Above News Title

नमस्ते बचत तथा ऋण सहकारीले बार्षिक १ करोड नाफा कमाउन सफल 

नमस्ते बचत तथा ऋण सहकारीले बार्षिक १ करोड नाफा कमाउन सफल 

नमस्ते बचत तथा ऋण सहकारी संस्था लिमिटेडको २० औं साधारण सभा नाचगानसहित धनगढीमा सम्पन्न भएको छ । 

सो अवसरमा कार्यक्रमका प्रमुख अतिथि धनगढी उमहानगरप्रमुख गोपाल बहादुर हमाल (गोपी) ले बिगतमा पश्चिम तराईमा रिक्सादेखि घर निर्माणसम्मका सबै काम भारतीय नागरिकहरुले गर्ने र भारतमा करोडौं रुपिया जाने गरेको तर अहिले ती काम थारुहरुले सम्हाल्दै करोडौं रकम भारत जानबाट रोकेकाले थारुहरु सुदूरपश्चिमका शान रहेको बताएका थिए । 

नमस्ते सहकारीका पूर्वप्रबन्धक कुन्न नारायण चौधरीले २५ जनाले ५÷५ हजारका दरले संस्थाको सुरुवात गरेको र हाल यो अवस्थामा पुगेकोले खुशी ब्यक्त गरेको थिए । राष्ट्रिय सहकारी बैंकका प्रबन्धक रावलले नमस्ते सहकारीको कार्यशैली, ब्यवस्थापन, यसले सञ्चालन गरिरहेको लघुबित्त शैली अरु भन्दा फरक रहेकोले राष्ट्रिय सहकारी बैंकको नजरमा प्रदेश स्तरमा राम्रो सहकारीको रुपमा छनौट भएको कुरा बताएका थिए । 

त्यसै गरी, नवजीवन सहकारीका संचालक समितिका सदस्य शिवकुमार फुलाराले नमस्ते सहकारीेले राखेको बासलातले सहकारी संस्था राम्रो रहेको र यसले भविष्यमा अझ प्रगति गर्ने कुरा जनाएका थिए । 

संस्थाले आफ्ना उत्कृष्ट बजार प्रतिनिधि, उत्कृष्ट कर्मचारी, उत्कृष्ट बचतकर्ता उत्कृष्ट ऋणी, उत्कृष्ट समूहलाई सम्मान गर्दै कार्यक्रममा आमन्त्रित प्रमुख अतिथि, अतिथिहरुलाई मायाको चिनो प्रदान गरेको थियो । साथै, वभिन्न प्रस्तावहरुलाई एकमतले अनुमोदन गर्दै जिल्लामा आफ्नो कार्य क्षेत्र बिस्तार गर्ने र “एक घर, एक शेयर धनी” को नारालाई मूल नारा बनाई अगाडि बढ्ने जनाएको छ ।  

प्रबन्धक विजय चौधरीले आजसम्म सहकारीमा ६ हजार ८४ शेयर सदस्य पुगिसकेको र आर्थिक मन्दीको यो बर्ष पनि संस्थाले १ करोड नाफा गरेको जानकारी दिएका थिए । 

यस संस्थामा बजार प्रतिनिधि, शेयर धनी, सञ्चालक सबै थारु समुदायका छन् भने कैलाली बहुमुखी क्याम्पस र गुरही चौकको बिचमा यसको आफ्नै ४ तल्ले भवन रहेको छ । 

साधारण सभा नमस्ते बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष जगतराम चौधरीको अध्यक्षतामा भएको थियो भने राष्ट्रिय सहकारी बैंक धनगढी शाखाका प्रबन्धक कृष्ण बहादुर रावल, थाकस कैलालीका काबा अध्यक्ष माधव थारुले शुभकामना मन्तब्य दिएका थिए । 

प्रकाशित:

१३४८ दिन अगाडि

|

२६ पुष २०७९

रेशम चौधरीको उम्मेदवारी विरुद्ध उजुरी किन ?
रेशम चौधरीको उम्मेदवारी विरुद्ध उजुरी किन ?

१४३९ दिन अगाडि

|

२५ असोज २०७९

डा. केआई सिंहको बिर्तावाल ‘गुलयारी’ : थारू उपर कहिल्यै नमेटिने ती घाउहरू
डा. केआई सिंहको बिर्तावाल ‘गुलयारी’ : थारू उपर कहिल्यै नमेटिने ती घाउहरू

१४७४ दिन अगाडि

|

२१ भदौ २०७९

स्वतन्त्रहरु अनि नागरिक उन्मुक्ति पार्टीको उदयको दस्तक
स्वतन्त्रहरु अनि नागरिक उन्मुक्ति पार्टीको उदयको दस्तक

१४८३ दिन अगाडि

|

१२ भदौ २०७९

‘रेशम रक्तबीज हो, एक रेशमको उमेदवारी खारेजले हजार रेशम जन्मिन्छन्ः’ हिमाञ्चल भट्टराई
‘रेशम रक्तबीज हो, एक रेशमको उमेदवारी खारेजले हजार रेशम जन्मिन्छन्ः’ हिमाञ्चल भट्टराई

१४३८ दिन अगाडि

|

२६ असोज २०७९

टीकापुर घटनाको मुद्दा फिर्ता नलिइए नागरिक उन्मुक्तिका सांसदले शपथ नलिने 
टीकापुर घटनाको मुद्दा फिर्ता नलिइए नागरिक उन्मुक्तिका सांसदले शपथ नलिने 

१३८८ दिन अगाडि

|

१५ मंसिर २०७९

रातीसम्म नाचगान गरेको भन्दै टीकापुर प्रहरीबाट जानकीका ३ जनालाई पक्राउ
रातीसम्म नाचगान गरेको भन्दै टीकापुर प्रहरीबाट जानकीका ३ जनालाई पक्राउ

१४४४ दिन अगाडि

|

२० असोज २०७९

टीकापुर घटना राज्यसत्ताले चलाखीपूर्ण रूपमा घटाएको घटना होः मोहना अन्सारी
टीकापुर घटना राज्यसत्ताले चलाखीपूर्ण रूपमा घटाएको घटना होः मोहना अन्सारी

१३७६ दिन अगाडि

|

२७ मंसिर २०७९