नागरिक उन्मुक्ति पार्टी सरकारमा सहभागी नहुने

नागरिक उन्मुक्ति पार्टी सरकारमा सहभागी नहुने

१३६३ दिन अगाडि

|

११ पुष २०७९

सरकारमा सहभागी हुन नागरिक उन्मुक्तिका तीन सर्त

सरकारमा सहभागी हुन नागरिक उन्मुक्तिका तीन सर्त

१३६४ दिन अगाडि

|

१० पुष २०७९

रेशम चौधरीलगायत बन्दीहरू रिहाइको माग उठाउँदै आएको नागरिक उन्मुक्ति पार्टीले अहिले पनि सरकारमा सहभागी हुने विषयमा तीन सर्त अघि सारेको छ । अहिलेसम्म कुन दलको नेतृत्वमा सरकारमा जाने भन्ने निर्णय नगरिसकेको नागरिक उन्मुक्तिले आफ्ना मागहरू सम्बोधन गर्नेकै नेतृत्वमा सरकारमा जाने बताएको हो । काठमाडौँमा सम्पन्न केन्द्रीय समितिको बैठकमा पनि माग सम्बोधन हुने अवस्थामा मात्रै सरकारमा सहभागी हुने निर्णय गरिएको हो । अहिले एमाले नेतृत्वको गठबन्धनमा सहभागी हुने विषयमा पनि पार्टीले तीन सर्त अघि सारेको छ । पहिलो सर्तमा रेशम चौधरी लगाएको रिहाइ हुनुपर्ने माग नागरिक उन्मुक्ति पार्टीले अघि सारेको छ । त्यस्तै टिकापुर घटना पछि गिरिशचन्द्रलाल नेतृत्वको आयोगले तयार पारेको प्रतिवेदन सार्वजनिक गर्न पार्टीले माग राखेको छ । त्यस्तै झूटा मुद्धाहरू खारेजको माग पनि अघि सारेको छ । बालकोटमा नागरिक उन्मुक्ति पार्टीकी केन्द्रीय अध्यक्ष रन्जिता श्रेष्ठ पनि पुगेकी थिइन् । उनले त्यहाँ तीन बुँदे आफ्ना मागहरू राखेकी छन् । एमाले नेतृत्वको गठबन्धनमा जान नागरिक उन्मुक्तिले सहमति जनाइसकेको छ ।

नागरिक उन्मुक्ति पार्टीको केन्द्रीय समिति बैठकका निर्णय सार्वजनिक

नागरिक उन्मुक्ति पार्टीको केन्द्रीय समिति बैठकका निर्णय सार्वजनिक

१३६४ दिन अगाडि

|

१० पुष २०७९

नागरिक उन्मुक्ति पार्टीले दलको नेतामा अध्यक्ष रञ्ज्तिा श्रेष्ठ चौधरीलाई चयन गरेको छ । उक्त दलको काठमाडौंमा यही पुष ८ र ९ गते बसेको केन्द्रीय कार्यसमितिको बैठकले यस्तो निर्णय गरेको हो ।  त्यस्तै, दलको प्रमुख सचेतकमा गंगाराम चौधरी र सचेतकमा अरुण कुमार चौधरीलाई चयन गरेको हो । आज (आइतबार) रिपोर्टर्स क्लब नेपालमा आयोजित पत्रकार सम्मेलनमार्फत केन्द्रीय समितिका निर्णय सार्वजनिक गरिएको हो । सुदूरपश्चिम प्रदेशसभामा संसदीय दलको नेतामा रामेश्वर चौधरीलाई छनोट गरेको प्रतिनिधिसभा सदस्य एवं पार्टीका केन्द्रीय सदस्य गंगाराम चौधरीले जानकारी दिए । यस्तै, प्रमुख सचेतकमा लक्ष्मण किशोर चौधरी र सचेतकमा घनश्याम चौधरीलाई चयन गर्ने निर्णय गरेको छ । त्यस्तै, लुम्बिनी प्रदेशसभामा दलको नेतामा धर्मबहादुर चौधरी, प्रमुख सचेतक राजकुमार चौधरी र सचेतकमा नरमाया ढकाललाई छनोट गरेको छ भने मधेस प्रदेशसभामा उर्मिला सिंहलाई संसदीय दलको नेतामा छनोट गरेको छ । उक्त दलले आगामी २०८० साल बैशाख ४ गतेदेखि ६ गतेसम्म कैलालीको टिकापुरमा महाधिवेशन गर्ने निर्णय गरेको छ। पत्रकार सम्मेलनमा दलकी नेता रञ्जिता श्रेष्ठ चौधरीले आफू आफ्नो क्षेत्रका जनताका दरिलो आवाज बनेर उभिने विश्वास दिलाईन् । उनले आफ्नो दलले अघि सारेका माग र मुद्दा सम्बोधन गराउन निरन्तर लागिरहने स्पष्ट पारिन् । उनले आफ्नो दलका जननी रेशम चौधरीलगायत राजबन्दीहरुको रिहाईको माग गरिन् । टीकापुर घटना मुद्दामा जेल सजाय भोगिरहेका रेशमलाल चौधरी संरक्षक रहेको नागरिक उन्मुक्ति पार्टीले प्रत्यक्षतर्फ प्रतिनिधिसभा सदस्यमा ४ सिट जितेको छ । पार्टीकै समर्थनमा बर्दिया निर्वाचन क्षेत्र नं. २ बाट स्वतन्त्र चुनाव जितेका रेशमका बुवा लालवीर चौधरी हालै नागरिक उन्मुक्ति​ पार्टीमा प्रवेश गरेका छन् ।  प्रदेशतर्फ नागरिक उन्मुक्तिले प्रत्यक्षमा ७ सिट जितेको छ । यससँगै नागरिक उन्मुक्तिले प्रतिनिधिसभामा ४, सुदूरपश्चिम प्रदेशमा समानुपातिकसहित ७, लुम्बिनी प्रदेशमा समानुपातिकसहित ४ र मधेसमा १ गरी जम्मा १६ सिट जितेको हो ।  

पौने २ करोडको लागतमा कैलालीका अग्नी पीडित मुक्तकमैयाका घर बन्दै

पौने २ करोडको लागतमा कैलालीका अग्नी पीडित मुक्तकमैयाका घर बन्दै

१३६५ दिन अगाडि

|

९ पुष २०७९

धनगढी : अग्नी पीडित मुक्तकमैयाका घर निर्माण सुरु भएको छ । कैलालीको कैलारी गाउँपालिका ७ विपतपुर मुक्तकमैया शिविरस्थित अग्नी पीडित मुक्तकमैयाहरुको घर निर्माण सुरु भएको हो । सुदूरपश्चिम प्रदेश सरकार, ह्याबिटेड फर ह्युमानिटीको आर्थिक तथा ह्याबिटेडको साझेदार संस्था राष्ट्रिय दलित नेटवर्कको प्राविधिक सहयोग र स्थानीयको श्रमसहितको सझेदारीमा निर्माण सुरु गरिएको छ । बस्ती निर्माण सुदूरपश्चिम प्रदेश सरकारको मुख्यमन्त्री एकीकृत बस्ती विकास कार्यक्रम अन्तरगत हुन लागेको हो । शनिबार एक कार्यक्रमका बीच प्रदेश सरकारकी भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री विनिता चौधरीले घरको शिलान्यास गरेकी हुन् । कार्यक्रमलाई सम्बोधन गर्दै उनले सरकारको बस्ती विकास कार्यक्रमले विपन्न मुक्तकमैया परिवारलाई राहत हुनेमा विश्वास व्यक्त गरिन् । सुरक्षित आवासभित्र प्रवेश गरेको दिन सरकारको कार्यक्रमले सार्थकता पाउने भएकोले सबै पक्ष कार्यक्रम सफल पार्नमा लाग्नुपर्ने मन्त्री चौधरीको भनाइ छ । कार्यक्रममार्फत स्थानीयले तोकिएको मापदण्ड अनुसार आफ्नो घर आफै बनाउने भएकोले लाभग्राहीलाई घर निर्माण अवधिसम्म रोजगारी पनि सिर्जना हुने बताइएको छ । कार्यक्रममा सुदूरपश्चिम प्रदेशका निवर्तमान सांसद विरमान चौधरीले भने, ‘तपाईहरुको आफ्नो घर मात्रै बन्दै छैन । तपाईहरु आफै मिस्त्री हो । श्रमिक हो । घर आफै बनाउँदै हुनुहुन्छ । जसबाट निर्माण अवधिसम्म कामको लागि कहीँ जानु परेन । पछि पनि सीप रहिरहने छ । जुनकारण घरको संरचनाको गुणस्तरसँग सम्झौता नगर्नुहोला ।’ मन्त्रालयका सचिव डा. मदनसिंह धामीको अध्यक्षतामा भएको कार्यक्रममा ह्याबिटेडकी परियोजना प्रबन्धक पुनिता चौधरी, वडा नं. ७ का वडाध्यक्ष दीपेन्द्र बम, निवर्तमान वडाध्यक्ष कमल चौधरी, शिविरका भलमन्सा हिंगुराम चौधरीलगायतको उपस्थिति रहेको थियो । २०७९ बैशाख गते सो मुक्तकमैया बस्तीमा आगलागी भएको थियो । बस्तीको २७ घर पूर्णरुपमा जलेर नष्ट भएको थियो । भने दर्जनौं घरमा आंशिक क्षति पुगेको थियो । कार्यक्रम अन्तरगत भन्सासहित ३ कोठा र शौचालयसहितको २७ घर निर्माण गर्न लागिएको हो । जसमा प्रदेश सरकारको ९० लाख, ह्याबिटेड फर ह्युमनिटीको ५४ लाख र लाभग्राहीको ४१ लाख ९९ हजार ९९६ रुपैयाँ बराबरको लगानी रहने ह्याबिटेड फर ह्युमानिटीका इन्जिनीयर अनुपराज जोशीले जानकारी दिए । घर २०८० जेठ मसान्तभित्र बनाइसक्नुपर्ने छ ।  

स्वतन्त्र सांसद लालवीर नागरिक उन्मुक्ति पार्टीमा प्रवेश

स्वतन्त्र सांसद लालवीर नागरिक उन्मुक्ति पार्टीमा प्रवेश

१३६६ दिन अगाडि

|

८ पुष २०७९

बर्दिया क्षेत्र न २ बाट प्रतिनिधि सभा सदस्य तर्फ नवनिर्वाचित स्वतन्त्र सांसद लालवीर चौधरीले नागरिक उन्मुक्ति पार्टी प्रवेश गरेका छन् । रेशम चौधरीको बर्दिया २ बाट उम्मेदवारी खारेज पछि उनको ठाउँमा बुवा लालवीर चौधरीको उम्मेदवारी रहेको थियो । उनी स्वतन्त्रबाट नल्का चिन्ह लिएर चुनावी मैदानमा आएका थिए । उनले भने, म नागरिक उन्मुक्तिको केन्द्रिय सल्लाहकार हुँदै गर्दा पछि राज्यको नीति नियमले म स्वतन्त्र भएर उम्मेद्वार भए तापनि आज यस पार्टीले जुन गरिमामय जिम्मेवारी दिएको छ । मलाई जिम्मेवारी बोध भएको छ । नागरिक उन्मुक्ति पार्टीले मलाई बुवाको रुपमा सम्मान दिएको छ । मलाई लाग्छ म युवाकै रुपमा काम गर्न तयार छु । यो गरिमामय जिम्मेवारी दिएकोमा हृदयदेखि नै आभारी छु । उनी बोल्दा बोल्दै  एक्कासी भक्कानिए । नागरिक उन्मुक्ति पार्टीकी  अध्यक्ष रन्जिता श्रेष्ठ चौधरीले सम्हालेकी थिइन् ।   आज शुक्रबार नागरिक उन्मुक्ति पार्टीको केन्द्रिय समितिको बैठकको उद्घाटन सत्र सुरु भएको छ । अध्यक्ष श्रेष्ठले गमलामा पानी राखेर प्रतिकात्मक रुपमा कार्यक्रम उद्घाटन गरिन् । दीप प्रज्वलन गरी राष्ट्रिय गानबाट औपचारिक कार्यक्रम सुरु भएको थियो । सहिदहरुप्रति सम्मान स्वरुप १ मिनेट उठेर मौन धारण पश्चात बागमती प्रदेशका संयोजक दीप तामाङले स्वागत मन्तव्य राखेका थिए ।  त्यसपछि नागरिक उन्मुक्ति पार्टीकी संस्थापक केन्द्रिय सदस्य गीता चौधरीले बैठकको उद्देश्यको बारेमा प्रकाश पार्दै भनिन्, 'नागरिक उन्मुक्ति पार्टी मुद्दाले जन्मिएको पार्टी हो । हिजो दिनमा हामीले जुन समस्याहरु भोग्यौँ । यो केन्द्रिय समितिको बैठकले ती समस्याहरुलाई जुध्नका निम्ति झन् बलियो आधार बनाएर हामी अगाडी बढ्ने मार्गनिर्देशन बन्नेछ भन्ने विश्वास गरेकी छु । हाम्रो मुद्दा अझै बाँकी छ । हामी सडक र सदन दुबैमा लड्ने छौँ ।' कार्यक्रम  समापन  रन्जिता श्रेष्ठ चौधरीले गरेकी थिइन् । उनले सम्पूर्ण मतदातालाई धन्यवाद र निर्वाचित सांसदलाई बधाई तथा शुभकामना व्यक्त गरिन् । उनले भनिन् ,नागरिक उन्मुक्ति पार्टी देशको सुदुरबाट  वैकल्पिक शक्तिको रुपमा उदाएर आज  देश भरी नै छाएको छ । हामीले हाम्रो माग र मुद्दालाई कहिल्यै पनि नबिर्सौ । न्यायको लागि आवाज उठाउने अनि न्यायको लागि लड्न तत्पर भएर चुनावी मैदानमा होमिएका हामीले कतिपय ठाउँमा हार अनि कतिपय ठाउँमा जीत हामीले दुबै प्राप्त गरेका छौँ । हामी हारेर पनि जितेका छौँ ।

पुस्तकालयका उत्कृष्ट पाठक चौधरीलाई १० हजार पुरस्कार

पुस्तकालयका उत्कृष्ट पाठक चौधरीलाई १० हजार पुरस्कार

१३६६ दिन अगाडि

|

८ पुष २०७९

                                                                                                                                               फाइल : फोटो कैलालीस्थित टीकापुर सामुदायिक पुस्तकालयका उत्कृष्ट पाठकलाई रु १० हजार पुरस्कार प्रदान गरिएको छ ।  महिनाभरि पुस्तकालयमा आई अध्ययन गर्ने उत्कृष्ट पाठकलाई पुरस्कार दिने घोषणाअनुसार मङ्सिर महिनाको पाठकका रुपमा टीकापुर सरोकार समूहले टीकापुर बहुप्राविधिक शिक्षालयका विद्यार्थी उपेन्द्र चौधरीलाई पुरस्कार प्रदान गरेको छ । चौधरीलाई नगद र सम्मानपत्रद्वारा पुरस्कृत गरिएको हो ।  टीकापुर सरोकार समूहले कैलालीको टीकापुर क्षेत्रमा पठन संस्कृतिको प्रवद्र्धन गर्ने उद्देश्यले यो अभियान थालेको सरोकार समूहका सचिव नवराज भट्टराईले जानकारी दिए। “हामीले पठन संस्कृतिको विकास गर्न खोजेका हौँ”, उनले भने, “पुस्तकालयमा सबैभन्दा बढी पटक आउने र बढी समय बिताउने पाठकलाई पुरस्कार दिन थालेका छौँ । अध्ययनमा नागरिकको रुचि जगाउन यो गर्न थालिएको हो ।” सरोकार समूहका सचिव भट्टराईले पुस्तकालय र समूहको सहकार्यमा आगामी एक वर्षसम्म प्रत्येक महिना यो पुरस्कार प्रदान गरिने बताए । यस महिनाको पुरस्कार नेपाल अफ्रिका साहित्य समाजले प्रायोजन गरेको हो । पुस्तकालयमा आयोजित एक विशेष कार्यक्रममा  चौधरीलाई टीकापुर नगरपालिका–१ का वडाध्यक्ष मोहन विक र शिक्षाप्रेमी यज्ञमूर्ति अर्यालले संयुक्त रुपमा पुरस्कार हस्तान्तरण गरे ।  रासस

फरार र निलम्बित सांसद गुरुङ र महतोले पनि लिए शपथ

फरार र निलम्बित सांसद गुरुङ र महतोले पनि लिए शपथ

१३६६ दिन अगाडि

|

८ पुष २०७९

भ्रष्टाचार अभियोगमा विशेष अदालतमा मुद्दा खेपिरहेका नेपाली कांग्रेस सांसद टेकप्रसाद गुरुङ र हत्या अभियोगमा फरार सूचीमा रहेका एमाले सांसद लक्ष्मी महतो कोइरीले प्रतिनिधिसभा सदस्यका रूपमा शपथ लिएका छन् ।  कानुनअनुसार गुरुङ स्वतः निलम्बनमा परेका र कानुनी हिसाबले फरार सूचीमा रहेकाहरूले नै कानुन बनाउने सभाको शपथ लिएका हुन् । सशस्त्र प्रहरीका असई थमन विक हत्या अभियोगमा प्रहरीको फरार सूचीमा रहेका महतोले महोत्तरी-१ बाट एमालेको उम्मेदवार बनेर निर्वाचन भए । २०७२ को मधेस आन्दोलनमा सशस्त्र प्रहरीका सहायक निरीक्षक थमन विकलाई खेतमा लखेटी लखेटी हत्या गरेको आरोपमा लक्ष्मीमहतो कोइरी अहिले पनि फरार सूचीमा रहेका व्यक्ति हुन्। तर, निर्वाचनको समयमा जसपा छाडेर एमाले प्रवेश गरेलगत्तै एमालेले टिकट दिएर चुनाव जिताएको हो । बिहीबार उनले कानुन निर्माण गर्ने थलोमै सांसदका रूपमा शपथ लिएको संसद् सचिवालयले जनाएको छ। त्यस्तै, भ्रष्टाचार अभियोगमा विशेष अदालतमा मुद्दा खेपिरहेका कांग्रेस नेता तथा पूर्वमन्त्री टेकप्रसाद गुरुङ मनाङबाट प्रतिनिधिसभा सदस्य निर्वाचित भए । तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाको नेतृत्वमा श्रम तथा रोजगार राज्यमन्त्री भएको समयमा उनले काठमाडौं फनपार्कको जग्गा भाडामा लगाउँदा भ्रष्टाचार गरेको अभियोग लागेको छ । अख्तियारले गुरुङसहित १६ जनाविरुद्ध २०७५ माघमा विशेष अदालतमा मुद्दा दायर गरेको थियो । उक्त मुद्दा हालसम्म विचाराधीन छ । गुरुङलाई ३१ करोडको बिगो तोकिएको छ । सरकारी सम्पत्ति हिनामिना गरेको अभियोग लागे पनि उनलाई जनताले सांसद बनाएर पठाएका छन्।