आपन‌ पहिचान बचाई

आपन‌ पहिचान बचाई

४५६ दिन अगाडि

|

२ असार २०८२

बिरो

बिरो

४५७ दिन अगाडि

|

२ असार २०८२

मुना चौधरी  कनहिक बताह कनहिक सन्काह कनहिक मनमौजी  कनहि बदमास बहैछै कतौ सोझहेसोझ घुमैछै कतौ एकेठाम घुइमतेके घुइमते करैछै । उराइछै बौल उराइछै माइट उराइछै लार, पुवार या पातपितङ्गर गरदा, खसौत, भुसाके साथ ल्याके बहैछै दुर तक उरैछै गाममे खेतपथाइर या चौरीचाचरमे । बहैछै सनसन गाछबिरिछ के मचारैछै  कमजोर घरके खस्या दैछै  कन्हिक छै पागल कन्हिक छै मनमौजी कन्हिक छै पिताह । यी चियै हवा सिधा बहैछै तेकरा कहैछै हवा जोरसे बहैछै तेकरा कहैछै झाट बरी जोरसे बहैछै तेकरा कहैछै बिहाइर एके ठाममे जोरसे घुइम घुइमके बहैछै तेकरा कहैछै बिरो । यी चारूभर घुमैछै  आपने सङे माइट, पाइन, खसौत, भुसाके नचाइछै आपनो नाचैछै दोसरोके नचाइछै  कनहिक दिवाना कनहिक मस्ताना कनहिक छै पागल  कनहिक छै एकोहोरो बेसी छै क्रोधित । [नेपाली अनुवाद] बिरो अलिकति पागल अलिकति सन्की अलिकति मनमर्जी अलिकति बदमास चल्छ कतै सिधा कतै एकोहोरो  घुमेको घुमै गर्छ । उडाउँछ बालुवा उडाउँछ माटो उडाउँछ लार, पराल, पातपतिङ्गर धुँलो, मैलो, घाँस, भुसलाई साथमा लिएर चलिरहन्छ दुरसम्म उड्छ गाउँमा खेत र चौरमा । बहन्छ सनसन ढाल्छ रूखहरू खसाल्छ कमजोर घरहरू अलिकति पागल अलिकति मनमर्जी धेरै रिसाहा । यो हो हावा सिधा चल्नेलाई भनिन्छ हावा अलि बेसी चल्नेलाई भनिन्छ हुरी बेस्सरी चल्नेलाई भनिन्छ बतास एकै ठाउँमा बेस्सरी घुम्दै चल्नेलाईभनिन्छ हुरी बतास (बिरो) । चारैतिर घुम्दै चल्छ आफूसँगै माटो, पानी, धुलो, मैलोलाई समेत नचाउँछ अलिकति दिवाना अलिकति मस्ताना बढी पागल  एकोहोरो र धेरै क्रोधले भरिपूर्ण छ । अनुवाद कवियत्री स्वयम् हालः पोर्चुगल

अइ थारु 

अइ थारु 

४५८ दिन अगाडि

|

३२ जेठ २०८२

अइ थारु ! का टुँ पान्डन हुइटो जठर चोख्खुर कुह्रारिले चिर्लसे ना चिर्जिठो, जठर चोखुुर गर्सले ठक्किलसे ना ठप्काजिठो । टुहिन, राज्य नस्से चिरठ नस्लके लुहाकिक कुह्रारिले टुहिन, राज्य नस्से ठप्काइठ शोषण, अन्याय व अत्याचारके गर्सले । टुँ, दाङसे ढल्क बुह्रान पुग्ठो दाङसे ढल्क मल्ह्वारा टक टभुन, एक्चो ऐया वइया नि कठो ना एक्चो रिसिठो मन टुहाँ कठ्याक रुइठुइ पल्कम एक बुन्डा आँस नि डेखिठो अइ थारु, का टुँ पान्डन हुइटो ? टुँ हर पुजैयम छेग्रि, भेँरि बन्ठो जसिक कि अठ्ठाइस सल्लोक पुजैयम बुटन बावन्न बैसठ्ठीम डसैह्या मुर्घि, टुहाँ रक्टक खोल्ह्वा बहठ कहो थारु टुँ का पैठो ? टभुन चुमाइल पलि रठो अइ थारु, का टुँ पान्डन हुइटो ? यिहाँ, जान्क किउ नि डेठा यिहाँ, माङ्क किउ नि डेठा कलसे अछ्न पर्ठा आपन ह बचाइक ला फे । अइ थारु, टुँ ट भ्याँवसे मिट लगाइ सेक्ना दङ्गिशरनके सन्तान उहमार अछ्नो आपन अधिकार यिहाँ माङ्क किउ पानी नि डिह कलसे अधिकार डेना बाट नि आइल सत्ता डेना बाट नि आइल, सक्कु बाट पटा रटि रटि अधिकारक पानी नि पाक पिअस्ल रटि रटि कसिक टुँ चुमैल रह सेक्ठो अइ थारु, का टुँ पान्डन हुइटो ? २०८२ जेठ ३१ गते ठुम्रार साहित्यिक बखेरी, कीर्तिपुरिक् १०५औं भाग मे वाचिट कविता   

थारु लेखक संघके पचवाँ बार्षिक साधारण सभा सम्पन्न

थारु लेखक संघके पचवाँ बार्षिक साधारण सभा सम्पन्न

४९१ दिन अगाडि

|

३० वैशाख २०८२

थारु लेखक संघ, नेपालके पचवाँ बार्षिक साधारण सभा सोम्मारके रोज धनगढीमे एक कार्यक्रम बिच वैशाख २९ गते सोम्मरके निम्लज बावै । थारु लेखक नेपालके अध्यक्ष जीत बहादुर चौधरी ‘ट्रासन’के घरगोसियाइमे हुइल कार्यक्रमके बर्का पहुना वरिष्ठ साहित्यकार यज्ञराज यात्री रहल रहिट । कार्यक्रमहे सम्बोधन कैटी बर्का पहुना यात्री आपन भाषा, कला रीति संस्कृति चालचलन, रहन सहन बचैना आवश्यक रहल बटाइल रहिट । उहाँ कहलै, ‘आपन पन सबकुछ होवई, आपन‐आपन हो । ओहेमारे हम्रे आपन भाषा, कला रीति संस्कृति चालचलन, रहन सहन सक्कु चीज बचैना आवश्यक रहल बावै ।’ ओकर लाग उहाँ थारु लेखक संघ, थारु साहित्यकार, पत्रकार कलाकारहुक्रनके मुख्य जिम्मेवारी रहल फेन बटाइल रहिट । उहे बिच उहाँहे साहित्यिक क्षेत्रमे योगदान पुगाइल कहटी सम्मान करल रहे । उहाँहे थारु लेखक संघके पूर्व अध्यक्ष सीताराम चौधरी दोसल्ला प्रमाणपत्रसे सम्मान करल रहिट । कार्यक्रममे बोलुइया सक्कुजाने फेन थारु भाषा, कला, साहित्यहे बचैना जरुरी रहल बटाइल रहिट । उहाँहुक्रे थारुहुक्रनके पहिचान, इतिहास बचाइक लाग सक्कु जाने लागे पर्ना औंल्याइल रहिट । कार्यक्रमके खास पहुना तथा थारु लेखक संघके संस्थापक सदस्य माधव चौधरी, दिलबहादुर चौधरी, थारु लेखक संघके कानुनी सल्लाहकार जोहारी लाल चौधरी, प्रतिभा महिला पुरस्कारके संस्थापक चन्द्रसिंह चौधरी, कर्मशिल बचत तथा ऋण सहकारी संस्थाके अध्यक्ष रामप्रसाद चौधरी, थारु गाउँ भादा होमस्टेके अध्यक्ष लक्ष्मीनारायण चौधरी, फोनिज सुदूरपश्चिम प्रदेश इन्चार्ज लखन चौधरी, फोनिज सुदूरपश्चिमके महासचिव भानुप्रताप राना, थारु लेखक संघके पूर्व उपाध्यक्ष सानु चौधरी, गायिक मनमति बखरिया, थारु चलचित्रके निर्देशक चन्द्र चौधरी चाँद लगायत शुभकामना मनतब्य राखल रहिट । उहे बिच थारु लेखक संघ नेपालके सचिव अनिल कुश्मी आव २०८१/०८२ के बार्षिक प्रगति प्रतिवेदन प्रस्तुत करल रहिट । उहाँ बार्षिक क्रियाकलाप अन्र्तगत कैलारी गाउँपालिकाके स्थानीय विषयक पुस्तक ‘हमार कैलारी’ कक्षा २ के लेखन, प्रकाशन ओ वितरण करल, धनगढीके गुरही चौकमे असराजैना गुहरी टिहवार कार्यक्रमके समन्वय सहकार्य ओ आयोजना, २०८१ साल फागुन १५ से १७ गतेसम बर्दियाके राजपुर‐२ जोतपुरमे ९औं थारु साहित्य राष्टिय सम्मेलन आयोजनाके साथे उहे कार्यक्रममे बर्दियाके सुशील चौधरीहे नगद ५० हजार शाशीके थारु साहित्य सम्मानसे पुरस्कृत ओ बेलारी नगरपालिका ७ कञ्चनपुरके सुनिता चौधरी सानुहे नगद २५ हजार राशीके प्रतिभा सशक्तिकरण पुरस्कारसे सम्मान करल जनाइल रहिट । ओस्टके उहाँ आगामी कार्य योजना अन्र्तगत थारु लेखक संघके केन्द्रीय कार्यालय धनगढीमे स्थापना कैना, मासिक साहित्यिक कार्यक्रम कैना, आजीवन सदस्य संख्या वृद्धि कैना, अइना १०औं थारु साहित्य राष्टिय सम्मेल २०८२ माघ १५ से १७ गते पर्सा जिल्लाके सुगौली पटेर्वा गाउँपालिकाके बेलवा गाउँमे कैना, विद्यार्थी साहित्य महोत्सव आयोजना कैना, थारु मौलिक बाजागाजा बजैना तालिम ओ सामाजिक कार्य ओर रक्तदान कैना कार्ययोजना रहल सुनाइल रहिट । ओस्टके थारु लेखक संघसे अब्बेसम पाँच जनहनहे थारु साहित्य सम्मानसे पुरस्कृत करल बटैलै । उहाँ कैलालीके लक्ष्मी राना, बर्दियाके शेखर दहित ओ सुशील चौधरी, दाङ देउखरके दोषहरण चौधरी ओ सुनसरीके रामसागर चौधरीहे उ पुरस्कारसे पुरस्कृत करल हो । ओस्टके प्रतिभा महिला सशक्तिकरण पुरस्कारसे दाङदेउरखके मन्जिता चौधरी, बाराके शान्ति चौधरी ओ कञ्चनपुरके सुनिता चौधरी सानु सहित ३ जनहनहे पुरस्कृत करल जनाइल बावै । ओस्टके कार्यक्रममे कोषाध्यक्ष दुर्जन कुमार चौधरी आव २०८१/०८२ के आयव्यय विवरण प्रस्तुत करल रहिट । उहाँ आठ लाख ८७ हजार १०८ रुप्या बराबरके आयव्यय प्रस्तुत करल रहिट । कार्यक्रममे थारु लेखक संघके जिल्ला कार्यसमिति सदस्य राजुराज चौधरी स्वागत करले रहिट कलेसे सञ्चालन सहसचिव दिनेश संगम करले रहिट । कैलारी अनलाइनसे

बरल टीकापुर

बरल टीकापुर

४९६ दिन अगाडि

|

२४ वैशाख २०८२

‘बखारि’ भरि भरि अधिकार अरुलाई नै देऊ सरकार हामीलाई त ‘डेल्वा’, ‘ढकिया’ भरि दिए पुग्छ । तर तिमीले त ‘गडौरि’ भरि एक ‘चिक्टि’ पनि अधिकार दिन आनकानी गर्छौ । त्यसैले त हामीलाई भन्न कर लाग्छ जिम्दारहरुले जसरी सताए थारुहरुलाई ए सरकार, तिमी पनि उही जिम्दारकै ‘जोंइकाहा’ जस्तो पो देखिन्छौ । ..... हिजोका हाम्रा कमैयाहरुले अधिकार माग्ने ? सिंगै थरुहट प्रदेश माग्ने ? यस्तै हुंकार गर्दै २०७२ भदौ ८ मा जलाइए टीकापुरमा थारुका घर, पसल छानी छानी ठाने होलान् उनीहरु जलायौ दुश्मनका घर लौ हेरौ, कसरी पो उठ्छन् थारुहरु ? तर, तिमीले जलाएको घरको ‘भौगर’ बाँकी छ, अझैसम्म । याद राख, तिमीले जलाएको घरको ‘भौगर’ ‘जिउगर’ हुँदैछ ‘चिटगिन’ बनेर त्यो ‘चिटगिन’को लपेटामा पर्न सक्छ, तिम्रो घर पनि किनकि, राखेनौं तिमीले हेक्का सिसाको घरमा बस्नेले छिमेकीको घरको सिसामा ढुंगा हान्नु हुँदैन । लडाइमा ‘डब्निभिराउ’को ‘सुरसुरिया’ तिमीले नै फुक्यो तर अचम्म, लडाईको मैदानमा तिमीले पहिले नै टेकिसक्यो ‘ठेहुनि’ ‘चिटगिन’को लपेटामा पर्नु अगावै तिमीलाई भयो भयंकर डर त्यसैले त छाडीसक्यो घर तिम्रो घर बनिसक्यो खण्डहर । हामीलाई अर्को ‘बुह्रान’ जान गरेको तिम्रो चक्रब्यूहमा अहिले तिमी आफै फसेका छौ । हामी त चाहन्छौ अझै पनि भाइ भाइ मिलेर बसौ तर, शायद तिमी अन्तै बसेर थारु उपर बज्रप्रहार गर्न चाल्दैछौ शकुनी पासा बुझिसके सबैले तिम्रो भाषा खबरदार, ‘केंचुर’ फेर्नेलाई चिनिसक्यो टीकापुरले अब टीकापुर पटक पटक जल्नेछैन बरु, अब टीकापुर ‘चहकार’ बल्नेछ जाज्वल्यमान भएर आफ्नो गुमेको अधिकार लिएरै छाड्नेछ बरल टीकापुर आब, बरल टीकापुर । बरल टीकापुर ।। कीर्तिपुर, काठमाडौं थारू लेखक संघ नेपालद्वारा ‘बरल टीकापुर’ साहित्य अभियान २०७९ अन्तर्गत रचिएको कविता ।

लुम्बिनी प्रदेशस्तरीय भाषिक तथा सांस्कृतिक संगोष्ठी सम्पन्न

लुम्बिनी प्रदेशस्तरीय भाषिक तथा सांस्कृतिक संगोष्ठी सम्पन्न

५०१ दिन अगाडि

|

२० वैशाख २०८२

सन्तोष खनाल घोराही । नक्कल गर्ने प्रबृत्तिले नेपालमा भाषा संस्कृतिको महत्व घट्दै गएको र लोप हुने अवस्थामा पुगेको भन्दै साहित्यकारहरुले चिन्ता व्यक्त गरेका छन् । भाषा संस्कृतिको संरक्षण र विकासमा सरकारी तथा गैरसरकारी क्षेत्रबाट पहल हुनुपर्नेमा उनीहरुले जोड दिए । परिषद्को २५ औं वार्षिक साधारणसभा तथा १५ औं अधिवेशनको अवसरमा पुरस्कार वितरण तथा लुम्बिनी प्रदेश स्तरीय भाषिक तथा सांस्कृतिक संगोष्ठी कार्यक्रममा भाषा र संस्कृतिको संरक्षणमा सरोकारवालाको भूमिकाका बारेमा चर्चा गरिएको थियो । राप्ती साहित्य परिषद्का केन्द्रीय अध्यक्ष टीकाराम उदासीको अध्यक्षता एवं नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव डा. धनप्रसाद सुवेदीको प्रमुख आतिथ्यता र राप्ती साहित्य परिषद्का संस्थापक अध्यक्ष नारायणप्रसाद शर्माको विशिष्ट आतिथ्यतामा भएको कार्यक्रममा प्रमुख अतिथि सुवेदीले नेपालको भाषा संस्कृति आयातित संस्कृतिको मारमा परेको उल्लेख गर्दै लोप हुने अवस्था सिर्जना भएको बताउनुभयो । ‘मोबाइलमार्फत् बाहिरबाट आएका कुराले मौलिक संस्कृति लोप हुँदै जान थाले,  विकृति भित्रिदैछ’– उहाँले भन्नुभयो– ‘मातृभाषा मात्रै होइन नेपाली भाषाकै भविष्य के भन्ने बेला आयो ।’ भाषा संस्कृति संरक्षणमा विशेष ध्यान दिने बेला आएको बताउँदै उहाँले भाषा संस्कृति कला साहित्यको संरक्षण र विकास गर्न सबै मिलेर काम गर्नुपर्नेमा जोड दिनुभयो । तीनै तहका सरकारलाई अधिकार बाँडफाँडमा भाषा संस्कृतिको संरक्षणमा अहं भूमिका दिएको र त्यसमा पनि स्थानीय सरकारलाई थप अधिकार रहेकोले सरकारले पनि यसमा ध्यान दिनुपर्ने उहाँको भनाइ थियो । उहाँले यस क्षेत्रमा राज्यले लगानी थप गर्नुपर्नेमा जोड दिनुभयो । कार्यक्रमका विशिष्ट अतिथि एवं राप्ती साहित्य परिषद्का संस्थापक अध्यक्ष नारायणप्रसाद शर्माले लामो लडाईंले प्राप्त गरेको शान्ति परिवर्तनको रक्षाका लागि साहित्यकारले कलम चलाउनुपर्नेमा जोड दिनुभयो । ‘राजनीतिक परिवर्तन छिटो भए पनि सांस्कृतिक, सामाजिक, आर्थिक परिवर्तन विस्तारै हुन्छ, यसमा साहित्यकारको तथा कलमजीवीको भूमिका रहन्छ’– शर्माले भन्नुभयो– ‘साहित्यकारको लेखनशैली शुभकामना शैली मात्रै भयो । पहिले परिवर्तनका लागि लडेका साहित्यकारको जस्तो जोश अहिले देखिएन नत्र धेरै परिवर्तन भइसक्थ्यो ।’ उहाँले मानवमा मानवता जगाउन र शान्ति समृद्धिका लागि पनि साहित्यकारको भूमिका महत्वपूर्ण हुने बताउदँै सबैले ध्यान दिनुपर्नेमा जोड दिनुभयो । सुशासन र भ्रष्टाचारले नेपाल विश्वमै बदनाम हुने अवस्थामा पुगेको भन्दै साहित्यकारले सुधार ल्याउने गरी कलम चलाउनुपर्नेमा उहाँको जोड थियो । सो अवसरमा नेपाल प्रज्ञा प्रतिष्ठान र राप्ती साहित्य परिषदको संयुक्त आयोजनामा भएको लुम्बिनी प्रदेशस्तरीय भाषिक तथा सांस्कृतिक संगोष्ठीमा लुम्बिनी प्रदेशको भाषिक अवस्थाको बारेमा डा. कृष्णराज सर्वाहारी र लुम्बिनी प्रदेशको सांस्कृतिक अवस्थाको बारेमा प्राडा. गितु गिरीले कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । कार्यपत्रमाथि डा. प्रेम योगी र प्राडा शिवकुमार सुवेदीले टिप्पणी गर्नुभएको थियो । कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्वपरिषद् सदस्य प्राडा गोविन्द पौडेल, नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव सविन प्रियासन, साहित्यकारहरु भुपेन्द्र मल्ल, कर्णबहादुर बुढा, प्राडा बाबुराम आचार्य, डा. कपिलमणि लामिछाने, परिषद्का सल्लाहकार उत्तमकृष्ण मजगैयाँ, जिल्ला शाखाको तर्फबाट रुकुम पश्चिमका अध्यक्ष मनलाल वली, सर्वोदय पुस्तकालय तथा वाचनालयका अध्यक्ष सुशील गौतम, दाङ साहित्य तथा सांस्कृतिक मञ्चका अध्यक्ष डिल्लीराज श्रीधर, परिषद्का सल्लाहकार एवं पुरस्कार छनोट समितिका संयोजक पुरुषोत्तम खनाललगायतले परिवर्तनमा साहित्यकारको भूमिका महत्वपूर्ण रहेकोमा जोड दिनुभएको थियो । सोही अवसरमा प्राडा गोविन्द पौडेलले आफ्नो बुवा आमाको सम्झनामा ईश्वरी बिना राष्ट्रिय वाङ्मय पुरस्कारको लागि पाँच लाख रुपैयाँ राशीको अक्षयकोष स्थापना गर्न चेक हस्तान्तरण गर्नुभएको थियो । शनिबारसम्म चल्ने कार्यक्रममा अक्षयकोष स्थापना कर्ता थप बढ्ने आयोजकले जनाएको छ । राप्ती साहित्य परिषद्का बरिष्ठ उपाध्यक्ष कमलमणि देवकोटाको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रमको सहजीकरण महासचिव रमेश सुवेदीले गर्नुभएको थियो । शनिबार परिषद्को साधारण सभा तथा अधिवेशन हुँदैछ । २४ बढी स्रष्टा पुरस्कृत राप्ती साहित्य परिषद्ले २०८१ सालको राप्ती साहित्य पुरस्कार दाङका प्राध्यापक डा. बाबुराम आचार्यलाई प्रदान गरेको छ । २०८० सालमा प्रकाशित १८ थुङगा नामक जीवनी विधाको कृतिका लागि दाङका पद्मप्रसाद शर्मालाई राप्ती साहित्य सिर्जना पुरस्कार प्रदान गरिएको हो । यस्तै नन्दहरि साहित्य पुरस्कार दाङका सुरेशकुमार पाण्डेयलाई, डोमादेवी साहित्य पुरस्कार दाङका शशिधर भण्डारीलाई, दीलसरी दल अतिरिक्त साहित्य पुरस्कार रोल्पाका मोहित श्रेष्ठलाई पुरस्कृत गरिएको छ । यसैगरी देवीचन्द्र साहित्य पुरस्कार बाँकेका डा. हरिप्रसाद तिमिल्सिनालाई, अपामुकुन्द प्रज्ञा पुरस्कार प्युठानका नारायण गौतमलाई, गोपाल चन्द्र प्रज्ञा पुरस्कार दाङका हरिप्रसाद पाण्डेयलाई, हरिप्रसाद मीना पाण्डेय कला साहित्य पुरस्कार दाङका केबी चौधरीलाई, खोबिलाल हुकुमादेवी छन्द पुरस्कार दाङका गिरिराज खनाललाई प्रदान गरिएको छ । यसैगरी दाङका अभि क्षेत्री समर्पणलाई पद्मप्रसाद रुपसा प्रज्ञा पुरस्कार, बुटबलका प्रा. डा. कपिल लामिछानेलाई तिलका तुलसीराम आचार्य स्मृति पुरस्कार, दाङका कपिलकिशोर घिमिरेलाई चक्रपाणि लोकेश्वरी छन्द पुरस्कार, प्युठानका सुमन सुवेदीलाई नित्यानन्द प्रज्ञा पुरस्कार, दाङ देउखुरीका यादवनाथ योगीलाई चन्द्रमधु गीत संगीत पुरस्कार, रुकुम पश्चिमका भुपेन्द्रा मल्ललाई ओपेन्द्र रत्नशोभा साहित्य पुरस्कार र रोल्पाका अमर अधिकारीलाई प्रेमनारायण सावित्रा हेमकुमारी प्रज्ञा पुरस्कार प्रदान गरिएको छ । त्यस्तै रुकुमपूर्वका कर्णबहादुर बुढा मगरलाई श्रीबहादुर दीलमाया साहित्य पुरस्कार, बाँकेका महानन्द ढकाललाई टेकबहादुर सुवर्ण राजभण्डारी साहित्य पुरस्कार, सल्यानका हिरालाल केसीलाई जीवनचक्र साहित्य पुरस्कार दिइएको छ भने पं. कपिलमुनि भक्तकुमारी शिवादेवी स्मृति स्रष्टा सम्मान सल्यानकी बिनु बुढाथोकीलाई दिइएको छ । यस्तै पश्चिम रुकुमका खेमराज खड्कालाई ऋषि लक्ष्मी साहित्य पुरस्कार, दाङकी दीपा बुढालाई गोमादेवी स्मृति कला पुरस्कार र विष्णुनुमा साहित्य पुरस्कार दाङका मनिषा गिरी ‘ऋतु’लाई दिइएको छ । यसैगरी दाङ साहित्य तथा संस्कृति प्रतिष्ठान तुलसीपुर, कवि धर्मराज बैरागी देउखुरी, साहित्यकार मधुसूदन गौतम दाङ र नारी श्रष्टा बसन्ता शाह हापुरलाई सम्मान गरिएको छ । नयाँ युगबोधबाट