भजनी नगरपालिकास्तरीय बरघर समिति गठन

भजनी नगरपालिकास्तरीय बरघर समिति गठन

१३१६ दिन अगाडि

|

२८ माघ २०७९

सुदूरपश्चिम सरकारः नागरिक उन्मुक्तिले काँग्रेसलाई पनि समर्थन नगर्ने !

सुदूरपश्चिम सरकारः नागरिक उन्मुक्तिले काँग्रेसलाई पनि समर्थन नगर्ने !

१३१७ दिन अगाडि

|

२७ माघ २०७९

                                                                                                            नवनियुक्त मुख्यमन्त्री कमल बहादुर शाह बिहीबार सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री राजेन्द्रसिंह रावलले प्रदेशसभाबाट विश्वासको मत प्राप्त गर्न नसकेपछि राजनीति एकाएक तरंगित भएको छ । सुदूरपश्चिम प्रदेशमा नागरिक उन्मुक्ति पार्टीले मुख्यमन्त्री रावललाई विश्वासको मत नदिएपछि एमाले नेतृत्वको सरकार एक महिनामै ढल्न पुगेको हो । केन्द्रमा तत्कालीन काँग्रेस नेतृत्वको सत्ता गठबन्धन भत्किएपछि एमाले–माओवादीसहितको नयाँ गठबन्धन बनेको थियो । सोही गठबन्धनको बलमा केन्द्रदेखि प्रदेशसम्म सरकार बनाइएपनि सुदूरपश्चिम प्रदेशमा टिक्न नसकेको हो । उसो त, संघीय सरकारमा समेत खटपट सुरु भएकाले सरकारको आयु लामो नरहेको चर्चा हुन थालिसकेको छ ।  केन्द्रमा राष्ट्रिय स्वतन्त्र पार्टी सरकारबाट बाहिरएको छ भने सरकारलाई समर्थन गरेको जसपा सरकारमा सहभागी नै भएको छैन । यस्तै राप्रपाका मन्त्रीहरुले संघीयताविरोधी अभिव्यक्ति दिइरहँदा एमाले र माओवादी केन्द्रबीचसमेत विश्वासको वातावरण रहेको छैन । यस्तो अवस्थामा सरकार कसरी अघि बढ्ला भन्ने चासो बढेको हो । यही बीचमा सुदूरपश्चिम प्रदेश सरकार ढलेकोमा त्यहाँको राजनीतिक भूकम्पको पराकम्प काठमाडौँसम्म पर्न थालिसकेको कतिपयले टिकाटिप्पणी गर्न थालिसकेका छन् । ‘सुदूरपश्चिम प्रदेश सरकारमा भूकम्प गए पनि यसको केन्द्रविन्दु काठमाडौ नै हो ।’ नागरिक उन्मुक्ति पार्टीका सुदूरपश्चिम प्रदेश मुख्य सचेतक लक्ष्मणकिशोर चौधरीले ढकियाखबरसँग भने,‘प्रमुख दलले नागरिक उन्मुक्ति पार्टीलाई मधेसी पार्टी जस्तो ठान्ने भूल गरे । टीकापुर घटनाका राजवन्दीहरुको रिहाइको वातावरण नबनेसम्म हामी आफ्नो अडान छाड्दैनौं ।’ राजेन्द्रसिंह रावल ‘आउट’, कमल शाह ‘इन’ सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री कमल बहादुर शाहको शपथ शुक्रबार हुने भएको छ ।  काँग्रेस संसदीय दलका नेता शाहलाई प्रदेश प्रमुख देवराज जोशीले बिहीबार मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् । एमालेका नेता रावलले प्रदेशसभामा विश्वासको मत नपाएपछि प्रदेश प्रमुख जोशीसमक्ष मुख्यमन्त्रीको राजीनामा बुझाएका थिए । प्रदेश प्रमुख जोशीले प्रदेश सभाको सबैभन्दा ठूलो दल कांग्रेसका संसदीय दलका नेता  शाहलाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् । नवनियुक्त मुख्यमन्त्री कमल बहादुर शाह नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीका निकै मन मिल्ने साथी हुन् । तर नागरिक उन्मुक्तिले काँग्रेसलाई पनि समर्थन गर्ने वातावरण छैन । नागरिक उन्मुक्ति पार्टीका एक केन्द्रीय पदाधिकारीले भने, हामीले सूपमा एमाले सरकारसँग समर्थन फिर्ता लिएका छौं । तर काँग्रेसलाई समर्थन गर्छौ भनेका छैनौं । यस्तोमा सुदूरपश्चिम प्रदेश सरकारमा काँग्रेस–माओवादी गठबन्धन हुन सक्छ । यसका लागि राष्ट्रपतिको चुनावको प्रतिक्षा गर्नुपर्ने हुन्छ ।  

७ औं राष्ट्रिय थारू साहित्य सम्मेलनले देखाएको उत्साह

७ औं राष्ट्रिय थारू साहित्य सम्मेलनले देखाएको उत्साह

१३१८ दिन अगाडि

|

२६ माघ २०७९

राष्ट्रिय थारू साहित्य सम्मेलन बाँकेको राप्ती सोनारीमा माघ २२ गते आईतबार सम्पन्न भएको छ ।  शुक्रबारदेखि सञ्चालन भएको सम्मेलनमा थारू भाषा, साहित्य, संस्कृति उनन्नयनका लागि थारू साहित्यिक संघ संस्था, भाषाप्रेमी, लेखक, प्रकाशक, सम्पादकहरु एकजुट भएर सहकार्य गर्ने लगायतका  १२ बुँदे घोषणा पत्र जारी गर्दै सम्पन्न भएको हो ।  साथै, आगामी ८ औं राष्ट्रिय थारू साहित्य सम्मेलन मोरङको ग्रामथान गाउँपालिकामा गरिने घोषणा पत्रमा उल्लेख छ । ८ औं राष्ट्रिय थारू साहित्य सम्मेलनपछि बाँकी सबै थारू साहित्य सम्मेलन बर्दियामा आयोजना गर्न पहिल गरिने कुरा थारू लेखक संघका केन्द्रीय सदस्य शेखर दहितले बताए ।  थारू लेखक संघ नेपाल र थारू गोचाली समाज नेपा, बाँकेले आयोजना गरेको सम्मेलन समापन गर्दै थारू लेखक संघका अध्यक्ष डा कृष्णराज सर्वाहारीले प्रत्येक बर्ष आयोजना गरिने राष्ट्रिय थारू साहित्य सम्मेलनले एक किसिमको जागरण ल्याउने काम गरिरहेको बताए । कैलालीको पटेलामा आयोजना गरिएको दोस्रो साहित्य सम्मेलनकै कारण त्यहाँका बरघरहरु एकजुट भएर थारू संग्राहलय बनाउन सफल भएको उदाहरण दिँदै उनले भने, ‘रुपन्देहीको सैनामैनामा उद्घाटन नभएको होमस्टेमा चौथो सम्मेलन ग¥यौं, त्यहाँको प्रचार प्रसारमा बढी सहयोग पुग्यो । सुर्खेत र बाँकेमा गरिएको सम्मेलनमा थारूको जनजीवनमा कलम चलाउने गैरथारू साहित्यकारहरुलाई सहभागी गरायौं, यसले गैरथारू ठूला सहित्यकारको प्रभाव थारू साहित्यकारमा पर्दै गएको छ ।’  लुम्विनी प्रदेशमा यथाशीघ्र प्रज्ञा प्रतिस्थान बन्नु पर्ने आवश्यकता औंल्याउँदै सर्वहारीले भने–‘ २०१४ सालमा स्थापना भए पनि केन्द्रको प्रज्ञा प्रतिस्थानमा थारू साहित्यकार अझैसम्म प्राज्ञ सदस्य बन्न सकेका छैनन् । योे चौथो ठूलो भाषाप्रतिको घोर उपेक्षा हो ।’  थारू भाषाको मानकताको सवालमा विस्तारै भाषाको एकरुपता आउन थालेको अध्यक्ष सर्वहारीको दावी छ । एक दशक अघि प्रकाशन भएका थारू भाषाका पुस्तक र पछिल्लो समय प्रकाशन भईरहेका पुस्तकमा भाषा लेखनमा सुधार आईरहेको उनले बताए ।  देशको जुनसुकै कुनामा थारू साहित्य सम्मेलन गरिएपनि त्यहाँका युवा साहित्यकारलाई सशक्त बनाउनुका साथै भाषिक जागरण ल्याउने काम गरिरहेको अध्यक्ष सर्वहारीले जिकिर गरे ।  थारू समुदायको कला संस्कृतिको खोज अनुसन्धान तथा ईतिहासबारे दस्तावेजीकरण गर्ने उद्देश्यले थारू लेखक संघले प्रत्येक बर्ष राष्ट्रिय सम्मेलनको आयोजना गर्दै आएको र यो कार्यक्रम विस्तारै मूर्तरुप लिँदै गएको थारू लेखक संघका केन्द्रीय सदस्य शेखर दहितले बताए ।  यस्तै समापन कार्यक्रमलाई सम्बोधन गर्दै सम्मेलनमा युवा सहभागिताको लागि आगामी दिनमा युवाहरुको रचना वाचनलाई पनि विशेष स्थान दिनुपर्ने थारू लेखक संघका केन्द्रीय सचिव तथा जंग्रार साहित्यक बखेरीका केन्द्रय अध्यक्ष सोम डेमनडौराले सुझाव दिएका थिए । ७ औं राष्ट्रिय थारू साहित्य सम्मेलनमा ६ वटा विविध विषयमा छलफल, बहस गरिएको थियो । राप्ती सोनारीको विकासका लागि प्राथमिकताहरु, आदिवासी भाषा दशक र मातृभाषा, विकासमा वरघर, होमस्टेमा थारू समुदाय, आख्यानमा थारू जीवन, बाँकेमा थारू साहित्यको अवस्था, थारू साहित्यमा युवा तथा  सिकलसेल एनिमियाको कहरः जनस्वास्थ्यमा प्रतिकुल असरबारे विषयगत सम्बन्धित ब्यक्तित्वहरुलाई प्यानलिस्ट बनाएर घनिभूत छलफल गरिएको थियो ।  बहसमा पत्रकार विमला चौधरी, लेखक तथा थारू कला संस्कृति खोज अनुसन्धानकर्ता शेखर दहित, सञ्चारकर्मी तथा बरघर अभियन्ता एकराज चौधरी, सञ्चारकर्मी तथा साहित्यकार नविन अभिलाषी, साहित्यकार सागर गैरे, लेखिका वालिका चौधरी, सिकलसेल एनिमिया रोकथामका अभियन्ता प्रभुराम चौधरी, युवा साहित्यकार भूमिका थारूलगायतले सहजकर्ताको भूमिका निभाएका थिए ।  छलफल कार्यक्रमको सुरुवातमा ‘राप्ती सोनारीको विकासका लागि के छ प्राथमिकतामा ?’ विषयमा छलफल चलाइयो । गाउँपालिका अध्यक्ष तप्त पौडेल, उपाध्यक्ष मनिषासिंह थारू र वडा नम्बर ७ का अध्यक्ष रामलखन चौधरीसँग विमला चौधरीले कुराकानी गरिन् । स्थानीय साधन र स्रोतको प्रयोगलाई प्राथमिकतामा राखिएको वक्ताहरूले बताए । गाउँपालिका अध्यक्ष तप्त पौडेलले स्थानीयलाई कृषि क्षेत्रको विकासमा लाग्न प्रोत्साहन गर्दै सरकारले सक्दो सहयोग गर्ने बताए । शनिबार नै दोस्रो छलफल अन्तर्गत ‘आदिवासी भाषा दशक र मातृभाषा’ शीर्षकमा बसह गरियो । आदिवासी जनजातिविज्ञ भोलाराम चौधरी र युनेस्को प्रतिनिधि वर्षा लेखीसँग शेखर दहितले संवाद गरे । पाठ्यक्रम एवं सरकारी तथा कामकाजी भाषाका रूपमा थारू भाषाको प्रयोगका बारेमा चर्चा भयो । शनिबार आयोजना गरिएका विभिन्न छलफल कार्यक्रममध्ये ‘आख्यानमा थारू जीवन’ मा थारूका बिषयमा कलम चलाएका लेखकलाई उभ्याइयो । मनोज चौधरी, महानन्द ढकाल र गणेश वर्तमानसँग नवीन अभिलाषीले कुराकानी गरे । चितवनका लेखक मनोज चौधरीका ‘टुकी’ र ‘टुवरा’ उपन्यास प्रकाशित छन् । यी दुबै उपन्यासमा लेखक चौधरीले थारूको जनजीवनलाई चित्रण गरेका छन् । बाँके, कोहलपुरका महानन्द ढकालले ‘बुह्रान’ उपन्यास लेखेका छन् । थारू भाषाकै शब्द ‘बुह्रान’ उपन्यासमा विभिन्न कारणले थातथलो छोडेर बसाइँसराइ गरेका थारू समुदायको जनजीवन चित्रण गरिएको छ । अर्का सहभागी गणेश वर्तमानको ‘ट्वाना’ पुस्तक पनि यही सम्मेलनमा विमोचन भएको उपन्यास हो । थारू जातिको पारम्पारिक हतियारलाई ट्वाना भनिन्छ । सहजकर्ता अभिलाषीले तीन जना लेखकसँग कुराकानी गर्दै थारू जनजीवनलाई खोतल्ने प्रयास गरे । बरघर अर्थात मुखिया बस्ने थारूदेखि कमैया बसेका थारूहरूको जीवनलाई बहसमा उतारे । लेखक मनोज चौधरीले हुनेखाने थारूभन्दा श्रमजीवी थारू समुदाय धेरै भएको दाबी गरे । साहु महाजनको घरमा गोठालो बसेर पनि जीवन गुजारा गर्न थारू समुदाय अझैसम्म बाध्य बनेको चौधरीले बताए । लेखक महानन्द ढकालले राज्यको केन्द्रीय भूमिकामा थारूको उपस्थिति अहिले पनि कमजोर भएको बताए । थारूको मेहनत, परिश्रम र संघर्ष अनुसारको प्रतिफल यो समुदायले नपाएको गुनासो ढकालले गरे । आफू थारू समुदायकै भएकोले थारू विषयमा पुस्तक लेख्न अप्ठ्यारो नभएको मनोजले बताए । बुह्रानका लेखक ढकालले आफू थारू समुदायकै सेरोफेरोमा जन्मेहुर्केकोले यो विषयमा किताब लेख्न केही सहज भएको बताए । थारू समुदायका बारेमा लेखिनुपर्ने विषय धेरै भए पनि अहिलेसम्म किताबका माध्यमबाट थोरै मात्र विषय सार्वजनिक भएको गणेश वर्तमानले बताए । ‘आउन बाँकी अरू विषयमा कलम चलाउने मेरो रहर छ’, वर्तमानले बताए । प्यानल छलफल चलाइरहेका कवि एवं पत्रकार नवीन अभिलाषीले सम्मेलन आयोजक संस्थामध्ये एक थारू लेखक संघ नेपालका अध्यक्ष डा। कृष्णराज सर्वहारीलाई प्रश्न गरे, ‘थारू समुदाय पछाडि परेको पहाडी समुदायले गर्दा हो ?’ भनी प्रश्न गरे । जवाफमा डा। सर्वहारीले भने, ‘थारूहरु थारूभन्दा बढी पहाडियाबाट पीडित भएको सत्य हो । अहिले समावेशीको कुरा आएपछि पनि थारूहरु निर्णायक तहमा पुग्न नसक्नुले मेरो भनाइलाई पुष्टि गर्छ ।’ २०५५ सालमा थारू भाषाको पहिलो उपन्यास ‘फुटल करम’ प्रकाशित गरेका सर्वहारी मूलधारको सञ्चारमाध्यममा काम गरेका पुराना पत्रकार समेत हुन् । सम्मेलनमा बाँके जिल्लाको थारू साहित्यको अवस्था बारेमा पनि छलफल गरियो । लेखक एवं पत्रकार सागर गैरेले थारू साहित्यका अगुवा जीतबहादुर चौधरी, सञ्चारकर्मी सोम डेमनडौरा र साहित्यकार खगेन्द्र गिरी कोपिलासँग जिल्लाको समग्र थारू साहित्यको अवस्थाबारेमा छलफल गरे । कार्यक्रममा जीतबहादुर चौधरीले थारू भाषाको पत्रिका गोचालीमार्फत जिल्लामा साहित्यिक गतिविधि बढाउन भूमिका खेलेको बताए । सञ्चारकर्मी सोम डेमनडौराले हवाइ एवं लघु साहित्यिक पत्रिकामार्फत थारू स्रस्टाका रचनालाई प्रकाशन गरेर स्रस्टालाई लेखनमा हौसला प्रदान गर्ने काम विगतमा भएको बताए । जिल्लामा एफएम रेडियोको स्थापना गर्न र ती रेडियोबाट थारू भाषामा कार्यक्रम प्रसारण गर्न भूमिका खेलेको पनि वक्ताहरूले बताए । लेखक खगेन्द्र गिरी कोपिलाले बाँके जिल्लामा थारू भाषामा कलम चलाउने स्रस्टाहरू प्रशस्त भएको भन्दै थारू भाषा र थारूका विषयमा सिर्जना गर्ने स्रस्टाहरूको भूमिकाको चर्चा गरे । खगेन्द्र गिरीका अहिलेसम्म १२ वटा पुस्तक प्रकाशित छन् । ‘सबै पुस्तकमा जातीय विशेषताको हिसाबले कसैलाई सम्बोधन गरिएको छैन’, गिरीले भने, ‘मेरा पुस्तकमा उठाइएका विषयका प्रवृतिमार्फत सबै जात र समुदायलाई सम्बोधन गर्ने कोसिस गरेको छु ।’ भूमिका थारुले सञ्चालन गरेको थारु साहित्यमा युवा शीर्षकको प्यानलमा नाटककर्मी प्रणव आकाश, साहित्यकारद्वय सागर कुश्मी तथा गीताञ्जली पछल्डंग्या थिए । अग्रजहरुले युवाहरुलाई लेखनमा प्रेरणा दिनपर्ने सेसनको निचोड थियो । सागर कुश्मीले गजल लेखनमा धेरै थारु युवालाई प्रशिक्षण दिइसकेको तर प्रशिक्षण लिएका कसैले पुस्तक प्रकाशन गर्न नसकेको जानकारी दिएका थिए ।  यस्तै सम्मेलनको कि–नोट स्पीकरको रुपमा अनुसन्धान कर्ता डा गोविन्द आचार्यले, थारू समुदायको ईतिहास, संस्कार, संस्कृति, रहनसहनबारे बृहत ब्याख्या गरेका थिए । कोरोना कहरले यस बर्ष थारू भाषाका नयाँ पुस्तक धेरै नभएपनि लक्ष्मी रानाले लेखेको सोरठ र गणेश वर्तमानले लेखेको ट्वाना उपन्यास, र थारू क्यालेण्डर विमोचन गरिएको थियो ।  राष्ट्रिय थारू साहित्य सम्मेलनको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमनलाल मोदीले उद्घाटन तथा पुस्तक विमोचन गरेका थिए ।  सम्मेलनमा कथा संग्रह सोरठ लेखिका लक्षमी रानालाई २५ हजार २५ रुपौयाँ नगद सहित सम्मान गरिएको थियो भने थारूको जनजीवनमा कलम चलाउँदै आएकी साहित्यकार किरण आचार्यलाई कदर पत्रले सम्मान गरिएको थियो । कार्यक्रममा विभिन्न विद्याका रचना वाचन, साँस्कृतिक प्रस्तुती लाई पनि स्थान दिईएको थियो ।  उक्त सम्मेलन ब्यवस्थापनको मुख्य भमिकामा थारू गोचाली समाजका अध्यक्ष देखलाल थारू, महासचिव कालुराम थारू समर्पण, कोषाध्यक्ष सुनिता थारूलगायतका सदस्यहरु रहेका थिए । सम्मेलनलाई सफल पार्न स्थानिय पालिका, वडा कार्यालय, सामुदायिक वन उपभोक्ता समुह, बरघरलगायतले सहयोग तथा सहकार्य गरेका थिए ।  सम्मेलनमा पूर्व सुनसरी, मोरङ देखि सुदुरपश्चिमको कञ्चनपुर लगायतका जिल्लाबाट झण्डै तीन सय लेखक, पत्रकार, विश्लेषक, अध्येताहरूको सहभागिता रहेको थियो । कार्यक्रममा बहस र छलफलसँगै थारू नाचहरू पनि प्रदर्शन गरिएको थियो । कार्यक्रममा विभिन्न स्रस्टाहरूले कविता वाचन पनि गरेका थिए । कार्यक्रम समापन भएपछि अतिथिलाई राप्तीसोनारीका ऐतिहासिक स्थलको अवलोकन गराइएको थियो । राप्तीसोनारी मुलुकको सबैभन्दा ठूलो गाउँपालिका हो । नेपालगञ्ज बजारबाट १२ किलोमिटर पूर्वमा रहेको यो स्थलमा आदिवासी थारूको मुख्य बसोबास छ । थारु लेखक संघ नेपाल तथा थारू गोचाली समाज नेपाल बाँकेको आयोजनामा भएको कार्यक्रमलाई राप्ती सोनारी गाउँपालिका तथा सबै वडा, खजुरा गाउँपालिका, एआइपीपी, युनिक नेपाल, जंग्रार साहित्यिक बखेरी, बरघर समिति, वन समिति, स्थानीय शिक्षक, बुद्धिजीवि, सञ्चारकर्मी लगायतले भौतिक, नैतिक रुपले सघाएका थिए । ७ औं राष्ट्रिय थारू साहित्य सम्मेलनले बाँकेवासीलाई निकै उत्साहित बनाएको स्थानीयको भनाइ थियो ।  लेखराम सापकोटा, सूर्यप्रकाश कँडेल तथा विमला चौधरीको सहयोगमा

नौ महिनामा संघीय निजामती सेवा ऐनमा थारु क्लस्टर छुट्याउन सर्वोच्चको परमादेश

नौ महिनामा संघीय निजामती सेवा ऐनमा थारु क्लस्टर छुट्याउन सर्वोच्चको परमादेश

१३१८ दिन अगाडि

|

२६ माघ २०७९

सर्वोच्च अदालतले सङ्घीय निजामती सेवा ऐन बनाएर थारु क्लस्टरको व्यवस्था गर्न सरकारको नाममा परमादेश जारी गरेको छ । मंगलबार सर्वोच्च अदालतका न्यायाधीशहरू विश्वम्भर प्रसाद श्रेष्ठ र आनन्दमोहन भट्टराईले सो आदेश गरेका हुन् ।   संक्षिप्त आदेशमा सर्वोच्च अदालतले पूर्णपाठसहितको फैसला आएको ९ महिनामा निजामती सेवा ऐनमा थारु समुदायले पाउने क्लस्टरको व्यवस्था गर्न परमादेश जारी गरिएको छ ।  सर्वोच्चको आदेशमा भनिएको छ, ‘यो आर्थिक वर्ष अर्थात आर्थिक वर्ष २०७९–०८०मा आरक्षण नगरिएबाट वास्तविकरुपमा गुम्न गएका पदहरु समेट समेटी हुन गएको क्षतिको समेत पूर्ति हुने प्रबन्ध मिलाउनु भनी प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सम्बन्धित मन्त्रालय र लोकसेवा आयोग सहित सबै निकायको नाममा परमादेश जारी हुने ठहर्छ ।’ मौलिक अधिकारको रूपमा प्रत्याभूत व्यवस्थाको कार्यान्वयनको लागी संविधानले नै ३ वर्ष तोकेको अवस्थामा सो विषय अन्य कुनै कारणले विलम्ब गरिने कुरा स्विकारयोग्य नहुने अदालतको ठहर छ ।  थारुलाई राज्यका निकायमा समावेशी प्रतिनिधित्वको माग गरेर थारु कल्याणकारी सभाका  श्रवणकुमार चौधरी र प्रेमिलाल प्रसाद चौधरी समेतले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । संविधानको धारा ४२ (१) ले राज्यको प्रशासन व्यवस्थामा समेत समावेशिता कार्यान्वयन गर्न थारु समुदायलाई मौलिक हकको रूपमा आरक्षणको हक रहने व्यवस्था गरेको छ । संविधानले ३ वर्षभित्र त्यसबारे कानुन बनाउनुपर्ने व्यवस्था गरेपनि अहिलेसम्म कानुन बनेको छैन ।  प्रतिनिधिसभा निर्वाचन कानुन अनुसार अहिले थारु समुदायलाई संसद्मा समानुपातिक तर्फ ६ दशमलव ५६ प्रतिशत आरक्षणको व्यवस्था छ ।  सो कानुनको आधारमा सर्वोच्चले यसअघि पनि अन्तरिम आदेश जारी गर्दै आएको थियो ।

रेशम चौधरीदेखि विप्लवसम्मको माग पूरा गर्न राप्रपाका मन्त्री ध्रुवबहादुर प्रधान अनुदार !

रेशम चौधरीदेखि विप्लवसम्मको माग पूरा गर्न राप्रपाका मन्त्री ध्रुवबहादुर प्रधान अनुदार !

१३२० दिन अगाडि

|

२४ माघ २०७९

वीरेन्द्र ओली मंसिरको आम निर्वाचनपछि नेपाल प्रहरीका पूर्वमहानिरीक्षक एवम् राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता ध्रुवबहादुर प्रधान कानुन, न्याय तथा संसदीय मामिला मन्त्रीको जिम्मेवारीसहित सिंहदरबारमा विराजमान छन् । पश्चिम नवलपरासी–२ बाट कांग्रेसका देवेन्द्रराज कँडेललाई हराउँदै प्रधान प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएपछि उनलाई सिंहदरबार प्रवेश गर्ने बाटो खुलेको थियो । नयाँ राजनीतिक समीकरणसँगै नेता प्रधान पुस ११ गतेयता कानुन मन्त्रीको हैसियतमा छन् । तर प्रधान जिम्मेवारी अनुसारको काम भन्दा बढी विवादित अभिव्यक्ति दिएर आलोचित बन्दै आएका छन् । संघीय लोकतान्त्रिक गणतन्त्र खारेज गरेर राजसंस्थासहितको हिन्दु राष्ट्र ब्युँताउने वकालतमै उनको समय बित्ने गरेको छ । सरकारका मन्त्रीहरुबाटै आउने यस्तो अभिव्यक्तिको आलोचनासमेत भइरहेको छ । प्रधानमन्त्री प्रचण्डले गैरजिम्मेवार अभिव्यक्ति दिने मन्त्रीहरूलाई स्पष्टीकरण सोध्ने घोषणा गरे पनि अहिलेसम्म सोध्न सकेका छैनन् । संघीयता र संविधान विरोधी अभिव्यक्ति दिन रमाउने मन्त्री प्रधान नेत्रविक्रम चन्द‘विप्लव’ नेतृत्वको नेकपा, सीके राउत नेतृत्वको जनमत पार्टी र रेशम चौधरी संरक्षक रहेको नागरिक उन्मुक्ति पार्टीका नेता कार्यकर्ताको रिहाइ र मुद्दा फिर्ता लिन अनुदार देखिएका छन् । प्रधानमन्त्री प्रचण्ड राजनीतिक प्रकृतिका मुद्दा राजनीतिक रूपमै सम्बोधन गर्ने प्रयासमा जुटेका बेला उनै प्रचण्डको क्याबिनेटमा रहेका मन्त्री प्रधान त्यस विपरीत उभिएपछि प्रक्रिया नै अघि बढ्न नसकेको सरोकारवालाहरूको गुनासो छ । पाँच दलीय गठबन्धनबाट प्रधानमन्त्री भएकै बेला कांग्रेस सभापति समेत रहेका  शेरबहादुर देउवाले तीन दलका नेता कार्यकर्ता रिहाइका साथै मुद्दा फिर्ता लिने प्रक्रिया अघि बढाएका थिए । सोही अनुसार प्रधानमन्त्री प्रचण्ड पनि प्रक्रिया पुर्‍याएर समस्या समाधान गर्न चाहन्छन् । तर, मन्त्री प्रधान कानुन मन्त्री भएपछि यो प्रक्रिया अलपत्र जस्तै बनेको छ । मन्त्री प्रधानले हालै एक टेलिभिजनलाई दिएको अन्तर्वार्तामा अहिले कानुनी राज्य भएकाले आफू कानुन भन्दा बाहिर नजाने जिकिर गरेका थिए । ‘अहिले रुल अफ ल छ । हामीले त्यसमा विश्वास गरेकाले कानुनलाई अक्षरशः पालना गर्नुपर्छ । हामी राजनीतिक रूपमा छुटाउने हिसाबले सबै दल त्यस ढङ्गले जाने भन्ने हुँदैन । कानुनी प्रक्रियामा जुन कुरा गर्न सकिँदैन त्यसमा जान हुँदैन’ प्रधानले अघि बढ्दै भनेका छन्, ‘राजनीतिक रूपमा निर्दोष छन् भन्नु पोलिटिकल माइलेज लिन मात्रै हो । यसमा कानुनी मान्यताको हैसियत हुँदैन ।’ अदालतबाट कानुनसंगत ढङ्गले जुन निर्णय हुन्छ त्यसलाई कार्यान्वयन गरेर जाने आफ्नो धर्म हुने प्रधानको भनाइ छ । विप्लवसँग जोडिएको मुद्दामा मात्रै होइन टीकापुर घटनका विषयमा पनि प्रधान अनुदार नै देखिन्छन् । त्यसबारे कानुनी कारबाही हुनुपर्ने आफ्नो अडान यथावत् रहेको प्रधानको भनाइ छ । ‘अहिले टीकापुर घटनाका विषयमा यथावत् अवस्थामा छु । मेरो जिम्मेवारी त्यहीँ ढङ्गको भएको हुनाले सबैले जबाफदेही ढङ्गले पोजिसन यथावत् राख्छु’ प्रधानले भनेका छन्, ‘मेरो कार्यकाल हुँदासम्म कानुन मन्त्री हुँदासम्म कुनै पनि अपराधी गैर कानुनी रूपमा जेलबाट छुट्दैनन् । त्यसमा स्ट्यान्ड रहन्छ ।’ कुनै राजनीतिक निर्णय गरेको भरमा कानुन भन्दा बाहिर गएर राजनीतिक बन्दीलाई नछोड्ने भन्दै मन्त्री प्रधानले त्यसमा प्रधानमन्त्री प्रचण्डको समेत साथ रहने दाबी गरे । रातोपाटीसँगको कुराकानीमा मन्त्री प्रधानले विप्लवदेखि सीके राउत र रेशम चौधरीसम्मका मुद्दा फिर्ताको विषयमा आफ्नो मन्त्रालयमा कुनै पनि फाइल नआएको बताए । राजनीतिक प्रकृतिका बन्दी छुटाउने विषयमा कुनै मुद्दा नआएकाले जानकारी समेत नरहेको प्रधानको भनाइ छ । ‘मेरो मन्त्रालयमा त्यस्ता कुनै फाइल आएका छैनन्, आएको पनि मलाई थाहा छैन’, मन्त्री प्रधानको भनाइ छ ।  तर, विप्लव नेतृत्वको नेकपा सचिवालय सदस्य सन्तोष बुढामगरले यसअघिको सरकारले मुद्दा फिर्ता र बन्दी रिहा गर्न पहल गरे पनि अहिले अघि बढ्न नसकेको बताए । नेता बुढामगरले आफ्नो पार्टीको मुद्दा र बन्दी रिहाको विषयलाई रेशम चौधरी र सिके राउतसँग जोडेर कानुन मन्त्रीले प्रक्रिया अघि बढाउनै नमानेको बताए । ‘हामीले सरकारसँग सम्झौता गरेको दुई वर्ष भयो । ४० जना जति साथीहरू जेलमा हुनुहुन्छ । सयौं मुद्दा फिर्ता भएका छैनन्’ बुढामगरले भने, ‘यसअघिका कानुन मन्त्रीसँग सकारात्मक रूपमा कुराकानी अघि बढेको थियो । पछि सीके राउत र नागरिक उन्मुक्तिका रेशम चौधरीको मुद्दा जोडिएपछि अल्झियो । त्यसपछि प्रक्रिया अघि बढ्न सकेन ।’ आफूहरूको मुद्दा रेशम चौधरी र सीके राउतको जस्तो नभई फरक प्रकृतिको भएको बुढामगरले बताए । ‘हामीले चलाएको आन्दोलन भिन्नै खालको हो । ती मुद्दालाई सिके र रेशमसँग जोड्न मिल्दैन’ उनले भने, ‘अहिलेको सरकारसँग कुराकानी गरिराखेका छौं । माग पुरा नहुँदासम्म संघर्ष जारी राख्छौं ।’ दुई वर्षमा पनि पूरा भएन विप्लवको माग तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकाका गृह मन्त्री रामबहादुर थापा र सीके राउतबिच २०७५ साल फागुन २४ गते ११ बुँदे सहमति भएको थियो । पृथकतावादी आन्दोलन छोडेर राउत शान्तिपूर्ण मूलधारको राजनीति गर्न सहमत भएपछि ११ बुँदे सहमति भएको हो । सहमतिमा स्वतन्त्र मधेस गठबन्धनका नेता कार्यकर्तामाथि लागेको राज्य विरुद्धको अपराध लगायत सम्पूर्ण राजनीतिक मुद्दा फिर्ता लिने र थुनामा रहेका सम्पूर्ण नेता कार्यकर्ता निर्शत रिहा गर्ने सहमति समझदारी भएपनि अहिलेसम्म सरकारले मुद्दा फिर्ता र जेलमा भएका राउतका नेता कार्यकर्ता छोडेको छैन । सिके राउत नेतृत्वको जनमत पार्टी एउटा मन्त्रालयसहित वर्तमान सरकारमा सहभागी छ । यस्तै तत्कालीन गृह मन्त्री रामबहादुर थापा र विप्लवबिच २०७७ साल फागुन २० गते तीन बुँदे सहमति भएको थियो । शान्तिपूर्ण मूलधारको राजनीति गर्न सहमति जनाउँदै बन्दी रिहा र मुद्दा फिर्ता लिने तत्कालीन सरकार र विप्लवबिच सहमति भएको थियो । आफ्ना माग पुरा गराउन विप्लवसहित शीर्ष नेताहरूले तत्कालीन प्रधानमन्त्री ओली र गृह मन्त्री थापासँग धेरै पटक संवाद समेत गरे । ओली नेतृत्वको सरकार बाहिरिएपछि शेरबहादुर देउवा नेतृत्वको सरकार र गृह मन्त्री बालकृष्ण खाँडलाई भेटेर निकै पटक आग्रह गरे । तर दुई वर्ष बित्दा पनि माग पुरा गर्ने आश्वासन पाउनु बाहेक केही नपाएको उनीहरूको गुनासो छ । आफ्ना माग पुरा नभएपछि विप्लवसहितका प्रवक्ता खड्गबहादुर विश्वकर्मा‘प्रकाण्ड’ काठमाडौँमा छन् । सोमबार मात्रै उनीहरुले प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीलाई भेटेर सहमति कार्यान्वयन गर्न पुन ध्यानाकर्षण गराएका छन् । यही क्रममा कानुन मन्त्री प्रधानलाई समेत भेटेर मुद्दा फिर्ता लिन आग्रह गर्ने तयारी उनीहरूको छ । तत्कालीन ओली सरकारसँग भएको तीन बुँदे माग सम्बोधन नहुँदा ४० जना बन्दी जेलमै छन् भने सयौँको सङ्ख्यामा नेता कार्यकर्तामाथि मुद्दा छ । यस्तै विप्लव नेतृत्वको नेकपा विभाजन भएको नेकपा बहुमत अध्यक्ष धर्मेन्द्र बास्तोलाले समेत प्रधानमन्त्री प्रचण्डलाई भेटेर मुद्दा फिर्ता र बन्दी रिहा गर्न माग दोहोर्‍याएका छन् । तर पनि अहिलेसम्म सरकारले ठोस ढङ्गले समस्या समाधान गर्ने गरी प्रक्रिया अघि बढाएको छैन । टिकापुर घटनामा जोडिएका  रेशम चौधरीसहित ११ जना नेता कार्यकर्ता जेलमा छन् भने ६० भन्दा बढीलाई मुद्दा छ । उनीहरूका माग सरकारले पुरा नगरेपछि चौधरीले आफ्नै संरक्षणमा पार्टी खोलेर दबाब बढाएका छन् । उनको माग समेत सरकारले  पुरा गर्न मानेको छैन । रातोपाटीबाट

सातौँ राष्ट्रिय थारु साहित्य सम्मेलन बाँकेको राप्ती सोनारीमा हुने

सातौँ राष्ट्रिय थारु साहित्य सम्मेलन बाँकेको राप्ती सोनारीमा हुने

१३३० दिन अगाडि

|

१४ माघ २०७९

नेपालगन्ज — सातौँ राष्ट्रिय थारु साहित्य सम्मेलन बाँकेको राप्ती सोनारीमा हुने भएको छ । सम्मेलन बाँकेको राप्तीसोनारी गाउँपालिका–६ सिधनवामा सातौं राष्ट्रिय थारु साहित्य सम्मेलन हुन लागेको हो । थारु लेखक संघ नेपाल र थारु गोचाली समाज नेपाल बाँकेले शनिबार नेपालगन्जमा पत्रकार सम्मेलन गरी आगामी माघ २० देखि २२ गतेसम्म सञ्चालन हुने सम्मेलनको तयारी अन्तिम चरणमा पुगेको जानकारी दिएका छन् । थारु लेखक संघका केन्द्रीय सदस्य शेखर दहितले सम्मेलनमा समकालीन थारु साहित्यबारे विमर्श, विभिन्न रचना वाचन, थारु भाषाको पुस्तकको प्रदर्शनी र बिक्री गरिनुका साथै थारु साहित्यको अनुसन्धान, राप्ती सोनारीको विकासका लागि प्राथमिकता, आदिवासी भाषा दशक र बाकेको मातृभाषा, विकासमा बरघरको भूमिका, पश्चिम थरुहटमा राजनीतिक फिलिंगो, होमस्टेमा थारु समुदायः उद्यमशीलता सम्भाव्यता, आख्यानमा थारु, बाँकेमा थारु साहित्यको अवस्था, थारु साहित्यमा युवा लगायतका विषयमा छलफल हुने बताए । त्यसैगरी सिकलसेल एनिमियाको कहर : जनस्वास्थ्यमा प्रतिकुल असरबारे पनि छलफल हुनेछ । थारु समुदायको कला संस्कृतिको खोज अनुसन्धान तथा इतिहास बारे दस्तावेजीकरण गर्ने उद्देश्यले थारु लेखक संघले प्रत्येक वर्ष राष्ट्रिय सम्मेलनको आयोजना गर्दै आएको केन्द्रीय सदस्य दहितले जानकारी दिए । थारु गोचाली समाज नेपालका महासचिव कालुराम समर्पणले सम्मेलनमा सहभागी हुन आउने पाहुनाहरुको स्वागतका लागि राप्ती सोनारीका विभिन्न ७ स्थानमा स्वागत गेट निर्माणको काम जारी रहेका जानकारी दिए। देशभरबाट आउने झन्डै तीन सय लेखक, पत्रकार, विश्लेषक, अध्येताहरूलाई बाँकेको राप्तीसोनारी र नरैनापुरमा रहेका पर्यटकीय क्षेत्र बर्फानीबाबा, सन्तानेश्वर, भुवरभवानी, सिक्टा नहर मूल बाँध क्षेत्रको अवलोकन गराउने कार्यक्रम पनि रहेको आयोजकले जनाएको छ ।

माननीय रेशम चौधरीको सातौ संस्करण ‘चिरफार’ बिमोचन

माननीय रेशम चौधरीको सातौ संस्करण ‘चिरफार’ बिमोचन

१३३० दिन अगाडि

|

१४ माघ २०७९

माननीय रेशम चौधरीको सातौ संस्करण चिरफार बिमोचन भएको छ । शनिबार भैरहवामा आयोजना भएको पार्टी प्रवेशको सोही कार्यक्रममा चौधरीको पुस्तक बिमोचन भएको हो । नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रन्जिता श्रेष्ठ र उनका पिता लालवीर चौधरीले पुस्तक विमोचन गरेका हुन् । त्यससँगै नागरिक उन्मुक्ति पार्टीको पार्टी प्रवेश कार्यक्रम सम्पन्न भएको छ । एलिजा गौतमसँगै राजेन्द्रवीर रायले पार्टी प्रवेश गरेका  छन् । शनिबार भैरहवामा आयोजित कार्यक्रममा पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठले पार्टीमा प्रवेश गराएकी हुन् । पार्टी प्रवेश पछि एलिजा गौतमको सम्बोधन: श्रद्धय अध्यक्ष श्री रञ्जिता श्रेष्ठज्यू, पार्टी पदाधिकारीज्यूहरु, आदरणीय जनसमूदायहरु, महिला, भद्र तथा सज्जन व्यक्तित्वहरु । यहाँहरु सबैलाई मेरो व्यक्तिगत तर्फबाट जुझारु अभिवादन छ। मैले आजकै मितिबाट यस गौरवशाली पार्टीमार्फत आफ्नो राजनीतिक जीवनको अध्याय सुरु गरेको छु । मलाई विश्वास गरेर यस पार्टीमा स्थान दिनुहुने श्रद्धय अध्यक्षज्यूप्रति आभारी छु । मेरो राजनीतिक प्रवेशले समाज र देशप्रतिको मेरो दायित्वबोध गराएको अनुभूति गरेको छु । म सेवाको भावले नै राजनीतिमा हाम फालेको हुँ । यसमा म आफूलाई खरो रुपमा प्रस्तुत गर्नेछु । भुईँमान्छेहरुका आवाजलाई बुलन्द बनाउनु हामी सबैको कर्तव्य हो । हाम्रो राजनीतिक सक्रियताले आवाजविहीनहरुको आवाज बोल्नेछ । हामी बेसहाराहरुको साहारा बन्नेछौं । जनताका हरेक अभाव पूर्ति गर्ने कुरामा हाम्रा पाइला चल्नेछन् । हामी हाम्रो पार्टीले बोकेको उद्देश्य पूरा नहोउञ्जेलसम्म अहोरात्र खटिईरहनेछौं । नागरिक उन्मुक्ति पार्टीले सामाजिक लोकतन्त्र र थारु अधिकार विचारधारा बोकेको छ । यसले स्थापनाको छोटो समयमा नै जनताको मन जितेको कुरा निर्वाचनमा यसले प्राप्त गरेको सफलताबाट नै पुष्टि भएको कुरा यहाँ मैले भनिरहनुपर्दैन् । यस पार्टीले सार्वजनिक गरेको आफ्नो उद्देश्यअनुरुप स्वेच्छाचारी राजनीतिक सोच तथा वातावरणले धमिलिएको नेपाली राजनीतिमा अनुशासन तथा नैतिक प्रतिबद्धताको धरालतको स्थापना गर्नु आजको आवश्यकत्ता हो । पार्टीले बोकेको मूल उद्देश्यबमोजिम दिशाहीन तथा गतिहीन नेतृत्वका गलत आकांक्षा तथा गलत अभिप्रायका कारण नेपाली समाज तथा सामाजिक मान्यताहरु बन्धक रहँदै आउनुपर्ने अवस्थाको अन्त्य गर्न जरुरी छ । अब नयाँ पुस्तालाई राजनीतिक क्रान्ति भन्दापनि आर्थिक क्रान्तिको जिम्मेवारी हस्तान्तरण गरी दीर्घकालिन पथमा नेपाली समाजको प्रतिनिधित्व गर्ने परिकल्पना यस पार्टीले गरेको छ । यस कुराले मेरो मन छोएको छ । यो दल रोज्नुको अर्को मुख्य कारण पनि यसले बोकेको यही उद्देश्य हो । मलाई देशका पूराना दलबाट पनि ती पार्टीमा प्रवेशको लागि प्रस्ताव आएका थिए । तर, म युवा भएको र यस पार्टीले बोकेको उद्देश्यबाट प्रभावित बनेकोले नै मैले यो दल रोजेको छु । आजबाट मेरो राजनीतिक यात्राको आरम्भ भएको छ । म यो राजनीतिक यात्राको क्रममा हजारौं पटक आफूलाई जनताको सेवाको अधिकतम परीक्षामा होम्याएर पास गराउन चाहन्छु । यो मेरो प्रण हो । अग्रजहरुको आर्शिवाद, सल्लाह र सुझाव अनि युवाहरुको नवीनतम सोच लिएर हामी यस पार्टीलाई अरु दलभन्दा फरक रुपमा उभ्याउने छौं । देश र जनताको जीवनस्तर उकास्ने दायित्वबोधका साथ हामी सबै सामूहिक भावनाले अघि बढ्ने छौं ।