Above News Title

‘थारू लखागिन’मा ‘पन्ना’ पुनः सर्वसम्मत अध्यक्ष  

‘थारू लखागिन’मा ‘पन्ना’ पुनः सर्वसम्मत अध्यक्ष  

लखागिन थारू उत्थान मञ्च, सुर्खेतको तेस्रो साधारण सभा साउन २६ गते शनिवार वीरेन्द्रनगरमा सम्पन्न भएको छ । 

संस्थाको तेस्रो साधारण सभाबाट ९ सदस्यीय कार्य समिति चयन भएको छ । जसको अध्यक्षमा मान बहादुर चौधरी पन्ना, उपाध्यक्षमा सुमित्रा चौधरी, सचिवमा अशोक चौधरी, कोषाध्यक्षमा अमर बहादुर चौधरी, सहसचिवमा नरेश चौधरी र सदस्यहरुमा सन्ध्या चौधरी, प्रतिमा चौधरी, रविना चौधरी, कलावती चौधरी सर्वसम्मत रुपमा चयन भएका छन् । 

साधारण सभामा संस्थाले गरेको विभिन्न कार्यक्रमको आर्थिक वर्ष २०८०÷०८१ अषाढ मसान्तसम्मको १ लाख ७१ हजार ९७७  रुपैया बराबरको आय व्यय प्रस्तुत गरेको छ । 

साधारण सभामा अध्यक्ष मानबहादुर चौधरीले आर्थिक प्रतिवेदन तथा आगामी वर्षमा गरिने वार्षिक कार्ययोजना पेस गरेका थिए भने प्रगति प्रतिवेदन सचिव जित बहादुर चौधरीले प्रस्तुत गरेका थिए । 

अध्यक्ष पन्नाले आगामी दिनमा संस्थालाई अझै सशक्त रुपमा बढाउन नयाँ रणनीतिका साथ अगाडि बढ्ने बताउँदै थारू भाषा, साहित्य, कला, संस्कृति, सभ्यता, मूल्य मान्यतालाई संरक्षण गर्न युवा पुस्ता, पुराना पुस्तालाई जोड्दै तत्कालीन, अल्पकालीन र दीर्घकालीन योजनासहित कार्यक्रम गर्ने र थारू समुदायमा सामाजिक, सांस्कृतिक रुपान्तरण गर्ने योजना बनाएर अगाडि बढ्ने बताए ।

कार्यक्रमका प्रमुख अतिथि थारू कल्याणकारिणी सभाका केन्द्रीय सदस्य कृष्ण बहादुर थारूले  सुर्खेत उपत्यकाका मुल आदिवासीको रुपमा चिनिने थारू जातिको लोकसंस्कृति लोप हुँदै गइरहेको अवस्थामा लखागिन थारू उत्थान मञ्चले सामाजिक, आर्थिक, सांस्कृतिक क्षेत्रमा मियोको रुपमा काम गरिरहेको बताउदै  थारू समुदायमा राजनीति रुपमा पनि अघि बढ्नु पर्नेमा जोड दिए । उनले कर्णाली प्रदेशबाट संस्कृति मन्त्रायलयबाट भाषा तथा साहित्य विधामा क्षेत्रीय प्रतिभा पुरस्कार (२०८०) बाट पुरस्कृत भएका सुर्खेतका स्रष्टा पन्नाले सुर्खेती थारूको गौरब बढाएकोमा बधाई दिदै आगामी दिनमा अझै सशक्त रुपमा कलम चलोस् भन्ने शुभकामना दिए ।  

कार्यक्रममा थारू कल्याणकारिणी सभाका पूर्व केन्द्रीय पार्षद टेक बहादुर चौधरीले थारू समुदायमा संस्कृतिको अथाह भण्डार भएकोले पहिचान बचाउनुपर्ने र सबै मिलेर अगाडि बढ्नुको विकल्प नरहेको जिकिर गरे । उनले सुर्खेतमा रहेका सबै थारू संस्थाहरु एक ठाउँमा उभिनुपर्नेमा जोड दिए ।
लखागिन थारू उत्थान मञ्च, सुर्खेतका सल्लाहकार जागुराम थारूले थारूहरु संस्कृतिका धनी हँुदाहुदै पनि अन्य पहाडी समाजको प्रभाव, विश्वव्यापीकरणका कारण आफ्नो संस्कृति खोज्नुपर्ने अवस्था आइरहेकोप्रति सङ्केत गर्दै यस संस्थाले थारू समुदायको संस्कृति बचाउने कार्य ऐतिहासिक  उपलब्धि भएको बताए  । 

कार्यक्रममा लखागिन थारू उत्थान मञ्चका सल्हाकार कालुराम दहितले थारू समुदायको अगुवाई गरी यस संस्थाले उदाहरणीय कार्य गएकोले आगामी दिनमा पनि निरन्तरता दिनुपर्नेमा जोड दिनुपर्नेमा जोड दिए । साथै, पुराना थारू लोकगीत, माँगर, सजना, मैना जस्ता भाकाका गीतहरुलाई जोगाउनुपर्ने आवश्यकता आंैल्याए ।

कार्यक्रममा थारू अगुवा समाजसेवी विष्णु चौधरी, मानविर थारू, शेरबहादुर थारू लगायतका वक्ताहरुले थारूहरु आफ्नो हकहितका लागि एकजुट हुँदै अघि बढ्नुपर्नेमा जोड दिएका थिए ।
 
 

प्रकाशित:

७६६ दिन अगाडि

|

२७ साउन २०८१

रेशम चौधरीको उम्मेदवारी विरुद्ध उजुरी किन ?
रेशम चौधरीको उम्मेदवारी विरुद्ध उजुरी किन ?

१४३६ दिन अगाडि

|

२५ असोज २०७९

डा. केआई सिंहको बिर्तावाल ‘गुलयारी’ : थारू उपर कहिल्यै नमेटिने ती घाउहरू
डा. केआई सिंहको बिर्तावाल ‘गुलयारी’ : थारू उपर कहिल्यै नमेटिने ती घाउहरू

१४७० दिन अगाडि

|

२१ भदौ २०७९

स्वतन्त्रहरु अनि नागरिक उन्मुक्ति पार्टीको उदयको दस्तक
स्वतन्त्रहरु अनि नागरिक उन्मुक्ति पार्टीको उदयको दस्तक

१४८० दिन अगाडि

|

१२ भदौ २०७९

‘रेशम रक्तबीज हो, एक रेशमको उमेदवारी खारेजले हजार रेशम जन्मिन्छन्ः’ हिमाञ्चल भट्टराई
‘रेशम रक्तबीज हो, एक रेशमको उमेदवारी खारेजले हजार रेशम जन्मिन्छन्ः’ हिमाञ्चल भट्टराई

१४३५ दिन अगाडि

|

२६ असोज २०७९

टीकापुर घटनाको मुद्दा फिर्ता नलिइए नागरिक उन्मुक्तिका सांसदले शपथ नलिने 
टीकापुर घटनाको मुद्दा फिर्ता नलिइए नागरिक उन्मुक्तिका सांसदले शपथ नलिने 

१३८४ दिन अगाडि

|

१५ मंसिर २०७९

रातीसम्म नाचगान गरेको भन्दै टीकापुर प्रहरीबाट जानकीका ३ जनालाई पक्राउ
रातीसम्म नाचगान गरेको भन्दै टीकापुर प्रहरीबाट जानकीका ३ जनालाई पक्राउ

१४४० दिन अगाडि

|

२० असोज २०७९

टीकापुर घटना राज्यसत्ताले चलाखीपूर्ण रूपमा घटाएको घटना होः मोहना अन्सारी
टीकापुर घटना राज्यसत्ताले चलाखीपूर्ण रूपमा घटाएको घटना होः मोहना अन्सारी

१३७३ दिन अगाडि

|

२७ मंसिर २०७९