Above News Title

रामसागर चौधरी तथा शान्ति चौधरीलाई थारू साहित्य पुरस्कार दिने निर्णय

रामसागर चौधरी तथा शान्ति चौधरीलाई थारू साहित्य पुरस्कार दिने निर्णय

थारु लेखक संघ नेपालले यस वर्ष स्रस्टाद्वय रामसागर चौधरी तथा शान्ति चौधरीलाई पुरस्कृत गर्ने भएको छ ।

थारु लेखक संघ नेपाल तथा हौली परिवारको संयुक्त आयोजना तथा नेपाल प्रज्ञा प्रतिष्ठानको सहकार्यमा सुनसरीको गढीमा यही माघ २६ र २७ गते हुन गैरहेको ८औं थारु साहित्य राष्ट्रिय सम्मेलनको समुद्घाटनमा पुरस्कार प्रदान गरिने आयोजकले जानकारी दिएको छ ।

इटहरी–१२, खनार, सुनसरीका रामसागर चौधरीलाई दिन थालिएको थारू साहित्य पुरस्कारको राशी ३० हजार रुपैया तथा सम्मानपत्र रहेको छ । उनको अनमोल बिहाल (थारू कविता संग्रह २०४९), थारु समाजमा प्राप्त ऐतिहासिक दस्तावेजहरू (२०५३), मोरङिया थारू (२०७८), पूर्विया थारू लोकगीत .चोरखेलिया नाच संकलन २०८०), हालत (थारू कविता के मोटरी २०८०) तथा पूर्विया थारू हरिनाम गीत (लोककिर्तन के मोटरी संकलन २०८०) प्रकाशित छ । हौली परिवारका संस्थापक सचिव उनी हौली पत्रिकाका सम्पादकसमेत हुन् ।

त्यस्तै, बारा जिल्ला करहिया गाउँकी शान्ति चौधरीलाई दिन थालिएको थारू महिला प्रतिभा सशक्तिकरण पुरस्कारको राशी १५ हजार रुपैया तथा सम्मानपत्र रहेको छ । यो पुरस्कर थारु लेखक संघ नेपालका लागि कैलाली कैलाली, धनगढीका चन्द्रसिंह चौधरीले आफ्नो दिवंगत धर्मपत्नी प्रतिभा चौधरीको नाममा स्थापना गरेका हुन् ।

२०२९ सालदेखि कविता लेखनबाट साहित्य यात्रामा लागेकी उनले २०४७ सालमा आफ्नै आत्मकथाको पहिलो पुस्तक प्रकाशित गरेकी थिइन् । उनको पछिलो बालचित्रकथाको पुस्तक मेरी दुधु (२०७७) तथा लडेया र बछिया (२०७७) थारु तथा नेपाली भाषामा प्रकाशित छ । उनका विविध विधामा ६८ वटा प्रकाशित छन् । 

अर्को समाचार अनुसार सम्मेलनमा बमबहादुर थारूको मेची महाकाली थारु भाषा सर्वेक्षण, इन्द्र चौधरीः टिपटिप (रानाथारू लोककथा), रामसागर चौधरीको पूर्विया थारू हरिनाम गीत, हृदयनारायण चौधरीको भाषासम्बन्धी पुस्तक खोजखबर, नेपाल प्रज्ञा प्रतिष्ठानको थारु भाषाको वार्षिक पत्रिका लवाङ्गी, युनिक नेपालका विभिन्न पुस्तकलगायत विमोचन हुने भएको छ ।

प्रकाशित:

९५२ दिन अगाडि

|

२४ माघ २०८०

रेशम चौधरीको उम्मेदवारी विरुद्ध उजुरी किन ?
रेशम चौधरीको उम्मेदवारी विरुद्ध उजुरी किन ?

१४३६ दिन अगाडि

|

२५ असोज २०७९

डा. केआई सिंहको बिर्तावाल ‘गुलयारी’ : थारू उपर कहिल्यै नमेटिने ती घाउहरू
डा. केआई सिंहको बिर्तावाल ‘गुलयारी’ : थारू उपर कहिल्यै नमेटिने ती घाउहरू

१४७० दिन अगाडि

|

२१ भदौ २०७९

स्वतन्त्रहरु अनि नागरिक उन्मुक्ति पार्टीको उदयको दस्तक
स्वतन्त्रहरु अनि नागरिक उन्मुक्ति पार्टीको उदयको दस्तक

१४८० दिन अगाडि

|

१२ भदौ २०७९

‘रेशम रक्तबीज हो, एक रेशमको उमेदवारी खारेजले हजार रेशम जन्मिन्छन्ः’ हिमाञ्चल भट्टराई
‘रेशम रक्तबीज हो, एक रेशमको उमेदवारी खारेजले हजार रेशम जन्मिन्छन्ः’ हिमाञ्चल भट्टराई

१४३५ दिन अगाडि

|

२६ असोज २०७९

टीकापुर घटनाको मुद्दा फिर्ता नलिइए नागरिक उन्मुक्तिका सांसदले शपथ नलिने 
टीकापुर घटनाको मुद्दा फिर्ता नलिइए नागरिक उन्मुक्तिका सांसदले शपथ नलिने 

१३८४ दिन अगाडि

|

१५ मंसिर २०७९

रातीसम्म नाचगान गरेको भन्दै टीकापुर प्रहरीबाट जानकीका ३ जनालाई पक्राउ
रातीसम्म नाचगान गरेको भन्दै टीकापुर प्रहरीबाट जानकीका ३ जनालाई पक्राउ

१४४० दिन अगाडि

|

२० असोज २०७९

टीकापुर घटना राज्यसत्ताले चलाखीपूर्ण रूपमा घटाएको घटना होः मोहना अन्सारी
टीकापुर घटना राज्यसत्ताले चलाखीपूर्ण रूपमा घटाएको घटना होः मोहना अन्सारी

१३७३ दिन अगाडि

|

२७ मंसिर २०७९