Above News Title

राजापुरमा ९औं थारु साहित्य राष्ट्रिय सम्मेलन हुँदै, तयारी पुरा

राजापुरमा ९औं थारु साहित्य राष्ट्रिय सम्मेलन हुँदै, तयारी पुरा

थारु लेखक संघ नेपाल तथा जंग्रार साहियिक बखेरीको संयुक्त आयोजना एवम् राजापुर नगरपालिका तथा युनिक नेपालको सहकार्यमा बर्दियास्थित राजापुर–२, जोेतपुर गाउँमा यही फागुन १५ देखि १७ गते ९औं थारु साहित्य राष्ट्रिय सम्मेलन हुने भएको छ ।

कार्यक्रममा आठवटा छलफल सत्र राखिएको तथा उद्घाटन सत्रलाई बोझिलो नबनाउन यसपाली कसैलाई प्रमुख अतिथि नतोकिएको थारु लेखक संघ नेपालका अध्यक्ष डा कृष्णराज सर्वहारीले बताए । 

कार्यक्रमको प्यानल छलफलमा राजापुर नगरपालिकाको शिक्षा यात्रा शीर्षकमा राजापुर नगरपालिकाका नगर प्रमुख दिपेश थारु राजेश, पूर्व जिशिअ जीत बहादुर शाह, पूर्व प्रअ किरण आचार्यसंग युवक माविका प्रअ नरेश कुमार थारुले बहस चलाउने छन् ।

त्यस्तै, पूर्व मन्त्री डा गोपाल दहित, लुम्विनी प्रदेश सांसद धर्म बहादुर थारु, पूर्व मेयर दुर्गा बहादुर थारु कबिरसंग अधिवक्ता सन्तराम धारकटुवा थारुले विकास र बाधा शीर्षकमा छलफल गर्नेछन् । 

उता, संस्कृतिकर्मीत्रय एकराज चौधरी, मिनराज चौधरी, भगवती प्रसाद चौधरीसंग रेडियो गुर्वावाकी स्टेशन म्यानेजर पुष्पा चौधरीले बर्किमार (थारु महाभारत)का पात्रबारे सेसन चलाउँदै छिन् ।

जनयुद्धमा सबैभन्दा बढी बेपत्ता पारिनेमा बर्दियाको थारु समुदाय रहेको छ । यसै प्रसंगमा, संक्रमणकालीन न्याय र द्वन्द्वपीडितको सवाल शीर्षकमा थारु आयोगका अध्यक्ष विष्णुप्रसाद चौधरी, नगर प्रमुख दिपेश थारु राजेश, तथा द्वन्द्वपीडित समाजका अध्यक्ष भागीराम थारुसंग अध्येता शेखर दहितले बहस गर्नेछन् ।

यसैगरी, थारु लोक साहित्यको संरक्षणमा युनिक नेपालको भूमिका शीर्षकमा डा. गोपाल दहित, प्रिम बहादुर थारुसंग डा. कृष्णराज सर्वहारीले बहस गर्नेछन् भने  साहित्यको लागि एक कप चिया अभियानबारे सोम डेमनडौरा, मोहन चौधरी, शेखर दहितसंग सानु चौधरीले छलफल गर्नेछिन् ।
त्यस्तै, ठुम्रार बसघरा बाटचिट शीर्षकमा बुद्धसेन चौधरी, उन्नती चौधरी, शत्रुघन चौधरीसंग बालिका चौधरीले छलफल चलाउने छिन् ।

कार्यक्रमको आकर्षण निर्देशक प्रदिप भट्टराई तथा कलाकार, निर्माता रविन्द्रसिंह बानिया रहेका छन् ।  जोसंग निर्देशक सुरजदेवले सिनेमा के बन्यो, के बनेन शीर्षकमा बहस चलाउने छन् । बालाबजारमा गजल साँझ पनि गरिने बताइएको छ । 

सुशील चौधरी तथा सुनिता चौधरीलाई थारू साहित्य पुरस्कार

कार्यक्रममा थारु लेखक संघ नेपालबाट स्थापित यस वर्षको थारु साहित्य पुरस्कार बर्दिया, मयूरबस्तीका स्रस्टा सुशील चौधरीलाई तथा महिला ‘प्रतिभा’ सशक्तिकरण पुरस्कार बेलौरी–७, कञ्चनपुरकी अभियन्ता सुनिता चौधरीलाई प्रदान गरिने भएको छ । थारु साहित्य पुरस्कारको राशी ५० हजार तथा महिला ‘प्रतिभा’ सशक्तिकरण पुरस्कारको राशी २५ हजार रहेको छ । महिला ‘प्रतिभा’ सशक्तिकरण पुरस्कारको संस्थापक चन्द्रसिंह चौधरी हुन् भने थारु साहित्य पुरस्कारका लागि थारु लेखक संघले अक्षयकोष खडा गरेको छ । 

गत वर्षको थारु साहित्यिक पुरस्कारबाट सम्मानित सुनसरीका स्रस्टा रामसागर चौधरीले आफूले पाएको ३० हजार पुरस्कारमा २० हजार रुपैया थप गरी ५० हजार रकम थारु लेखक संघलाई अक्षयकोषको लागि उपलब्ध गराएका थिए । 

सम्मेलनमा आख्यानकार गणेश वर्तमानको थारु भाषाको कथासंग्रह लौटल मनियालगायत विभिन्न पुस्तक विमोचन हुने आयोजकले जानकारी दिएको छ । 
सम्मेलनको समुद्घाटन युनिक नेपालको प्राङ्गण बर्दियास्थित राजापुर–२, जोेतपुरमा हुनेछ । सम्मेलनको सम्पूर्ण तयारी पुरा भइसकेको, अतिथिहरुलाई खानपानमा जोतपुरको बरघर समितिले तथा अन्य क्रियाकलापमा युनिक नेपालका स्वयम्सेवीहरुले सघाउने जानकारी जंग्रार साहियिक बखेरीका अध्यक्ष सोम डेमनडौराले दिए । 

२०७३ सालमा दाङबाट सुरु भएको थारु साहित्य राष्ट्रिय सम्मेलन गत वर्षको आठौं संस्करण सुनसरीको गढीमा आयोजना गरिएको थियो । 

प्रकाशित:

५६७ दिन अगाडि

|

१३ फागुन २०८१

रेशम चौधरीको उम्मेदवारी विरुद्ध उजुरी किन ?
रेशम चौधरीको उम्मेदवारी विरुद्ध उजुरी किन ?

१४३६ दिन अगाडि

|

२५ असोज २०७९

डा. केआई सिंहको बिर्तावाल ‘गुलयारी’ : थारू उपर कहिल्यै नमेटिने ती घाउहरू
डा. केआई सिंहको बिर्तावाल ‘गुलयारी’ : थारू उपर कहिल्यै नमेटिने ती घाउहरू

१४७० दिन अगाडि

|

२१ भदौ २०७९

स्वतन्त्रहरु अनि नागरिक उन्मुक्ति पार्टीको उदयको दस्तक
स्वतन्त्रहरु अनि नागरिक उन्मुक्ति पार्टीको उदयको दस्तक

१४८० दिन अगाडि

|

१२ भदौ २०७९

‘रेशम रक्तबीज हो, एक रेशमको उमेदवारी खारेजले हजार रेशम जन्मिन्छन्ः’ हिमाञ्चल भट्टराई
‘रेशम रक्तबीज हो, एक रेशमको उमेदवारी खारेजले हजार रेशम जन्मिन्छन्ः’ हिमाञ्चल भट्टराई

१४३५ दिन अगाडि

|

२६ असोज २०७९

टीकापुर घटनाको मुद्दा फिर्ता नलिइए नागरिक उन्मुक्तिका सांसदले शपथ नलिने 
टीकापुर घटनाको मुद्दा फिर्ता नलिइए नागरिक उन्मुक्तिका सांसदले शपथ नलिने 

१३८४ दिन अगाडि

|

१५ मंसिर २०७९

रातीसम्म नाचगान गरेको भन्दै टीकापुर प्रहरीबाट जानकीका ३ जनालाई पक्राउ
रातीसम्म नाचगान गरेको भन्दै टीकापुर प्रहरीबाट जानकीका ३ जनालाई पक्राउ

१४४० दिन अगाडि

|

२० असोज २०७९

टीकापुर घटना राज्यसत्ताले चलाखीपूर्ण रूपमा घटाएको घटना होः मोहना अन्सारी
टीकापुर घटना राज्यसत्ताले चलाखीपूर्ण रूपमा घटाएको घटना होः मोहना अन्सारी

१३७३ दिन अगाडि

|

२७ मंसिर २०७९