Above News Title

विद्यालय स्तरबाटै थारु संस्कृति जगेर्नाको प्रयास

विद्यालय स्तरबाटै थारु संस्कृति जगेर्नाको प्रयास

दिवाकर पोखरेल

दाङको लमही नगर पालिका १ नर्तीको सुर्य विनायक माविमा अध्यनरत छात्रा अरुणीमा चौधरी र उहाँका साथीहरु लठ्ठी नाचमा नाच्दै छन् । शिक्षक छत्र चौधरी र विनोद कुमार चौधरीले मादलको ताल दिइरहँदा हातमा लठ्ठी लिएका छात्राहरुले एक आपसमा लठ्ठी ठोक्काउँदै नाच्दैछन् । 

मञ्चमा नाच भइरहेको छ । अन्य छात्र छात्राहरु डिग्री, खरिया, वरिया लगायतको थारु परिकार बनाउँदै अतिथिहरुलाई खुवाइरहेका छन् । थारु पोषाकमा सजिएका शिक्षक शिक्षीका र छात्र छात्राहरु हेर्दा झट्ट हेर्दा चिन्न अप्ठेरो छ । नजिकै स्टलको व्यवस्था गरि थारु संस्कृति झल्काउने पूराना सरसामान राखिएको छ । 

यो दृश्य  माघ २५ गते  दाङको लमही नगरपालिका ६ मा अवस्थित आदर्श नमुना मावि देउपुरको हो । स्थानीय संस्कृतिलाई संरक्षण गर्ने उदेश्यका साथ विद्यालय स्तरबाटै यसको अभ्यास थालिएको छ । लमही नगरपालिकाको आर्थिक सहयोग र आदर्शन नमूना माविको आयोजनामा थारु संस्कृति र परिकारको प्रदशैन गरिएको हो । प्रथम थारु कल्चरल एण्ड फेस्टीभल कार्यक्रम २०८१ नाम दिएको उक्त कार्यक्रममा आफ्नो संस्कृति सहितको नृत्य प्रदर्शन गर्न र पोशाकर परिकार प्रदर्शन गर्न पनि छात्रछात्राहरु एक आपसमै प्रतिस्पर्धा गरेजस्तै देखिन्थे ।

थारु संस्कृतिका जानकार तथा अनसन्धानकर्ता उदयराज आलले यस्ता कार्यक्रमले विद्यार्थीले विद्यालय स्तरमै स्थानीय सस्कृतिबारे जानकारी लिने भएकाले स.स्कृति संरक्षणमा महत्वपूर्ण हुने विश्वास व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो,‘संस्कृति संरक्षणको विभिन्न उपाय मध्येको एउटा महत्वपूर्ण कार्यक्रम पुस्तान्तरण पनि हो, जानेकाले दोस्रो पुस्तामा हस्तान्तरण गर्ने कार्यक्रमलाई प्रयोगात्मक रुपमा प्रदर्शन गर्दा निकै प्रभावकारी हुन्छ ।’

आदर्श नमुना माध्यमिक विद्यालयका शिक्षक गृहराज चौधरीले पाठ्यपुस्तकमा लेखिएको कुरा भन्दा विद्यार्थीले प्रत्यक्ष सहभागि हुँदा शिक्षण सिकाई झनै प्रभावकारी हुने बताउनुभयो । उहाँले भन्नुभयो, ‘शिक्षीकाहरुसँग विद्यार्थीलेसँगै परिकार पकाएका छन् सँगसँगै नाचेका छन् थारु संस्कृति झल्कने समाग्री आफैले प्रदर्शन गरेका छन् यस्ले संस्कृति संरक्षणमा ठूलो टेवा दिएको छ ।’

स्थानीय सरकारले पनि स्थानीय संरक्षण गर्ने काममा लगानी गर्न थालेको छ । लमही नगरपालिका प्रमुख जोगराज चौधरीले विद्यार्थीलाई सधै एउटै पुस्तकबाट एकै खालको कुरा भन्द्या प्रयोगात्मक हिसावले फरक विषयवस्तु शिक्षण गर्दा प्रभावकारी हुने भएकाले स्थानीय सरकारले यस्तो कार्यक्रममा लगानी गरेको बताउनुभयो । उहाँले भन्नुभयो,‘ल हेर्नुस यो कार्यक्रमले अन्य समुदायको लागि पनि सिक्ने अवसर त भयो नी, अनी हाम्रो नयाँ पुस्तालाई आफ्नो संस्कृति यस्तो रहेछ भनेर केहि जानकारी देखेरै थाहा भयो ।’ 

लमही नगरपालिकाले कार्यक्रमको लागि एकलाख रुपियाँ आर्थिक सहयोग गरेको रकम अपुग भए विद्यालयले लगानी गर्ने आदर्श नमूना मावि देउपुरका शिक्षक तिलक गिरीले जानकारी दिनुभयो । गोरखापत्रबाट

प्रकाशित:

५८३ दिन अगाडि

|

२७ माघ २०८१

रेशम चौधरीको उम्मेदवारी विरुद्ध उजुरी किन ?
रेशम चौधरीको उम्मेदवारी विरुद्ध उजुरी किन ?

१४३६ दिन अगाडि

|

२५ असोज २०७९

डा. केआई सिंहको बिर्तावाल ‘गुलयारी’ : थारू उपर कहिल्यै नमेटिने ती घाउहरू
डा. केआई सिंहको बिर्तावाल ‘गुलयारी’ : थारू उपर कहिल्यै नमेटिने ती घाउहरू

१४७० दिन अगाडि

|

२१ भदौ २०७९

स्वतन्त्रहरु अनि नागरिक उन्मुक्ति पार्टीको उदयको दस्तक
स्वतन्त्रहरु अनि नागरिक उन्मुक्ति पार्टीको उदयको दस्तक

१४८० दिन अगाडि

|

१२ भदौ २०७९

‘रेशम रक्तबीज हो, एक रेशमको उमेदवारी खारेजले हजार रेशम जन्मिन्छन्ः’ हिमाञ्चल भट्टराई
‘रेशम रक्तबीज हो, एक रेशमको उमेदवारी खारेजले हजार रेशम जन्मिन्छन्ः’ हिमाञ्चल भट्टराई

१४३५ दिन अगाडि

|

२६ असोज २०७९

टीकापुर घटनाको मुद्दा फिर्ता नलिइए नागरिक उन्मुक्तिका सांसदले शपथ नलिने 
टीकापुर घटनाको मुद्दा फिर्ता नलिइए नागरिक उन्मुक्तिका सांसदले शपथ नलिने 

१३८४ दिन अगाडि

|

१५ मंसिर २०७९

रातीसम्म नाचगान गरेको भन्दै टीकापुर प्रहरीबाट जानकीका ३ जनालाई पक्राउ
रातीसम्म नाचगान गरेको भन्दै टीकापुर प्रहरीबाट जानकीका ३ जनालाई पक्राउ

१४४० दिन अगाडि

|

२० असोज २०७९

टीकापुर घटना राज्यसत्ताले चलाखीपूर्ण रूपमा घटाएको घटना होः मोहना अन्सारी
टीकापुर घटना राज्यसत्ताले चलाखीपूर्ण रूपमा घटाएको घटना होः मोहना अन्सारी

१३७३ दिन अगाडि

|

२७ मंसिर २०७९