चितवनको खिचरा महोत्सवमा निःशुल्क स्वास्थ्य सेवा पाइने

चितवनको खिचरा महोत्सवमा निःशुल्क स्वास्थ्य सेवा पाइने

१३४९ दिन अगाडि

|

२५ पुष २०७९

के छ नागरिक उन्मुक्ति र जनमत पार्टीबीचको  साझा सहमतिमा ?

के छ नागरिक उन्मुक्ति र जनमत पार्टीबीचको  साझा सहमतिमा ?

१३५० दिन अगाडि

|

२४ पुष २०७९

नागरिक उन्मुक्ति र जनमत पार्टीबीच मोर्चाबन्दी गर्ने सहमति भएको छ । नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरी र जनमत पार्टीका अध्यक्ष डा सीके राउतले मोर्चावन्दीका लागि  १२ बुँदे सहमतिमा हस्ताक्षर गरेका छन् । आइतबार भएको सहमतिमा दुई दलको सहमतिमा रेशम चौधरी लगायत टीकापुर घटनाका बन्दीको रिहाइ, देउवा सरकारले ल्याएको अध्यादेशलाई संसदबाट कानुनका रुपमा पास गर्ने, लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्नुपर्ने, सीके राउतसँग भएको सहमति कार्यान्वयन, नागरिकता विधेयक पास गर्नुपर्ने र संविधान संशोधनलगायतका विषय रहेका  छन् । साझा सहमति कार्यान्वयन गर्ने गरी एक भएर मात्र संघ र प्रदेश सरकारमा सहभागी हुने दुबै दलको सहमति छ । जबकि जनमत पार्टीले यो मोर्चावन्दी अघि नै संघीय सरकारमा एक मन्त्री सहभागी गराइ सकेको छ । जनमत पार्टीले मधेस प्रदेशमा तथा नागरिक उन्मुक्ति पार्टीले सुदूरपश्चिममा मुख्य मन्त्रीको दावी गरिरहेका छन् । 

सुर्खेतमा थारु माघ पर्वको विशेष शुभकामना साटासाट

सुर्खेतमा थारु माघ पर्वको विशेष शुभकामना साटासाट

१३५० दिन अगाडि

|

२४ पुष २०७९

माघ पर्वको अवसरमा वीरेन्द्रनगरमा लखागिन थारु उत्थान मञ्च सुर्खेतको मूल आयोजना र राष्ट्रिय थारु कलाकार मञ्च सुर्खेतको सहआयोजनामा नयाँ वर्षको रुपमा मनाइने थारु समुदायको माघ मिलन तथा शुभकामना आदान प्रदान कार्यक्रम विविध सांस्कृृतिक नाचगान गरी सम्पन्न भएको छ । शनिबार भएको कार्यक्रममा माघी पर्वकोे महत्व एवम् मौलिकताका बारेमा नयाँ पुस्तालाई थाहा नहुँदा संस्कृतिप्रति सद्भाव हराउदै गएकोले वीरेन्द्रनगर नगरपालिकाको वडा नं २ मा यस पर्वको महत्वको बारेमा एवम् मघौटा नाचसहित कार्यक्रम मनाएको कुरा लखागिन थारु उत्थान मञ्च सुर्खेतका अध्यक्ष मान बहादुर चौधरी ‘पन्ना’ले बताए । माघी पर्वको महत्वको बारेमा मानवीर थारुले थारुहरुको महान पर्व माघ मनाउने विधि तौरतरिका, समुदायमा यसको महत्व र वर्तमान विभिन्न संस्कृतिको प्रभावको चुनौती र नयाँ पुस्ताले आफ्नो संस्कृतिलाई आत्मसात गर्नुपर्ने लगायतको विषयमा विचार व्यक्त गरे । कार्यक्रमका प्रमुख अतिथि सुर्खेत वीरन्द्रनगर नगरपालिकाका वडा नं २ को वडाअध्यक्ष गजबहादुर बुढाले थारुहरुको ऐतिहासिक चाड माघीमा सबै गाउँबाट जम्मा भएर मनाउने कामले संस्कृति संरक्षणमा महत्वपूर्ण योगदान पुग्ने बताउनु भयो । यस्तो रचनात्मक कार्यक्रमले पनि थारु संस्कृति संरक्षणमा टेवा पुग्ने भएकाले यसलाई अझै व्यापक र बृहत गर्दै जानुपर्ने धारणा राखे । संस्कृति देशको पहिचान र चिनारी भएकोले सबै जातजातिको संरक्षण गर्न आफूले सहयोग गर्ने प्रतिवद्धता जनाए ।  कार्यक्रमका लालबहादुर थारुले थारुहरुको मौलिक संस्कृति  पहिचान धरोहर  माघी लगायत पर्वलाई बचाउने जिम्मा सरकारले दायित्व बोध गर्नुपर्नेमा वेवास्ता गर्दा संस्कृति धरापमा परिरहेको चिन्ता व्यक्त गरे ।  वीरेन्द्रनगर नगरपालिकाका वडा नं २ का वडासदस्य सरिता चौधरीले सुर्खेतका थारुहरुको भाषा संस्कृति संरक्षण संवद्र्धन गर्न थारु समुदाय आफै पनि जागरुक हुनुपर्नेमा जोड दिइन् । युवालाई पुराना पुर्खाहरुले सिकाउनुपर्ने र युवाहरु पनि आफ्नो संस्कार संस्कृतिलाई माया गर्दै जर्गेना गर्नुपर्नेमा जोड दिदै युवाहरुले अवको बदलिंदो परिवेशमा सांस्कृतिक रुपान्तरण गर्न जरुरी भए पनि मौलिकतालाई भुल्न नहुने बताइन् । कार्यक्रममा  २ नं वडासदस्य रमेश चौधरी,  कालुराम दहित,  थारु वुद्धिजीवी अमर चौधरी, शेरबहादुर थारु, टिकाराम थारुलगायतका वक्ताहरुले थारुहरुको मौलिक पहिचान बचाउन सबैले साथ दिनुपर्नेमा जोड दिएका थिए । कार्यक्रममा विभिन्न स्थानीय थारु कलाकारहरुको थारु नृत्य तथा गीतहरु समेत प्रस्तुत गरिएको थियो । कार्यक्रम लखागिन थारु उत्थान मञ्चका अध्यक्ष मान बहादुर पन्नाको अध्यक्षतामा सम्पन्न भएको थियो । कार्यक्रमको सञ्चालन लखागिन थारु उत्थान मञ्च सुर्खेतका सचिव जित बहादुर चौधरीले गर्नु भएको  थियो ।  

खिचरा महोत्सवमा लोपोन्मुुख थारु लोक साहित्य

खिचरा महोत्सवमा लोपोन्मुुख थारु लोक साहित्य

१३५० दिन अगाडि

|

२४ पुष २०७९

कारी महतो      सवाल– गागल फरे लदाभदी रसिया हेरि हेरि जाई ।     हे गोरी मुई पुछसो तोर गागल कैसे बिकाई ?     कुनै सुन्दर युवती देखेपछि थारु युवक मोहित हुन्छ । त्यसपछि युवतीको मनस्थिति बुझ्न युवकले यसरी सवाल प्रस्तुत गर्ने गर्दछ । यस्तो सवाल सुनेपछि प्रत्युत्तरमा युवतीले लयात्मक लवजमा जवाफ फर्काउँछिन् ।   जवाफ– लाखोन हिरा लाखोन मोती लाखोन सम्पत बिकाई ।     जकरसे दिलचित मिल्तई वसहिं गागल बिकाई ।।     यसखालको सवाल–जवाफलाई थारु लोक साहित्यमा “गाहा” भनिन्छ । विगतमा यसखालका मौखिक लोक साहित्य थारु गाउँघरमा निकै चर्चित थियो । तर विस्तारै लोप हुँदै गयो । लयात्मक शैलीमा सवाल जवाफ गरिने भएकोले पनि धेरैजसोका लागि यो गाह्रो हुन्थ्यो । गाहा केटाकेटीमा मात्र नभई श्रीमान् श्रीमती बीच पनि हुन्थ्यो ।  श्रीमान्– किहागोरी लहावत, किहागोरी खोरत, किहागोरी झमिलावत केस ।     यसने हतिय मोर तिरीया, केहके जेतही मुई परदेश ।। श्रीमती– भाजभाजे रे बटोहिया तोर मुह जुवावा तोर मुखचिनी तोर ।     मुख बहिलियाक फूल यगति देखले झेंङटकुटुवा यखना यखिया फुटलउ तोर ।।     यस किसिमको सवालहरुलाई लयबद्ध जवाफ फर्काउन नसक्दा एकदुई शब्दमै पनि जवाफ फर्काइन्थ्यो । एकदुई शब्दमा जवाफ आउने सवाल जवाफलाई “पेहनी” भनिन्छ । नेपाली भाषामा यसलाई “गाउँ खाने कथा” भनिन्छ ।  सवाल– हर्दीक चुक्चुक पितरीक ल्वाटा,      जुन नाहि जाने बनरक ब्याटा,     कथि हलई ? जवाफ– बिरोरीक छाता     नेपाली भाषा साहित्यमा गाउँ खाने कथाको अस्तित्व अझै छ । तर थारु लोक साहित्यमा पेहनी सँस्कृति युवा जमातमा लोप हुँदै गईरहेको छ । यस वर्षको खिचरा महोत्सवमा यसखालको प्रश्नोत्तरले स्थान पाउने भएको छ ।  सवाल– सात कोस मोर बबुवा रे भितर गेलिहे पेट     ऐसन ससुरा गारी देलिहे सैया से हैनो भेट,     कथि हलई ?  सवाल–    हर्दीक चुक्चुक पितरीक ल्वाटा,      जुन नाहि जाने बनरक ब्याटा,      कथि हलई ? सवाल– सित झबाझव निर्मल पानी,      सेहे फूल गाथे कौने रानी,      कथि हलई ? सवाल– चार लरन, चार गरम, चार झरी झरी,     यगुडा हरिनक बारह खुर बिलगे बिलगे च¥ही,      कथि हलई ? सवाल– याहि पारा गंगा वाहि पारा गंगा बिचे बिचे रुख,     ताहि रुखमा लागल बाणे दिलके बाण दुख,      कथि हलई ?     यस्ता सयौं पेहनीको सवाल जवाफको रौनक यसवर्ष आठौं खिचरा महोत्सवमा पहिलो पटक देख्न पाइने भएको छ । यहि पुस २८ देखि माघ ४ गतेसम्म चितवनको खैरहनी नगरपालिका वडा नं. ५, गौचरनमा हुने आठौं खिचरा महोत्सवमा थारु लोक साहित्यलाई जगेर्ना गर्नका लागि “जिल्ला स्तरिय पेहनी होड” कार्यक्रम पनि राखिएको छ । कार्यक्रममा थारु कल्याणकारिणी सभा चितवनको हरेक क्षेत्रबाट तीन–तीन जनाको एउटा समूह बनाई भाग लिन सकिनेछ । विजेता समूहलाई नगद पुरस्कार र प्रमाण पत्रको व्यवस्था गरिएको छ ।           लोपोन्मुख थारु साहित्य जगेर्नाका लागि खिचरा महोत्सवमा पेहनी होड कार्यक्रम आयोजना गरिन लागेको थारु कल्याणकारिणी सभाका पूर्व केन्द्रीय सदस्य लक्ष्मण प्रसाद चौधरीले बताउनु भयो । महोत्सवमा भलिबल, चित्रकला, नृत्य लगायत थुप्र्रै खुला प्रतियोगिताको आयोजना गरिएको र थारु विशेषका लागि पेहनी होड आयोजना गरिएको मूल समिति संयोजक कृष्णलाल चौधरीले बताए ।   

विश्वासको मत लिएपछि रेशम चौधरीको मुद्दा टुंग्याउने पहल गर्ने प्रधानमन्त्री प्रचण्डको आश्वासन

विश्वासको मत लिएपछि रेशम चौधरीको मुद्दा टुंग्याउने पहल गर्ने प्रधानमन्त्री प्रचण्डको आश्वासन

१३५२ दिन अगाडि

|

२२ पुष २०७९

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले टीकापुर घटनामा दोषी ठहर भई हाल डिल्लीबजार कारागारमा रहेका रेशम चौधरी लगायतको मुद्दा सरकारले विश्वासको मत लिएपछि टुंग्याउन पहल गर्ने  बताएका छन् । शुक्रबार थारू कल्याणकारिणी सभा (थाकस) का पदाधिकारीहरुसँगको भेटघाटमा प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिएपछि रेशम चौधरीको मुद्दाबारे टुंगो लगाउन पहल गर्ने आश्वासन दिएको थाकसका महामन्त्री प्रेमीलाल चौधरीले बताए । उनका अनुसार टीकापुरको मुद्दा पहिल्यैदेखि राजनीतिक भएकाले यसलाई राजनीतिक तवरले नै टुंगोमा पुर्‍याउने पहल आफूले गर्ने जनाए ।  साथै, निजामती सेवा ऐनमा थारू समुदायको आरक्षणसमेत सुनिश्चित गर्ने प्रधानमन्त्रीले प्रतिवद्धता जनाएका छन् । भेटघाटमा थारू आयोगका अध्यक्ष विष्णु चौधरी, सदस्य डा उमाशंकर चौधरी, शान्ति मोदी पनि संग्लग्न थिए । तिनले थारूको भाषा, संस्कृतिमाथि संवैधानिक निकायबाटै भइरहेको आक्रमणलाई जोगाउनसमेत पहल गरिदिन प्रधानमन्त्री प्रचण्डसँग आग्रह गरेका थिए । स्मरण रहोस्, हालै मधेसी आयोगले थारु जातिलाई मधेसीमा सूचीकरण गरेको थियो । 

रौतहट-२ का स्वतन्त्र सांसद   किरण साह एमाले प्रवेश

रौतहट-२ का स्वतन्त्र सांसद   किरण साह एमाले प्रवेश

१३५५ दिन अगाडि

|

१९ पुष २०७९

रौतहट-२ बाट निर्वाचित स्वतन्त्र सांसद किरण साह नेकपा एमालेमा प्रवेश गरेका छन् । आज बिहान एमाले अध्यक्ष केपी शर्मा ओली निवास बालकोट पुगेर साह एमाले प्रवेश गरेका हुन् । पार्टी प्रवेश गर्न बालकोट पुगेका साहलाई एमाले अध्यक्ष ओलीले खादा र टीका लगाएर स्वागत गरेका छन् । साहले आफू यसअघि नै अनौपचारिक रुपमा एमाले प्रवेश गरिसकेको र आज त्यसैलाई औपचारिकता दिएको बताए । ‘अनौपचारिक रुपमा त म एमाले प्रवेश गरेको थिएँ । आज औपचारिक रूपमा प्रवेश गरेको हो,’ साहले भने, ‘एमाले अध्यक्ष र मेरो हस्ताक्षरसहितको सहमति हुन्छ।’ स्वतन्त्रबाट प्रतिनिधि सभामा सांसद जित्ने लालवीर चौधरी नागरिक उन्मुक्तिमा प्रवेश गरेका छन् भने स्वतन्त्र सांसद प्रभु साहले नयाँ पार्टी गठन गरेका छन् ।