नेपाल प्रज्ञा प्रतिष्ठानको नयाँ नेतृत्वले राष्ट्रिय गजल दिवस मनाउने निर्णय गरेको छ । प्रतिष्ठानका कुलपति कुमार नगरकोटीको अध्यक्षतामा बसेको बैठकले हरेक वर्ष मोती जयन्ती (कुशे औंसी) लाई राष्ट्रिय गजल दिवसका रूपमा मनाउने निर्णय गरेको हो । यस्तै, सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठानलगायत सम्बन्धित सरोकारवाला संघसंस्थासँग सहकार्य गरी आउँदो मंसिरभित्र दुईदिने सुदूरपश्चिम प्रदेशस्तरीय साहित्य महोत्सव आयोजना गर्ने निर्णय पनि प्रतिष्ठानले गरेको छ । प्रतिष्ठानले नवनियुक्त पदाधिकारीको कार्यविभाजनसहित विभागीय जिम्मेवारी पनि तोकेको छ । उपकुलपति अविनाश श्रेष्ठलाई गद्य तथा प्रकाशन, सदस्यसचिव डा रोशन शेरचनलाई दर्शन, प्रतिसरा सायमिलाई लोकसाहित्य तथा नारी लेखन, डा कृष्णराज सर्वहारीलाई सामाजिक शास्त्र तथा इतिहास, सीता तुम्खेवालाई मातृभाषा तथा लिपि, तीर्थ गुरुङलाई अनुवाद, मौखिक इतिहास तथा अन्तर्राष्ट्रिय सम्बन्ध, रूपा झा धीरूलाई बाल तथा किशोर साहित्यको जिम्मेवारी दिइएको छ । यस्तै, नवीन अभिलाषीलाई दलित साहित्य, युवा लेखन तथा डिजिटलाइजेसन, दीपक सापकोटालाई काव्य, संस्कृति तथा डिजिटलाइजेसन, डा दुर्गाबहादुर घर्तीलाई समालोचना, भाषा, व्याकरण तथा कोष विभागको प्रमुख दिइएको प्रतिष्ठानले जनाएको छ । नवनियुक्त पदाधिकारीलाई कुलपति नगरकोटीले साउन २२ गते संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलसमक्ष शपथग्रहण गरेका थिए । मन्त्री पौडेलको अध्यक्षतामा गठित सिफारिस समितिको सिफारिसबमोजिम प्रधानमन्त्री वालेन्द्र शाहले साउन १९ मा तीनैवटा प्रज्ञा प्रतिष्ठानका कुलपतिसहित पदाधिकारीलाई मनोनयन गरेका थिए । रासस
७४ दिन अगाडि
|
२९ साउन २०८३
११औँ थारू साहित्य राष्ट्रिय सम्मेलन आगामी पुस १० र ११ गते चितवनको माडी नगरपालिका–३, बघौडास्थित कभर्ड हलमा आयोजना हुने भएको छ । थारू लेखक संघ नेपाल केन्द्रीय समितिको आयोजनामा हुने सम्मेलनमा विभिन्न संस्थाको सहकार्य रहने संघका चितवन शाखाका अध्यक्ष सीएम अपिल चितौनेले बताए । जसमा माडी नगरपालिका, माडी प्रज्ञा प्रतिष्ठान, नेपाल प्रज्ञा प्रतिष्ठान, थारू कल्याणकारिणी सभा (थाकस) चितवन, थारू पत्रकार संघ चितवन, थारू कलाकार संघ चितवन लगायतको सहकार्य रहनेछ । सम्मेलन तयारीका लागि हालै थारू लेखक संघ नेपालका संस्थापक पूर्वअध्यक्ष तथा संरक्षक एवम् नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ परिषद् सदस्य डा कृष्णराज सर्वहारीको संयोजकत्वमा माडीस्थित थाकस क्षेत्र नं १ को सभा भवनमा बैठक सम्पन्न भएको छ । उक्त बैठकले सम्मेलनलाई व्यवस्थित र प्रभावकारी रूपमा सम्पन्न गर्न विभिन्न उपसमिति गठन तथा जिम्मेवारी बाँडफाँट गरेको छ । बैठकले स्मारिका प्रकाशन समिति तथा कार्यक्रम र आर्थिक उपसमितिको संयोजकमा चन्द्रमणि महतो, भोजन व्यवस्थापन उपसमितिको संयोजकमा हिरामति गुरौ, आवास व्यवस्थापन उपसमितिको संयोजकमा लिलकुमार महतो र प्रचार–प्रसार उपसमितिको संयोजकमा थारू पत्रकार संघ चितवनका अध्यक्ष मनोज अज्ञात थारूलाई जिम्मेवारी दिएको छ । बाँकी उपसमिति पनि छिटै गठन गरिनेछ । सम्मेलनको तयारीकै क्रममा माडी प्रज्ञा प्रतिष्ठानका पदाधिकारीसँग भेटघाट तथा छलफलसमेत गरिएको छ । सम्मेलनका अवसरमा गत वर्षझैं यस वर्ष पनि थारु राष्ट्रिय कविता प्रतियोगिता गरिनुका साथै दर्जन बढी पुस्तक, पत्रिका विमोचन गरिने टिमका इभेन्ट म्यानेजर डा सञ्जय महतोले बताए । उनले प्यानल छलफलका लागि थारू भाषा, साहित्य, कला, संस्कृति र इतिहासका विविध विषयमा विज्ञको नामावली छिटै टुंगो लाग्ने जानकारी दिए । छिमेकी मुलुक भारत बिहार क्षेत्रका थारू लेखक तथा थारु समुदायबारे लामो समयदेखि अध्ययन गरिरहेका अन्य देशका स्कलरलाई समेत सम्मेलनमा सहभागी गराउने योजना रहेको आयोजकले जनाएको छ । बैठकमा थाकस चितवनका अध्यक्ष ललितकुमार चौधरी, थाकस क्षेत्र नं १ माडीका पदाधिकारी, माडी नगरपालिका–३ का वडाध्यक्ष पुरन महतो लगायतले ११औँ थारू साहित्य राष्ट्रिय सम्मेलन चितवनको माडीमा हुने निर्णयले आफूहरुलाई खुशी लागेको बताए । साथै, तन, मन, धनले साथ दिने प्रतिवद्दता व्यक्त गरे । स्मरण रहोस्, गत वर्ष २०८२ माघ १६ र १७ गते पर्साको सुगौली पटेर्वा गाउँपालिका–२, बेलवामा १०औँ राष्ट्रिय सम्मेलन सम्पन्न भएको थियो ।
१८ दिन अगाडि
|
२४ असोज २०८३
१ दिन अगाडि
|
१० कात्तिक २०८३
२ दिन अगाडि
|
९ कात्तिक २०८३
३ दिन अगाडि
|
८ कात्तिक २०८३
१३ दिन अगाडि
|
२९ असोज २०८३
१३ दिन अगाडि
|
२८ असोज २०८३
१८ दिन अगाडि
|
२४ असोज २०८३
२१ दिन अगाडि
|
२० असोज २०८३
१४७७ दिन अगाडि
|
२५ असोज २०७९
१५१२ दिन अगाडि
|
२१ भदौ २०७९
१५२१ दिन अगाडि
|
१२ भदौ २०७९
१४७६ दिन अगाडि
|
२६ असोज २०७९
१४२६ दिन अगाडि
|
१५ मंसिर २०७९
१४८२ दिन अगाडि
|
२० असोज २०७९
१४१४ दिन अगाडि
|
२७ मंसिर २०७९
४६४ दिन अगाडि
|
५ साउन २०८२
रानाथारू भासाके व्याकरण ओ शब्दकोशके घुर्घट खोलाइ एक कार्यक्रमके बिच साउन ३ गते कञ्चनपुरके लालझाडी गाउँप...
४६५ दिन अगाडि
|
४ साउन २०८२
कृष्ण चौधरी समर्पण असारमा रोपाइँ सकिएपछि थारू बस्तीमा ‘हर्ढावा’ को चहलपहल सुरु हुन्छ । र...
५५८ दिन अगाडि
|
४ वैशाख २०८२
सयौं बिगाहा खेतलाई सिँचाई गरेको र भबिष्यमा हजारौं बिगाहालाई सिँचाई गर्न सक्ने चौकीबाँध यतिबेला राष्ट्रि...
२ दिन अगाडि
|
९ कात्तिक २०८३
&n...
१३ दिन अगाडि
|
२९ असोज २०८३
प्रज्वल अधिकारी यसपालिको दशैं बेच्न चाहन्छु म पोहोर साल हजुरले भन्नु भएथ्यो यो सालको दशैं आए जस्तै लागेन र...
२१ दिन अगाडि
|
२० असोज २०८३
&n...