नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिने तर सरकारमा सहभागी नहुने बताएकी छन् ।
मंगलबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले रेशम चौधरीसहित थारु बन्दीहरु रिहा नभएसम्म आफूहरु प्रतिपक्षमै बस्ने बताइन् ।

‘तपाईंको सरकारलाई विश्वासको मत दिन्छौं, किनभने राष्ट्रपतिसमक्ष हस्ताक्षर गरेर समर्थन जनाइसकेपछि हामी झुटा हुन चाहँदैनौं’ उनले प्रधानमन्त्रीलाई भनिन्, ‘धेरै माननीयलाई लाग्ला विश्वासको मत दिएर पनि किन प्रतिपक्षमा भन्ने, यसको उत्तर तपाईंसँगै छ ।’
प्रधानमन्त्री प्रचण्डले दिएको मौखिक वाचा पूरा भएको भए आफूहरु सत्तापक्षकै कुर्सीमा बस्ने थियौं भन्दै अध्यक्ष श्रेष्ठले भनिन्, ‘जबसम्म हाम्रो माग पूरा हुँदैन, तबसम्म हामी प्रतिपक्षकै कुर्सीमा बस्नेछौं ।’
प्रधानमन्त्री नियुक्तिका लागि प्रचण्डलाई समर्थन गरेपछि आफूहरु निरन्तर मतदाताको सम्पर्कमा रहेको भन्दै उनले मतदाताले सरकारमा नजान खबरदारी गरेको पनि बताइन् ।
‘मतदाताहरुले हामीलाई भनेका छन्, सम्पूर्ण कारागारमा रहेका थारु बन्दीको रिहा नभएसम्म मन्त्रालयको दैलो नटेक्नू’ अध्यक्ष श्रेष्ठले भनिन् ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कानुनसम्मत ढंगले रेशम चौधरीलाई रिहा गराउने बताएका छन् ।

प्रतिनिधिसभामा विश्वासको मत मागेका उनले सांसदहरुले उठाएका प्रश्नको जवाफ दिँदै उनले संसदबाट कानुन बनाएर रेशम चौधरीलाई कानुनसम्मत ढंगले रिहा गराउने बताएका हुन् ।
तराई मधेश अन्य राजनीतिक दलसँग विगतमा भएको समझदारीका आधारमा अध्यादेश बनाएर भए पनि रेशम चौधरीसहित नेता कार्यक्र्तालाई छुटाउन पहल गरेको पनि उनले बताए ।
तर संसद सुरु भइसकेकाले अब संसदबाटै कानुन बनाएर रेशम चौधरीको रिहाइ गर्ने उनको भनाइ छ । ‘अब त सदन सरु भइसक्यो, अब कानुनसम्मत ढंगले उहाँसहित अरु त्यस किसिमले बन्दी बनाइएका सबै नेता कार्यकर्तालाई छुटाउने वातावरण बनाइन्छ’ उनले भने ।
आफूले यस विषयमा सात्ता साझेदार दलको संयन्त्रमा पनि छलफल गरिसकेको भन्दै प्रधानमन्त्री प्रच्ण्डले संयन्त्रको बैठकमा पनि छिटो भन्दा छिटो पहल गर्ने सहमति भएको बताए ।
रेशम चौधरीको मुद्दा अदालतमा पुगिसकेका कारण केही जटिल रहेको भन्दै उनले भने, ‘ऐनको समुचित व्यवस्था गरेर अन्यायपूर्ण रुपमा बन्दी बनाइएकाहरुलाई छुटाउने पहल गर्छौं ।’
आफूले सार्वजिनक समारोहमा रेशम चौधरीलाई अन्याय भएको र त्यसबाट न्याय दिनुपर्छ भन्दै आएको पनि प्रधानमन्त्री प्रचण्डले बताए ।
नेकपा एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले रेशम चौधरीको रिहाइको माग गरेका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिने सन्दर्भमा मंगलबार संसद बैठकलाई सम्बोधन गर्दै उनले रेशम चौधरीलाई तत्काल रिहाइ गर्न माग गरेका हुन् ।

‘टीकापुर घटनाको सन्दर्भमा रेशम चौधरीलाई रिहाइ गर्ने कुरामा सरकारले उच्चतम प्राथमिकता दिएर उहाँलाई रिहाई गर्न ध्यान जाओस्’, उनले भने । २०७२ भदौमा टीकापुरमा भएको थारु आन्दोलनका क्रममा ८ जनाको मृत्यु भएको थियो । सो घटनामा दोषी ठहर भई चौधरी हाल डिल्लीबजार कारागारमा छन् ।
प्रकाशित:
१३४८ दिन अगाडि
|
२६ पुष २०७९
५ दिन अगाडि
|
२९ भदौ २०८३
६ दिन अगाडि
|
२८ भदौ २०८३
१९ दिन अगाडि
|
१५ भदौ २०८३
२१ दिन अगाडि
|
१३ भदौ २०८३
२१ दिन अगाडि
|
१३ भदौ २०८३
२७ दिन अगाडि
|
७ भदौ २०८३
३६ दिन अगाडि
|
२९ साउन २०८३
१४३९ दिन अगाडि
|
२५ असोज २०७९
१४७४ दिन अगाडि
|
२१ भदौ २०७९
१४८३ दिन अगाडि
|
१२ भदौ २०७९
१४३८ दिन अगाडि
|
२६ असोज २०७९
१३८८ दिन अगाडि
|
१५ मंसिर २०७९
१४४४ दिन अगाडि
|
२० असोज २०७९
१३७६ दिन अगाडि
|
२७ मंसिर २०७९