Above Header
Above News Title

किन गरिदैछ सवाल कसको हो टीकापुर ?

किन गरिदैछ सवाल कसको हो टीकापुर ?

टीकापुर साहित्य महोत्सवमा हरि शर्माको विद्वत प्रवचन कसको हो टीकापुर ? भन्ने प्रश्नको सेरोफेरोसंगै घुमे ।

हो, मेरो मानसपटलमा पनि यो प्रश्न त छ नि ? उत्तर कुन कोणबाट खोज्ने ? पहिचान  के आधारमा दिने ? यावत प्रश्नहरु एक हिसावले स्पष्टताको लागि उठाइएको पक्कै होइन । यहाँ को पहिला आए अथवा को पछि आइपुगे ? भन्ने वहस त साँचिक्कै नहुनुपर्ने हो । लोकतन्त्रको सिद्धान्त अझ लोकतन्त्रका हिमायति थारुलाई नपढाए हुने हो ।

पश्चिमा ज्ञान मिमांशाले परिभाषित गर्ने लोकतन्त्रबारे सिलसिलेवार मिलाएर थारुले भन्न नसक्लान तर लोकतन्त्रको मुल्य र मान्यता अनुसार सहनशिलता सशक्त औजार रहेको बताउन कुनै आइतवार पर्खिनु पर्दैन थारुलाई । यी सबका बाबजुद जब कसको हो टीकापुर ? भन्ने सवाल तेर्साउने काम गरिन्छ अनि टीकापुर थारु विद्रोहको वैधता प्रति प्रश्न उठाएको मलाई भान हुन्छ । जे होस् यसमा म सोह्रै आना गलत हुन पाउँ ।

रैथाने थारुको लागि टीकापुर धर्तिमाता हो तर त्यहीं बाहिरियाको लागि टीकापुर वस्तु भएको छ । रैथाने थारु टीकापुरलाई पूजा गर्दा हुन तर बाहिरिया प्लटींग गरेर बेच्दा हुन । कर्णाली किनारका जमीन उपर गिद्धेदृष्टि लगाउनेको कमी छैन । रातारात धनि बन्ने चिन्तन बोकेका मानिसहरु टीकपुर चिन्न सके, जसरी मौजुदा राज्यसत्ताले चिनाउन चाहेका थिए । मालपोत र नापी कार्यालयको मिलोमतोमा नगर विकास समितिका पदाधिकारीको फेहरिस्त लामै होला तर यसलाई पनि ढाकछोप गर्न सेटिंगमा काम हुन थाले ।

त्यसैले, टीकापुरलाई मृत बनाउन लोकतन्त्रको खोल ओढेरै काम कारवाही अगाडि बढाएका हुन । अझ लामो समयसम्म राज्यधारी सम्भ्रान्त समुहकै नेतृत्वमा टीकापुर हेर्दा हेर्दै उजाड बने कारण २०६९ सालपछि मात्र थारुले पूज्ने धर्ति माता टीकापुर वेसहारा बनेको उनीहरुलाई विश्वास भयो । न्याय, स्वाभिमान, पहिचान लुटिएको महसुस भयो । अनि अस्तित्वको लागि लड्नुपर्छ भन्ने बोध भयो ।

यी सब हरि शर्माले भर्खर टीकापुर साहित्य महोत्सवमा मात्र महसुस गर्न पाउनु भएको हो जस्तो लाग्यो र विशिष्टताको जगलाई नजरअन्दाज गर्दै आफ्नै प्रश्नको उत्तर दिन अलमलिनु भयो । पश्चिमा ज्ञानको उपभोक्ता बने पश्चात लिनियर वे मा तर्क गरिन्छ तर जिरो सम गेम परिणाम हात लाग्ने विषय बिर्सिन भने हुँदैन ।

प्रकाशित:

१८६ दिन अगाडि

|

२६ फागुन २०८१

रेशम चौधरीको उम्मेदवारी विरुद्ध उजुरी किन ?
रेशम चौधरीको उम्मेदवारी विरुद्ध उजुरी किन ?

१०६७ दिन अगाडि

|

२५ असोज २०७९

डा. केआई सिंहको बिर्तावाल ‘गुलयारी’ : थारू उपर कहिल्यै नमेटिने ती घाउहरू
डा. केआई सिंहको बिर्तावाल ‘गुलयारी’ : थारू उपर कहिल्यै नमेटिने ती घाउहरू

११०२ दिन अगाडि

|

२१ भदौ २०७९

स्वतन्त्रहरु अनि नागरिक उन्मुक्ति पार्टीको उदयको दस्तक
स्वतन्त्रहरु अनि नागरिक उन्मुक्ति पार्टीको उदयको दस्तक

११११ दिन अगाडि

|

१२ भदौ २०७९

‘रेशम रक्तबीज हो, एक रेशमको उमेदवारी खारेजले हजार रेशम जन्मिन्छन्ः’ हिमाञ्चल भट्टराई
‘रेशम रक्तबीज हो, एक रेशमको उमेदवारी खारेजले हजार रेशम जन्मिन्छन्ः’ हिमाञ्चल भट्टराई

१०६६ दिन अगाडि

|

२६ असोज २०७९

टीकापुर घटनाको मुद्दा फिर्ता नलिइए नागरिक उन्मुक्तिका सांसदले शपथ नलिने 
टीकापुर घटनाको मुद्दा फिर्ता नलिइए नागरिक उन्मुक्तिका सांसदले शपथ नलिने 

१०१६ दिन अगाडि

|

१५ मंसिर २०७९

रातीसम्म नाचगान गरेको भन्दै टीकापुर प्रहरीबाट जानकीका ३ जनालाई पक्राउ
रातीसम्म नाचगान गरेको भन्दै टीकापुर प्रहरीबाट जानकीका ३ जनालाई पक्राउ

१०७२ दिन अगाडि

|

२० असोज २०७९

टीकापुर घटना राज्यसत्ताले चलाखीपूर्ण रूपमा घटाएको घटना होः मोहना अन्सारी
टीकापुर घटना राज्यसत्ताले चलाखीपूर्ण रूपमा घटाएको घटना होः मोहना अन्सारी

१००४ दिन अगाडि

|

२७ मंसिर २०७९