प्रज्वल अधिकारी
यसपालिको दशैं बेच्न चाहन्छु म
पोहोर साल हजुरले भन्नु भएथ्यो
यो सालको दशैं आए जस्तै लागेन
रमाइलो गर्दागर्दै कति छिट्टो दिन बिते पत्तै पाइएन
यसपाली हजुरलाई त्यस्तो नहोस् भनेर
म मेरो दशैं बेच्न चाहन्छु
जहानले नयाँ धोती र चोलीको आश गरेकी छिन्
छोरीहरू राम्रो कुर्ता सुरुवाल चाहिन्छ भनेका छन्
छोरो जिन्स पाइन्ट र ज्याकेट लाउँछु भनेको छ
बाआमालाई एक सरो कपडा नहाल्दि भा छैन
अलि अलि मासु नभइ दशैं आयो भनेर के हौसिनु
मिठा चिउरा र मसिनाको चामल चाहियो
कान्छीले मासु खान्न अलि अलि घ्यु पनि चहियो
यसो बिचार गर्दा
यसपालिको दशैं बेचिदिउं जस्तो लागेको छ
भनिदिउँला जहानलाई
सात डाँडापारीका आफन्त खसेछन्
सन्तानलाई पिङसम्म हालिदिएर टारौँला
बाआमालाई त केही भन्नै पर्दैन
दशैं बेच्न पाए
दशैंको भाका पन्ध्र पुससम्म लम्ब्याउन सकिन्थ्यो
टीकामा सकिने चामलले दुई छाक टर्थ्यो
हजुरले दिनुभएको रकमले
यो सालको नुन, चामल पुग्थ्यो
हरेक साल दशैंमा हजुरको दैलोमा आएर
ऋणको भारी बोकेर जानु भन्दा
यो सालको दशैं हजुरलाई बेच्न आएको छु
मालिक
हजुर नै भाउ लगाउनुहोस् ।
प्रकाशित:
१३ दिन अगाडि
|
२९ असोज २०८३
२ दिन अगाडि
|
१० कात्तिक २०८३
२ दिन अगाडि
|
९ कात्तिक २०८३
३ दिन अगाडि
|
८ कात्तिक २०८३
१३ दिन अगाडि
|
२९ असोज २०८३
१४ दिन अगाडि
|
२८ असोज २०८३
१८ दिन अगाडि
|
२४ असोज २०८३
२१ दिन अगाडि
|
२० असोज २०८३
१४७७ दिन अगाडि
|
२५ असोज २०७९
१५१२ दिन अगाडि
|
२१ भदौ २०७९
१५२२ दिन अगाडि
|
१२ भदौ २०७९
१४७७ दिन अगाडि
|
२६ असोज २०७९
१४२६ दिन अगाडि
|
१५ मंसिर २०७९
१४८२ दिन अगाडि
|
२० असोज २०७९
१४१५ दिन अगाडि
|
२७ मंसिर २०७९