थारू आयोगबाट थारू रत्न र थारू गौरव पुरस्कारको घोषणा

थारू आयोगबाट थारू रत्न र थारू गौरव पुरस्कारको घोषणा

१३४५ दिन अगाडि

|

२९ पुष २०७९

 थारु समुदायको उत्थानका लागि लाग्नेछु– गृहमन्त्री लामिछाने

 थारु समुदायको उत्थानका लागि लाग्नेछु– गृहमन्त्री लामिछाने

१३४६ दिन अगाडि

|

२८ पुष २०७९

उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले थारु समुदायको उत्थानका लागि आफू लागि पर्ने बताएका छन् । पूर्वी चितवनको खैरहनीमा आजदेखि सुरु भएको आठौँ खिचरा महोत्सवको उद्घाटन कार्यक्रममा उनले थारु समुदायको समस्या समाधानमा सरकार र आफ्नो मन्त्रालय लागि पर्ने बताए । उनले भने– “थारु समुदायको उत्थान, विकास र मुद्दामा ध्यान र विवेक पुर्याउने छु ।”  थारु संस्कृति जगेर्ना हाम्रो जिम्मेवारी भएको भन्दै यो समुदायको संस्कृति जगेर्ना गर्नका लागि यस्ता मेला महोत्सव आवश्यक पर्ने उनको भनाइ थियो । उनले भने, “थारु समुदायबाट अन्य समुदायले सत्कार र सम्मानको विषयमा सिक्नुपर्छ ।” जनताको दिएको जिम्मेवारी पूरा गर्नका लागि समय व्यवस्थापन गर्दै थारु समुदायको उत्थानमा लाग्ने उनले बताए । कार्यक्रममा बागमती प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री जगन्नाथ थपलियाले थारु संस्कृतिको माघी पर्व अहिले सबै समुदायको साझा बन्न सफल भएको बताए । माघी पर्व अहिले सार्वजनिक शिक्षालयका रूपमा अघि बढेको उनको भनाइ थियो । उनले भने, “यस महोत्सवले चितवनको बृहत् हितमा महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास लिएको छु ।” बागमती प्रदेश सरकार चितवनका पर्यटकीय क्षेत्रको विकासका लागि पर्यटनलाई पूर्वाधारसँग जोड्दै अघि बढ्ने उनले बताए ।   थारु कल्याणकारिणी सभा चितवन क्षेत्र नम्बर ७ ले हरेक वर्ष माघे सक्रान्तिको अवसरमा महोत्सव गर्दै आएको छ । आजदेखि माघ ४ गतेसम्म महोत्सव सञ्चालन हुनेछ । महोत्सव मूल आयोजक समितिका संयोजक कृष्णलाल चौधरीका अनुसार देशभरका थारु जातिको रहनसहन र वेशभूषाका साथै थारु जातिले खाने खानाका परिकारलाई प्राथमिकता दिइएको छ ।  थारुको बसोबास रहेका २५ जिल्लाका थारुको खाना एकै ठाउँमा पस्किने प्रयास गरिएको उनले जानकारी दिए । महोत्सवबाट थारु जाति र थारु जातिको वेशभूषासँगै पहिचान तथा संस्कृतिको जगेर्नामा ठूलो टेवा पुग्ने उनले बताए । महोत्सवमा ३० वटा होटलसहित एक सय ५० वटा व्यावसायिक स्टल रहेका छन् । महोत्सवमा कृषि प्रवर्द्धन परिसरसमेत रहनेछ । महोत्सवमा जिल्लास्तरीय भलिबल, खुला चित्रकला, विद्यालयस्तरीय नृत्य, गाउँखाने कथालगायतका विभिन्न प्रतियोगितात्मक कार्यक्रमसमेत सञ्चालन हुनेछ ।  यसैबीच उपप्रधानमन्त्री तथा गृहमन्त्री लामिछानेले अवैध कुखुराको चल्ला र अण्डा रोक्न निर्देशन दिएका छन् । पोल्ट्री व्यावसायीहरूले आज यहाँ आयोजना गरेको छलफलमा बोल्दै मन्त्री लामिछानेले जिल्लाका सुरक्षा निकायहरूलाई अवैध कुखुरा, चल्ला र मासु आयात रोक्न निर्देशन दिएका हुन् ।  व्यावसायीहरूले अण्डा, चल्ला र कुखुराको मासु विभिन्न नाका हुँदै नेपाल भित्रिएको बारेमा गृहमन्त्रीलाई ध्यानाकर्षण गराएका थिए । उनीहरूले आफूहरूको व्यवसायमा सङ्कट उत्पन्न भएको भन्दै त्यतातिर ध्यान दिन अनुरोध गरेका थिए । छलफल कार्यक्रमबाटै मन्त्री लामिछानेले नेपालगञ्ज, सिन्धुली, सर्लाहीका सुरक्षा अधिकारीहरूलाई टेलिफोनमार्फत आयात रोक्न निर्देशन दिएका हुन् । उनले आजै उद्योग सङ्घ चितवनले यहाँ आयोजना गरेको उद्योग क्षेत्रमा देखिएका वर्तमान र औद्योगिक विकासका लागि सरकारसँगको अपेक्षा विषयक छलफल कार्यक्रममा समस्याको निकासका लागि सरकार प्रतिबद्ध रहेको बताए । सो अवसरमा मन्त्री लामिछानेले उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेललाई टेलिफोन गरी आउँदो सोमबार उद्योगीहरूको समस्याको विषयमा निर्णायक छलफल गर्ने गरी कार्यक्रम तय गर्न आग्रह गरे ।  आफू यसै क्षेत्रको जननिर्वाचित सांसद भएकाले यहाँका उद्योगी व्यवसायीको समस्याको समाधान गर्ने जिम्मेवारी आफ्नो भएको उनले बताए । सो अवसरमा उद्योग सङ्घ चितवनका अध्यक्ष त्रिलोचन कँडेल, वरिष्ठ उपाध्यक्ष सूर्य न्यौपाने र उपाध्यक्ष युगराज वस्तीले उद्योगीहरूले अहिले झेल्नुपरेको समस्याका बारेमा अवगत गराएका थिए । रासस

 रेशम चौधरीलाई ओलीको दोस्रो फोनः माघ  महिनाभित्र गुड न्यूज, अनि बल्ल बन्यो सुप सरकार

 रेशम चौधरीलाई ओलीको दोस्रो फोनः माघ  महिनाभित्र गुड न्यूज, अनि बल्ल बन्यो सुप सरकार

१३४७ दिन अगाडि

|

२७ पुष २०७९

सुदूरपश्चिम सरकार गठनमा गाँठो पर्दैै गर्दा एमाले अध्यक्ष केपी शर्मा ओलीले नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीलाई फोन गरी फकाएका छन् । काठमाडौंको डिल्लीबजार कारागारमा रहेका चौधरीलाई बुधबार ४ बजेतिर दोस्रो पटक ओलीले फोन गरेर माघ महिनाभित्र गुड न्यूज आउने बचन दिएका हुन् ।  समाचार स्रोतका अनुसार ओलीले फोन गरेर सुदूरपश्चिम प्रदेश सरकार गठनमा सहयोग माग्ने क्रममा यस्तो बचन दिएका हुन्  । ‘रेशमजीलाई केपीजीले फोन गर्नुभयो माघ महिनाभित्र गुड न्यूज आउँछ । त्यसमा मैले तपाईलाई विश्वास दिलाउन चाहन्छु’ ओली चौधरी संवादका विषयमा ती नेताले भने, ‘तपाई (रेशम चौधरी)ले सुदूरपश्चिम प्रदेश सरकार गठनमा सहयोग गर्नुपर्यो । अब मिलेर जाउँ भन्ने छ ।’ ओलीले माघ महिनामा गुड न्यूज आउने बचन दिएपछि चौधरीले ओलीलाई सुदूरपश्चिम प्रदेश सरकारमा सहयोग गर्ने बल्ल प्रतिवद्धता जनाए  । त्यसपछि बल्ल सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीका फुलमाला लगाउन तम्तयार एमालेका राजेन्द्र रावलसँग नागरिक उन्मुक्तिका सांसदहरु सम्पर्कमा आएका थिए ।  यदि माघ महिनाभित्र टीकापुर घटनाको मुद्दा फिर्ता नलिएमा सरकारलाई दिएको समर्थन फिर्ता लिने चौधरीले चेतावनी दिएको ती नेताले बताए । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र अध्यक्ष ओलीले आज बिहान पनि चौधरीलाई फोन गरेका थिए ।   माओवादी, नागरिक उन्मुक्ति लगायत पार्टीको समर्थनमा रावलले आजै मुख्यमन्त्रीको सपथ लिएका छन् । 

काठमाडौँमा थारु राष्ट्रिय माघी महोत्सव हुने

काठमाडौँमा थारु राष्ट्रिय माघी महोत्सव हुने

१३४७ दिन अगाडि

|

२७ पुष २०७९

यस वर्षको माघी पर्वको अवसरमा थारु राष्ट्रिय माघी महोत्सव हुने भएको छ । माघी पर्वको अवसरमा काठमाडौँको टुँडिखेलमा ‘थारु राष्ट्रिय माघी महोत्सव–२०७९ काठमाडौँ’ हुन लागेको हो ।  थारु कल्याणकारिणी सभाको संयोजनमा थारु राष्ट्रिय माघी महोत्सव २०७९ मूल आयोजक समितिको आयोजनामा पुस ३० गते र माघ १ गते महोत्सव हुने मूल आयोजक समितिले जानकारी दिएको छ । माघी पर्वलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रचारप्रसार गरी थारु संस्कृतिको संरक्षण, संवर्द्धन र प्रवर्द्धन गर्ने उद्देश्यका साथ महोत्सव गर्न लागिएको आयोजकले जनाएको छ ।  ‘थारु संस्कृतिको संरक्षण, संवर्द्धन र प्रवर्द्धनमा हाम्रो अभियान, न्याय, समानता र अधिकारका लागि हाम्रो आन्दोलन’ भन्ने मूल नाराको साथमा हुन लागेको महोत्सव माघ १ गते मध्यान्ह १२ बजे प्रधानमन्त्री पुष्पकमल दाहालले उद्घाटन गर्नुहुने मूल आयोजक समिति सदस्य कानुनलाल चौधरीले जानकारी दिए ।  महोत्सवमा थारु सांस्कृतिक झाँकी र्‍याली प्रदर्शन, सांस्कृतिक प्रस्तुति, थारु खानपिन प्रदर्शनी एवं बिक्री, थारु सीप हस्तकला प्रदर्शन, पुस्तक प्रदर्शनी र बिक्री, मोटरसाइकल र्‍याली लगायतका विभिन्न कार्यक्रमहरू रहेको उनले बताए ।   खानपिन, हस्तकला, पुस्तक प्रदर्शनी लगायतका १०० वटा स्टल राखिने सदस्य चौधरीले जानकारी दिए । उनका अनुसार पुस ३० गते बिहान ७ बजे कोटेश्वरबाट मोटरसाइकल र्‍याली सुरु भई भृकुटीमण्डपमा समापन हुनेछ भने माघ १ गते बिहान १० बजे थारु संस्कृति, भेसभुसा, बाजागाजासहित वसन्तपुरमा जम्मा भएर झाँकी र्‍याली प्रदर्शनसहित रत्नपार्क परिक्रमा गर्ने कार्यक्रम पनि रहेको छ । महोत्सवको व्यवस्थापनका लागि करिब १५ लाख रुपैयाँ खर्च हुने आयोजकको अनुमान रहेको मूल समारोह समिति सदस्य कानुनलाल चौधरीले बताए ।   

२० वर्षपछि भाइरल हुँदै रेशम चौधरीको गीत ‘काठमाडौं सहर कता पर्छ साली’

२० वर्षपछि भाइरल हुँदै रेशम चौधरीको गीत ‘काठमाडौं सहर कता पर्छ साली’

१३४८ दिन अगाडि

|

२६ पुष २०७९

‘काठमाडौं सहर कता पर्छ साली मलाई पनि भाटु छ घुम्ने रहर’ रेशम चौधरीले २१ वर्षअघि रेकर्ड गराएको यो गीत अहिले एकाएक टिकटकमा भाइरल बनेको छ । रेशमकी पत्नी तथा नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ स्वयंले यो क्लिप सेयर गरेकी छन् जहाँ उनी थारु समुदायका व्यक्तिसँग नाचिरहेकी छिन्  । ‘मेरो श्रीमान् माननीय रेशम चौधरीद्वारा २०५८ सालमा रेकर्ड गरेको गीत’ भन्दै उनले टिकटकमा भिडियो सेयर गरेकी हुन् । रेशम चौधरी चार दिवारमा थुनिएर आजभोलि बन्द भएको र उनी निर्दोष भएको कुरा पनि रञ्जिताले क्याप्सनमा लेखेकी छिन् । गीतमा साली र भिनाजुबीच काठमाडौं सहर घुम्ने चर्चा गरिएको छ । यी दुई पात्रबीच काठमाडौं घुमघामको कुरा भए पनि गीतको अन्तर्यले चाहिं नाउपाले कैलालीदेखि काठमाडौंसम्मको यात्रा कसरी तय गर्‍यो भन्ने कुरा दर्शाउँछ । चौधरीकै अर्को एक गीत ‘ल होइ ल होइ साली हजुर’ बोलको थारु गीतलाई पनि टिकटकमा व्यापक सेयर गरिएको छ । रेशमको यो गीत दुई दशकपछि सामाजिक सञ्जालमा भाइरल किन बनिरहेको छ भन्ने कुरा बुझ्न राजनीतिको समय र सन्दर्भ बुझ्नुपर्ने हुन्छ ।  रेशमकै दल नागरिक उन्मुक्ति पार्टीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई सर्तसहित विश्वासको मत दिंदैछ । रेशम चौधरीलाई रिहा गर्नुपर्ने र सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व पाउनुपर्ने सर्त नाउपाको छ । यी सर्त पूरा भए सरकारमा जाने उसको भनाइ छ । एक बालकसहित १२ जनाको ज्यान जाने गरी कैलालीको टीकापुरमा भएको घटनामा दोषी ठहरिएका चौधरी अहिले डिल्लीबजार कारागारमा जेल सजाय भोगिरहेका छन् । संसदको पहिलो बैठकलाई सम्बोधन गर्दै नाउपा अध्यक्ष रञ्जिताले लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गरेकी थिइन् ।     

खिचरा महोत्सवमा हुने कृषि प्रदर्शनीबाट कृषकहरू उत्साहित

खिचरा महोत्सवमा हुने कृषि प्रदर्शनीबाट कृषकहरू उत्साहित

१३४८ दिन अगाडि

|

२६ पुष २०७९

कारी महतो      चितवन जिल्लाको खैरहनी नगरपालिका वडा नं. ९ निवासी विक्रम पञ्जियार नेपाली काँग्रेसको खैरहनी नगर उपसभापति हुन् । राजनीतिलाई पेशाको रुपमा नहेरी समाजसेवाको रुपमा हेर्ने पञ्जियारले आफ्नै वडामा आधुनिक कृषि फर्म स्थापना गरी तीन विघा क्षेत्रफलमा व्यावसायिक तरकारी खेती गरिरहेका छन् । सोही नगरपालिका वडा नं. ६ निवासी पुरन महतो वैदेशिक रोजगारीबाट फर्केर २०५९ सालदेखि व्यावसायिक तरकारी खेती गरिरहेका छन् । वैदेशिक रोजगारीबाट कमाएको रकमबाट ट्रेक्टर किनेर सात विघामा व्यावसायिक तरकारी खेती सुरु गरेका थिए । हाल उनले लालीगुराँस कृषि फर्म स्थापना गरी तीन विघामा तरकारी खेती गरिरहेका छन् ।  राप्ती नगरपालिका वडा नं. ६ निवासी मानकुमार चौधरीले एक विघा क्षेत्रफलमा निर्वाहमुखी खेती गर्दै आएका थिए । हाल उनले पाँच कट्ठा क्षेत्रफलमा अर्गानिक तरकारी खेती गरिरहेका छन् । उनी जिल्ला अर्गानिक समितिको सहसचिव र जिल्ला आइपिएम संघको सल्लाहकार हुन् । चौधरी अर्गानिक खेती निरीक्षकसमेत हुन् । विक्रम पञ्जियार, पुरन महतो र मान कुमार चौधरी तीनैजना कृषकहरुले अर्गानिक र गुणस्तरीय उत्पादनमा जोड दिनुपर्ने र त्यसका लागि सम्बन्धित निकायहरुले कृषक वर्गलाई सहयोग गर्नुपर्ने धारणा व्यक्त गरेका छन् । गुणस्तरीय कृषि उत्पादन गर्ने व्यावसायिक कृषकहरूलाई प्रोत्साहन गर्ने उद्देश्यले आठौं खिचरा महोत्सवमा प्रतियोगितात्मक कृषि उपज प्रदर्शनी आयोजना गरिएको छ ।  कृषि प्राविधिक एवं विज्ञहरूको समूहबाट कृषि उपजको गुणस्तर मूल्याङ्कन गराई पहिलो, दोस्रो, तेस्रो र चौथो हुनेलाई नगद पुरस्कार र प्रमाण पत्र दिइने कृषि संयोजक हरिकुमार चौधरीले जानकारी दिए ।  महोत्सवमा काउली, बन्दा, ब्रोकाउली, मूला, गाजर, चुकन्दर, गोलभेडा, भन्टा, खुर्सानी, भेडे खुर्सानी, घिउसिमि, हरियो केराउ, राजमा, काक्रो, लौका, फर्सी,स्क्वायस, कन्ये, गोब्रेच्याउ, प्याज, लसुन, अदुवा, केरा, उखु, ड्रागन फ्रुट, मकै, रायो, पालक साग ३० वटा उपज बीच प्रतिस्पर्धा हुनेछ ।  प्रतियोगितामा ४५० भन्दा बढी कृषकहरु सहभागी हुने अनुमान गरिएको छ । १२० जनालाई दुई लाख रुपैयाँ बराबर पुरस्कार प्रदान गरिने संयोजक चौधरीले बताए ।  थारू सँस्कृतिको जगेर्ना गर्ने उद्देश्यले खिचरा पर्वको अवसर पारेर थारू कल्याणकारिणी सभा चितवन क्षेत्र नं. ७ ले सुरूवात गरेको खिचरा महोत्सवको तेस्रो संस्करणदेखि कृषि, पर्यापर्यटन, उद्योग, व्यापार, व्यावसायलाई पनि जोड्दै आएको छ । यस वर्ष आठौं खिचरा महोत्सव पुस २८ देखि माघ ४ गतेसम्म खैरहनी नगरपालिका वडा नं. ५ को गौचरनमा हुने भएको छ ।  

नमस्ते बचत तथा ऋण सहकारीले बार्षिक १ करोड नाफा कमाउन सफल 

नमस्ते बचत तथा ऋण सहकारीले बार्षिक १ करोड नाफा कमाउन सफल 

१३४८ दिन अगाडि

|

२६ पुष २०७९

नमस्ते बचत तथा ऋण सहकारी संस्था लिमिटेडको २० औं साधारण सभा नाचगानसहित धनगढीमा सम्पन्न भएको छ ।  सो अवसरमा कार्यक्रमका प्रमुख अतिथि धनगढी उमहानगरप्रमुख गोपाल बहादुर हमाल (गोपी) ले बिगतमा पश्चिम तराईमा रिक्सादेखि घर निर्माणसम्मका सबै काम भारतीय नागरिकहरुले गर्ने र भारतमा करोडौं रुपिया जाने गरेको तर अहिले ती काम थारुहरुले सम्हाल्दै करोडौं रकम भारत जानबाट रोकेकाले थारुहरु सुदूरपश्चिमका शान रहेको बताएका थिए ।  नमस्ते सहकारीका पूर्वप्रबन्धक कुन्न नारायण चौधरीले २५ जनाले ५÷५ हजारका दरले संस्थाको सुरुवात गरेको र हाल यो अवस्थामा पुगेकोले खुशी ब्यक्त गरेको थिए । राष्ट्रिय सहकारी बैंकका प्रबन्धक रावलले नमस्ते सहकारीको कार्यशैली, ब्यवस्थापन, यसले सञ्चालन गरिरहेको लघुबित्त शैली अरु भन्दा फरक रहेकोले राष्ट्रिय सहकारी बैंकको नजरमा प्रदेश स्तरमा राम्रो सहकारीको रुपमा छनौट भएको कुरा बताएका थिए ।  त्यसै गरी, नवजीवन सहकारीका संचालक समितिका सदस्य शिवकुमार फुलाराले नमस्ते सहकारीेले राखेको बासलातले सहकारी संस्था राम्रो रहेको र यसले भविष्यमा अझ प्रगति गर्ने कुरा जनाएका थिए ।  संस्थाले आफ्ना उत्कृष्ट बजार प्रतिनिधि, उत्कृष्ट कर्मचारी, उत्कृष्ट बचतकर्ता उत्कृष्ट ऋणी, उत्कृष्ट समूहलाई सम्मान गर्दै कार्यक्रममा आमन्त्रित प्रमुख अतिथि, अतिथिहरुलाई मायाको चिनो प्रदान गरेको थियो । साथै, वभिन्न प्रस्तावहरुलाई एकमतले अनुमोदन गर्दै जिल्लामा आफ्नो कार्य क्षेत्र बिस्तार गर्ने र “एक घर, एक शेयर धनी” को नारालाई मूल नारा बनाई अगाडि बढ्ने जनाएको छ ।   प्रबन्धक विजय चौधरीले आजसम्म सहकारीमा ६ हजार ८४ शेयर सदस्य पुगिसकेको र आर्थिक मन्दीको यो बर्ष पनि संस्थाले १ करोड नाफा गरेको जानकारी दिएका थिए ।  यस संस्थामा बजार प्रतिनिधि, शेयर धनी, सञ्चालक सबै थारु समुदायका छन् भने कैलाली बहुमुखी क्याम्पस र गुरही चौकको बिचमा यसको आफ्नै ४ तल्ले भवन रहेको छ ।  साधारण सभा नमस्ते बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष जगतराम चौधरीको अध्यक्षतामा भएको थियो भने राष्ट्रिय सहकारी बैंक धनगढी शाखाका प्रबन्धक कृष्ण बहादुर रावल, थाकस कैलालीका काबा अध्यक्ष माधव थारुले शुभकामना मन्तब्य दिएका थिए ।