अञ्जान धर्कट्वा "रमेश"
बबईका छालहरूमा अभावको गीत गाउँदै
आफ्नै थाप्लोभरि खुल्ला आकाशको भारी बोकेर
भत्किनै लागेका झुप्राका ओतहरू सँगै
बसेका छन् ती- अनिश्चित भोलिको बाटो कुरेर।
सरकारको कठोर आधुनिक डोजरको गर्जनमा
आफ्नै रगतजस्तो तातो पसिना उमाल्छन्,
र, भोकले रूँदै गरेका नानीहरूको आँसुमा
थोरै नुन मिसाएर विवशता निल्छन्, घुटुक्क।
उसले कहिल्यै सोचेन
कि धर्तीको एउटा सानो कुनाको सपना बोकेर
आफैँ बेघर हुनुपर्नेछ आफ्नै आँगनमा
सरकारका डोजरहरू सडकमा दौडिरहँदा
आफ्नै कर्मको निष्ठुर उठीबासलाई धाप मार्दै।
आज किन हो, उसलाई त
ओत लाग्ने पालको खम्बा पनि कालजस्तै कठोर लागिरहेछ
उसको थकित शरीरलाई छोई भाग्ने हावा पनि
पुर्खाको इतिहास बगाइदिने बाढीजस्तै चिसो लागिरहेछ।
आफूले कहिल्यै टेक्न नपाउने पक्की सहरलाई
कल्पनामा निफन्दै निदाउन खोज्छ
आफ्नै फाटेको भोटो जस्तै पातलो भाग्यले आफूलाई छोपेर
मानौँ त्यो च्यातिएको कपडाले उसको सबै नग्नता छोपिदिनेछ।
उसका तमाम खुसी र मुस्कान बोकेको भोलिलाई सम्झन्छ
आफैँसँग टोलाउँछ र,
कोल्टे फेरेर एउटा लामो सुस्केरालाई अँगालो हाल्दै
कुन बेला घर भत्किने हो भन्ने त्रासमा सुत्छ।
भोलि बाँच्ने आशामा ऊ यसरी नै प्रत्येक रात मरिरहेछ
पुस्तौँ बितिसक्दा पनि,
तर आएन उसको नाममा कहिल्यै लालपुर्जा ।।
बारबर्दिया नगरपालिका १०, मेरैया, बर्दिया

कवि अञ्जान धर्कट्वा "रमेश"
प्रकाशित:
८५ दिन अगाडि
|
२५ वैशाख २०८३
३ दिन अगाडि
|
१३ साउन २०८३
५ दिन अगाडि
|
११ साउन २०८३
७ दिन अगाडि
|
९ साउन २०८३
११ दिन अगाडि
|
५ साउन २०८३
१३ दिन अगाडि
|
३ साउन २०८३
१४ दिन अगाडि
|
२ साउन २०८३
१५ दिन अगाडि
|
१ साउन २०८३
१३९० दिन अगाडि
|
२५ असोज २०७९
१४२४ दिन अगाडि
|
२१ भदौ २०७९
१४३४ दिन अगाडि
|
१२ भदौ २०७९
१३८९ दिन अगाडि
|
२६ असोज २०७९
१३३८ दिन अगाडि
|
१५ मंसिर २०७९
१३९४ दिन अगाडि
|
२० असोज २०७९
१३२७ दिन अगाडि
|
२७ मंसिर २०७९