Above News Title

थारू पुस्तकमा पहिलो भूमिका अनुवादः दंगीशरण बडकिमार गुरुबाबाकि जन्मौति (२०१६) 

थारू जति मात्र होइन समस्त जातिको र राष्ट्रको उत्थान, जब सम्म आफ्नु यथार्थ मौलिक इतिहास प्रकाशमा आउँदैन, तब सम्म कसैको उत्थान हुन सक्दैन । 
थारू पुस्तकमा पहिलो भूमिका अनुवादः  दंगीशरण बडकिमार गुरुबाबाकि जन्मौति (२०१६) 

२०१६ सालमा दाङबाट प्रकाशित भएको ‘दंगीशरण बडकिमार गुरुबाबाकि जन्मौति’ पुस्तक २०८२ सालमा पुनः प्रकाशन भएको छ । हालसम्म प्राप्त थारु भाषाको यो पहिलो पुस्तक हो । यसको भूमिका थारु तथा नेपाली भाषामा रहेको छ । उल्था हुबहु नमिले पनि थारू जातिको उत्थान कसरी होला ? शीर्षकमा थारू पुस्तकमा पहिलो भूमिका अनुवाद यही नै भएको लावा डग्गरको ठहर छः

थारू जातिको उत्थान कसरी होला ?

दुःख सकिये पछि सुख आउँछ । रात सकिये पछि दिन आउँछ । तर हाम्रा पछौटे जातिहरूको उत्थान कैले होला ? र कसरी होला ? भन्ने कुरा अझै राम्रो सँग खुल्न सकेको छैन । यसमा थारूश्र जाति प्रधान छ । थारू जातिको उत्थान कसरी होला ? भन्ने प्रश्नमा हाम्रो त उत्तर यो छ कि थारू जति मात्र होइन समस्त जातिको र राष्ट्रको उत्थान, जब सम्म आफ्नु यथार्थ मौलिक इतिहास प्रकाशमा आउँदैन, तब सम्म कसैको उत्थान हुन सक्दैन । 

तसर्थ प्रत्येकको आफनु–आफनु सत्य इतिहास खोजेर प्रकाशित गरि प्रचार गर्नु पर्छ । अनिमात्र उन्नतिको बाटो पैल्याउन सकियेला । यो काम सबैको साझो हो । यौटाले मरि मेटिये पनि होइ सक्दैन । यसो हुनाले सबैले मिलेर तन मन धनले आफनु जातीय काम गर्नु पर्छ । नत्र पछौटेका पछौटे नै रहुन पर्ला । इतिहास भनेको त्रिकालदर्शी दिव्यदृष्टि हो । शिलावंशावली, खण्डहर, किला, काँडा, क्रिया, कर्मकाण्ड, कथा, किंवदन्ती, लोकप्रसिद्धि, भजन, बडकिमार, छोटकिमार, अम्मारपाटी, गुरुवावाकी जन्मौति, सुरखेल, रामजनम्, रतनपारखूकथा, दङगीशरण कथा चाल, चलन, व्यवहार, वेष, भूषा, भाषा इत्यादि इतिहासका सामग्री हुन् । इनको सङग्रह सबै ठाउँ बाट गरेर सर्वाङगीण इतिहास लेखेर प्रचार गर्नु पर्छ । इतिहासका जगमाथि सबै तिरबाट सुधार गर्दै लग्नु पर्छ । अनिमात्र थारू जातिको र अरु कुनै जातिको उत्थान हुन सक्ला । राउटया आदि कतिपय जातिको इतिहास –इतिहास प्रकाशमा प्रकाशित भै सक्यो । परन्तु थारू जातिको इतिहास प्रकाशित भयेको छैन । अरुले लेखेको इतिहास साँचो हुन सक्तैन । तसर्थ समस्त थारूजति सँग अनुरोध छ कि आफनु कल्याण गर्नु छ भने माथिका कुरामा ध्यान दिउन् । 

अज भनौँ भने कतिपय हाम्रा थारू जाति भाइहरूमा आफना दँगाली थारू राजा दङगीशरण को कथा (इतिहास) सम्म पनि थाहा हुँदैन । जब सम्म आफनो जातिको इतिहासको सिंहावलोकन गरिदैन  तब सम्म उन्नतिको मार्ग लिन सक्दैन । थारू जाति अधिवासी हुन् । प्राचीन थारू राजा थिए भन्ने कुरा राष्टका इतिहासले प्रमाण साथ बताइ रहेको छ । यस युगमा पनि हाम्रा जाति भाइमा इतिहास तर्फ विचार भएन भने कति सम्म पछौटे जाति हुनु पर्ने हो भन्न सकिदैन । 

अनुरोधक                            प्रा.मं नियमनाथ
महानुभाव बदरीनाथ                        दाङ १२/१२/१२ 

 

अनुवादः

थारू जातिके उत्थान कैसिक होइ ?

दुःख ओराइ तब सुख हुइत् । रात गैल से तय दिन आईट् । परन्तु हमार पाछे पीछरलक् जाति हमार के उद्धार कैह्या होई ? कैसिन होई ? कहलक बाट चुम्मर से खुलल नै हो । इहुर थारू जाति बडा वा । थारू जातिके उद्धार कैसी करके बनि ? कहलक बाटमा हमार कहना इह बाकी थारूके तैसन् बतक्वोई (इतिहास–कथा) नहि देख परि तब सम्म सक्कुके कैसिक जान परि । वह अलग अलग  आफन फुरफुर पुरान लिखलक सुनलक देखलक बाट खोजके सकुनक लाग देखाय परी, बुझाय परी, समझाय परी । तब ठुन्यार डगर मिली, चुम्मर–चुम्मर कमाही मिली । इ सज्या धन्दा सकुनक हो । एकल मनइ मुगइलसे फेन नइ हो सकी । ऐसिन आफन जातउद्धार धन्दा विचार कै के आफन तन मन धन से आफन जातीय धन्दा कर परी । नहि तो पाछक पाछ रह परि । इतिहास कहलक त्रिकालदर्शी दिव्य दृृष्टि कहल बा । शिलापत्र तामापत्र मुनापात्र चाँदिपत्र मुद्रा  लालमोहोर स्याहामोहोर वंशावली खण्ढहर किला काँडा क्रिया कर्मकाण्ड कथा किंवदन्ती लोकप्रसिद्धि भजन बडकिमार छोटकिमार अम्मार माटी गुरुवावाकि जन्मौति सुरखेल रामजलम् रतनपारखू कथा दंगीशरणकथा चाल चलन व्यवहार वेष भूषा भाषा सक्कु इतिहास सामान हुइत् । यकार सक्कु जमा कैके सक्कु आपन पुरान इतिहास लेखके सक्कु बाँट परि तबमात्र थारू जाति अउर फे उद्धार होई  । राउट्या जाति अउर के इतिहास–इतिहास प्रकाशमा प्रकाशित भइल । थारू जाति के इतिहास प्रकाश नइ भइल बा । अउर मनै के लेखल इतिहास सच्चा नै हुइत् । सकु थारू जाति सङ आग्रह हमार बा आपन जात उद्धार (कल्याण) करना मन बा तो उपर लिखल बाट माहा विचार करि । दाङ के थारू राजा दङगीशरण के बतखोइ (कथा) तुलसीकृत रामायन जैसीन हमार सङ मीलल बा, उसके प्रकाशन न करके नइ हुइना बा । 

योगप्रचारिणीतः                         प्रकाशक प्रचारको
संवत् २०१२                             म.भा. बदरीनाथ योगी
शिवरात्रि                            प्रा.मं. नियमनाथ योगी

 

नोटः पुस्तकको भूमिका थारूबाट नेपालीमा अनुवाद कार्य भएको थियो । भूमिकामा उल्लेख भए अनुसार पुस्तक छाप्न २०१२ सालमै तयारी थियो । अनुवाद हुवहु भने मिल्दैन । यसको भाषा डंगौरा भन्दा अवधी मिश्रित छ । त्यसैले यो अनुवाद कुनै थारू स्रष्टाबाट नगराई योगीद्वय स्वयमले गरेको बुझिन्छ । 

प्रकाशित:

३०८ दिन अगाडि

|

२६ कात्तिक २०८२

रेशम चौधरीको उम्मेदवारी विरुद्ध उजुरी किन ?
रेशम चौधरीको उम्मेदवारी विरुद्ध उजुरी किन ?

१४३४ दिन अगाडि

|

२५ असोज २०७९

डा. केआई सिंहको बिर्तावाल ‘गुलयारी’ : थारू उपर कहिल्यै नमेटिने ती घाउहरू
डा. केआई सिंहको बिर्तावाल ‘गुलयारी’ : थारू उपर कहिल्यै नमेटिने ती घाउहरू

१४६९ दिन अगाडि

|

२१ भदौ २०७९

स्वतन्त्रहरु अनि नागरिक उन्मुक्ति पार्टीको उदयको दस्तक
स्वतन्त्रहरु अनि नागरिक उन्मुक्ति पार्टीको उदयको दस्तक

१४७९ दिन अगाडि

|

१२ भदौ २०७९

‘रेशम रक्तबीज हो, एक रेशमको उमेदवारी खारेजले हजार रेशम जन्मिन्छन्ः’ हिमाञ्चल भट्टराई
‘रेशम रक्तबीज हो, एक रेशमको उमेदवारी खारेजले हजार रेशम जन्मिन्छन्ः’ हिमाञ्चल भट्टराई

१४३४ दिन अगाडि

|

२६ असोज २०७९

टीकापुर घटनाको मुद्दा फिर्ता नलिइए नागरिक उन्मुक्तिका सांसदले शपथ नलिने 
टीकापुर घटनाको मुद्दा फिर्ता नलिइए नागरिक उन्मुक्तिका सांसदले शपथ नलिने 

१३८३ दिन अगाडि

|

१५ मंसिर २०७९

रातीसम्म नाचगान गरेको भन्दै टीकापुर प्रहरीबाट जानकीका ३ जनालाई पक्राउ
रातीसम्म नाचगान गरेको भन्दै टीकापुर प्रहरीबाट जानकीका ३ जनालाई पक्राउ

१४३९ दिन अगाडि

|

२० असोज २०७९

टीकापुर घटना राज्यसत्ताले चलाखीपूर्ण रूपमा घटाएको घटना होः मोहना अन्सारी
टीकापुर घटना राज्यसत्ताले चलाखीपूर्ण रूपमा घटाएको घटना होः मोहना अन्सारी

१३७२ दिन अगाडि

|

२७ मंसिर २०७९