थारु कविता प्रतियोगिताके लग अर्जि

थारु कविता प्रतियोगिताके लग अर्जि

१४ दिन अगाडि

|

२८ असोज २०८३

११औँ थारू साहित्य राष्ट्रिय सम्मेलन चितवनको माडीमा हुने

११औँ थारू साहित्य राष्ट्रिय सम्मेलन चितवनको माडीमा हुने

१८ दिन अगाडि

|

२४ असोज २०८३

११औँ थारू साहित्य राष्ट्रिय सम्मेलन आगामी पुस १० र ११ गते चितवनको माडी नगरपालिका–३, बघौडास्थित कभर्ड हलमा आयोजना हुने भएको छ ।  थारू लेखक संघ नेपाल केन्द्रीय समितिको आयोजनामा हुने सम्मेलनमा विभिन्न संस्थाको सहकार्य रहने संघका चितवन शाखाका अध्यक्ष सीएम अपिल चितौनेले बताए । जसमा माडी नगरपालिका, माडी प्रज्ञा प्रतिष्ठान, नेपाल प्रज्ञा प्रतिष्ठान, थारू कल्याणकारिणी सभा (थाकस) चितवन, थारू पत्रकार संघ चितवन, थारू कलाकार संघ चितवन लगायतको सहकार्य रहनेछ । सम्मेलन तयारीका लागि हालै थारू लेखक संघ नेपालका संस्थापक पूर्वअध्यक्ष तथा संरक्षक एवम् नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ परिषद् सदस्य डा कृष्णराज सर्वहारीको संयोजकत्वमा माडीस्थित थाकस क्षेत्र नं १ को सभा भवनमा बैठक सम्पन्न भएको छ । उक्त बैठकले सम्मेलनलाई व्यवस्थित र प्रभावकारी रूपमा सम्पन्न गर्न विभिन्न उपसमिति गठन तथा जिम्मेवारी बाँडफाँट गरेको छ । बैठकले स्मारिका प्रकाशन समिति तथा कार्यक्रम र आर्थिक उपसमितिको संयोजकमा चन्द्रमणि महतो, भोजन व्यवस्थापन उपसमितिको संयोजकमा हिरामति गुरौ, आवास व्यवस्थापन उपसमितिको संयोजकमा लिलकुमार महतो र प्रचार–प्रसार उपसमितिको संयोजकमा थारू पत्रकार संघ चितवनका अध्यक्ष मनोज अज्ञात थारूलाई जिम्मेवारी दिएको छ । बाँकी उपसमिति पनि छिटै गठन गरिनेछ । सम्मेलनको तयारीकै क्रममा माडी प्रज्ञा प्रतिष्ठानका पदाधिकारीसँग भेटघाट तथा छलफलसमेत गरिएको छ । सम्मेलनका अवसरमा गत वर्षझैं यस वर्ष पनि थारु राष्ट्रिय कविता प्रतियोगिता गरिनुका साथै दर्जन बढी पुस्तक, पत्रिका विमोचन गरिने टिमका इभेन्ट म्यानेजर डा सञ्जय महतोले बताए । उनले प्यानल छलफलका लागि थारू भाषा, साहित्य, कला, संस्कृति र इतिहासका विविध विषयमा विज्ञको नामावली छिटै टुंगो लाग्ने जानकारी दिए । छिमेकी मुलुक भारत बिहार क्षेत्रका थारू लेखक तथा थारु समुदायबारे लामो समयदेखि अध्ययन गरिरहेका अन्य देशका स्कलरलाई समेत सम्मेलनमा सहभागी गराउने योजना रहेको आयोजकले जनाएको छ ।  बैठकमा थाकस चितवनका अध्यक्ष ललितकुमार चौधरी, थाकस क्षेत्र नं १ माडीका पदाधिकारी, माडी नगरपालिका–३ का वडाध्यक्ष पुरन महतो लगायतले ११औँ थारू साहित्य राष्ट्रिय सम्मेलन चितवनको माडीमा हुने निर्णयले आफूहरुलाई खुशी लागेको बताए । साथै, तन, मन, धनले साथ दिने प्रतिवद्दता व्यक्त गरे । स्मरण रहोस्, गत वर्ष २०८२ माघ १६ र १७ गते पर्साको सुगौली पटेर्वा गाउँपालिका–२, बेलवामा १०औँ राष्ट्रिय सम्मेलन सम्पन्न भएको थियो ।

राष्ट्रिय गजल दिवस मनाउने प्रज्ञा प्रतिष्ठानको निर्णय

राष्ट्रिय गजल दिवस मनाउने प्रज्ञा प्रतिष्ठानको निर्णय

७४ दिन अगाडि

|

२९ साउन २०८३

नेपाल प्रज्ञा प्रतिष्ठानको नयाँ नेतृत्वले राष्ट्रिय गजल दिवस मनाउने निर्णय गरेको छ । प्रतिष्ठानका कुलपति कुमार नगरकोटीको अध्यक्षतामा बसेको बैठकले हरेक वर्ष मोती जयन्ती (कुशे औंसी) लाई राष्ट्रिय गजल दिवसका रूपमा मनाउने निर्णय गरेको हो । यस्तै, सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठानलगायत सम्बन्धित सरोकारवाला संघसंस्थासँग सहकार्य गरी आउँदो मंसिरभित्र दुईदिने सुदूरपश्चिम प्रदेशस्तरीय साहित्य महोत्सव आयोजना गर्ने निर्णय पनि प्रतिष्ठानले गरेको छ । प्रतिष्ठानले नवनियुक्त पदाधिकारीको कार्यविभाजनसहित विभागीय जिम्मेवारी पनि तोकेको छ । उपकुलपति अविनाश श्रेष्ठलाई गद्य तथा प्रकाशन, सदस्यसचिव डा रोशन शेरचनलाई दर्शन, प्रतिसरा सायमिलाई लोकसाहित्य तथा नारी लेखन, डा कृष्णराज सर्वहारीलाई सामाजिक शास्त्र तथा इतिहास, सीता तुम्खेवालाई मातृभाषा तथा लिपि, तीर्थ गुरुङलाई अनुवाद, मौखिक इतिहास तथा अन्तर्राष्ट्रिय सम्बन्ध, रूपा झा धीरूलाई बाल तथा किशोर साहित्यको जिम्मेवारी दिइएको छ । यस्तै, नवीन अभिलाषीलाई दलित साहित्य, युवा लेखन तथा डिजिटलाइजेसन, दीपक सापकोटालाई काव्य, संस्कृति तथा डिजिटलाइजेसन, डा दुर्गाबहादुर घर्तीलाई समालोचना, भाषा, व्याकरण तथा कोष विभागको प्रमुख दिइएको प्रतिष्ठानले जनाएको छ । नवनियुक्त पदाधिकारीलाई कुलपति नगरकोटीले साउन २२ गते संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलसमक्ष शपथग्रहण गरेका थिए । मन्त्री पौडेलको अध्यक्षतामा गठित सिफारिस समितिको सिफारिसबमोजिम प्रधानमन्त्री वालेन्द्र शाहले साउन १९ मा तीनैवटा प्रज्ञा प्रतिष्ठानका कुलपतिसहित पदाधिकारीलाई मनोनयन गरेका थिए । रासस

थारू लेखक संघ नेपालके अध्यक्षमे कविता काव्य 

थारू लेखक संघ नेपालके अध्यक्षमे कविता काव्य 

९४ दिन अगाडि

|

९ साउन २०८३

थारू लेखक संघ नेपालके अध्यक्षमे कविता काव्य (कैलाली) सर्वसम्मत रुपले छानगैल बटि ।  २०८२ साउन ९ गते धनगढीमे हुइल संघके चौठा अधिवेशनसे अध्यक्ष सहित नौ सदस्यीय लावा कार्यसमिति सर्वसम्मत रुपले छानगैलक हो । इहे क्रममे संघके उपाध्यक्षमे सुनिता चौधरी (सानु), सचिवमे राजुराज चौधरी, सहसचिवमे बालमोती चौधरी, कोषाध्यक्षमे लक्ष्मी राना रहल बटाँ ।  ओस्टक सदस्यमे शेखर दहित, कृष्ण चौधरी (समर्पण), मनमति बखरिया ओ कालुराम चौधरी छानगइल बटाँ । संघके संरक्षकमे डा कृष्णराज सर्वहारी, सल्लाहकार संयोजक छविलाल कोपिलासहिट आउर सल्लाहकारमे जीत चौधरी (ट्रासन), माधव चौधरी, सोम डेमनडौरा ओ नरेशलाल चौधरी बटाँ । स्मरन रहे, २०८२ चैत २१ गते धनगढीमे संघके चौठा अधिवेशन उद्घाटन होके बन्दसत्रमे बाट नैमिल्के स्थगित हुइल रहे । इहिसे पहिले अध्यक्षके उम्मेदवार सुनिता चौधरी (सानु) उपाध्यक्षमे बैठ्ना मन्जुर हुइलपाछे अप्कि कार्यसमिति सर्वसम्मत रुपले छानगइलक हो ।  थारू लेखक संघ नेपाल प्रत्येक बरस थारु साहित्य राष्ट्रिय सम्मेलन मेरमेरिक जिल्लामे २०७३ सालसे आयोजना कैटि बा । २०८२ माघमे पर्सा जिल्लाके सुगौली पटेर्वा गाउँपालिकाके बेलवा गाउँमे दसौं थारु साहित्य राष्ट्रिय सम्मेलन हुइल रहे । अप्कि २०८३ माघमे चितवनमे एघारौं थारु साहित्य राष्ट्रिय सम्मेलन हुउइया बा ।  

गछदारबाट थारु भाषा, साहित्य, संस्कृति संरक्षणका लागि अनुसन्धान केन्द्र माग

गछदारबाट थारु भाषा, साहित्य, संस्कृति संरक्षणका लागि अनुसन्धान केन्द्र माग

१९५ दिन अगाडि

|

३ वैशाख २०८३

नेपाली काँग्रेसकी संघीय सांसद प्रमिला कुमारी गछदारले  प्रधानमन्त्री बालेन्द्र शाहसमक्ष वैशाख २ गतेको  भेटघाटको क्रममा २६ बुँदे माग राखेकी छिन् । मागको विषय थारु समुदायका हक, समसामयिक समस्या तथा क्षेत्रीय विकासका मुद्दाहरु सम्बन्धमा ध्यानाकर्षण भनिएको छ ।  विशेषतः थारु समुदायसँग सम्बन्धित अधिकार, प्रतिनिधित्व, पहिचान तथा विकासका सवालहरु अझै पनि प्रभावकारी रुपमा सम्बोधन हुन नसकेको अवस्था विद्यमान रहेकाले सोही सन्दर्भमा बुँदागत ध्यानाकर्षण गराउन चाहेको बताएकी छिन्। २६ बुँदामा के के माग छन् ?  १. नेपालको संविधानको धारा ४२ अनुसार राज्यका विभिन्न निकायमा थारु समुदायलाई समानुपातिक समावेशीताको आधारमा आरक्षण सुनिश्चित गर्नुपर्ने व्यवस्था भए तापनि व्यवहारमा यसको कार्यान्वयन भएको छैन। सम्मानित सर्वोच्च अदालतबाट २०७४/०७/१५ तथा २०७९/१०/२४ मा जारी परमादेशहरुसमेत कार्यान्वयन हुन सकेका छैनन्। सम्बन्धित ऐन, नियम तथा नीतिगत व्यवस्थामा आवश्यक संशोधन गरी तत्काल कार्यान्वयन गर्न जोडदार माग गर्दछु। २. २०७२ सालको टीकापुर घटनालाई राजनीतिक दृष्टिकोणबाट पुनरावलोकन गरी लाल आयोगको प्रतिवेदन कार्यान्वयन गरियोस्। ३. थारु भाषा, साहित्य, संस्कृति तथा पहिचान संरक्षणका लागि अनुसन्धान केन्द्र तथा संग्रहालय स्थापना गरिनुका साथै विराटनगर–१९ वैजनाथपुरस्थित गिरिजा प्रसाद कोइराला रंगशालाको निर्माण कार्य शीघ्र सम्पन्न गरियोस्। ४. विराटनगर विमानस्थललाई क्षेत्रीय स्तरमा स्तरोन्नति गर्न आवश्यक जग्गा अधिग्रहण, मुआब्जा सुनिश्चितता तथा उडान विस्तारको कार्य अगाडि बढाइयोस्, जसले कोशी प्रदेशको पर्यटन र आर्थिक विकासमा टेवा पुर्‍याउनेछ। ५. तीन दशकदेखि अधुरो रहेको विराटनगर चक्रपथ निर्माण कार्य सम्पन्न गर्न पर्याप्त बजेटको व्यवस्था गरियोस्। विराटनगर-१९ स्थित बैजनाथपुरको गिरिजा प्रसाद कोइराला  रङ्गशालाको निर्माण कार्य सम्पन्न गरियोस। ६. पालिका स्तरीय अस्पतालहरुको स्वास्थ्य बिमा बक्यौता रकम (जस्तै: दुहबी नगरपालिकालाई करिब ५ करोड) तत्काल भुक्तानी गरियोस्। ७. स्थानीय तहको स्वायत्तता सुदृढ गर्न सशर्त अनुदानको सट्टा समानीकरण अनुदानमा वृद्धि गरियोस्। ८. रानी–विराटनगर–किमाथांका कोशी राजमार्ग अन्तर्गत दुहबी खण्डको बाँकी निर्माण कार्यका लागि बजेट सुनिश्चित गरियोस्। ९. पूर्वी करिडोर (ADB) परियोजना कार्यान्वयनका लागि आवश्यक समन्वय  पहल गरी शीघ्र कार्यान्वयन गरियोस्। १०. थारु, राजवंशी, धिमाल लगायतका समुदायका ग्रामथान (परम्परागत धार्मिक तथा सांस्कृतिक स्थल) को संरक्षण तथा व्यवस्थापनका लागि बजेट विनियोजन गरियोस्। ११. गछिया खोला र बुढीखोला, केसलिया लगायतका खोलामा तटबन्धन निर्माण गरी डुवान समस्याबाट प्रभावित क्षेत्र (बुढीगंगा, विराटनगर लगायत) लाई सुरक्षित बनाइयोस्। सुन्दरहरैंचा ६ स्कुल डाडा र ७खानेपानी ट्यान्किटोल  जोड्ने गछिया खोलामा पुल निर्माण। १२. विराटनगर–४ मा सानो इक्रही हुँदै जोलाटोल - हुदै सगरमाथा सडक स्तरोन्नति, नाला निर्माण तथा पानी निकासको उचित व्यवस्थापन गरियोस्। १३. मोरङ जिल्लामा थारु संग्रहालय स्थापना तथा भाषा, साहित्य र संस्कृतिको अध्ययन अनुसन्धान केन्द्र स्थापना गरियोस्। १४. बिराटनगर १२,जनक मिलन मार्ग, सतिआही टोल लगायत) को स्तरोन्नति गरियोस्। १५. सुनसरीको बर्जु ताल संरक्षण, प्रवर्द्धन तथा समग्र विकासका लागि विशेष योजना ल्याइयोस्। १६. कृषि क्षेत्रको सुदृढीकरणका लागि सिँचाइ, मल आपूर्ति र विद्युत पूर्वाधारको समयमै व्यवस्थापन गरियोस्। १७. अलैची, चिया, अदुवा, कफी, अल्लो, चिरैतो जस्ता उच्च मूल्यका उत्पादनको ब्रान्डिङ, प्रशोधन तथा निर्यात प्रवर्द्धनका लागि उद्योग स्थापना गरियोस्। १८. केसलिया करिडोर निर्माण तथा व्यवस्थापन कार्य अघि बढाइयोस्। १९. जल, जमिन र जंगलमा आदिवासी तथा थारु समुदायको पहुँच सुनिश्चित गर्दै कोशी बेसिनलाई सिँचाइ तथा उत्पादनमुखी प्रयोगमा ल्याइयोस्। २०. कोशी प्रदेशमा सार्वजनिक–निजी साझेदारीमा सूचना प्रविधि पार्क स्थापना गरियोस्। २१. पर्यटन प्रवर्द्धनका लागि “शिव सर्किट” (उदयपुर, खोटाङ लगायत) विकास गरियोस्। २२. जलवायुमैत्री उत्पादन प्रणालीमा जोड दिँदै प्राकृतिक स्रोतको दिगो उपयोग सुनिश्चित गरियोस्। २३. वन क्षेत्रको उत्पादन र उत्पादकत्व वृद्धि गरी रोजगारी तथा आयआर्जनसँग आबद्ध गरियोस्। २४. मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरण गर्दै जैविक मार्ग व्यवस्थापन (मोरङ, सुनसरी, झापा क्षेत्रमा हात्ती तथा पहाडी क्षेत्रमा बाँदर समस्या) गरियोस्। २५. बुढीगङ्गा ७, मोरङ चतरा मुल नहर उत्तर बेलडाँगी गाउँ आउने जाने पुल निर्माण गरियोस । २६. सबै जातजातिको संस्कृति झल्किने रास्ट्रिय सङ्ह्रालयको स्थापना । सांसद प्रमिला कुमारी गछदारले आगामी बजेट, नीति तथा कार्यक्रम राख्न आवश्यक पहल तथा प्रभावकारी कार्यान्वयन हुने आशा व्यक्त गरेकी छिन् ।

‘म्वार मनक फुलरिया’ कविता संग्रहके घुर्घुट खोलाइ 

‘म्वार मनक फुलरिया’ कविता संग्रहके घुर्घुट खोलाइ 

१९५ दिन अगाडि

|

२ वैशाख २०८३

बर्दियाके स्रस्टा जग्गु प्रसाद चौधरीके ‘म्वार मनक फुलरिया’ थारु भासाके कविता संग्रहके घुर्घुट खोलाइ हुइल बा ।  लावा बरस २०८३ सालके पैल्हा डिन बैशाख १ गते बारबर्दिया–१०, सेमरहवास्थित कुम्भरअड्डा बेपत्ता योद्वा स्मृति पार्कमे कैगैल थारू भाषा उत्थान मञ्च नेपाल (गोचाली परिवार) के ५५ वा दिवसके अवसरमे पोस्टाके घुर्घुट खोलाइ हुइलक हो । गोचाली परिवारके अध्यक्ष दशरथ अगलपथ थारु (सुदिन) के घरगोस्याइमे हुइल कार्यक्रममे गोचालीके संस्थापक सदस्य भगवती प्रसाद चौधरी, थारू आयोगके पैल्हक अध्यक्ष विष्णु प्रसाद चौधरी लगायत बोलुइयन स्रस्टाहे बधाइ ओ गोचाली परिवारहे शुभकामना डेले रहिंट ।  कार्यक्रममे जग्गु प्रसाद चौधरी, देवराज शर्मा, निशा  थारू, मोतीकुमार चौधरी, देविका थारू, बिनाराम थारू, महेश राम थारू (तोहर प्यारा) लगायत स्रस्टालोग रचना वाचन कर्ले रहिंट । ओस्हक संजिविनी चौधरीले नृत्य प्रस्तुत कर्ले रहि । गोचाली परिवारके सचिव  कालीराम थारूसे सहजिकरन कैगिल कार्यक्रममे पहुनन्उपाध्यक्ष रिता थारू स्वागत कर्ले रहि । 

कन्या स्वतन्त्रताको पर्ब चिरैं, चैत १४ गते 

कन्या स्वतन्त्रताको पर्ब चिरैं, चैत १४ गते 

२२१ दिन अगाडि

|

६ चैत २०८२

                                                                                                                                      फायल तस्विर कैलालीको लम्कीचुहा नगरपालिकामा कन्या स्वतन्त्रताको पर्ब चिरैं, यही चैत १४ गते (चैत्र शुक्ल पक्षको दशमी तिथिमा) मनाइने भएको छ । बरघर भल्मन्सा समिति लम्कीचुहा नगर समिति कैलालीले चैत ४ गते बरघर भल्मन्साहरुको भेला बोलाई उक्त निर्णय गरेको जनाएको छ । शिवचरण चौधरीको सभापतित्वमा सम्पन्न भेलाले नगरपालिकाभरी चिरैं पर्ब एकसाथ मनाउँदा राम्रो हुने, राम्रो सन्देश जाने भएकोले सँगै मनाउने निर्णय गरिएको कुरा समितिका अध्यक्ष दशराम थारुले जनाएका छन् ।  चिरैं पर्ब चैत शुक्ल पक्षमा मनाइने र कन्याहरुको श्रृङ्गार, सुसार देवीलाई मनौता गरिएको हुँदा यस दिन विशेषगरी कन्याहरु गाउँबाहिर एक ठाउँमा भेला भई हाँस्ने खेल्ने रमाइलो गर्ने गर्दछन् । घरका अभिभावकहरु उनीहरुको ख्याल गर्ने गर्दछन् ।   यो थारुहरुको सामुहिक पूजा पनि भएको र गुरुवाहरु गाउँ गाउँमा पूजा गर्न गराउन जानुपर्ने भएकोले धेरै गाउँ सम्हालेका भुइँहारलाई गार्हो पनि पर्दछ । यसका लागि अध्यक्ष थारुले भुइँहार गुरुवाहरुलाई आफू पुग्न नसके केशौकामार्फत पनि पूजाको चाँजोपाँजो मिलाउन अनुरोध गरिएको बताएका छन्।