८० प्रतिशत मानिसहरूले फेब्रुअरीसम्म बिर्सन्छन् नयाँ वर्षको संकल्प

८० प्रतिशत मानिसहरूले फेब्रुअरीसम्म बिर्सन्छन् नयाँ वर्षको संकल्प

१३५८ दिन अगाडि

|

१६ पुष २०७९

सुदूरपश्चिम नागरिक उन्मुक्ति पार्टीमा असन्तुष्टि चुलियो

सुदूरपश्चिम नागरिक उन्मुक्ति पार्टीमा असन्तुष्टि चुलियो

१३५८ दिन अगाडि

|

१६ पुष २०७९

नागरिक उन्मुक्ति पार्टीको सुदूरपश्चिम संसदीय दलको नेता छनोटको विषयलाई लिएर असन्तुष्टि चुलिएको छ । पार्टीको मर्यादाक्रम मिचेर कनिष्ट नेतालाई संसदीय दलको नेता बनाइएको भन्दै असन्तुष्टि सतहमा आएको छ । गएको पुस १० गते काठमाडौँमा पत्रकार सम्मेलन गरी प्रदेशदेखि संघसम्मको संसदीय जिम्मेवारी बाँडफाँड सार्वजनिक गरिएको थियो । सो अनुसार सुदूरपश्चिम प्रदेश सभामा संसदीय दलको नेतामा रामेश्वर चौधरीलाई छनोट गरिएको थियो । प्रमुख सचेतकको जिम्मेवारी लक्ष्मण किशोर चौधरी र सचेतको जिम्मेवारी घनश्याम चौधरीलाई दिने घोषणा पार्टीका प्रवक्ता दमोदर पण्डितले गरेका थिए । पुस ९ गतेसम्म काठमाडौँमा बसेको पार्टीको केन्द्रीय समितिको बैठकले पार्टीका संगठन विभाग प्रमुख समेत रहेका कैलाली निर्वाचन क्षेत्र नं. १ (२)बाट निर्वाचित लक्ष्मण किशोर चौधरी र कैलाली जिल्ला अध्यक्ष एवं कैलाली निर्वाचन क्षेत्र नं. (१) बाट निर्वाचित कैलाश चौधरीको मात्रै दाबी थियो । यद्यपि संसदीय दलको नेताको जिम्मेवारी लक्ष्मण किशोर चौधरीमा केन्द्रित रहेको पार्टीका एक केन्द्रीय सदस्यले बताए ।  पुस १० गते डिल्लीबजार कारागारमा जेल जीवन बिताइरहेका पार्टीका संरक्षकसमेत रहेका रेशम चौधरीको एकल निर्णयले संसदीय दलको नेता रामेश्वर चौधरीलाई बनाउने निर्णय भयो । पार्टीका साधारण सदस्य मात्रै रहेका कैलाली निर्वाचन क्षेत्र नं. २ (२) बाट निर्वाचित प्रदेश सांसदलाई दलको नेताको जिम्मेवारी दिइएपछि विवाद सुरु भएको हो । पाटीभित्र गुम्सिएर रहेको सो विवाद पुस १५ गते सतहमा आयो । सुदूरपश्चिम प्रदेश सभा सचिवालयले पुस १५ गते आयोजना गरेको शपथ ग्रहण कार्यक्रममा सो विवाद छताछुल्ल भयो । दलको संसदीय दलको कार्यालयमा प्रदेश सभा सदस्य र त्यहाँ पुगेका दलका नेताहरुबीच केही समय चर्काचर्कीसमेत भयो । पार्टीका केन्द्रीय सदस्य एवं कैलाली जिल्ला अध्यक्ष समेत रहेका प्रदेश सभा सदस्य कैलाश चौधरीले भने, ‘भूगोल मिलाउनको लागि रामेश्वर जीलाई दलको नेताको जिम्मेवारी दिएको देखिन्छ । तर हामी बहुसङ्ख्यक केन्द्रीय सदस्यको मत पार्टीको विधि पद्धति अनुसार जिम्मेवारी तोकिनुपर्छ भन्ने थियो । तर हेड क्वाटरको जिम्मेवारी फरक आयो । निर्णय भइसकेपछि सो निर्णय पालना गर्नु पनि हामी सबैको कर्तव्य हो । तर कताकतै पार्टीभित्र अझै सुशासन नभएको आभास हुन्छ नै ।’ के भन्छन् त रामेश्वर र लक्ष्मण किशोर ? संसदीय दलको नेतामा छनोट भएका रामेश्वर चौधरीले पार्टीको निर्णयलाई पालना गर्नुपर्ने सबैको दायित्व रहेको बताउँछन् । पार्टीले सुझबुझका साथ जिम्मेवारी बाँडफाँड गरेको बताउँदै उनले बाहिर आए जस्तो विवाद केही नभएको तर्क गर्छन् । ‘पार्टीले तोकेको जिम्मेवारी सबैलाई थाहा नै छ । सबैले मान्नुपर्छ । जिम्मेवारी जे जस्तो भए पनि हामी सबै मिलेर काम गर्ने हो’, उनले भने । प्रमुख सचेतकको जिम्मेवारीमा सीमित भएका लक्ष्मण किशोर चौधरीले पार्टीको जिम्मेवारीअनुसार र आफू कांग्रेसका हेभीवेट उम्मेदवार एवं बहालवाला मन्त्री रणबहादुर रावललाई पराजित गरेकाले दलको नेताको जिम्मेवारी पाउनुपर्ने माग राख्दै आएका थिए । उनी पार्टी विधि पद्धति अनुसार चल्नुपर्नेमा जोड दिन्छन् । तर पदीय विवाद भने केही पनि नभएको बताउँछन् ।  शपथ ग्रहण समारोहमा भेटिएकी पार्टीकी केन्द्रीय उपाध्यक्ष सुनिता चौधरीले पनि संसदीय जिम्मेवारी बाँडफाँडको निर्णय एक्कासि सुनेको बताउँदै पार्टी विधि पद्धति अनुसार चल्नुपर्ने बताउँछिन् । पार्टी नयाँ भएको र पहिलो पटक निर्वाचनमा भाग लिई संसदीय अभ्यास सुरु गरेकोले क्रमिक रूपमा लयमा आउनेमा विश्वास व्यक्त गर्छिन् । सुदूरपश्चिम प्रदेशमा नागरिक उन्मुक्तिका समानुपातिकसहित ७ जना प्रदेश सभा सदस्य छन् ।

दाङमा  पुस २२ र २३ गते माघ महोत्सवः  १२१ सदस्यीय तयारी कमिटि गठन

दाङमा  पुस २२ र २३ गते माघ महोत्सवः  १२१ सदस्यीय तयारी कमिटि गठन

१३५९ दिन अगाडि

|

१५ पुष २०७९

दाङको  घोराहीमा पुस २२ र २३ गते माघ महोत्सव हुन गइरहेको  छ  । थारु कल्याणकारिणी सभा दाङको आयोजनामा जिल्ला समन्वय समितिको प्राङगणमा हुन गइरहेको माघ महोत्सवको तयारीका लागि १२१ सदस्यीय तयारी कमिटि गठन गरिएको छ ।  ‘आर्थिक जागरण ओ साँस्कृतिक रुपान्तरण हमार अभियान, सामाजिक न्याय सहितक समृद्धिम हमार योगदान’ भन्ने  नारासहित आयोजना हुन गइरहेको महोत्सवलाई भब्य र सभ्य बनाउनको लागि  अशोक चौधरीको संयोजकत्वमा १२१ सदस्यीय स्वंयसेवक परिचालन समिति गठन गरिएको हो ।  त्यस्तै स्वंयसेवक परिचालन समितिको सचिवालयमा लब्लिन क्यानभास, वीरेन्द्र चौधरी, जंग चौधरी र कल्पना चौधरी रहेका छन् । यसैगरी ११ वटा स्वंयसेवक परिचालन उपसमिति गठन गरिएको महोत्सव प्रचारप्रसार समितिका संयोजक सन्तोष दहितले बताए ।  उनका अनुसार वीरेन्द्र चौधरी, भीमबहादुर चौधरी, तिलक चौधरी, जंग चौधरी, शोभाराम चौधरी, श्रीनारायण चौधरी, कुलराज चौधरी, राजेश चौधरी, सुन्दर चौधरी, स्यानु चौधरी र मेघराज चौधरीलाई उपसमितिको संयोजकको जिम्मेवारी दिएको छ ।  थारु कल्याणकारिणी सभा दाङका अध्यक्ष भुवन चौधरीको अध्यक्षतामा भएको युवाहरुको भेलामा बोल्ने बक्ताहरुले  थारु समुदायको आर्थिक, सामाजिक, साँस्कृतिक र राजनीतिक अधिकारको सुनिश्चिताको लागि महोत्सवमार्फत् घोराहीमा थारु समुदायको सशक्त उपस्थिति देखाउनु पर्ने बताएका थिए ।  बैठकपछि महोत्सव स्थल जिल्ला समन्वय समितिको प्राङगण पनि सरसफाई गरिएको थियो ।  महोत्सवमा मघौटा, छोक्रा, हुर्डुङ्या लगायत ४ दर्जन भन्दा बढी नाच प्रस्तुतिका साथै थारु समुदायको परम्परागत हस्तकला, काष्ठकला, थारु भाषाको पुस्तक प्रर्दशनी, मौलिक खानाको परिकार रहने थाकस दाङका अध्यक्ष भुवन चौधरी जानकारी दिए ।     

सुदूरपश्चिम प्रदेश सभामा सबैको ध्यान खिचेको ती सांसदका मौलिक पहिरन

सुदूरपश्चिम प्रदेश सभामा सबैको ध्यान खिचेको ती सांसदका मौलिक पहिरन

१३५९ दिन अगाडि

|

१५ पुष २०७९

धनगढी : सुदूरपश्चिम प्रदेश सभा परिसर नवनिर्वाचित प्रदेश सभा सदस्यहरुको आगमनले उल्लासमय थियो । मंसिर ४ गते भएको पदेश सभा सदस्य निर्वाचनमा निर्वाचित प्रदेश सभा सदस्यहरुको लागि शुक्रबार शपथ ग्रहण कार्यक्रम राखिएको थियो । प्रदेश सभा सचिवालयका कर्मचारीहरु १० बजे नै पुगिसकेका थिए । शपथ ग्रहणको लागि दिउँसो १ः३५ बजेको समय निर्धारण गरिएको थियो । तर निर्धारित समयभन्दा १ घण्टा पहिलेदेखि नै नवनिर्वाचित प्रदेश सभा सदस्य, तिनका सहयोगी र शुभेच्छुकहरुले प्रदेश सभा परिसर भरियो । अनि सुरु भयो बधाइ ज्ञापन र फोटो सेसन । अधिकांश प्रदेश सभा सदस्य दौरा सुरुवाल, कोटसहित नेपाली टोपीमा ठाटिएर, त कोही साडीमा सजिएर पुगेका थिए । तथापि आफ्नै परम्परागत पोषकमा ठाटिएर पुगेका प्रदेश सभा सदस्यतिर सबैको ध्यान एकाएक खिचियो । उनीहरुको फोटो लिने र बधाइ दिनेहरुको भिड भने बेग्लै देखिन्थ्यो । हेर्नलायक नै थियो । नागरिक उन्मुक्तिबाट निर्वाचित प्रदेश सदस्य रामेश्वर चौधरी, लक्ष्मण किशोर चौधरी, कैलाश चौधरी, घनश्याम चौधरी, खुशीराम चौधरीले आफ्नै मौलिक पोषाक सेतो धोती, खुट्टामा काठको पौवा, टाउको परम्परागत टोपीमा ठाटिएका थिए । उनीहरु प्रदेश सभा परिसरमामा पाइला टेक्ने बित्तिकै सबैको केन्द्र बिन्दुमा रहे । नेपाली कांग्रेसकी समानुपातिक प्रदेश सभा सदस्य गीता कुमारी चौधरीको फोटो लिनेहरुको भिड पनि कम थिएन । उसै पनि ढपक्क बलेको सुन्दर अनुहार, त्यसैमाथि आफ्नै मौलिक पोषाक लेहंगा, चोलिया, घाँटी र सिउँदोभरि चाँदीका गरगहना र त्यसमाथि कोटमा सजिएकी उनी परिसरमा उभिने बित्तिकै पत्रकार र आगन्तुकहरुको क्यामेराको निशाना बनिरहिन् । राप्रपाबाट प्रदेश सभा सदस्य रहेकी खेमा देवी बिष्ट पनि आफ्नो मौलिक पोषाकमा सजिएर शपथ ग्रहण गरेकी छिन् । घाँघ्रा र चोलीमा निकै सुहाएकी बिष्ट पनि सबैको ध्यान तानेकी थिइन् । घाँघ्रा र चोली डोटी, अछाम, बाजुरालगायतको मौलिक पोषाक हो । सुदूरपश्चिम प्रदेश सभाका नवनिर्वाचित प्रदेश सभा सदस्यहरुले शुक्रबार पद तथा गोपनीयको शपथ ग्रहण गरेका छन् । सर्वप्रथम  प्रदेश सभाका ज्येष्ठ सदस्य मानबहादुर रावलले प्रदेश प्रमुख देवराज जोशीबाट शपथ ग्रहण गरेका थिए । तत्पश्चत रावलले बाँकी ५२ जना प्रदेश सभा सदस्यहरुलाई शपथ ग्रहण गराएका हुन् ।  

सुदूरपश्चिममा ‘निर्णायक’ भएपछि नागरिक उन्मुक्तिले माग्यो ‘मुख्यमन्त्री’

सुदूरपश्चिममा ‘निर्णायक’ भएपछि नागरिक उन्मुक्तिले माग्यो ‘मुख्यमन्त्री’

१३५९ दिन अगाडि

|

१५ पुष २०७९

पुस १० गतेपछि विकसित राजनीतिक घटनाक्रमपछि सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्वबारे दलहरुबीच रोचक रस्साकस्सी बढेको छ । नेपाली कांग्रेस र नेकपा एकीकृत समाजवादीलाई बाहिर राखेर बनेको नयाँ गठबन्धनमा आवद्ध दलहरुले सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्वमा दाबी बढाउँदै दौडधुप गरिरहेका छन् । गठबन्धनभित्रको मुख्य घटक नेकपा माओवादी केन्द्र र नेकपा एमालेले आ–आफ्नै नेतृत्व दाबी गरिरहेको बेला चौथो ठूलो दलको हैसियतमा रहेको नागरिक उन्मुक्ति पार्टीले पनि नेतृत्वमा दाबी गर्न थालेपछि सरकार गठनको राजनीति रोचक बनेको हो । मंसिर ४ को प्रदेशसभा र प्रतिनिधिसभा सदस्य निर्वाचनमा टीकापुर राजबन्दी रिहाइ र सुदूरपश्चिममा ‘ढकिया सरकार’को चुनावी नारा दिइ चुनाव लडेको नागरिक उन्मुक्ति पार्टीले प्रदेश सरकारको नेतृत्वमा दाबी गर्न थालेको हो । पुस १० गतेको विकसित राजनीतिक घटना क्रम अनुसार सुदूरपश्चिम सरकार गठनको अंकगणित नागरिक उन्मुक्ति अनुकुल भएपछि सो दलले नेतृत्वमा दाबी गरेको हो । राजबन्दी रिहाइ आफूहरुको बटम लाइन रहेको बताउँदै नागरिक उन्मुक्ति पार्टीका प्रमुख सचेतक लक्ष्मण किशोर चौधरी भन्छन्, ‘हाम्रो बटम लाइन राजबन्दी रिहाइ नै हो । संघमा अहिलेको प्रचण्ड नेतृत्वको सरकारलाई हाम्रो समर्थन हो । तर हाम्रो माग मुद्दा सम्बोधन बिना हामी संघ सरकारमा जाँदैनौं तर सुदूरपश्चिमको हकमा सोचनीय कुरा छ । यहाँको विकास, उत्पीडित वर्गको उत्थानका लागि हामीले नेतृत्व गर्न पाउनुपर्छ भन्ने हाम्रो भनाइ हो ।’ बुधबारमात्रै प्रदेश सरकारको नेतृत्वबारे सुदूरपश्चिमका माओवादी र एमालेका शिर्ष नेताबीच छलफल समेत भएको प्रमुख सचेतक चौधरीले खुलाए । सो छलफलमा आफूहरुले पनि नेतृत्वको दाबी गरेको उनको भनाइ छ । यस्तो छ अंकगणित ५३ सदस्यीय प्रदेशसभा रहेको सुदूरपश्चिममा बहुमतका लागि कम्तीमा २७ जना प्रदेशसभा सदस्य चाहिन्छ । यहाँ नेपाली कांग्रेसका १९, माओवादीका ११, नेकपा एमालेका १०, नागरिक उन्मुक्तिका ७, एकीकृत समाजवादीका ४, राप्रपाका १ र स्वतन्त्र १ जना प्रदेशसभा सदस्य छन् । नागरिक उन्मुक्ति पार्टीले समर्थन नगरेको अवस्थामा हालको माओवादी केन्द्र र एमाले नेतृत्वको सत्ता साझेदार दलहरुलाई पनि प्रदेश सरकार निर्माणमा आवश्यक बहुमत जुटाउन सकस पर्ने देखिन्छ । केन्द्रका सत्ता साझेदार दल माओवादी केन्द्र, एमाले र राप्रपाको सिट संख्या जोड्दा यहाँ २२ मात्रै पुग्छ । नागरिक उन्मुक्ति पार्टीका ७ सिट जोड्दा २९ पुग्छ र सहज रुपमा बहुमत जुट्छ । अर्कोतिर, प्रदेशसभामा ठूलो दल रहेको नेपाली कांग्रेस र एकीकृत समाजवादी मिलेको अवस्थामा पनि प्रदेश सरकार निर्माणका लागि आवश्यक बहुमत पुग्दैन । कांग्रेसका १९ र  नेकपा समाजवादीका ४ जोड्दा जम्मा २३ पुग्छ । नागरिक उन्मुक्तिले समर्थन गरेको अवस्थामा मात्रै यो गठबन्धनमा सहज बहुमत पुग्ने देखिन्छ । जुनकारण एमाले वा माओवादी नेतृत्वको सरकार बन्न नदिन कांग्रेस र नेकपा एकीकृत समाजवादीले नागरिक उन्मुक्तिलाई मुख्यमन्त्रीको अफर नदेलान् भन्न सकिन्न । तर यसका लागि पछिल्लो विकसित राजनीतिक परिघटनाले भूमिका खेल्ने देखिन्छ । प्रचण्ड नेतृत्वको सरकारको सहयोग बिना नागरिक उन्मुक्तिले उठाउँदै आएको राजबन्दी रिहाइको माग पूरा नहुने भएकोले कांग्रेससँगको समीकरण बन्ने सम्भावना उत्तिकै न्यून देखिन्छ । हामी नेतृत्व दिन तयार छौं : कांग्रेस प्रदेशसभा सदस्य शाह तर यहाँको सबैभन्दा शक्ति नेपाली कांग्रेस केन्द्रमा माओवादीबाट पाएको असहयोगको जवाफ सुदूरपश्चिममा जोडदारमा दिने रणनीति अवलम्बन गर्ने दाउमा छ । आफू सम्मिलित दलको समीकरण बनाइ सरकार बनाउने हरसम्भव प्रयत्नमा कांग्रेस लागेको छ । नेपाली कांग्रेस संसदीय दलका आकांक्षी रहेका प्रदेशसभा सदस्य कमल बहादुर शाहले भने, ‘हामीले सबैसँग छलफल अगाडि बढाएका छौ । सबैको सकारात्मक जवाफ पाएका छौं । पहिला हामी सम्मिलित दलको सरकार बनाउने सहमति हुनुप¥यो, नेतृत्व कसले गर्ने कुराको निर्क्यौल गर्नु ठूलो कुरा होइन । जसलाई (उन्मुक्ति पार्टीलाई) पनि दिन हामी तयार छौं ।’ मेरो भूमिका निर्णायक होइन : स्वतन्त्र सांसद जोशी स्वतन्त्र निर्वाचित प्रदेशसभा सदस्य डा. तारा जोशीले भने हालसम्म कसैलाई समर्थन नगरेको बताएका छन् ।  उनले भने, ‘पछिल्लो विकसित राजनीतिक घटनाक्रम अनुसार बनेको गठबन्धन वा हालको कांग्रेसकै नेतृत्वमा बन्ने आकलन गरिएको गठबन्धनसँग मेरो उपस्थितिले भूमिका खेल्ने देखिदैन । कसैसँग छलफल पनि भएको छैन । मैलै त कुनै पनि गठबन्धन सरकारले ल्याउने कार्यक्रमको आधारमा समर्थन गर्ने वा नगर्ने कुरा रहन्छ ।’ सुदूरपश्चिममा पुुस १५ गते प्रदेशसभा सदस्यलाई पद तथा गोपनीयताको शपथ गराउने कार्यक्रम छ । पुस १८ गते प्रदेश प्रमुखले प्रदेशसभाको पहिलो बैठक आह्वान गर्ने बताइएको छ । प्रदेश प्रमुखले प्रदेशसभा बैठक आह्वान गरेसँगै प्रदेश सरकार निर्माणका लागि समय तोकिने छ । तर नागरिक उन्मुक्ति पार्टीले कुनै पनि दललाई समर्थन हालसम्म नगरेको अवस्थामा भने प्रदेश प्रमुखले निर्धारण गरेको समयावधिमा कसैको पनि बहुमतको सरकार बन्ने सम्भावना हुँदैन । त्यस्तो अवस्थामा प्रदेश प्रमुखले दोस्रो पटक अल्पमतको सरकार निर्माणका लागि सूचना जारी गर्न सक्ने प्रावधान छ ।

सुदूरपश्चिममा सरकार बनाउन नागरिक उन्मुक्तिले तत्काल कसैलाई समर्थन नगर्ने

सुदूरपश्चिममा सरकार बनाउन नागरिक उन्मुक्तिले तत्काल कसैलाई समर्थन नगर्ने

१३६१ दिन अगाडि

|

१३ पुष २०७९

सुदूरपश्चिम प्रदेश सरकार निर्माणका लागि निर्णायक तहमा रहेको नागरिक उन्मुक्ति पार्टीले तत्काल कसैलाई पनि समर्थन नगर्ने भएको छ । नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीलगायत टीकापुर घटनामा संलग्न रहेको आरोपमा जेलमा रहेका नेता कार्यकर्ताको रिहाइको माग नागरिक उन्मुक्तिले गरेको छ । ती नेता कार्यकर्तालाई रिहाई नगरी प्रदेश सरकार निर्माण प्रक्रियामा सहभागी नहुने नागरिक उन्मुक्ति पार्टी सुदूरपपिश्चम संसदीय दलका नेता रामेश्वर चौधरीले बताए । ‘केन्द्रमा अहिले हाम्रो पार्टीले सरकारसँग छलफल गरिरहेको छ,’ चौधरीले भने, ‘सरकारले उहाँहरुलाई छुटाउने पहल गरेमा हामी सरकार निर्माण प्रक्रियामा सहभागी हुनेछौं, अन्यथा केन्द्रको निर्णय नभई हामी सरकार निर्माण प्रक्रियामा जाँदैनौं ।’ नागरिक उन्मुक्ति पार्टीले समर्थन नगरेको अवस्थामा सुदूरपश्चिम प्रदेश सरकार निर्माणका लागि आवश्यक पर्ने बहुमत पुर्याउन दलहरूलाई सकस पर्ने देखिएको छ । केन्द्रमा सत्ता गठबन्धन गरेको नेकपा माओवादी केन्द्र, एमाले र राप्रपा मिलेर मात्रै सुदूरपश्चिममा सरका गठनका लागि आवश्यक बहुमत पुग्ने छैन । तीन वटै दल मिल्दा प्रदश सभा सदस्यको संख्या २२ मात्रै हुन्छ । नागरिक उन्मुक्ति पार्टीका सातजना सदस्यको समर्थन भएको अवस्थामा मात्रै शत्तारुढ दलहरुलाई प्रदेश सरकार निर्माण गर्न आवश्यक पर्ने बहुमत पुग्ने देखिएको छ । त्यसैगरी प्रदेश सभामा ठूलो दल रहेको नेपाली कांग्रेस र नेकपा एस मिलेको अवस्थामा पनि प्रदेश सरकार निर्माणका लागि आवश्यक बहुमत पुग्ने सम्भावना छैन । प्रदेशमा कांग्रेसका १९ र  नेकपा एसका चार गरी २३ जना मात्रै सदस्य पुग्ने छन् । केन्द्रमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दहाल प्रचण्डलाई प्रधामन्त्री बनाउन समर्थन दिएको नागरिक उन्मुक्ति पार्टीले जेलमा रहेका नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीको रिहाइको माग राखेको छ । नागरिक उन्मुक्ति पार्टीका संरक्षण रेशम चौधरीलगायत टीकापुर घटनामा संलग्न रहेको आरोप लागेर जेलमा रहेका व्यक्तिको ससर्त रिहाई गरिनुपर्ने माग नागरिक उन्मुक्तिले राखेको छ । सरकारले आफ्ना माग पूरा गर्ने प्रतिबद्धता नजनाएसम्म सरकारमा नजाने नागरिकको अडान रहेको छ । केन्द्रीय सरकारमा जान नागरिक उन्मुक्तिले राखेको अडानका कारण सुदूरपश्चिम प्रदेश सरकार निर्माणको विषय पनि जटिल बनेको छ । सरकार निर्माणका लागि २७ जना आवश्यक पर्ने सुदूरपश्चिममा जताबाट पनि नागरिक उन्मुक्ति पार्टी निर्णायक भूमिकामा रहेको छ । केन्द्रीय सत्ता समीकरणअनुसार प्रदेशमा सरकार बनाउन माओवादी केन्द्र र एमालेलाई नागरिक उन्मुक्ति पार्टीको साथ आवश्यक पर्ने भएको छ । सुदूरपश्चिममा १५ पुसमा प्रदेश सभा सदस्यलाई पद तथा गोपनीयताको सपथ गराउने तयारी गरिएको छ । त्यसैगरी १८ पुस प्रदेश प्रमुखले पहिलो प्रदेश सभा बैठक आह्वान गर्ने तयारी गरेका छन् । प्रदेश प्रमुखले प्रदेश सभा बैठक आह्वान गरेसँगै प्रदेश सरकार निर्माणका लागि पनि उनले समय तोक्न सक्दछन् । तर नागरिक उन्मुक्ति पार्टीले कुनै पनि दललाई समर्थन नगरेको अवस्थामा भने प्रदेश प्रमुखले निर्धारण गरेको समयावधिमा कसैको पनि बहुमतको सरकार बन्ने सम्भावना हुँदैन । त्यस्तो अवस्थामा प्रदेश प्रमखले दोस्रोपटक अल्पमतको सरकार निर्माणका लागि सूचना जारी गर्न सक्ने सुदूरपश्चिम प्रदेश प्रमुखको कार्यालयका निमित्त सचिव शैलेश ढुंगानाले बताए । ‘पहिलो चरण एउटा मात्रै दलको नेतृत्वमा सरका बन्ने सम्भावना नदेखिएमा प्रदेश प्रमुखज्यूले दुई वा दुईभन्दा बढी दल मिलेर सरकार बनाउन समय दिन सक्नु हुन्छ,’ निमित्त सचिव ढुंगानाले भने, ‘ताकेको समयमा दुई वा दुईभन्दा बढी दल मिलेर पनि सरकार नबनेको खण्डमा दोस्रोपटक अल्पमतको सरकार निर्माण गर्ने समय दिन सकिन्छ ।’    

नागरिक उन्मुक्तिबाट प्रत्यक्ष निर्वाचित पाँचजनाले सुदूरपश्चिममा थारु भाषामा शपथ लिने

नागरिक उन्मुक्तिबाट प्रत्यक्ष निर्वाचित पाँचजनाले सुदूरपश्चिममा थारु भाषामा शपथ लिने

१३६२ दिन अगाडि

|

१२ पुष २०७९

कैलाली । सुदूरपश्चिम प्रदेशमा नागरिक उन्मुक्तिबाट निर्वाचित पाँचजनाले थारु भाषामा पद तथा गोपनीयताको शपथ ग्रहण गर्ने भएका छन् । प्रदेश सभा सचिवालयले आज साँझसम्म मातृभाषामा शपथ ग्रहण गर्नका लागि प्रदेश सभा सचिवालयमा जानकारी गराउन सूचना जारी गरेको थियो । त्यही सूचनाको आधारमा यहाँका प्रत्यक्ष निर्वाचित पाँचजना प्रदेश सभा सदस्यहरूले थारु भाषामा पद तथा गोपनीयताको शपथ ग्रहण गर्ने जानकारी प्रदेश सभा सचिवालयमा गराएका छन् । आज नागरिक उन्मुक्तिको तर्फबाट दलका नेता रामेश्वार चौधरी र सांसद खुशीराम चौधरी प्रदेश सभा सचिवालयमा पुगेर आफ्नो पार्टीका पाँच जनाले थारु भाषामा शपथ ग्रहण गर्ने जानकारी गराएका हुन् । कैलालीका ५ वटा प्रदेश सभामा नागरिक उन्मुक्तिले प्रत्यक्ष तर्फ जित हासिल गरेको थियो । समानुपातिक तर्फ प्रदेश सभा सदस्य भएका टीका थापा र इन्दिरा गिरीले भने नेपाली भाषामै शपथ गर्ने भएका छन् । अहिलेसम्म नागरिक उन्मुक्तिका पाँच जनाले मातृभाषामा शपथ ग्रहण गर्ने जानकारी प्रदेश सभामा दिए पनि अन्यले भने अझै आधिकारिक जानकारी दिएका छैनन् । आज साँझसम्म समय भएको हुँदा अझै केही नाम दर्ता गराउन सम्पर्क आउन लागेको प्रदेश सभा सचिवालयका सचिव देव बहादुर बोगटीले जानकारी दिए ।