देखैवला संसार अलग छेलै
महसुस करैवला संसार अलग
अलग अलग संसारके कोनमे हम छेलियै गहदयाद
देखैवलाके लागै छेलै
नैछै कोनो मोल हमर
अहंकारके दुनिया छै
देखावटी खजावट सबसे भोरलछै
तहै ठाममे छै हमर कनियेटा ठाम ।
हम नै गहदयाल चियै
हमरा गहदया रहलछै लोकसब
हमर अस्तित्व कत छेलै
के बुझतै हमरा
छै चमकधमक के दुनिया
तैमे हम चियै वेरङके मठौत
घर छारैवलासब कहैछै
मठौत मारैले बाँकी छै
या यी नै कहैछै कि
मठौत बेगर घरके छाइन्ह
रैहजेतै ठुठ-बुच
सब दिन हम अतै चियै
छाइनके बीचमे
लेकिन जतहेक नाम, दाम
दैछै लोकसब छाइन के ओतहेक
नै दैछै हमरा नाम
तैदुवारे हम चियै उदास
हमर उदासीमे भी
एकटा खामोसी छै
ओइ खामोसीमे
हम चियै मदहोस
मदहोसीमे भी
हम चियै होसियार ।
आद्मी सब हमरा नै दैछै नाम
नै करै छै हमर प्रशंसा
नै बुझहैछै हमर मोल
ठिके छै
हम प्रशंसाके भुख्याल नै चियै
हम बुझहलचियै आपन महत्त्व
खर या खपरावला दुनु घरके छाइन
हमर बेगर रहैछै अधुरे
यहया ने पक्की घरके तछ ख्यागेलै हमर ठाम
कोनो जवनामे हमरो जवना छेलै
हमरबिना घरके छाइन अधुरा छेलै ।
कोनो बात नै छै
सब दिन सबके दिन एके रङ नै रहैछै
यी बात हम सवीकारने चियै
लेकिन अखुनतो जतजत छाइन रहतै
तत तत हमर उपस्थिति रहतै
मठौत मारतै तेकरवादै छाइन पूर्ण हेतै
सबकोइ बिसैरजाइछै हमरा
लेकिन हम अपने आपके नै बिसरैले दैचियै
हमर मानस पटलमे
हमर अस्तित्व
हमर पूर्णता
हमर महत्त्व
सब दिन ताजा रहतै ।
--------------------------
मठौत (नेपाली भाषामा अनुवाद)
देखिने संसार फरक थियो
अनुभव गर्ने संसार फरक
संसारको कुनै कुनामा म हराएको थिएँ
हेर्नेलाई लाग्थ्यो
मेरो कुनै मूल्य छैन
यो अहंकारको संसार हो
देखावटी सजावटले संसार भरिएको छ
त्यही ठाउँमा मेरो सानो साधारण स्थान छ ।
म लोप भएको होइन
मानिसहरूले मलाई ईर्ष्यालु बनाइरहेका छन्
मेरो अस्तित्व कहाँ थियो?
मलाई कसले बुझ्ने ?
चमधमकको संसारमा
म रङहीन मठौत हुँ
घर बनाउनेहरू भन्छन्
मठौत अझै बनाइएको छैन
वा यो भन्दैन कि
मठौतबिना घरको छानो अधुरो रहन्छ
प्रत्येक दिन यही छु
छानाको बीचमा
तर जति नाम र, मूल्य छानालाई दिन्छ
त्यति नै
मलाई नाम, दाम र महत्व दिँदैन
त्यसैले म दुःखी छु
मेरो दुःखमा पनि
त्यहाँ मौनता छ
त्यो मौनतामा पनि
म मदहोस छु
मदहोसीमा पनि
म सबैभन्दा होसियार छु ।
मानिसहरूले मलाई नाम दिँदैनन्
मेरो प्रशंसा गर्दैनन्
तिनीहरूले मेरो मूल्य बुझ्दैनन्
सही हो
म प्रशंसाको भोको छैन
मैले मेरो महत्त्व बुझेको छु
खर वा खपरा दुवै घरको छाना
म बिना अपूर्ण छ
मेरो ठाउँ पक्की घरले खाएको छ
कुनै वेला मेरो पनि समय थियो
मेरो पनि महत्तव थियो
घरको छाना म बिना अपूर्ण थियो।
केही फरक पर्दैन
सबैको दिन सधैँ उस्तै रहन्न
यो मैले स्वीकार्नुपर्छ
तर अझै पनि जताजता छाना हुनेछ
म त्यतै उपस्थित हुनेछु
मठौत बनाएपछि मात्र छाना पूर्ण हुनेछ
सबैले मलाई बिर्सन्छन्
तर मैले आफूलाई बिर्सन दिन्नँ
मेरो मानस पटलमा
मेरो अस्तित्व
मेरो पूर्णता
मेरो महत्त्व
प्रत्येक दिन ताजा बनाइरहनेछु ।
सिरहा, हालः पोर्चुगल
अनुवादः कवियत्री स्वयम्
प्रकाशित:
२ दिन अगाडि
|
१० कात्तिक २०८३
२ दिन अगाडि
|
१० कात्तिक २०८३
२ दिन अगाडि
|
९ कात्तिक २०८३
३ दिन अगाडि
|
८ कात्तिक २०८३
१३ दिन अगाडि
|
२९ असोज २०८३
१४ दिन अगाडि
|
२८ असोज २०८३
१८ दिन अगाडि
|
२४ असोज २०८३
२१ दिन अगाडि
|
२० असोज २०८३
१४७७ दिन अगाडि
|
२५ असोज २०७९
१५१२ दिन अगाडि
|
२१ भदौ २०७९
१५२२ दिन अगाडि
|
१२ भदौ २०७९
१४७७ दिन अगाडि
|
२६ असोज २०७९
१४२६ दिन अगाडि
|
१५ मंसिर २०७९
१४८२ दिन अगाडि
|
२० असोज २०७९
१४१५ दिन अगाडि
|
२७ मंसिर २०७९