Above News Title

दर्जन बढी थारू संघसंस्थाले एकै स्वरमा भने थारूहरुले न्याय पाउनै पर्छ

दर्जन बढी थारू संघसंस्थाले एकै स्वरमा भने थारूहरुले न्याय पाउनै पर्छ

थारुहरुका हक अधिकारका क्षेत्रमा कार्यरत कैलालीका १४ वटा संघ संगठनहरुले नवनिर्वाचित थारू सांसदहरुको ध्यानाकर्षण गराएका छन्, उनीहरु सबै एक स्वरमा भनेका छन्, थारूहरुले न्याय पाउनै पर्दछ । 
धनगढीमा थारू सांसदहरुलाई बधाई तथा सफलताको शुभकामना दिने कार्यक्रमको आयोजना गरी ध्यानाकर्षण पत्र बुझाइएको हो । 
थारू सांसदहरुलाई बुझाइएको उक्त पत्रमा काँग्रेस, एमाले, माओवादीले आफ्नो नीति, सिद्धान्त छोडेको र ऋषिमनिुद्वारा प्रतिवादित तल्लो जातले मल्लो जातको सेवा गर्नुपर्ने सिद्धान्तलाई अंगीकार गरेको, ब्यवस्थापिका, कार्यपालिका, न्यायपालिका आफ्नो दायित्व बिर्सी भ्रष्टाचारमामा लिप्त रहेको, विशेष गरी कार्यपालिकाको काम गर्ने मन्त्रीमण्डल र प्रहरी संगठन भ्रष्टाचारको मेरुदण्डको रुपमा रहेको कुरा उल्लेख गरिएको छ । 
पत्रमार्फत् आयोजकहरुले टीकापुरमा ८ प्रहरीले ज्यान गुमाएको घटना देख्ने तर २०५८ साल फागुन ४ गते अछाममा २ सय भन्दा बढी सेना, प्रहरी मारिएको घट्नालाई नदेख्ने, टीकापुर घटनालाई देख्ने तर ओलीहरुले झापा गरेको ब्यक्ति हत्यालाई नदेख्ने, टीकापुर घटनालाई देख्ने तर प्रचण्डले ५ हजारलाई मारेको स्वीकारेको नसुन्ने सञ्चारकर्मीहरु, अधिकारकर्मीहरु, पूर्वआईजिपीहरु पूर्ण रुपमा मनुवाद, नश्लवादबाट प्रभावित रहेको उल्लेख गरिएको छ । 
साथै उक्त पत्रमार्फत् आयोजकहरुले भनेका छन् “विगतमा दलहरुले एन्टिबायोटिक औषधिजस्तै दलितको विरुद्धमा दलित, थारूहरुको बिरुद्धमा थारू, मगरको विरुद्धमा मगर, मधेसीको विरुद्धमा मधेशीलाई प्रयोग गरेजस्तै अहिले त्यसो नगर्लान् भन्न सकिन्न, । त्यसैले, सांसदहरु दलीय स्वार्थ, दलीय निर्देशन भन्दा माथि उठ्नुपर्ने, मतदाता र समुदायप्रतिको दायित्व र जवाफदेहितालाई ध्यान दिनुपर्ने” कुरामा विशेष जोड दिएका छन् ।
कार्यक्रममा कानुन ब्यवसायी तथा नागरिक अगुवा जोहारीलाल चौधरीले नागरिक उन्मुक्ति पार्टीले चुनावमा जिते रेशम चौधरीलगायतका थारू राजबन्दीहरुलाई न्यायका साथ रिहाई गराउने कुरा आफ्नो पहिलो प्राथमिकतामा राखेकोले न्यायसहित रिहाई नहुँदासम्म सरकारमा जान नहुने सुझाव दिएका थिए । 
नगर भल्मन्सा तथा बरघर समितिका संयोजक रोहित चौधरीले सांसदहरुले भल्मन्सा बरघर ऐन बनाउन स्थानिय तहलाई दबाव दिनुपर्ने, भल्मन्सा बरघरमा अबका दिनमा पढे लेखेका युवाहरु आउनुपर्ने कुरा सुझाएका थिए । 
त्यसै गरी आदिवासी जनजाति महासंघ प्रदेश समितिका सल्लाहकार अधिवक्ता नाथुराम महतोले साझा एजेण्डामा सबै एक हुनुपर्ने बताएका थिए भने थरुहट आन्दोलनका अगुवा लक्ष्मण थारूले थरुहट आन्दोलन उद्देश्य प्राप्ति नभएसम्म नरोकिने बताएका थिए । 
कार्यक्रममा ग्यालेक्सी माविका शिक्षक राजकुमार महतोले शारीरिक रुपमा बलिया, अभ्यस्त थारूहरु खेलकूदमा अवसर नपाइरहेकाले सांसदहरुलाई ध्यान दिन सुझाएका थिए भने लाहुर्निपका केन्द्रीय सदस्य रहेका अधिवक्ता सर्जुप्रसाद चौधरीले भल्मन्सा प्रथालाई न्याय प्रणालीसँग जोड्नका लागि पहल हुनुपर्ने सुझाव दिएका थिए । 
थारू नागरिक अगुवा बसन्ती चौधरीले नागरिक उन्मुक्ति पार्टीका ७, काँग्रेसका १ थारू सांसद र एमालेका एक थारू सांसदको प्रदेशमा एक आवाज रहे त्यसलाई कसैले दबाउन नसक्ने जिकिर गरेकी थिइन् । 
खुलासत्रमा थारू चलचित्रकर्मी चन्द्र चौधरी (चाँद), शिक्षक एन्जल कुश्मी लगायतले पनि मन्तव्य ब्यक्त गरेका थिए । 

सो अवसरमा एमालेकी प्रदेश सांसद कोइलीदेवी चौधरीले अन्य समुदायको पहुँच जस्तै थारूहरुको पहुँच बढाउने हो भने थारूहरु राजनीतिमा सक्रिय भै अगाडि बढ्नुपर्ने बिचार ब्यक्त गरेकी थिइन् । 
नागरिक उन्मुक्ति पार्टीका प्रदेश सांसद खुशीराम चौधरीले अहिले सम्मका सरकारहरुको गलत निर्णयका कारण पहाडमा सेवा सुविधा नपुगेको, सुविधाकै कारण पहाडबाट निरन्तर तराईमा बसाइँ सराई भैरहेको र तराईका खेतीयोग्य जमिन बसोबासमा रुपान्तरण भै देशको अर्थतन्त्र तहस नहस भएको कुरा उजागर गरेका थिए । 
त्यस्तै, नागरिक उन्मुक्ति पार्टीका संगठन विभाग प्रमुखुमेत रहेका प्रदेश सांसद लक्ष्मणकिशोर चौधरीले राज्यले सुनियोजित ढंगलले टीकापुर घटना घटाएको, कानुनी र ब्यवहारिक रुपमै थारूहरुलाई राज्यको हरेक निकायबाटै बहिष्करणमा पारेको बताउँदै आयोजकहरुबाट पाएको १२ बुँदे ध्यानाकर्षण पत्रले आफूहरुले गरेको बाचा पुरा गर्ने, प्रदेश र स्थानीय तहसँग समन्वय गरी जनताका माग पुरा गर्ने प्रतिबद्धता ब्यक्त गरेका थिए । 
कार्यक्रममा थारू महिला सभा कैलालीका अध्यक्ष दुर्गा कुश्मीले स्वागत मन्तब्य राखेकी थिइन् भने थारू नागरिक समाज कैलालीका संयोजक दिल बहादुर चौधरीले आयोजकका तर्फबाट ध्यानाकर्षण पत्र बाचन गरी सांसदहरुलाई हस्तान्तरण गरेका थिए । 
थारू कल्याणकारिणी सभाका कार्यबाहक सभापति माधव थारूले खादा ओढाई सांसदहरुलाई बधाई तथा कार्य सफलताको शुभकामना दिएका थिए । कार्यक्रम माधव थारूको सभापतित्वमा सम्पन्न भएको थियो । 
ध्यानाकर्षण पत्रको पूर्ण पाठ यसप्रकार छः 
२०७९।०९।२३
श्री ............

बिषय : बधाई तथा शुभकामनासहितको ध्यानाकर्षण पत्र
२०७९।०९।२३
यहाँहरु जनताको अमूल्य मत पाई विभिन्न दलबाट सांसदको रुपमा प्रतिनीधि सभा र प्रदेश सभाका लागि निर्वाचित भएकोमा हामी स्वतन्त्र थारु नागरिकहरु खुशी छौं र यहाँहरु सबैलाई हृदयदेखि बधाई ज्ञापन गर्दै पूर्ण कार्य सफलताको कामना गर्दछौं । साथै थारुहरुको नयाँ बर्ष माघ, थारु सम्बत २६४६ को शुभकामना पनि दिन चाहन्छौं । करिब करिब थारुहरुको नयाँ बर्षदेखि नै यहाँहरुको कार्यकाल पनि शुरु भएकोले यस सुनौलो अवसरमा यहाँहरुलाई खबरदारी पनि गर्न चाहन्छौं । 
यहाँहरु अहिले राज्यको प्रमुख अंग ब्यबस्थापिकाको प्रमुख पात्रको रुपमा उपस्थित हुनु भएको छ । यहाँहरुबाटै मन्त्रीमण्डलरुपी सरकार गठन हुने र कार्यपालिका संचालनको महत्वपूर्ण जिम्मेवारी बहन हुने कार्य गर्दछ । तर ब्यबस्थापिका, कार्यपालिका मात्रै होइन, हाम्रो न्यायपालिका समेतको कार्य सन्तोषजनक हुन छैन । कार्लमाक्र्स, फ्रेडरिक एंगेल्सद्वारा प्रतिपादित समाजवाद साम्यवादलाई मार्गदर्शक सिद्धान्त मान्नेहरु र बि.पी.को प्रजातान्त्रिक समाजवाद मान्नेहरु अहिले पनि ऋषि मनुद्वारा प्रतिपादित तल्लो जातले मल्लो जातको सेवा गर्ने शासन ब्यबस्थातिर आकर्षित भएका देखिन्छन् । फलस्वरुप आफूलाई क्रान्तिकारी भन्ने माओवादी समेतले दलित, आदिवासी जनजाति, थारु, मधेशी, मुश्लिम, पिछडा बर्गलाई सत्तामा चढ्ने भर्याङ मात्रै बनाएको देखिन्छ । माओवादीले काँग्रेस, एमालेसँग मिली राजतन्त्र त फालेको छ, तर गणतन्त्र ल्याउन सकेको छैन । गणतन्त्रमा गणहरु राज्यको मूलधारबाट बाहिर छन् । उनीहरु प्हिचान खोज्दा, प्रदेश माग्दा पाएका छैनन् । १ प्रदेश मधेशी समुदायलाई दिएर बाँकी ६ प्रदेश यो वा त्यो नाममा पहाडी ब्राम्हन, क्षेत्रीकै चाहना र खुशीमा निर्माण भएको छ । फरक भाषा, भेषभूषा, लवाई खवाई रहेका गणहरुको पहिचानविनाको प्रदेश निर्माण, उनीहरुको समान पहुँच, सहभागिताविनाको कार्यपालिका, न्यायपालिकाको निर्माणले गणतन्त्र पूर्ण हुन सक्तैन । 
अहिले नागरिकहरु लेख्ने, बोल्ने, सभा सम्मेलन गर्ने अधिकार त पाएका छन्, तर कार्यपालिका र न्यायपालिकामा पहाडी ब्राम्हन क्षेत्रीको एकलौटी कब्जाले गणतन्त्रलाई कुरुप बनाएको छ । देशको मूलकानुन संविधानको २५ प्रतिशत अंश मनुवादले ग्रस्त छ । समावेशी आयोग मनुवादकै उपज हो भने संविधानले स्वीकार गरेको थारु क्लष्टरलाई लोकसेवा आयोगले अस्वीकार गर्दै थारु कोटा नछुट्याउनु, थारु कल्याणकारिणी सभाले रिट हाल्दा न्यायपालिकाले थारुहरुका लागि सरकारी सेवामा ६.६ प्रतिशत छुट्याउन २०७९ कार्तिक २० मा सरकारलाई अन्तरिम आदेश दिनु, पुनः २०७९ मंसिर ११ गते त्यसलाई रद्द गर्नु मनुवादकै प्रभाव हो । 
थरुहट थारुवान क्षेत्रमा नेताहरु जाँदा रेशम लगायतका थारुहरु निर्दोष हुन् भन्ने र काठमाण्डौं पुग्दा थारुहरु अपराधी हुन्, तिनलाई छोड्न मिल्दैन भन्ने, झापामा के.पी. हरुले ब्यक्तिहत्या गर्दा, प्रचण्डले ५ हजार हत्याको जिम्मा लिंदा, २०५८ फागुन ४ गते अछाममा २ सय भन्दा बढी सेना, प्रहरी मारिंदा, २०७२ भाद्र ८ गते अखण्ड पक्षधरद्वारा कफ्र्यूकै बिचमा सेना प्रहरीकै उपस्थितिमा थारुहरुको ८२ वटा घरमा आगजनी, लुटपाट हुँदा नदेख्ने, नलेख्ने, नबोल्ने, आगो लगाउने, आगो लगाउन र लुटपाट गर्न सघाउने प्रहरी प्रशासनका मुखियालाई कारवाहीको लागि एक शब्द पनि नखर्चने पूर्व आईजिपीहरु, सञ्चारकर्मी, अधिकारकर्मीहरु थरुहट आन्दोलनको क्रममा २०७२ भाद्र ७ गते टीकापुरमा ८ प्रहरी मारिंदा चाहिं आँखा देख्छन्, लेख्छन्, र आवाज उठाउँछन् भने थारुहरुले बुझ्ने के ! कुरा स्पष्टै छ, प्रहरी, प्रशासन नश्लवादबाट प्रभावित छ, थारुहरुको बिरुद्धमा लेख्ने, बोल्ने नेता, सांसद, सञ्चारकर्मी, अधिकारकर्मी मनुवाद, नश्लवादबाट प्रभावित छन् । अहिले झन संघीयता ठिक छैन भन्ने भाष्य निर्माण भैरहेको छ, त्यो नश्लवादबाटै प्रभावित विचार हो, हामी स्पष्ट छौं । 
त्यसैले माननीय सांसद ज्यूहरु 
उत्पीडनका घटना २ पेजमा लेख्न सम्भव छैन, यहाँ ध्यानाकर्षणका लागि केहि प्रतिनीधिमूलक घटनालाई उजागर गरिएको मात्रै हो । पछिल्लो घडीमा भ्रष्टाचारको मुद्दाले बढी स्थान पाएको छ, पाउनु पनि पर्दछ । तर भ्रष्टाचारको अर्थ र बुझई हेर्दा घुस लिनु, दिनु, दलाली गर्नुलाई मात्रै बढी संकेत गरिएको देखिन्छ । भ्रष्ट आचार भनेको घुस लिनु, दिनु, दलाली गर्नु मात्रै होइन, संविधानको पालना नगर्नु, त्यसलाई तोडमरोड गर्नु, त्यसलाई सहीसँग कार्यान्वयन नगर्नु, त्यसको मर्ममा प्रहार गर्नु, सहीसँग न्याय निरुपण नगर्नु, बिभेद गर्नु, स्वतन्त्र र निष्पक्ष भै आवाज नउठाउनु, नलेख्नु नबोल्नु सबै भ्रष्ट आचार हुन्, खराब बानी ब्यबहार हुन् । यसैको कारण देश डुबेको छ । गहिरिएर हेर्दा राज्यको प्रमुख तत्व ब्यबस्थापिका, कार्यपालिका, न्यायपालिका भ्रष्टाचारमय छन् । मन्त्रीमण्डल र प्रहरी संगठन भ्रष्ट आचारको मेरुदण्ड जस्तै छ र अहिले भ्रष्टाचारकै मुद्दालाई टेकेर स्वतन्त्र मेयरहरुको उदय भएको छ, नयाँ राजनीतिक संगठनहरुको उदय भएको छ । उनीहरुबाट भ्रष्टाचार हुन्छ वा हुँदैन ? उनीहरुद्वारा भ्रष्टाचारमा रोक लगाइन्छ वा लगाइँदैन, त्यो हेर्न बाँकी छ । 
बिगतका दिनहरुमा कतिपय बेला दलहरुबाट एन्टिवायोटिक औषधि जस्तै थारुको बिरुद्धमा थारु, मगरको बिरुद्धमा मगर, दलितको बिरुद्धमा दलित, मधेशीको बिरुद्धमा मधेशी सांसदलाई खडा गर्ने काम भएको छ, नचाहिने कुरामा ह्वीप लगाउने काम भएको छ । त्यो अहिले नहोला भन्न सकिन्न । हामी चाहिराखेका छौं, त्यस्तो नहोस्, दलीय निर्देशन र स्वार्थ भन्दा माथि उठ्ने प्रयत्न होस्, स्वविबेकको बढी प्रयोग होस्, जनता र समुदायप्रतिको जवाफदेहितालाई ध्यान दिइयोस् भन्दै हामी निम्न बुँदाहरुमा ध्यानाकर्षण गर्न चाहन्छौ । 
ध्यानाकर्षणका बुँदाहरु 
१. टीकापुर घटनामा परी रेशम लगायतका निर्दोष थारु राजबन्दीहरुको रिहाई र ५८ जनामा लगाइएको झुट्ठा मुद्दाको 
   खारेजीको लागि पहल गरियोस् ।
२. पहिचान देशको अमूल्य सम्पत्ति भएकोले थरुहट थारुवान प्रदेशको लागि निरन्तर आवाज उठाउने काम होस, पहल    
   होस्। 
३. संबिधानमा उल्लेखित थारु क्लष्टरको सम्मानका लागि दलित, मधेशी, महिला, आदिवासी जनजाति जस्तै थारुहरुको 
   लागि राज्यद्वारा गरिने हरेक बिज्ञापनमा ६.६ % आरक्षण कोटा छुट्याउने पहल होस् । 
४. सु.प. प्रदेश लोकसेवा आयोगले गर्ने हरेक बिज्ञापनमा थारुहरुका लागि २०% आरक्षण कोटा निर्धारणका लागि पहल 
   होस् । 
५. प्रदेशस्तरमा र थारु बहुल गाउँपालिका, नगरपालिकाहरुमा सरकारी कामकाजको भाषाको रुपमा थारु भाषालाई मान्यता 
   दिलाउने, व्यवहारमा लागू गर्ने पहल होस् । 
६. थारु बहुल क्षेत्रका प्राथमिक बिद्यालयहरुमा थारु भाषामा पाठ्यक्रम थारु भाषामा पढाईको ब्यबस्थाका लागि पहल होस्। 
७. थारु बहुल जिल्लाहरुमा प्रहरी प्रमुख, प्रशासन प्रमुख (प्र.जि.अ.) थारु जातिलाई पठाउने कामको लागि पहल गरियोस् । 
८. यहाँहरु निर्वाचित भएको क्षेत्र, बसोबास गरेको निर्वाचन क्षेत्र, जिल्ला र प्रदेशमा थारु चाडपर्वले सम्मान पाओस् । 
९. प्रदेशस्तरमा सिकलसेल एनिमिया बिशेष अस्पतालको निर्माण र बिरामीहरुलाई बाचुञ्जेल औषधि, उपचारको ब्यबस्थाको 
   लागि पहल होस् ।
१०. भल्मन्सा प्रथा लोकतान्त्रिक भएकोले थारु बहुल हरेक स्थानिय तहलाई ऐन बनाई त्यसलाई स्थानियतहबाटै समायोजन 
    र मान्यता प्रदान गर्ने कार्यको पहल होस् ।  
११. थारु बहुल जिल्ला, प्रदेशमा थारुहरुको नयाँ बर्ष माघ मनाउनका लागि २ दिन (पुष अन्तिम दिन र माघ १ गते), 
    अतवारीमा १ दिन (भाद्र शुक्ल पक्षको पहिलो आइतवार), चिरै÷चरै (चैत शुक्ल पक्षको पहिलो सोमबार) बिद्यालयमा 
    बिदाको ब्यबस्था गर्ने पहल होस् । 
१२. थरुहट थारुवान आन्दोलनले उठान गरेका माग मुद्दा पुरा गर्न पहल होस् । 

ध्यानाकर्षण गराउने संघ, संगठनहरु
१. थारु कल्याणकारिणी सभा कैलाली
२. थारु नागरिक समाज कैलाली 
३. थारु महिला सभा कैलाली
४. थारु बिद्यार्थी समाज कैलाली
५. थारु पत्रकार संघ कैलाली
६. नेपाल आदिवासी जनजाति पत्रकार महासंघ कैलाली 
७. नेपाल आदिवासी जनजाति पत्रकार महासंघ सुदूरपश्चिम प्रदेश समिति 
८. हमार फाउन्डेशन कैलाली 
९. सखी सञ्जाल कैलाली 
१०. बरघर भल्मन्सा नगर समिति धनगढी, कैलाली
११. बरघर भल्मन्सा नगर समिति गोदावरी, कैलाली
१२. थारु लेखक संघ नेपाल, धनगढी, कैलाली 
१३. थारु युवा संघ कैलाली
१४. राष्ट्रिय थारु कलाकार मञ्च सू.प. प्रदेश   
  

प्रकाशित:

१३५० दिन अगाडि

|

२४ पुष २०७९

रेशम चौधरीको उम्मेदवारी विरुद्ध उजुरी किन ?
रेशम चौधरीको उम्मेदवारी विरुद्ध उजुरी किन ?

१४३९ दिन अगाडि

|

२५ असोज २०७९

डा. केआई सिंहको बिर्तावाल ‘गुलयारी’ : थारू उपर कहिल्यै नमेटिने ती घाउहरू
डा. केआई सिंहको बिर्तावाल ‘गुलयारी’ : थारू उपर कहिल्यै नमेटिने ती घाउहरू

१४७४ दिन अगाडि

|

२१ भदौ २०७९

स्वतन्त्रहरु अनि नागरिक उन्मुक्ति पार्टीको उदयको दस्तक
स्वतन्त्रहरु अनि नागरिक उन्मुक्ति पार्टीको उदयको दस्तक

१४८३ दिन अगाडि

|

१२ भदौ २०७९

‘रेशम रक्तबीज हो, एक रेशमको उमेदवारी खारेजले हजार रेशम जन्मिन्छन्ः’ हिमाञ्चल भट्टराई
‘रेशम रक्तबीज हो, एक रेशमको उमेदवारी खारेजले हजार रेशम जन्मिन्छन्ः’ हिमाञ्चल भट्टराई

१४३८ दिन अगाडि

|

२६ असोज २०७९

टीकापुर घटनाको मुद्दा फिर्ता नलिइए नागरिक उन्मुक्तिका सांसदले शपथ नलिने 
टीकापुर घटनाको मुद्दा फिर्ता नलिइए नागरिक उन्मुक्तिका सांसदले शपथ नलिने 

१३८८ दिन अगाडि

|

१५ मंसिर २०७९

रातीसम्म नाचगान गरेको भन्दै टीकापुर प्रहरीबाट जानकीका ३ जनालाई पक्राउ
रातीसम्म नाचगान गरेको भन्दै टीकापुर प्रहरीबाट जानकीका ३ जनालाई पक्राउ

१४४४ दिन अगाडि

|

२० असोज २०७९

टीकापुर घटना राज्यसत्ताले चलाखीपूर्ण रूपमा घटाएको घटना होः मोहना अन्सारी
टीकापुर घटना राज्यसत्ताले चलाखीपूर्ण रूपमा घटाएको घटना होः मोहना अन्सारी

१३७६ दिन अगाडि

|

२७ मंसिर २०७९