Above News Title

सुर्खेतमा थारु माघ पर्वको विशेष शुभकामना साटासाट

सुर्खेतमा थारु माघ पर्वको विशेष शुभकामना साटासाट

माघ पर्वको अवसरमा वीरेन्द्रनगरमा लखागिन थारु उत्थान मञ्च सुर्खेतको मूल आयोजना र राष्ट्रिय थारु कलाकार मञ्च सुर्खेतको सहआयोजनामा नयाँ वर्षको रुपमा मनाइने थारु समुदायको माघ मिलन तथा शुभकामना आदान प्रदान कार्यक्रम विविध सांस्कृृतिक नाचगान गरी सम्पन्न भएको छ ।
शनिबार भएको कार्यक्रममा माघी पर्वकोे महत्व एवम् मौलिकताका बारेमा नयाँ पुस्तालाई थाहा नहुँदा संस्कृतिप्रति सद्भाव हराउदै गएकोले वीरेन्द्रनगर नगरपालिकाको वडा नं २ मा यस पर्वको महत्वको बारेमा एवम् मघौटा नाचसहित कार्यक्रम मनाएको कुरा लखागिन थारु उत्थान मञ्च सुर्खेतका अध्यक्ष मान बहादुर चौधरी ‘पन्ना’ले बताए ।


माघी पर्वको महत्वको बारेमा मानवीर थारुले थारुहरुको महान पर्व माघ मनाउने विधि तौरतरिका, समुदायमा यसको महत्व र वर्तमान विभिन्न संस्कृतिको प्रभावको चुनौती र नयाँ पुस्ताले आफ्नो संस्कृतिलाई आत्मसात गर्नुपर्ने लगायतको विषयमा विचार व्यक्त गरे ।
कार्यक्रमका प्रमुख अतिथि सुर्खेत वीरन्द्रनगर नगरपालिकाका वडा नं २ को वडाअध्यक्ष गजबहादुर बुढाले थारुहरुको ऐतिहासिक चाड माघीमा सबै गाउँबाट जम्मा भएर मनाउने कामले संस्कृति संरक्षणमा महत्वपूर्ण योगदान पुग्ने बताउनु भयो । यस्तो रचनात्मक कार्यक्रमले पनि थारु संस्कृति संरक्षणमा टेवा पुग्ने भएकाले यसलाई अझै व्यापक र बृहत गर्दै जानुपर्ने धारणा राखे । संस्कृति देशको पहिचान र चिनारी भएकोले सबै जातजातिको संरक्षण गर्न आफूले सहयोग गर्ने प्रतिवद्धता जनाए । 
कार्यक्रमका लालबहादुर थारुले थारुहरुको मौलिक संस्कृति  पहिचान धरोहर  माघी लगायत पर्वलाई बचाउने जिम्मा सरकारले दायित्व बोध गर्नुपर्नेमा वेवास्ता गर्दा संस्कृति धरापमा परिरहेको चिन्ता व्यक्त गरे । 
वीरेन्द्रनगर नगरपालिकाका वडा नं २ का वडासदस्य सरिता चौधरीले सुर्खेतका थारुहरुको भाषा संस्कृति संरक्षण संवद्र्धन गर्न थारु समुदाय आफै पनि जागरुक हुनुपर्नेमा जोड दिइन् । युवालाई पुराना पुर्खाहरुले सिकाउनुपर्ने र युवाहरु पनि आफ्नो संस्कार संस्कृतिलाई माया गर्दै जर्गेना गर्नुपर्नेमा जोड दिदै युवाहरुले अवको बदलिंदो परिवेशमा सांस्कृतिक रुपान्तरण गर्न जरुरी भए पनि मौलिकतालाई भुल्न नहुने बताइन् ।
कार्यक्रममा  २ नं वडासदस्य रमेश चौधरी,  कालुराम दहित,  थारु वुद्धिजीवी अमर चौधरी, शेरबहादुर थारु, टिकाराम थारुलगायतका वक्ताहरुले थारुहरुको मौलिक पहिचान बचाउन सबैले साथ दिनुपर्नेमा जोड दिएका थिए ।
कार्यक्रममा विभिन्न स्थानीय थारु कलाकारहरुको थारु नृत्य तथा गीतहरु समेत प्रस्तुत गरिएको थियो । कार्यक्रम लखागिन थारु उत्थान मञ्चका अध्यक्ष मान बहादुर पन्नाको अध्यक्षतामा सम्पन्न भएको थियो । कार्यक्रमको सञ्चालन लखागिन थारु उत्थान मञ्च सुर्खेतका सचिव जित बहादुर चौधरीले गर्नु भएको  थियो ।


 

प्रकाशित:

१३५० दिन अगाडि

|

२४ पुष २०७९

रेशम चौधरीको उम्मेदवारी विरुद्ध उजुरी किन ?
रेशम चौधरीको उम्मेदवारी विरुद्ध उजुरी किन ?

१४३९ दिन अगाडि

|

२५ असोज २०७९

डा. केआई सिंहको बिर्तावाल ‘गुलयारी’ : थारू उपर कहिल्यै नमेटिने ती घाउहरू
डा. केआई सिंहको बिर्तावाल ‘गुलयारी’ : थारू उपर कहिल्यै नमेटिने ती घाउहरू

१४७४ दिन अगाडि

|

२१ भदौ २०७९

स्वतन्त्रहरु अनि नागरिक उन्मुक्ति पार्टीको उदयको दस्तक
स्वतन्त्रहरु अनि नागरिक उन्मुक्ति पार्टीको उदयको दस्तक

१४८३ दिन अगाडि

|

१२ भदौ २०७९

‘रेशम रक्तबीज हो, एक रेशमको उमेदवारी खारेजले हजार रेशम जन्मिन्छन्ः’ हिमाञ्चल भट्टराई
‘रेशम रक्तबीज हो, एक रेशमको उमेदवारी खारेजले हजार रेशम जन्मिन्छन्ः’ हिमाञ्चल भट्टराई

१४३८ दिन अगाडि

|

२६ असोज २०७९

टीकापुर घटनाको मुद्दा फिर्ता नलिइए नागरिक उन्मुक्तिका सांसदले शपथ नलिने 
टीकापुर घटनाको मुद्दा फिर्ता नलिइए नागरिक उन्मुक्तिका सांसदले शपथ नलिने 

१३८८ दिन अगाडि

|

१५ मंसिर २०७९

रातीसम्म नाचगान गरेको भन्दै टीकापुर प्रहरीबाट जानकीका ३ जनालाई पक्राउ
रातीसम्म नाचगान गरेको भन्दै टीकापुर प्रहरीबाट जानकीका ३ जनालाई पक्राउ

१४४४ दिन अगाडि

|

२० असोज २०७९

टीकापुर घटना राज्यसत्ताले चलाखीपूर्ण रूपमा घटाएको घटना होः मोहना अन्सारी
टीकापुर घटना राज्यसत्ताले चलाखीपूर्ण रूपमा घटाएको घटना होः मोहना अन्सारी

१३७६ दिन अगाडि

|

२७ मंसिर २०७९