Above News Title

ठूला दलका शीर्ष नेताहरूबाट रेशम निर्दोष भएको स्वीकारोक्तिले न्यायको आशः रन्जिता

रन्जिताले बुझाइन् सर्वोच्च अदालतको लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्नू भन्ने फैसलाको प्रतिलिपि 
ठूला दलका शीर्ष नेताहरूबाट रेशम निर्दोष भएको स्वीकारोक्तिले न्यायको आशः रन्जिता

नागरिक उन्मुक्ति पार्टीकी केन्द्रीय अध्यक्ष रञ्जिता श्रेष्ठले रेशम चौधरीलाई काँग्रेस, एमाले र माओवादीजस्ता ठूला पार्टीका कार्यकर्ता नभएकै कारण झुटा मुद्दा लगाएको धारणा राखेकी छिन् ।

सोमबार प्रतिनिधिसभाको पहिलो बैठकलाई सम्बोधनका क्रममा उनले आफ्नो अधिकार मागेर हिँडेका चौधरीसहित राजबन्दीलाई थारूको छोरा भएकै कारण जेलमा हालेको दुःखेसो पोखिन् ।

टीकापुरमात्र होइन, अन्य स्थानमा भएका हत्या हिंसाको पक्षमा आफूहरू पनि नरहेको भन्दै उनले न्यायका नाममा राज्यले ज्यादती गर्न नपाइने जिकिर गरिन् ।

लाल आयोगको प्रतिवेदन सार्वजनिक नगरेर सरकारले अदालतको आदेश नमानेको पनि उनको आरोप थियो । शेरबहादुर देउवा, केपी शर्मा ओली, पुष्पकमल दाहाल प्रचण्ड, गगन थापा, रवि लामिछानेले समेत रेशम चौधरी निर्दोष रहेको अभिव्यक्ति दिएको स्मरण गराउँदै उनले उनको न्यायका लागि सहयोग गर्न आग्रह गरिन् । 

साथै, अध्यक्ष श्रेष्ठले सर्वोच्च अदालतको लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्नू भन्ने फैसलाको प्रतिलिपि ज्येष्ठ सदस्य सभामुखलाई बुझाएकी थिइन् । उनले ठूला राजनीतिक दलका शीर्ष नैताहरुले नै रेशम चौधरी निर्दोष भएको सकारी सकेकाले आफूले न्यायको आश गरेको बताइन् । 

‘२०७२ भदौ ७ गते टीकापुर थारु आन्दोलनको बारेमा सबै सांसदहरुलाई सर्वविदितै छ । टीकापुर घटना कुनै बन्द कोठामा घटाइएको होइन’, उनले भनिन्, ‘टीकापुर घटनालाई साक्षात रूपमा हेर्ने हजारौँ आँखाहरु थिए । त्यो हजारौँको भीडमा नदेखिएको एउटा मानव आकृति माननीय रेशम चौधरीलाई निर्दोष थारुहरुलाई कारागारमा थुनिएर राखिएको छ । कानून ज्ञाताहरु भन्छन्, घटनास्थलमा अनुपस्थितलाई मुद्दा नै लगाउन पाइँदैन ।’

प्रकाशित:

१३४९ दिन अगाडि

|

२५ पुष २०७९

रेशम चौधरीको उम्मेदवारी विरुद्ध उजुरी किन ?
रेशम चौधरीको उम्मेदवारी विरुद्ध उजुरी किन ?

१४३९ दिन अगाडि

|

२५ असोज २०७९

डा. केआई सिंहको बिर्तावाल ‘गुलयारी’ : थारू उपर कहिल्यै नमेटिने ती घाउहरू
डा. केआई सिंहको बिर्तावाल ‘गुलयारी’ : थारू उपर कहिल्यै नमेटिने ती घाउहरू

१४७४ दिन अगाडि

|

२१ भदौ २०७९

स्वतन्त्रहरु अनि नागरिक उन्मुक्ति पार्टीको उदयको दस्तक
स्वतन्त्रहरु अनि नागरिक उन्मुक्ति पार्टीको उदयको दस्तक

१४८३ दिन अगाडि

|

१२ भदौ २०७९

‘रेशम रक्तबीज हो, एक रेशमको उमेदवारी खारेजले हजार रेशम जन्मिन्छन्ः’ हिमाञ्चल भट्टराई
‘रेशम रक्तबीज हो, एक रेशमको उमेदवारी खारेजले हजार रेशम जन्मिन्छन्ः’ हिमाञ्चल भट्टराई

१४३८ दिन अगाडि

|

२६ असोज २०७९

टीकापुर घटनाको मुद्दा फिर्ता नलिइए नागरिक उन्मुक्तिका सांसदले शपथ नलिने 
टीकापुर घटनाको मुद्दा फिर्ता नलिइए नागरिक उन्मुक्तिका सांसदले शपथ नलिने 

१३८८ दिन अगाडि

|

१५ मंसिर २०७९

रातीसम्म नाचगान गरेको भन्दै टीकापुर प्रहरीबाट जानकीका ३ जनालाई पक्राउ
रातीसम्म नाचगान गरेको भन्दै टीकापुर प्रहरीबाट जानकीका ३ जनालाई पक्राउ

१४४४ दिन अगाडि

|

२० असोज २०७९

टीकापुर घटना राज्यसत्ताले चलाखीपूर्ण रूपमा घटाएको घटना होः मोहना अन्सारी
टीकापुर घटना राज्यसत्ताले चलाखीपूर्ण रूपमा घटाएको घटना होः मोहना अन्सारी

१३७६ दिन अगाडि

|

२७ मंसिर २०७९