Above News Title

भुइयाँ र विश्वास

भुइयाँ र विश्वास

तिम्रो शिश–महल भन्दा
मेरो झुपडी कैयौं स्वर्ग लाग्छ

किन कि,
तिम्रो विलासी कक्षमा सजाइएका
कृतिम सिताराहरूभन्दा
मेरो झुपडीको कोठा भित्रैबाट
ऊ छानोको भ्वाङ्ग चिहाएर देखिने
जून–तारा कैयौं सुन्दर छन्
जहाँबाट मैले सपना र जीवन तुन्छु
र मजाले त्यो स्वर्ग छुन सक्छु ।
म मेरो झुपडीप्रति विश्वस्त छु
र मेरो झपडीमा बस्ने
हरेक पशु–पन्छीहरू पनि विश्वस्त छन्
र इमानदार छन्
तर तिमी भने आफैसित पनि विश्वस्त छैनौ
तिमीले चार पर्खाल लगाएरपनि 
चारैतिर सुरक्षा खटाएपनि 
आफैभित्र पालेको त्रासले
आफूलाई सुरक्षित महसुस गर्न सक्दैनौ
किन कि तिम्रो घरभित्र बस्ने कुकुरहरू
तिमीप्रति इमान छैनन्
उनीहरू त भट्टी खाएर आउँछन्
र तिमीलाई प्रवेशद्वारमा सूचना टाँस गर्नु परेको छ 
कुकुरदेखि सावधान !
मलाई थाहा छ
तिमी तिम्रै भगवानप्रति पनि विश्वास गर्दैनौ
र मनभित्र सँधै भय र त्रास बोकेर
देवालयभित्र बन्दी बनाएर राखेका छौ
किन कि,
भगवान तिम्रो होइन ।
जसले आफ्नो
रगत, पसिनाको सहवासबाट
यो सुन्दर भगवान जन्मायो
तिमीले उनैलाई
देवालयभित्र प्रवेशमा रोक लगाएका छौ
र तिम्रो सनातनी मानसिकताले
भगवान भेट्न आउनेसँग फिरौटी उठाइ रहेछौ
तर तिमीलाई जस्तै
मलाई फिरौटी उठाउनु पर्दैन
तिमीले जस्तै मेरो प्रकृतिलाई
देवालभित्र बन्दी बनाई राख्नु पर्दैन 
बस् !
म मेरो प्रकृतिप्रति विश्वास गर्छु
सम्मान गर्छु र श्रद्धा गर्छु
किनकि,
मैले टेकेको ‘भुइयाँ’ले मलाई आश्रय दिएको छ ।
र हावा–पानीले मलाई जीवन दिएको छ ।

लमही नपा–३, उत्तर मजगाउँ, दाङदेउखुरी
५ जेठ, २०८३ 

प्रकाशित:

७३ दिन अगाडि

|

५ जेठ २०८३

रेशम चौधरीको उम्मेदवारी विरुद्ध उजुरी किन ?
रेशम चौधरीको उम्मेदवारी विरुद्ध उजुरी किन ?

१३८९ दिन अगाडि

|

२५ असोज २०७९

डा. केआई सिंहको बिर्तावाल ‘गुलयारी’ : थारू उपर कहिल्यै नमेटिने ती घाउहरू
डा. केआई सिंहको बिर्तावाल ‘गुलयारी’ : थारू उपर कहिल्यै नमेटिने ती घाउहरू

१४२३ दिन अगाडि

|

२१ भदौ २०७९

स्वतन्त्रहरु अनि नागरिक उन्मुक्ति पार्टीको उदयको दस्तक
स्वतन्त्रहरु अनि नागरिक उन्मुक्ति पार्टीको उदयको दस्तक

१४३३ दिन अगाडि

|

१२ भदौ २०७९

‘रेशम रक्तबीज हो, एक रेशमको उमेदवारी खारेजले हजार रेशम जन्मिन्छन्ः’ हिमाञ्चल भट्टराई
‘रेशम रक्तबीज हो, एक रेशमको उमेदवारी खारेजले हजार रेशम जन्मिन्छन्ः’ हिमाञ्चल भट्टराई

१३८८ दिन अगाडि

|

२६ असोज २०७९

टीकापुर घटनाको मुद्दा फिर्ता नलिइए नागरिक उन्मुक्तिका सांसदले शपथ नलिने 
टीकापुर घटनाको मुद्दा फिर्ता नलिइए नागरिक उन्मुक्तिका सांसदले शपथ नलिने 

१३३७ दिन अगाडि

|

१५ मंसिर २०७९

रातीसम्म नाचगान गरेको भन्दै टीकापुर प्रहरीबाट जानकीका ३ जनालाई पक्राउ
रातीसम्म नाचगान गरेको भन्दै टीकापुर प्रहरीबाट जानकीका ३ जनालाई पक्राउ

१३९३ दिन अगाडि

|

२० असोज २०७९

टीकापुर घटना राज्यसत्ताले चलाखीपूर्ण रूपमा घटाएको घटना होः मोहना अन्सारी
टीकापुर घटना राज्यसत्ताले चलाखीपूर्ण रूपमा घटाएको घटना होः मोहना अन्सारी

१३२६ दिन अगाडि

|

२७ मंसिर २०७९