाडौंमा अस्टिम्की पर्व मनाइने

काठमाडौंमा अस्टिम्की पर्व मनाइने

काठमाडौं उपत्यकामा यस वर्ष पनि अस्टिम्की पर्व मनाइने भएको छ । अग्रासन महिला समुहको संयोजनमा विभिन्न थारु संघ संस्थाहरुको संयुक्त आयोजनामा नयाँ बानेश्वर, बुद्धनगरस्थित क्वालिटी ब्यांक्वेटको हलमा आगामी भदौ १० गते सोमबारका दिन अस्टिम्की मनाइने भएको हो । 

भकृटीमण्डपको प्रांगणमा शनिबार भदौ १ गते बसेको बैठकले अस्टिम्की कार्यक्रमका लागि अग्रासन महिला समुहकी अध्यक्ष चम्पा चौधरीको संयोजकत्वमा तयारी मुल आयोजक समिति तथा विभिन्न उपसमिति गठन गरेको  छ । 

कार्यक्रमको उपसंयोजकमा न्यौछार समूहकी रिता चौधरी तथा सदस्य सचिवमा अन्जु चौधरी रहेकी छिन् । त्यस्तै,  राष्ट्रिय थारु कलाकार मञ्चको संयोजनमा सांस्कृतिक समिति, चलीगोचाली टिभी कार्यक्रमकी सञ्चालिका सरला चौधरीको संयोजनमा प्रचारप्रसार समिति, अग्रासन महिला समुहको संयोजनमा पूजा तथा मञ्च व्यवस्थापन, स्वयमसेवक परिचालन, फोहर व्यवस्थापन समिति, किरण चौधरीको संयोजनमा आर्थिक व्यवस्थापन समिति लगायत समिति गठन गरिएको छ ।  

तयारी समितिको सल्लाहकारमा शिवबहादुर चौधरी, मिनराज चौधरी, शत्रुघन चौधरी, नन्दुराज चौधरी, डा कृष्णराज सर्वहारी, बलराम चौधरी, डा रामबहादुर चौधरी रहेका छन् । डा रामबहादुर चौधरीले अस्टिम्की विषयमा कार्यपत्र प्रस्तुत गर्नेछन् । 

मुल आयोजक समितिका अन्य पदाधिकारीमा गुरही तयारी समितिकै संस्थाका सदस्यहरु रहेका छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्ययन राज्यमन्त्री अरुण चौधरी कार्यक्रमका प्रमुख अतिथि रहेका छन् ।

चम्पन सांस्कृतिक समूहका अध्यक्ष नन्दुराज चौधरीको संयोजकत्वमा २०७२ सालदेखि काठमाडौमा अस्टिम्की मनाउन थालिएको हो । 

प्रकाशित:

७५५ दिन अगाडि

|

२ भदौ २०८१

रेशम चौधरीको उम्मेदवारी विरुद्ध उजुरी किन ?
रेशम चौधरीको उम्मेदवारी विरुद्ध उजुरी किन ?

१४३२ दिन अगाडि

|

२५ असोज २०७९

डा. केआई सिंहको बिर्तावाल ‘गुलयारी’ : थारू उपर कहिल्यै नमेटिने ती घाउहरू
डा. केआई सिंहको बिर्तावाल ‘गुलयारी’ : थारू उपर कहिल्यै नमेटिने ती घाउहरू

१४६७ दिन अगाडि

|

२१ भदौ २०७९

स्वतन्त्रहरु अनि नागरिक उन्मुक्ति पार्टीको उदयको दस्तक
स्वतन्त्रहरु अनि नागरिक उन्मुक्ति पार्टीको उदयको दस्तक

१४७६ दिन अगाडि

|

१२ भदौ २०७९

‘रेशम रक्तबीज हो, एक रेशमको उमेदवारी खारेजले हजार रेशम जन्मिन्छन्ः’ हिमाञ्चल भट्टराई
‘रेशम रक्तबीज हो, एक रेशमको उमेदवारी खारेजले हजार रेशम जन्मिन्छन्ः’ हिमाञ्चल भट्टराई

१४३१ दिन अगाडि

|

२६ असोज २०७९

टीकापुर घटनाको मुद्दा फिर्ता नलिइए नागरिक उन्मुक्तिका सांसदले शपथ नलिने 
टीकापुर घटनाको मुद्दा फिर्ता नलिइए नागरिक उन्मुक्तिका सांसदले शपथ नलिने 

१३८१ दिन अगाडि

|

१५ मंसिर २०७९

रातीसम्म नाचगान गरेको भन्दै टीकापुर प्रहरीबाट जानकीका ३ जनालाई पक्राउ
रातीसम्म नाचगान गरेको भन्दै टीकापुर प्रहरीबाट जानकीका ३ जनालाई पक्राउ

१४३७ दिन अगाडि

|

२० असोज २०७९

टीकापुर घटना राज्यसत्ताले चलाखीपूर्ण रूपमा घटाएको घटना होः मोहना अन्सारी
टीकापुर घटना राज्यसत्ताले चलाखीपूर्ण रूपमा घटाएको घटना होः मोहना अन्सारी

१३६९ दिन अगाडि

|

२७ मंसिर २०७९