Above News Title

खिचरा महोत्सवमा लोपोन्मुुख थारु लोक साहित्य

खिचरा महोत्सवमा लोपोन्मुुख थारु लोक साहित्य

कारी महतो     
सवाल– गागल फरे लदाभदी रसिया हेरि हेरि जाई ।
    हे गोरी मुई पुछसो तोर गागल कैसे बिकाई ?

    कुनै सुन्दर युवती देखेपछि थारु युवक मोहित हुन्छ । त्यसपछि युवतीको मनस्थिति बुझ्न युवकले यसरी सवाल प्रस्तुत गर्ने गर्दछ । यस्तो सवाल सुनेपछि प्रत्युत्तरमा युवतीले लयात्मक लवजमा जवाफ फर्काउँछिन् ।  

जवाफ– लाखोन हिरा लाखोन मोती लाखोन सम्पत बिकाई ।
    जकरसे दिलचित मिल्तई वसहिं गागल बिकाई ।।

    यसखालको सवाल–जवाफलाई थारु लोक साहित्यमा “गाहा” भनिन्छ । विगतमा यसखालका मौखिक लोक साहित्य थारु गाउँघरमा निकै चर्चित थियो । तर विस्तारै लोप हुँदै गयो । लयात्मक शैलीमा सवाल जवाफ गरिने भएकोले पनि धेरैजसोका लागि यो गाह्रो हुन्थ्यो । गाहा केटाकेटीमा मात्र नभई श्रीमान् श्रीमती बीच पनि हुन्थ्यो । 

श्रीमान्– किहागोरी लहावत, किहागोरी खोरत, किहागोरी झमिलावत केस ।
    यसने हतिय मोर तिरीया, केहके जेतही मुई परदेश ।।
श्रीमती– भाजभाजे रे बटोहिया तोर मुह जुवावा तोर मुखचिनी तोर ।
    मुख बहिलियाक फूल यगति देखले झेंङटकुटुवा यखना यखिया फुटलउ तोर ।।

    यस किसिमको सवालहरुलाई लयबद्ध जवाफ फर्काउन नसक्दा एकदुई शब्दमै पनि जवाफ फर्काइन्थ्यो । एकदुई शब्दमा जवाफ आउने सवाल जवाफलाई “पेहनी” भनिन्छ । नेपाली भाषामा यसलाई “गाउँ खाने कथा” भनिन्छ । 

सवाल– हर्दीक चुक्चुक पितरीक ल्वाटा, 
    जुन नाहि जाने बनरक ब्याटा,
    कथि हलई ?
जवाफ– बिरोरीक छाता

    नेपाली भाषा साहित्यमा गाउँ खाने कथाको अस्तित्व अझै छ । तर थारु लोक साहित्यमा पेहनी सँस्कृति युवा जमातमा लोप हुँदै गईरहेको छ । यस वर्षको खिचरा महोत्सवमा यसखालको प्रश्नोत्तरले स्थान पाउने भएको छ । 

सवाल– सात कोस मोर बबुवा रे भितर गेलिहे पेट
    ऐसन ससुरा गारी देलिहे सैया से हैनो भेट,
    कथि हलई ? 
सवाल–    हर्दीक चुक्चुक पितरीक ल्वाटा, 
    जुन नाहि जाने बनरक ब्याटा, 
    कथि हलई ?
सवाल– सित झबाझव निर्मल पानी, 
    सेहे फूल गाथे कौने रानी, 
    कथि हलई ?
सवाल– चार लरन, चार गरम, चार झरी झरी,
    यगुडा हरिनक बारह खुर बिलगे बिलगे च¥ही, 
    कथि हलई ?
सवाल– याहि पारा गंगा वाहि पारा गंगा बिचे बिचे रुख,
    ताहि रुखमा लागल बाणे दिलके बाण दुख, 
    कथि हलई ?

    यस्ता सयौं पेहनीको सवाल जवाफको रौनक यसवर्ष आठौं खिचरा महोत्सवमा पहिलो पटक देख्न पाइने भएको छ । यहि पुस २८ देखि माघ ४ गतेसम्म चितवनको खैरहनी नगरपालिका वडा नं. ५, गौचरनमा हुने आठौं खिचरा महोत्सवमा थारु लोक साहित्यलाई जगेर्ना गर्नका लागि “जिल्ला स्तरिय पेहनी होड” कार्यक्रम पनि राखिएको छ । कार्यक्रममा थारु कल्याणकारिणी सभा चितवनको हरेक क्षेत्रबाट तीन–तीन जनाको एउटा समूह बनाई भाग लिन सकिनेछ । विजेता समूहलाई नगद पुरस्कार र प्रमाण पत्रको व्यवस्था गरिएको छ । 
    
    लोपोन्मुख थारु साहित्य जगेर्नाका लागि खिचरा महोत्सवमा पेहनी होड कार्यक्रम आयोजना गरिन लागेको थारु कल्याणकारिणी सभाका पूर्व केन्द्रीय सदस्य लक्ष्मण प्रसाद चौधरीले बताउनु भयो । महोत्सवमा भलिबल, चित्रकला, नृत्य लगायत थुप्र्रै खुला प्रतियोगिताको आयोजना गरिएको र थारु विशेषका लागि पेहनी होड आयोजना गरिएको मूल समिति संयोजक कृष्णलाल चौधरीले बताए । 


 

प्रकाशित:

१३५० दिन अगाडि

|

२४ पुष २०७९

रेशम चौधरीको उम्मेदवारी विरुद्ध उजुरी किन ?
रेशम चौधरीको उम्मेदवारी विरुद्ध उजुरी किन ?

१४३९ दिन अगाडि

|

२५ असोज २०७९

डा. केआई सिंहको बिर्तावाल ‘गुलयारी’ : थारू उपर कहिल्यै नमेटिने ती घाउहरू
डा. केआई सिंहको बिर्तावाल ‘गुलयारी’ : थारू उपर कहिल्यै नमेटिने ती घाउहरू

१४७४ दिन अगाडि

|

२१ भदौ २०७९

स्वतन्त्रहरु अनि नागरिक उन्मुक्ति पार्टीको उदयको दस्तक
स्वतन्त्रहरु अनि नागरिक उन्मुक्ति पार्टीको उदयको दस्तक

१४८३ दिन अगाडि

|

१२ भदौ २०७९

‘रेशम रक्तबीज हो, एक रेशमको उमेदवारी खारेजले हजार रेशम जन्मिन्छन्ः’ हिमाञ्चल भट्टराई
‘रेशम रक्तबीज हो, एक रेशमको उमेदवारी खारेजले हजार रेशम जन्मिन्छन्ः’ हिमाञ्चल भट्टराई

१४३८ दिन अगाडि

|

२६ असोज २०७९

टीकापुर घटनाको मुद्दा फिर्ता नलिइए नागरिक उन्मुक्तिका सांसदले शपथ नलिने 
टीकापुर घटनाको मुद्दा फिर्ता नलिइए नागरिक उन्मुक्तिका सांसदले शपथ नलिने 

१३८८ दिन अगाडि

|

१५ मंसिर २०७९

रातीसम्म नाचगान गरेको भन्दै टीकापुर प्रहरीबाट जानकीका ३ जनालाई पक्राउ
रातीसम्म नाचगान गरेको भन्दै टीकापुर प्रहरीबाट जानकीका ३ जनालाई पक्राउ

१४४४ दिन अगाडि

|

२० असोज २०७९

टीकापुर घटना राज्यसत्ताले चलाखीपूर्ण रूपमा घटाएको घटना होः मोहना अन्सारी
टीकापुर घटना राज्यसत्ताले चलाखीपूर्ण रूपमा घटाएको घटना होः मोहना अन्सारी

१३७६ दिन अगाडि

|

२७ मंसिर २०७९