भुवन भाइ
जसले नदीसँगै जीवन सिक्यो
जसले वनसँगै सपना रोप्यो
जसले माटोसँगै पसिना साट्यो
ऊ सधैं उहीँ रह्यो
धर्तीको काखमा गहिरो गरी
गाडिएको जराजस्तै
हावासँग झुक्ने तर नटुट्ने बाँसझैँ ।
थारुले पायो,
आफ्नै खेतमा अरूको नियम
आफ्नै बारीमा अरुको कानुन
आफ्नै माटोमा पराइको नाम
आफ्नै गीतमा मौनताको आदेश ।
उसले पायो
बाढीले बगाएको झुपडी
विकासले छोएको नपुग्ने गाउँ
र, अधिकारको नाममा
टाढा टाढासम्म पुग्ने आश्वासन मात्र ।
तर पनि
थारु रोएन
ऊ गुनासोको नदी बनेर बगेन
ऊ अझै पनि मुस्कुरायो
धानको बालाजस्तै
झुकेको तर हरियो ।
किनकि
उसलाई थाहा छ
माटो बेचेर होइन
माटो सम्हालेर मात्र
आफ्नो अस्तित्व जोगिन्छ
आफ्नो पहिचान जोगिन्छ।
त्यसैले,
प्रश्न अझै बाँकी छ
थारुले के पायो ?
कि उसले अझै पनि
आफ्नो अधिकारको
सामाजिक न्यायको
पहिलो अक्षर
लेख्न बाँकी नै छ…!
प्रकाशित:
७ दिन अगाडि
|
८ जेठ २०८३
२ दिन अगाडि
|
१४ जेठ २०८३
३ दिन अगाडि
|
१३ जेठ २०८३
४ दिन अगाडि
|
१२ जेठ २०८३
५ दिन अगाडि
|
११ जेठ २०८३
६ दिन अगाडि
|
१० जेठ २०८३
६ दिन अगाडि
|
९ जेठ २०८३
७ दिन अगाडि
|
८ जेठ २०८३
१३२६ दिन अगाडि
|
२५ असोज २०७९
१३६१ दिन अगाडि
|
२१ भदौ २०७९
१३७१ दिन अगाडि
|
१२ भदौ २०७९
१३२६ दिन अगाडि
|
२६ असोज २०७९
१२७५ दिन अगाडि
|
१५ मंसिर २०७९
१३३१ दिन अगाडि
|
२० असोज २०७९
१२६४ दिन अगाडि
|
२७ मंसिर २०७९