दिनेश प्रसाद श्रेष्ठ
२००७ सालअघि र त्यसताक राजापुर बर्दिया जिल्लाकाे प्रमुख ब्यापारिक स्थान थियाे। ताक्लाकाेट (तिब्बत) देखि भारतसम्म यहाँबाट उपयाेगी सरसामानहरु यहाँ भएर आयात-निर्यात हुन्थ्याे। यसैले यहाँ बर्दियाकाे प्रमुख भन्सार अड्डा, बजार अड्डा र प्रमुख थाना पनि थियाे। बर्दियाकाे मूख्य चहलपहल यहाँ हुन्थ्याे।
२००७ सालकाे नेपाली कांग्रेसद्वारा सञ्चालित क्रान्तिमा यहाँ कब्जा जमाउन खटिएका टाेलीहरुमा क्रान्तिकाे महासञ्चालक महेन्द्र विक्रम शाह र क्रान्तिकारीहरु: निर्मल लामा (पछिल्लाे कालमा नेकपा, चाैथाे महाधिवेशनकाे महमन्त्री), बिष्णु बहादुर मानन्धर (पछिल्लाे कालमा नेकपा-संयुक्तकाे महामन्त्री), राजेश्वरी प्रसाद उपाध्याय, शिध्दिगणेश मानन्धर, बद्रीराम भण्डारी, गाृपाल बहादुर कर्माचार्य, प्रेमलाल तुलाधर र गाेविन्द बहादुर श्रेष्ठ खटिएका थिए। यी क्रान्तिकारीहरुलाई राजापुर, मुरैयाका भागवतदास थारु, राजापुर, बदालपुरका उत्तमराम थारु र प्रयागराज थारु लगायतका स्थानीय क्रान्तिकारी युवाहरुले सघाएका थिए।
यी क्रान्तिकारीहरुले स्थानीय जाेताहा कमैया किसानहरुलाई तत्कालीन नेपाली कांग्रेसकाे नीति अनुसार "जग्गा जाेत्नेकाे, बाली कमाउनेकाे" नाराले जागृत गरिएकाे थियाे। यी क्रान्तिकारीहरुले डाेटी थानाबाट खटिई राजापुर थानामा आएका मिलिसिया सुबेदार निरख बहादुर पर्छाई (पछि २०१५ सालमा दैलेखबाट संसद सदश्यमा निर्वाचित) लाई कन्भिन्स गरी आफुमा मिलाएका थिए र ५१ जना मिलिसियाहरु भएकाे राजापुर थाना समेत सबै अड्डाहरु २००७ साल पाैष २७ गते (९ जनवरी १९५१) काे दिन कब्जामा लिएका थिए।
राजापुर कब्जा भएकाे ३ महिना १८ दिनपछि २००७ साले क्रान्तिबाट जागृत भूमिहिन कमैया किसानहरुले आफुले जाेतेकाे र उब्जाएकाे अन्नबालीकाे तिभागा (टिकुर) बटैया आफुहरुले पाउनु पर्ने नत्र बटैया गर्न नदिने माग राखेर बेलवा गाउँ, भौंरा ( पहिलेकाे मानपुरटपरा गाविसकाे र ऐलेकाे राजापुर नगरपालिका, वडा नं. ६) मा जमिन्दारकाे खलिहान घेरेका थिए।
साेही खलिहान घेरेर बसेका किसानहरुमाथि तत्कालीन प्रशासनबाट २००८ साल वैशाख १५ गते (२८ अप्रिल १९५१) शनािवारका दिन साँझ ५.०० बजे गाेली हान्न लगाइएकाे थियाे।
यस गाेलीकाण्डमा शहीद हुनेहरु र घाइते हुनेहरुकाे नामावलीतथा अन्य बिवरण तल दिएकाे छु।

याे काण्ड घटेकाे थाहा पाएपछि तत्कालीन गृहमन्त्री बिश्वेश्वर प्रसाद काेइराला दु:खी भई भावविह्वल भएर अश्रुपुरित भएथे रे। उनले घटनाकाे १० दिनमै यसकाे जाँचबुझ गर्न मन्त्रीसहित ६ जनाकाे टाेली राजापुर पठाएका थिए र यस टाेलीले ११ मई १९५१ मा राजापुर पुगेर छानवीन गरेकाे थियाे।
स्रोतः दिनेश प्रसाद श्रेष्ठको फेसबुक वाल
प्रकाशित:
५७७ दिन अगाडि
|
१ फागुन २०८१
१० घण्टा अगाडि
|
२८ भदौ २०८३
१३ दिन अगाडि
|
१५ भदौ २०८३
१५ दिन अगाडि
|
१३ भदौ २०८३
१६ दिन अगाडि
|
१३ भदौ २०८३
२१ दिन अगाडि
|
७ भदौ २०८३
३० दिन अगाडि
|
२९ साउन २०८३
४१ दिन अगाडि
|
१८ साउन २०८३
१४३३ दिन अगाडि
|
२५ असोज २०७९
१४६८ दिन अगाडि
|
२१ भदौ २०७९
१४७७ दिन अगाडि
|
१२ भदौ २०७९
१४३२ दिन अगाडि
|
२६ असोज २०७९
१३८२ दिन अगाडि
|
१५ मंसिर २०७९
१४३८ दिन अगाडि
|
२० असोज २०७९
१३७० दिन अगाडि
|
२७ मंसिर २०७९