Above News Title

११औँ थारू साहित्य राष्ट्रिय सम्मेलन चितवनको माडीमा हुने

११औँ थारू साहित्य राष्ट्रिय सम्मेलन चितवनको माडीमा हुने

११औँ थारू साहित्य राष्ट्रिय सम्मेलन आगामी पुस १० र ११ गते चितवनको माडी नगरपालिका–३, बघौडास्थित कभर्ड हलमा आयोजना हुने भएको छ । 

थारू लेखक संघ नेपाल केन्द्रीय समितिको आयोजनामा हुने सम्मेलनमा विभिन्न संस्थाको सहकार्य रहने संघका चितवन शाखाका अध्यक्ष सीएम अपिल चितौनेले बताए । जसमा माडी नगरपालिका, माडी प्रज्ञा प्रतिष्ठान, नेपाल प्रज्ञा प्रतिष्ठान, थारू कल्याणकारिणी सभा (थाकस) चितवन, थारू पत्रकार संघ चितवन, थारू कलाकार संघ चितवन लगायतको सहकार्य रहनेछ ।

सम्मेलन तयारीका लागि हालै थारू लेखक संघ नेपालका संस्थापक पूर्वअध्यक्ष तथा संरक्षक एवम् नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ परिषद् सदस्य डा कृष्णराज सर्वहारीको संयोजकत्वमा माडीस्थित थाकस क्षेत्र नं १ को सभा भवनमा बैठक सम्पन्न भएको छ । उक्त बैठकले सम्मेलनलाई व्यवस्थित र प्रभावकारी रूपमा सम्पन्न गर्न विभिन्न उपसमिति गठन तथा जिम्मेवारी बाँडफाँट गरेको छ ।

बैठकले स्मारिका प्रकाशन समिति तथा कार्यक्रम र आर्थिक उपसमितिको संयोजकमा चन्द्रमणि महतो, भोजन व्यवस्थापन उपसमितिको संयोजकमा हिरामति गुरौ, आवास व्यवस्थापन उपसमितिको संयोजकमा लिलकुमार महतो र प्रचार–प्रसार उपसमितिको संयोजकमा थारू पत्रकार संघ चितवनका अध्यक्ष मनोज अज्ञात थारूलाई जिम्मेवारी दिएको छ । बाँकी उपसमिति पनि छिटै गठन गरिनेछ ।

सम्मेलनको तयारीकै क्रममा माडी प्रज्ञा प्रतिष्ठानका पदाधिकारीसँग भेटघाट तथा छलफलसमेत गरिएको छ । सम्मेलनका अवसरमा गत वर्षझैं यस वर्ष पनि थारु राष्ट्रिय कविता प्रतियोगिता गरिनुका साथै दर्जन बढी पुस्तक, पत्रिका विमोचन गरिने टिमका इभेन्ट म्यानेजर डा सञ्जय महतोले बताए । उनले प्यानल छलफलका लागि थारू भाषा, साहित्य, कला, संस्कृति र इतिहासका विविध विषयमा विज्ञको नामावली छिटै टुंगो लाग्ने जानकारी दिए ।

छिमेकी मुलुक भारत बिहार क्षेत्रका थारू लेखक तथा थारु समुदायबारे लामो समयदेखि अध्ययन गरिरहेका अन्य देशका स्कलरलाई समेत सम्मेलनमा सहभागी गराउने योजना रहेको आयोजकले जनाएको छ । 

बैठकमा थाकस चितवनका अध्यक्ष ललितकुमार चौधरी, थाकस क्षेत्र नं १ माडीका पदाधिकारी, माडी नगरपालिका–३ का वडाध्यक्ष पुरन महतो लगायतले ११औँ थारू साहित्य राष्ट्रिय सम्मेलन चितवनको माडीमा हुने निर्णयले आफूहरुलाई खुशी लागेको बताए । साथै, तन, मन, धनले साथ दिने प्रतिवद्दता व्यक्त गरे ।

स्मरण रहोस्, गत वर्ष २०८२ माघ १६ र १७ गते पर्साको सुगौली पटेर्वा गाउँपालिका–२, बेलवामा १०औँ राष्ट्रिय सम्मेलन सम्पन्न भएको थियो ।

प्रकाशित:

१८ दिन अगाडि

|

२४ असोज २०८३

रेशम चौधरीको उम्मेदवारी विरुद्ध उजुरी किन ?
रेशम चौधरीको उम्मेदवारी विरुद्ध उजुरी किन ?

१४७७ दिन अगाडि

|

२५ असोज २०७९

डा. केआई सिंहको बिर्तावाल ‘गुलयारी’ : थारू उपर कहिल्यै नमेटिने ती घाउहरू
डा. केआई सिंहको बिर्तावाल ‘गुलयारी’ : थारू उपर कहिल्यै नमेटिने ती घाउहरू

१५१२ दिन अगाडि

|

२१ भदौ २०७९

स्वतन्त्रहरु अनि नागरिक उन्मुक्ति पार्टीको उदयको दस्तक
स्वतन्त्रहरु अनि नागरिक उन्मुक्ति पार्टीको उदयको दस्तक

१५२२ दिन अगाडि

|

१२ भदौ २०७९

‘रेशम रक्तबीज हो, एक रेशमको उमेदवारी खारेजले हजार रेशम जन्मिन्छन्ः’ हिमाञ्चल भट्टराई
‘रेशम रक्तबीज हो, एक रेशमको उमेदवारी खारेजले हजार रेशम जन्मिन्छन्ः’ हिमाञ्चल भट्टराई

१४७७ दिन अगाडि

|

२६ असोज २०७९

टीकापुर घटनाको मुद्दा फिर्ता नलिइए नागरिक उन्मुक्तिका सांसदले शपथ नलिने 
टीकापुर घटनाको मुद्दा फिर्ता नलिइए नागरिक उन्मुक्तिका सांसदले शपथ नलिने 

१४२६ दिन अगाडि

|

१५ मंसिर २०७९

रातीसम्म नाचगान गरेको भन्दै टीकापुर प्रहरीबाट जानकीका ३ जनालाई पक्राउ
रातीसम्म नाचगान गरेको भन्दै टीकापुर प्रहरीबाट जानकीका ३ जनालाई पक्राउ

१४८२ दिन अगाडि

|

२० असोज २०७९

टीकापुर घटना राज्यसत्ताले चलाखीपूर्ण रूपमा घटाएको घटना होः मोहना अन्सारी
टीकापुर घटना राज्यसत्ताले चलाखीपूर्ण रूपमा घटाएको घटना होः मोहना अन्सारी

१४१५ दिन अगाडि

|

२७ मंसिर २०७९