Above News Title

राष्ट्रिय गजल दिवस मनाउने प्रज्ञा प्रतिष्ठानको निर्णय

राष्ट्रिय गजल दिवस मनाउने प्रज्ञा प्रतिष्ठानको निर्णय

नेपाल प्रज्ञा प्रतिष्ठानको नयाँ नेतृत्वले राष्ट्रिय गजल दिवस मनाउने निर्णय गरेको छ ।

प्रतिष्ठानका कुलपति कुमार नगरकोटीको अध्यक्षतामा बसेको बैठकले हरेक वर्ष मोती जयन्ती (कुशे औंसी) लाई राष्ट्रिय गजल दिवसका रूपमा मनाउने निर्णय गरेको हो ।

यस्तै, सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठानलगायत सम्बन्धित सरोकारवाला संघसंस्थासँग सहकार्य गरी आउँदो मंसिरभित्र दुईदिने सुदूरपश्चिम प्रदेशस्तरीय साहित्य महोत्सव आयोजना गर्ने निर्णय पनि प्रतिष्ठानले गरेको छ ।

प्रतिष्ठानले नवनियुक्त पदाधिकारीको कार्यविभाजनसहित विभागीय जिम्मेवारी पनि तोकेको छ । उपकुलपति अविनाश श्रेष्ठलाई गद्य तथा प्रकाशन, सदस्यसचिव डा रोशन शेरचनलाई दर्शन, प्रतिसरा सायमिलाई लोकसाहित्य तथा नारी लेखन, डा कृष्णराज सर्वहारीलाई सामाजिक शास्त्र तथा इतिहास, सीता तुम्खेवालाई मातृभाषा तथा लिपि, तीर्थ गुरुङलाई अनुवाद, मौखिक इतिहास तथा अन्तर्राष्ट्रिय सम्बन्ध, रूपा झा धीरूलाई बाल तथा किशोर साहित्यको जिम्मेवारी दिइएको छ ।

यस्तै, नवीन अभिलाषीलाई दलित साहित्य, युवा लेखन तथा डिजिटलाइजेसन, दीपक सापकोटालाई काव्य, संस्कृति तथा डिजिटलाइजेसन, डा दुर्गाबहादुर घर्तीलाई समालोचना, भाषा, व्याकरण तथा कोष विभागको प्रमुख दिइएको प्रतिष्ठानले जनाएको छ ।

नवनियुक्त पदाधिकारीलाई कुलपति नगरकोटीले साउन २२ गते संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलसमक्ष शपथग्रहण गरेका थिए । मन्त्री पौडेलको अध्यक्षतामा गठित सिफारिस समितिको सिफारिसबमोजिम प्रधानमन्त्री वालेन्द्र शाहले साउन १९ मा तीनैवटा प्रज्ञा प्रतिष्ठानका कुलपतिसहित पदाधिकारीलाई मनोनयन गरेका थिए । रासस

प्रकाशित:

७४ दिन अगाडि

|

२९ साउन २०८३

रेशम चौधरीको उम्मेदवारी विरुद्ध उजुरी किन ?
रेशम चौधरीको उम्मेदवारी विरुद्ध उजुरी किन ?

१४७७ दिन अगाडि

|

२५ असोज २०७९

डा. केआई सिंहको बिर्तावाल ‘गुलयारी’ : थारू उपर कहिल्यै नमेटिने ती घाउहरू
डा. केआई सिंहको बिर्तावाल ‘गुलयारी’ : थारू उपर कहिल्यै नमेटिने ती घाउहरू

१५१२ दिन अगाडि

|

२१ भदौ २०७९

स्वतन्त्रहरु अनि नागरिक उन्मुक्ति पार्टीको उदयको दस्तक
स्वतन्त्रहरु अनि नागरिक उन्मुक्ति पार्टीको उदयको दस्तक

१५२२ दिन अगाडि

|

१२ भदौ २०७९

‘रेशम रक्तबीज हो, एक रेशमको उमेदवारी खारेजले हजार रेशम जन्मिन्छन्ः’ हिमाञ्चल भट्टराई
‘रेशम रक्तबीज हो, एक रेशमको उमेदवारी खारेजले हजार रेशम जन्मिन्छन्ः’ हिमाञ्चल भट्टराई

१४७७ दिन अगाडि

|

२६ असोज २०७९

टीकापुर घटनाको मुद्दा फिर्ता नलिइए नागरिक उन्मुक्तिका सांसदले शपथ नलिने 
टीकापुर घटनाको मुद्दा फिर्ता नलिइए नागरिक उन्मुक्तिका सांसदले शपथ नलिने 

१४२६ दिन अगाडि

|

१५ मंसिर २०७९

रातीसम्म नाचगान गरेको भन्दै टीकापुर प्रहरीबाट जानकीका ३ जनालाई पक्राउ
रातीसम्म नाचगान गरेको भन्दै टीकापुर प्रहरीबाट जानकीका ३ जनालाई पक्राउ

१४८२ दिन अगाडि

|

२० असोज २०७९

टीकापुर घटना राज्यसत्ताले चलाखीपूर्ण रूपमा घटाएको घटना होः मोहना अन्सारी
टीकापुर घटना राज्यसत्ताले चलाखीपूर्ण रूपमा घटाएको घटना होः मोहना अन्सारी

१४१५ दिन अगाडि

|

२७ मंसिर २०७९