स्केचः समोयत्री चटर्जी
-सञ्जय सुमन
म फर्किन चाहन्छु
विगतमा -
वा विगतभन्दा पनि सुदूर विगतमा
अर्थात, म जन्मिन चाहन्छु
कुनै दलित आमाको कोखबाट ।।
इतिहासले पहिलो अक्षर कोरेपछि
जातको पहिलो धर्सो कोरिएपछि
उक्त बाँझो चेतनशून्य समयको गर्भमा
म जन्मिन चाहन्छु
म जन्मिन चाहन्छु
कुनै दलित आमाको कोखबाट ।।
बर्सौँदेखि वायुको सूक्ष्म अणुले सिर्जित प्राण
जलको बुँदले सिञ्चित देह
र, भूगोलले जोडिएका पैताला
रगतामयगरी चिरिए
न मैले छोएँ उनलाई
न उनले छुने हिम्मत गरिन्
हो, उसैको कोखबाट म जन्मिन चाहन्छु
म जन्मिन चाहन्छु
कुनै दलित आमाको कोखबाट ।।
गाउँको कुनै भोजमा
ऊ आफ्नै लोटा
आफ्नै थाली लिइ
अलग्गै बस्थिन्
थालीको डिलमा कोरिएको जात
भातभन्दा पहिले पस्किएको छुवाछुत
पानीको मुहानमा लगाइएको जातको ताल्चा
फुटाल्नु छ
हो, म जन्मिन चाहन्छु
कुनै दलित आमाको कोखबाट ।।
सर्लाही, हालः काठमाडौं
प्रकाशित:
२ दिन अगाडि
|
९ कात्तिक २०८३
२ दिन अगाडि
|
१० कात्तिक २०८३
२ दिन अगाडि
|
९ कात्तिक २०८३
३ दिन अगाडि
|
८ कात्तिक २०८३
१३ दिन अगाडि
|
२९ असोज २०८३
१४ दिन अगाडि
|
२८ असोज २०८३
१८ दिन अगाडि
|
२४ असोज २०८३
२१ दिन अगाडि
|
२० असोज २०८३
१४७७ दिन अगाडि
|
२५ असोज २०७९
१५१२ दिन अगाडि
|
२१ भदौ २०७९
१५२२ दिन अगाडि
|
१२ भदौ २०७९
१४७७ दिन अगाडि
|
२६ असोज २०७९
१४२६ दिन अगाडि
|
१५ मंसिर २०७९
१४८२ दिन अगाडि
|
२० असोज २०७९
१४१५ दिन अगाडि
|
२७ मंसिर २०७९