सरकारको लोभ लालचमै बित्यो मधेसी दलको १६ वर्ष

सरकारको लोभ लालचमै बित्यो मधेसी दलको १६ वर्ष

१३३८ दिन अगाडि

|

६ माघ २०७९

थारू समुदायबाट २ मन्त्री, भगवती दोरिइन्, अमनलाल पहिलो पटक क्याविनेटमा

थारू समुदायबाट २ मन्त्री, भगवती दोरिइन्, अमनलाल पहिलो पटक क्याविनेटमा

१३४१ दिन अगाडि

|

३ माघ २०७९

प्रचण्ड नेतृत्वको मन्त्रीमण्डलमा थारू समुदायबाट भगवती चौधरी तथा  अमनलाल मोदी २ जना मन्त्री नियुक्त भएका छन् । भगवती यसअघि राज्यमन्त्री रहिसकेकी छिन् भने अमनलाल पहिलो पटक क्याविनेटमा प्रवेश गरेका हुन् । मंगलबार सपथ समेत भएको छ ।  सुनसरी–३ बाट कांग्रेसका विजयकुमार गच्छदारलाई पराजित गरेर एमालेकी भगवती चौधरी प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएकी थिइन् । उनी  महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रीको जिम्मेवारी पाएकी छिन् । प्रतिनिधिसभा निर्वाचनमा चौधरीले ४० हजार ७८८ मत पाउँदा गच्छदारले ३५ हजार ६ सय मत पाएका थिए । सातौं पटक विजयी बन्ने लक्ष्य लिएका गच्छदारलाई उनै चौधरीले फराकिलो मतले पराजित गरेकी थिइन् । चौधरी नेकपा एमालेको केन्द्रीय सदस्य तथा सुनसरी जिल्ला सह–इन्चार्ज हुन् । उनी २०६४ सालको पहिलो संविधानसभा सदस्य हुँदै वन तथा भू–संरक्षण राज्यमन्त्री समेत भएकी थिइन् । २०७० सालमा सम्पन्न दोस्रो संविधानसभा निर्वाचनमा उनी विजयकुमार गच्छदारसँग पराजित भइन् । चौधरी पुनः नेकपा एमालेबाटै २०७४ सालको आम निर्वाचनमा सोही क्षेत्रमा उम्मेदवार बनिन् तर फेरि पनि गच्छदारसँग पराजित भइन् । त्यसबेला चौधरीले ३८ हजार ६५१ मत ल्याउँदा गच्छदारले त्यो भन्दा ३५७ मत बढी अर्थात् ३८ हजार ९७२ मत ल्याएका थिए । ५१ वर्षीय चौधरी लामो समयदेखि सामाजिक र आर्थिक क्षेत्रमा सक्रिय छिन् । उनले फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था स्थापना गरेकी छन् । सो संस्थालाई हालै थारु आयोगले थारु रत्नले सम्मान गर्ने घोषणा गरेको छ । समाजशास्त्र, व्यवस्थापनमा स्नातकोत्तर  उनी पिएचडी अध्ययनरत छिन् । सुनसरीको दुहबी–२ स्थायी ठेगाना भएकी चौधरीको जन्मस्थान भने साविक औराबनी गाविस (हाल गढी गाउँपालिका) हो । दाङ, नर्तीका दिनेश चौधरीसँग विवाह बन्धनमा बाँधिएकोमा दिनेशको निधन भैसकेको छ । उनका एक छोरा छन् ।  २०४८ सालमा एमालेको पार्टी सदस्यता लिएकी उनी २०६४ सालमा नेकपा एमालेको सुनसरी जिल्ला समिति सदस्य बनिन् । ०७० सालमा कोशी अञ्चल समन्वय कमिटी सदस्य र २०७८ मा चितवनमा सम्पन्न एमालेको १० औं महाधिवेशनबाट केन्द्रीय सदस्य तथा श्रम तथा स्वरोजगार केन्द्रीय विभागको उपप्रमुख थिइन् ।  सामान्य प्रशासन मन्त्रीमा मोदी  अमनलाल मोदी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री बनेका छन् । अघिल्लो निर्वाचनमा पूर्वमन्त्री तथा कांग्रेसका प्रभावशाली नेता महेश आचार्यलाई फराकिलो मतान्तरले पराजित गर्दै सांसद बनेका माओवादी नेता  मोदीले यस पटक एमाले नेता विनोद ढकाललाई पराजित गर्दै तेस्रो पटक संसद यात्रा तय गरेका थिए । ०७० सालको संविधानसभा निर्वाचनमा माओवादी केन्द्रबाट समानुपातिक तर्फबाट निर्वाचित भएका मोदी अनिच्छाकै बीच ०७४ सालको निर्वाचनमा मोरङ क्षेत्र नम्बर ४ बाट उम्मेदवार बनेका थिए । कांग्रेसको दबदबा रहेको ठाउँमा वाम गठबन्धनबाट उम्मेदवार बनेका मोदी कांग्रेसभित्रको अन्तरविरोधका कारण विजयी बने । त्यसबेला मोदीले ३३ हजार ५२९ मत ल्याएर  कांग्रेसका महेश आचार्यलाई पराजित गरेका थिए । आचार्यले त्यसबेला २६ हजार ८०० मत ल्याएका थिए । २०४२ साल असोज ५ गते मोरङको बुढीगंगा गाउँपालिका तिलाठेमा जन्मिएका मोदीको शैक्षिक योग्यता भने १२ कक्षासम्म मात्रै हो । उनकी पत्नीको नाम रितेश कुमारी लेखी हो भने उनीहरूका दुई छोरा छन् । मोरङकै स्थानीय मोदीको राजनीतिक जीवन २०५६ देखि सुरु भएको हो । मोदी माओवादीको जिल्ला कमिटी सदस्य, राज्य कमिटी सदस्य, केन्द्रीय आयोजक समिति सदस्य बने । मोदी अनेरास्ववियु क्रान्तिकारीको जिल्ला कमिटी सदस्य हुँदै जिल्ला कमिटी अध्यक्ष, नेकपाको प्रदेश कमिटी सदस्य पनि बने । राजनीतिक रूपमा सक्रिय रहँदा मोदीले जेल जीवन पनि गुजारेका छन् । २०६० मा पक्राउ परी २ वर्ष ३ महिनासम्म जेल जीवन बिताएका थिए ।  उनको हातमा अब देशकै सबै कर्मचारी संयन्त्रको नेतृत्व गर्दै सुशासन कायम गर्ने जिम्मेवारी त छँदैछ, आफ्नो थारु समुदायको जनसंख्या अनुसार निजामति कर्मचारी ऐन पारित गराउनु पर्ने जिम्मेवारी पनि छ । प्रतिशतअनुसार कोटा नछुट्याएको भनेर थारु कल्याणकारिणी सभाले ४७ वटा रिट दायर गरिसकेको छ ।

सुदूरपश्चिमको उपसभामुखमा एमालेकी कोइलीदेवी चौधरी निर्वाचित

सुदूरपश्चिमको उपसभामुखमा एमालेकी कोइलीदेवी चौधरी निर्वाचित

१३४१ दिन अगाडि

|

३ माघ २०७९

सुदूरपश्चिम प्रदेशको उपसभामुखमा एमालेकी कोइलीदेवी चौधरी निर्वाचित भएकी छन् । कैलालीबाट समानुपातिक प्रदेशसभा सदस्य भएकी उनी मंगलबार भएको मत विभाजनबाट उपसभामुखमा चयन भएकी हुन् । माओवादीकी लक्ष्मी बिकले चौधरीलाई उपसभामुखमा निर्वाचित गरियोस् भनेर प्रदेशसभामा पेश गरेको प्रस्तावको पक्षमा २८ मत परेसँगै उनी चयन भएकी हुन् । प्रस्तावको विपक्षमा २३ मत मात्रै खसेको थियो । चौधरीलाई नेकपा एमालेका १०, माओवादी केन्द्रका १०, नागरिक उन्मुक्ति पार्टीका ७ र राप्रपाका १ जना प्रदेशसभा सदस्यले मतदान गरेका थिए । मंगलबार बिहानै बसेको प्रदेशसभाको बैठकले सभामुखमा माओवादी केन्द्रका भीमबहादुर भण्डारीलाई निर्वाचित गरेको थियो । स्मरण रहोस्, उपसभामुख नागरिक उन्मुक्ति पार्टीको भागमा परे पनि उसले उम्मेदवारी नै दिएन । 

भुरभुरा रहर थारू सिनेमाकी प्रमुख कलाकार लहिया थारूको निधन

भुरभुरा रहर थारू सिनेमाकी प्रमुख कलाकार लहिया थारूको निधन

१३४१ दिन अगाडि

|

३ माघ २०७९

भुरभुरा रहर थारु सिनेमाकी प्रमुख कलाकारमध्ये एक लहिया थारूको ७० वर्षको उमेरमा निधन भएको छ । तुलसीपुर उपमहानगरपालिका–१०, गैरी गाउँ दाङकी लहियाको माघ २ गते राती सवा ११ बजे निधन भएको पारिवारिक श्रोतले जनाएको छ । उनी ख्याल बगालका महासचिव प्रणव आकाशका हजुरआमा थिइन् । सुशील चौधरीको लेखन रहेको भुरभुरा रहरका क्रियटिभ डाइरेक्टर हुन् प्रणव ।  भुरभुरा रहरमा त्यस फिल्मका प्रमुख पात्र छविलाल कोपिलाको आमा भएर अभिनय गरेकी लहियाको अभिनय जीवन्त थियो ।                                                                                                                                   दाँयाबाट पहिलो लहिया थारू 

सुर्खेतमा थारूहरूले मनाए माघ महोत्सव

सुर्खेतमा थारूहरूले मनाए माघ महोत्सव

१३४३ दिन अगाडि

|

१ माघ २०७९

माघी पर्वको अवसरमा वीरेन्द्रनगर–९ तिलपुरमा पुस र ३० गते दुई दिने माघीको महत्वबारे  प्रशिक्षण, मघौटा नाच प्रतियोगिता एवम् ढुमरु गीतको सांगीतिक रात्री सांस्कृृतिक नाचगान गरी माघ महोत्सव कार्यक्रम सम्पन्न भएको छ । लखागिन थारू उत्थान मञ्च, सुर्खेतको मूल आयोजना र राष्ट्रिय थारू कलाकार मञ्च, अर्गानिक सामुदायिक होमस्टे तिलपुरको सहआयोजनामा कार्यक्रम भएको हो । कार्यक्रममा माघी पर्वकोे महत्व एवम् मौलिकताका बारेमा नयाँ पुस्तालाई थाहा नहुँदा संस्कृतिप्रति सद्भाव हराउँदै गएकोले यस पटक यस पर्वको महत्वबारे प्रशिक्षण, मघौटा नाच प्रतियोगिता र ढुमरु गीतको रात्री माघ सांगीतिक प्रस्तुतिसहित कार्यक्रम मनाएको कुरा लखागिन थारू उत्थान मञ्च सुर्खेतका अध्यक्ष मान बहादुर पन्नाले बताए । पन्नाले माघ थारूहरूको विशेष पर्व भएकोले कर्णाली प्रदेशको वीरेन्द्रनगरमा मात्र बसोबास रहेको थारूहरूलाई स्थानीय तहको सरकारले थारू समुदायका कर्मचारी, शिक्षक, विद्यार्थीहरूलाई दुई दिनसम्म बिदा दिनुपर्ने माग पनि राखे । लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा हरेक वर्ष थारूहरूलाई दुई दिनसम्म सार्वजनिक बिदा दिइरहदा सुर्खेती थारूहरू अन्यायमा परेको उनको गुनासो थियो । पुस २९ गते गरिएको प्रशिक्षण कार्यक्रममा माघी पर्वको महत्वको बारेमा थारू संस्कृतिविद एवम् साहित्यकार मानबहादुर चौधरी पन्नाले कार्यपत्र प्रस्तुत गरेका थिए । कार्यपत्रमा माघी मनाउने विधि तौरतरिका, समुदायमा यसको महत्व र वर्तमान विभिन्न संस्कृतिको प्रभावको चुनौती र नयाँ पुस्ताले आफ्नो संस्कृतिलाई आत्मसात गर्नुपर्ने लगायतको विषय उठान गरिएको थियो । कार्यक्रमका प्रमुख अतिथि एवम् वीरन्द्रनगर नगरपालिकाका नगरप्रमुख मोहनमाया ढकालले नेपाल विविधतामा एकता भएको देश हो । थारू समुदाय नेपालको मात्र होइन, सुर्खेत उपत्यकाको पनि मूल आदिवासी हुन् । थारूहरूको ऐतिहासिक चाड माघीमा सबै गाउँबाट जम्मा भएर मनाउने कामले संस्कृति संरक्षणमा महत्वपूर्ण योगदान पुग्ने धारणा राखिन् । संस्कृति देशको पहिचान र चिनारी भएकोले थारू समुदायका लागि नगरपालिकाबाट हुने सबै किमिसको सहयोग हुने प्रतिबद्धता पनि व्यक्त गरिन् । कार्यक्रमका वीरेन्द्रनगर नगरपालिकाका उपप्रमुख निलकण्ठ खनालले थारू समुदायको कला संस्कृति संरक्षणका लागि नगरपालिकाले  आगामी दिनमा थारूहरूको मौलिक संस्कृति माघ पर्वका लागि हरेक वर्ष निश्चित बजेट विनियोजन गरी सहयोग गर्ने प्रतिवद्धता जनाए । कला संस्कृतिमा धनी रहेको थारू समुदायको पहिचान धरोहर  माघी पर्व पनि हो । यसलाई बचाउने जिम्मा सरकारले दायित्व बोध गरिने उनले जिकिर गरे । त्यस्तै, कोष तथा लेखा नियन्त्रण कार्यालय जुम्लाका प्रमुख जागुराम चौधरीले सुर्खेतका थारूहरूको भाषा संस्कृति संरक्षण संवद्र्धन गर्न थारू समुदाय आफै पनि जागरुक हुनुपर्नेमा जोड दिए । अब राजनीतिमा पनि अगाडि बढ्नुपर्ने र सदस्यमा मात्र होइन, वडाध्यक्ष, नगर प्रमुख उपप्रमुखमा समेत फड्को मार्न सुझाव दिए । युवालाई पुराना पुर्खाहरूले सिकाउनुपर्ने र युवाहरू पनि आफ्नो संस्कार संस्कृतिलाई माया गर्दै जर्गेना गर्नुपर्नेमा जोड दिए । युवाहरूले अवको बदलिंदो परिवेशमा सांस्कृतिक रुपान्तरण गर्न जरुरी भए पनि मौलिकतालाई भुल्न नहुनेमा उनको जोड थियो । कार्यक्रममा थारू कल्याणकारिणी सभाका केन्द्रीय सदस्य कृष्ण बहादुर थारू, थाकसका जिल्ला सभापति बेचुलाल चौधरी, थारू वुद्धिजीवि  लालबहादुर चौधरी, मानबिर थारू, अमर चौधरी, शेरबहादुर थारू लगायतका वक्ताहरूले माघीको शुभकामना व्यक्त गर्दै थारूहरूको मौलिक पहिचान बचाउन सबैले साथ दिनु पर्नेमा जोड दिएका थिए । कार्यक्रममा लखागिन उत्थान मञ्चका उपाध्यक्ष लोकबहादुर चौधरीले स्वागत मन्तव्य गरेका थिए । मघौटा नाच प्रतियोगितामा वीनपा–९, तिलपुर गाउँ प्रथम, वीनपा–२, कोलडाँडा नयाँ वस्तीका द्वितीय, वीनपा–१०, पदमपुरका तृतीय र वीनपा–३, तातोपानी सान्त्वना स्थान प्राप्त गरेका थिए । माघ महोत्वस कार्यक्रममा स्थानीय निर्वाचनमा निर्वाचित सदस्य रमेश चौधरी, सरिता चौधरी, लक्ष्मी चौधरी र मानबहादुर चौधरीलाई सम्मान पनि गरिएको थियो । त्यसैगरी, थारू समुदायमा भाषा, कला, संस्कृतिमा विशेष योगदान पु¥याउने वीनपा–२, कोलडाँडाका मानबिर थारू, ठौरीका टेक बहादुर चौधरी, फलाँटेका कालिका चौधरी र वीनपा–१०, बुदबुदीका बिन्दु चौधरीलाई पनि सम्मान गरिएको थियो । कार्यक्रममा विभिन्न थारू कलाकारहरूबाट थारू नृत्य तथा गीतहरू समेत प्रस्तुत गरिएको थियो । कार्यक्रमको सञ्चालन लखागिन थारू उत्थान मञ्च सुर्खेतका सचिव जितबहादुर चौधरी र मान कुमारी चौधरीले गरेका थिए ।  

‘दुःख दर्दमे जिन्गी, बिटल बरस हजार’

‘दुःख दर्दमे जिन्गी, बिटल बरस हजार’

१३४३ दिन अगाडि

|

१ माघ २०७९

मगराके हाँठ जिनी डिहस बाबा डिन डिन छिटुवा बेचटी डिन जाइ सोलराके हाँठ जिनी डिहस बाबा डिन डिन कुकरा भुक्टी डिन जाइ छोरीले बाबुलाई अरू कसैको हातमा नसुम्पिनु भनेर बिलौना गर्दै गाएको ढमार गीत हो यो । छोरीले बरु दिनभरि छिटवा बेच्न परोस्, कुकुर भुकोस् तर अरूसित बिहे नगराइदिनु भनेर मघौटा गीतमार्फत बिलौना गरिरहेकी छन् । माघको आगमन भएसँगै लुम्बिनी र सुदूरपश्चिमका थारू गाउँ यस्तै गीतहरूले चैनार (उमंग) छ । बर्दिया गुलरियाका मित्रलाल चौधरी यही ढमार गीत सुनेर हुर्किए । उमेरले प्वाँख हाल्दै गर्दा गीत गुनगुनाउन र नाच्न थाले । ‘थारूहरूले हरेकजसो चाड उत्सवमा फरक गीत गाउँछन्,’ उनी भन्छन्, ‘गीत सुन्दा यसले कुन चाडको संकेत गर्‍यो भन्ने बुझिन्छ । त्यसले बेग्लै उत्साह ल्याउँछ ।’ माघ पर्वको आगमनमा रमाएका पश्चिम तराईका थारू बस्तीहरूमा गीतका भाका विस्तारै फेरिँदै छन् । कमलरी, कमैया प्रथा उन्मूलन गरेर अघि बढेको समाजमा शिक्षा, स्वास्थ्य, पूर्वाधार विकाससँगै गाउँघरको भाकामा परिवर्तनका स्वर मिसिएका छन् । पुरानो ढमारमा प्रेम, सुखदुःख, पुर्खाका इतिहास, समाज–संस्कृति, मनोरञ्जनका भाव बढी भेटिन्थे भने आधुनिक भाकामा शोषण, अत्याचार, वितृष्णालगायतका भावहरू भेटिने गरेका छन् । थारू नागरिक समाजका संयोजक दिलबहादुर चौधरीले आधुनिक ढमारको रचना गरेका छन् : सुनो सुनो हे गोचाली, सुनो जीवनी हमार कहटी रोवै मोरे मनवा हो दुःख दर्दमे जिन्गी, बिटल बरस हजार कब अइही सुखकै डिनवा हो पाँच बरस बुडु कजियै सघैनै, दशहे बरसटक मुखियै १५ बरस जिमदरवक घरमे टबही लेहनै विश्राम हो । अर्थात् साथीभाइ जीवनको हजारौं वर्ष दुःखमा बित्यो । कहिले आउला सुखको दिन ? हजुरबुबाले पाँच वर्ष काजीलाई, १० वर्ष मुखियालाई अनि १५ वर्ष जिमदारलाई सघाएपछि बल्ल विश्राम पाएको गीतले भन्छ । गीतले कमैया बस्नुपरेको दुःखदायी कहानी बोल्छ । थारू समुदायमा प्रचलित लोकगीतको आफ्नै मौलिकता छ । थारूहरू विभिन्न स्थानमा बसोबास गर्ने भएकाले पनि रहनसहन र सामाजिक मूल्य मान्यता फरक पाइन्छ । तर, कृषि पेसामा आधारित जीवनशैली, सोझोसँग गरिखाने आनीबानी गीतका भाकाबाट पनि झल्किन्छ । बाबा कि सगरम, मुरिया लहान गैनु हाँ, बाबा कि सगरवा सखियै हो, माठकी टिकुलिया मछुरी लुटी लैगैल । अर्थात् माघको अवसरमा नुहाउन जाँदा सिउँदोको टीका माछाले लुटेर लग्यो । नुहाएर आएपछि नुन, चामल, दाल छोएर ढोगभेटपछि बरघर/महटावाको घरमा टीका थाप्न जानुपर्ने उर्दी गीतमा यसरी गाइन्छ : हाँकी हाँकी पारल, गाउँक् कटवलिया रे हाँ सखियै हो, सबहु मिली टिकका लिहन चली आओ । सुन कही सुनल, सबहुँ सखिया रे हाँ सखियै हो, चोलो जाई सबहु टीका लिहन । माघमा नाचिने विशेष मघौटा नाच अघिपछि पनि अरू अवसरमा लोकप्रिय छ । माघका विशेष पकवान ढिक्री, अनदीको जाँड, सुँगुरको मासु, ढमार तथा मघौटा नाचको धुनले पहिले माघ महिनाभरि माघ लागेको भन्दै मनाउने गरे पनि अहिले आएर साता दिनमै यो पर्व खुम्चिएको छ । माघ पर्वमा ढमार (ढुमरु/डफ), मघौटा गीत विशेष रूपमा गाइन्छ । यो गीत पुस महिनाको अन्तिम दिन बरघरको घरमा गाउँलेहरू भेला भएर बैठाकुर (बसेर गाइने गीत) हो । माघको दोस्रो बिहान नयाँ कार्ययोजना बनाउनका लागि बरघर अर्थात् महटौंको आँगनमा छलफल, बैठक हुन्छ । बैठकका अवसरमा बैठाकुर गीत गाइन्छ । जस्तैः महटौंक आगनाम खररा बिछाइ रे हाँ महटौंक आगनाम गोंडरी बिछाइ रे हाँ सखिए हो महटौंक आगनाम बैसना बखेर महटौंक आगनाम हाँसली ओ खेलली रे हाँ सखिए हो इह रि आगनवा छुट्टी मैयाँ लाग महटौंक आगनाम हाँसली ओ खेलली रे हाँ सखिए हो इह रि बहरिया छुट्टी मैयाँ लाग महटौंक आगनाम हाँसली ओ खेलली रे हाँ सखिए हो इह रि आगनाम सोन फुला फूल महटौंक बहरियाम डरिया बिछाइ रे हाँ सखिए हो महटौं जे डरहीं हजार रूपडान आझुक डिनम हाँसबी ओ खेलबी रे हाँ सखिए हो काल्हिक डिनवाम हुइबी जोरा फुट ।                            (स्रोतः मानबहादुर चौधरी) अर्थात् महटौंको आँगनमा गुन्द्री ओछ्याइएको छ । यही आँगनमा हाँसेको र खेलेको अब यो छोड्नुपर्दा दुःख लागेको छ । यो घरको पिँढी छोड्दा दुःख लागेको छ । यो आँगनमा सुन फूल फुलोस् । महटौंको पिँढीमा कम्बल ओछ्याइएको छ । महटौले हजार रुपैयाँ दान दिए । आजको दिन त सँगै हाँस्यौं खेल्यौं, भोलिको दिन त छुट्नैपर्छ । यो गीतको भावार्थमा बरघर पुनः छनोट नहुने संकेतले उनको घरको आँगन छुट्ने संकेत छ । राम्रो काम गरेकाले आँगनमा सुन फूल फुल्ने आशीर्वाद दिइएको छ । मघौटा नाचपछि भैलो खेल्दा रकम दिनु परेझैं महटौंसँग हजार रुपैयाँको आशा गरिएको छ । सबैभन्दा महत्त्वपूर्ण कुरा बसाइँसराइ गरेर गए भोलिको दिन भेट हुन नसक्ने मर्म बोकेको छ । ढमार साँझ धुनी जगाइ इष्टमित्रसँग रात जाग्राम बसी खानपान गर्दै मादल र डफको तालमा गीत गाइन्छ । महिला र पुरुष दुवैले गाउने ढमार गीत विशेष गरी पुरुषले नै बढी गाउने चलन छ । रातभरि ढमार गाएपछि बिहान नजिकैको कुलो, खोला, नदीमा नुहाउन जाने र ठूलाबडाको आशीर्वाद लिने चलन छ । माघ १ लाई थारूहरूले नयाँ वर्षका रूपमा मनाउँछन् । ठाउँ विशेषअनुसार माघ पर्वलाई माघ, माघ डेवानी, खिचरी, तिला संक्राइका नामले चिनिने भए पनि लगभग उस्तै–उस्तै तरिकाले मनाइन्छ । मौलिक माघको थारू गीत भने पश्चिमा थारूहरूले गाउने र नाच्ने गरेका छन् । थारू संस्कृति अध्ययनकर्ता रामसागर चौधरी पहिले पहिले पूर्वका थारूले माघमा झुमरा गीत गाउँदै नाच्ने गरे पनि अहिले चलनमा परिवर्तन आएको बताउँछन् । उनका अनुसार पूर्वीया थारूहरूमा माघकै लागि भनेर छुट्टै मौलिक गीतहरू छैनन् । माघमा ढमार गीतसँगै मघौटा नाचले विशेष अर्थ राख्छ । ठाउँअनुसार कतै मघौटा गीत मात्र गाइन्छ भने कतै गाउँदै नाचिन्छ । सेन्डुराले मग्नु बाबा सेन्डुरा नै लेहलो रे हाँ सेडुरका कारण बाबा छोरी डेबुँ देशवा टोहाँर सखियै हो टिकुली ले मग्नु बाबा टिकुली नै लेहलो रे हाँ टिकुलिक करण बाबा छोरी डेबुँ देशवा टोहाँर सखियै हो अर्थात् सिन्दुर र टीका किनिमाग्दा बाबाले नकिनिदिएपछि गाउँ नै छाडेर जाने छोरीले घुर्की लगाएको गीतको भावले बुझाउँछ । लोप हुने संघारमा माघ मनाउने शैलीमा जिल्ला र भेगअनुसार पनि फरक देखिन थालेको छ । मादलको तालमा गुञ्जायमान रहने गाउँमा अहिले डिजे तथा आधुनिक गीतहरू बढी सुनिन्छन् । मौलिकता बोकेका थारू गीतहरू बुढापाकामा सीमित भइरहेको देखिन्छ । थारू तथा नेपाली मिश्रित गीतहरू अहिले बढी युवापुस्ताले रुचाएको देखिन्छ । जस्तैः कता हिँडेउ साली जुल्फी लर्काउँदै ठमठम साली कम्मरै मर्काउँदै लाल रेबन भाटु मेलामा किनेको ढकिया बोकी भाटु बजारमा हिनेको रेशम चौधरीको यो गीत अहिले टिकटकमा भाइरल भइरहेको देखिन्छ । गैरथारूहरूको पनि मुखमा झुन्डिएको यो गीतमा थारू र नेपाली भाषा मिश्रित भएकाले पनि रुचाएको पाइन्छ । समयसँगै युवाहरूको रुचि र फ्युजन संगीत मन पराउनु नौलो नभए पनि मौलिकपन हराइरहेकामा दुःख व्यक्त गर्छन् थारू लेखक सोम डेमनडौरा । उनी भन्छन्, ‘हिजोआज मुस्किकले केहीले मात्र मौलिक गीतहरू गाउँछन् । सामूहिक लहान गर्न जाने बेला नाच्दै गाउँदै रमाउने चलन कम हुँदै गएको देखिन्छ । युवाहरू जाँड खाएर सांस्कृतिक कार्यक्रममा रमाइरहेका छन् । आधुनिक गीतमा फ्युजन नै भए पनि मौलिकता भुल्नुभएन ।’ उनले माघको अवसरमा आयोजना हुने महोत्सवमा परम्परागत गीत र नाचको प्रवर्द्धनभन्दा पनि व्यापारिक ध्येयले जाँडरक्सीमा सीमित हुन पुगेको बताए । ‘मादल, डफ जस्ता बजाउन सिकाउन आवश्यक छ । मादल नै बजाउन आएन भने गीतको के काम ? यसमा बरघरले नेतृत्व लिन सक्छन्,’ उनले भने । दाङका गायक माधव चौधरी थारू बूढा मादलेहरू हराउँदै गएको तथा युवाहरूले मादल बजाउन नसिक्नाले थारू मौलिक नाच पनि संकटमा परेको बताउँछन् । उनी भन्छन्, ‘कतिपय गाउँमा थारू युवतीहरू नाच्न इच्छुक छन् । तर, गाउँमा मादले नभएर मघौटा त टाढाको कुरा दसैंमा महिना दिन नाचिने संख्या नाच पनि लोप हुन थालेको छ ।’ गायक चौधरीको विचारमा थारूहरूको छाता संगठन थारू कल्याणकारिणी सभा (थाकस), थारू जनप्रतिनिधि तथा थरूहटका स्थानीय निकायले थारू गीतको संरक्षण संवर्द्धनमा ध्यान दिनु जरुरी छ । थारू अगुवा दिलबहादुर चौधरी पनि थारू मौलिक गीत संकलन र संरक्षणको अभावमा लोप हुने अवस्थामा रहेको बताउँछन् । ढमार गीतसमेतका सर्जक उनी माघ र माघको मौलिक गीत जोगाउन ढमार, मघौटा गीत तथा नाचको प्रतियोगिता गर्न सकिने बताउँछन् । उनका अनुसार ढमारजस्ता गीतको संकलन तथा अनुसन्धान हुन जरुरी छ । भन्छन्, ‘हामीले गाउँमा यससम्बन्धी पुनर्जागरणका लागि ढमार नाच्न तथा गाउनका लागि केही सहयोग वडाबाट पनि मागेका छौं । ४० कटेकाले मात्र अहिले यो गीत गाउने गरेको देखिन्छ । पुस्ता हस्तान्तरणको आवश्यकता देखिन्छ,’ उनले भने । दाङ देउखरी, मानपुरकी १९ वर्षीया विद्यार्थी प्रज्ञा चौधरीले नयाँ पुस्ताहरूलाई मौलिक गीतमा तान्न अभिभावकहरूले पनि मुख्य भूमिका खेल्न सक्ने बताउँछिन् । उनलाई थारूहरूको मौलिक गीतबारे धेरथोर मात्र थाहा भएको र बिहेमा गाइने मौलिक गीतमात्र गुनगुनाउन जानेको बताइन् । ‘मलाई पुराना गीतहरू मन पर्छ, सिक्न पनि मन छ । हजुरआमा र आमाहरूले गाएको सुनेको छु । आधुनिक गीतसँगै हामीले मौलिक गीतलाई पनि प्राथमिकता दिनुपर्छ,’ उनी भन्छिन्, ‘अभिभावकहरूले पनि सुनाउनु र सिकाउनुपर्छ, सिक्न प्रेरित गर्नुपर्छ ।’ विगतमा १० वर्ष थारू गाउँको अगुवा बरघरसमेत रहिसकेका मित्रलाल चौधरी सांस्कृतिक पहिचान बचाउन लागिपरेका छन् । माघको अवसरमा उनले आफ्नो गाउँमा यही माघमा मघौटा नाचको प्रतियोगिता आयोजना गरेको बताए । ‘संरक्षण आवश्यक छ । म गीत र नाचलाई कसरी संरक्षण गर्ने भनेर लागिपरेको छु । अहिले बरघर नभए पनि अरूलाई सल्लाह सुझाव दिन्छु,’ उनले भने । कान्तिपुरबाट

चयन हुन सकेन सुदूरपश्चिम प्रदेश सभाको सभामुख

चयन हुन सकेन सुदूरपश्चिम प्रदेश सभाको सभामुख

१३४४ दिन अगाडि

|

३० पुष २०७९

केन्द्र सरकारलाई समर्थन गरे पनि सरकारमा नगएको नागरिक उन्मुक्ति पार्टीले एमालेबाट उम्मेदवार रहेका सुदूरपश्चिम सरकारको मुख्यमन्त्रीलाई समर्थन जनाएपछि प्रदेश सरकारमा जाने आकलन गरिएको थियो । किनकि नागरिक उन्मुक्ति पार्टीको भागमा उपसभामुख छुट्याइएको चर्चा आएको थियो । तर शनिबार नागरिक उन्मुक्ति पार्टी तटस्थ बस्दा सुदूरपश्चिम प्रदेशको सभामुख चयन हसन सकेन । गठबन्धनप्रति विश्वास नलागेको भन्दै नागरिक उन्मुक्ति पार्टी तटस्थ बसेर निर्वाचनमा सहभागी नभएको हो। संसदमा बोल्दै नागरिक उन्मुक्ति पार्टीका प्रमुख सचेतक लक्ष्मणकिशोर चौधरीले मन्त्री बनाउने विषयमा सहमति नै नगरीकन दुई जना मन्त्रीलाई मुख्यमन्त्रीले नियुक्त गरेको भन्दै आफ्नो पार्टीको असन्तुष्टि जनाए। शनिबार भएको चुनावमा काँग्रेसका सभामुख पदका उम्मेदवार मानबहादुर रावलले पक्षमा २२ र विपक्षमा २२ मत पाए। नागरिक उन्मुक्तिका ७ जना तटस्थ रहे। दोस्रो प्रस्तावमा सत्ता पक्षबाट माओवादीका भीम भण्डारीले पक्षमा २२ र विपक्षमा पनि २२ मत पाए। उनलाई पनि मतदान नगरी नागरिक उन्मुक्ति तटस्थ रह्यो। स्मरण रहोस्, यसअघि पुस २८ गते भएको निर्वाचनमा एक मत बदर भएर बझाङबाट चुनाव जितेका माओवादीका भण्डारी सभामुख हुन सकेनन् । यहाँ सभामुख चयनका लागि कम्तीमा २७ मत आवश्यक पर्छ। अहिलेलाई संघीय तथा प्रदेश कुनै सरकारमा नजाने भनिरहेको नागरिक उन्मुक्तिले सुदूरपश्चिमका मुख्मन्त्रीले विना सल्लाह २ जनालाई विना विभागीय मन्त्रीको जिम्मेवारी दिएकोमा आपत्ति जनाएको छ । यसको अर्थ हाम्रो मुद्दा सम्बोधन हुने वित्तिकै हामी सरकारमा जान्छौ, हाम्रो पद सुरक्षित राखी छाड भन्ने उसको आशय रहेको एमालेका एक एक केन्द्रीय सदस्यले बताए ।