Above News Title

पाटनमा थारू कला प्रदर्शनी चल्दै

पाटनमा थारू कला प्रदर्शनी चल्दै

पूर्वदेखि पश्चिमसम्मको थारू समुदायको इतिहास, जीवनपद्धति झल्किने कला प्रदर्शनी पाटनमा चैत ३ देखि शुरू भएको छ।

पाटन संग्राहलयमा शुरू भएको प्रदर्शनीमा थारू समुदायको इतिहास, दिनचर्या, मौलिकता, अन्तरपुस्ताको ज्ञान र सीप झल्काउने कलाकृति राखिएको छ। ‘डउले डउले’ अर्थात ‘नमस्ते, तपाईँलाई कस्तो छ ?’ शीर्षकमा प्रदर्शनीको नामकरण गरिएको छ। यो चितवनमा बोलिने थारू समुदायको भाषा होे।

थाारू समुदायमा अभिवादन गर्ने फरक फरक तरिका छन्। पूर्वी नेपालका थारू समुदायको भाषामा ‘गोर लागै चियै’ तथा पश्चिमी क्षेत्रमा ‘राम राम, जय गुरुबाबा’ भनेर पनि अभिवादन गरिन्छ।

प्रदर्शनी उद्घाटन समारोहमा बोल्दै डा। सुरेश ढकालले थारू समुदायको इतिहास लेखनका हिसाबले यो प्रदर्शनी महत्त्वपूर्ण रहेको बताए। “मेचीदेखि महाकालीसम्म थारू समुदायमा विविधता छ,” ढकालले भने। भाषा, संस्कृति, खानपान ठाउँ अनुसार फरक फरक भएकाले थारू समुदायलाई जोड्न साझा कुरा खोज्नुपर्नेमा जोड दिए।

थारू समुदायको संस्कृतिलाई उजागर गर्न प्रदर्शनी महत्त्वपूर्ण रहेको पाटन संग्राहलयकी निर्देशक मञ्जु सिंह भण्डारीले बताइन्। “थारू समुदायको संस्कृति वेषभूषा, कार्यशैली, दैनिक क्रियाकलाप झल्किने कला प्रस्तुत गरिएको छ,” भण्डारीले भनिन्, “यो हेरेपछि थारू समुदायमा पुगेजस्तै महसुस हुन्छ।”

थारू सांस्कृतिक संग्राहलय तथा अनुसन्धान केन्द्रले आयोजना गरेको प्रदर्शनीको क्युरेटरमा वीरेन्द्र महतो, लवकान्त चौधरी, सन्जीव चौधरी, इन्दु थारू, अर्नव चौधरी, मारिया बोसर्ट र टोम रोर्बटशन छन्।

प्रदर्शनी आयोजना गर्न थारू एन्ड फ्रेन्डस् एशोसियशन यूएसए र फुलब्राइट नेपालले सघाएको छ। आयोजकका अनुसार प्रदर्शनी चैत १८ गतेसम्म चल्नेछ।
 
प्रकाशित:

९१४ दिन अगाडि

|

४ चैत २०८०

रेशम चौधरीको उम्मेदवारी विरुद्ध उजुरी किन ?
रेशम चौधरीको उम्मेदवारी विरुद्ध उजुरी किन ?

१४३७ दिन अगाडि

|

२५ असोज २०७९

डा. केआई सिंहको बिर्तावाल ‘गुलयारी’ : थारू उपर कहिल्यै नमेटिने ती घाउहरू
डा. केआई सिंहको बिर्तावाल ‘गुलयारी’ : थारू उपर कहिल्यै नमेटिने ती घाउहरू

१४७१ दिन अगाडि

|

२१ भदौ २०७९

स्वतन्त्रहरु अनि नागरिक उन्मुक्ति पार्टीको उदयको दस्तक
स्वतन्त्रहरु अनि नागरिक उन्मुक्ति पार्टीको उदयको दस्तक

१४८१ दिन अगाडि

|

१२ भदौ २०७९

‘रेशम रक्तबीज हो, एक रेशमको उमेदवारी खारेजले हजार रेशम जन्मिन्छन्ः’ हिमाञ्चल भट्टराई
‘रेशम रक्तबीज हो, एक रेशमको उमेदवारी खारेजले हजार रेशम जन्मिन्छन्ः’ हिमाञ्चल भट्टराई

१४३६ दिन अगाडि

|

२६ असोज २०७९

टीकापुर घटनाको मुद्दा फिर्ता नलिइए नागरिक उन्मुक्तिका सांसदले शपथ नलिने 
टीकापुर घटनाको मुद्दा फिर्ता नलिइए नागरिक उन्मुक्तिका सांसदले शपथ नलिने 

१३८५ दिन अगाडि

|

१५ मंसिर २०७९

रातीसम्म नाचगान गरेको भन्दै टीकापुर प्रहरीबाट जानकीका ३ जनालाई पक्राउ
रातीसम्म नाचगान गरेको भन्दै टीकापुर प्रहरीबाट जानकीका ३ जनालाई पक्राउ

१४४१ दिन अगाडि

|

२० असोज २०७९

टीकापुर घटना राज्यसत्ताले चलाखीपूर्ण रूपमा घटाएको घटना होः मोहना अन्सारी
टीकापुर घटना राज्यसत्ताले चलाखीपूर्ण रूपमा घटाएको घटना होः मोहना अन्सारी

१३७४ दिन अगाडि

|

२७ मंसिर २०७९