हिमाेढ पहाडी
हिउँदकाे एउटा मधुराे साँझ
राेमन सभ्यतामा
विश्वकाे अनाैठाे आश्चार्य समेटेर
मुस्कुराइ रहेकाे पिसाकाे झुकेकाे टावर
अनि वियर बारमा हराइ रहेकाे म
पिसाकाे खाडी हेर्दै खाेजि रहन्छु
प्रिय कविहरुकाे प्रतिविम्ब
लाग्छ अझैसम्म काेरिरहेकाे छ
मेराे अद्भुत प्रेमकाे कविता
पिसाकाे खाडीकाे समुन्द्री गर्भमा ।
एक हुल स्काइलार्कहरु
आउँछन् प्रेम र सद्भावकाे निम्ताे लिएर
मेराे स्वागतमा नाइटिङ्गेलहरु
बाटाे भरि फूल बिच्छ्याउँछन्
र त एउटा यात्रा गर्नुछ
प्राेटेस्टेन्टकाे पुरानाे गिर्जाघरसम्म
शुक्रबारको त्याे साँझ
घण्टी बज्दछ प्रार्थनाकाे ।
चिहानबाट एक एक गर्दै
ब्युँझिन्छन् उनीहरु
प्रार्थना शुरु हुन्छ
तर त्यतिबेला
मेराे अन्तर हृदयमा
पशुपतिनाथकाे सन्ध्या आरतीकाे
मङ्गल धुन बजिरहन्छ
रिग्माेकाे गुम्बाबाट
निस्केकाे मधुर आवाजले
राेमाञ्चित बनाइ रहन्छ
मलाई हिन्दूत्वकाे आभाष गराइ रहन्छ ।
म अहिले
ती दुई चिहानकाे बिचमा छु
र उनीहरु अङ्कमाल गरिरहेछन् पालैपालाे
यतिबेला हाम्रा नयनहरु
द्रवीभूत बनेका छन्
हामीले भाषा र भूगाेलकाे पर्खाल
मिलेरै ताेडेका छाैँ
र, त उनीहरुकाे निमन्त्रणामा
कयौं माइल टाढा राेम शहरकाे
प्राचीन पिरामिड र औराेलियन पर्खाल नजिक
पुरानाे गिर्जाघरकाे आँगनमा
प्रिय सखाहरुसँग
निर्भय बनेर उभिएको छु ।
पि.बि.शेली अचेल
पानीमा कविता लेख्छन्
जाेन किट्स हावामा
प्रेमका गीत गुन्गुनाउँछन्
सगरमाथा र लुम्बिनीको वैभव सुनेर
एक तमासले मुस्कुराउँछन्
पिसाकाे झुक्ने टावर साक्षी राखेर
हामीले प्रतिज्ञा गरेका छाैँ
याे युग प्रेम र सद्भावनामा रुपान्तरण गर्न
विश्व बन्धुत्वकाे नयाँ इतिहास लेख्न ।
(युराेपस्तरीय कविता प्रतियोगिता-२०२६ मा प्रथम भएको कविता विश्व प्रसिद्ध अङ्ग्रेजी कविहरु पि.बि.शेली र जान किट्सकाे सम्झनामा समर्पित )
गढवा, दाङदेउखुरी
हालः पाेर्चुगल
(नोटः शीर्षक परिवर्तन गरिएको]
प्रकाशित:
१०३ दिन अगाडि
|
६ वैशाख २०८३
२ दिन अगाडि
|
१३ साउन २०८३
४ दिन अगाडि
|
११ साउन २०८३
६ दिन अगाडि
|
९ साउन २०८३
१० दिन अगाडि
|
५ साउन २०८३
१२ दिन अगाडि
|
३ साउन २०८३
१३ दिन अगाडि
|
२ साउन २०८३
१४ दिन अगाडि
|
१ साउन २०८३
१३८९ दिन अगाडि
|
२५ असोज २०७९
१४२३ दिन अगाडि
|
२१ भदौ २०७९
१४३३ दिन अगाडि
|
१२ भदौ २०७९
१३८८ दिन अगाडि
|
२६ असोज २०७९
१३३७ दिन अगाडि
|
१५ मंसिर २०७९
१३९३ दिन अगाडि
|
२० असोज २०७९
१३२६ दिन अगाडि
|
२७ मंसिर २०७९