Above News Title

काठमाडौँमा थारु राष्ट्रिय माघी महोत्सव हुने

काठमाडौँमा थारु राष्ट्रिय माघी महोत्सव हुने

यस वर्षको माघी पर्वको अवसरमा थारु राष्ट्रिय माघी महोत्सव हुने भएको छ । माघी पर्वको अवसरमा काठमाडौँको टुँडिखेलमा ‘थारु राष्ट्रिय माघी महोत्सव–२०७९ काठमाडौँ’ हुन लागेको हो । 

थारु कल्याणकारिणी सभाको संयोजनमा थारु राष्ट्रिय माघी महोत्सव २०७९ मूल आयोजक समितिको आयोजनामा पुस ३० गते र माघ १ गते महोत्सव हुने मूल आयोजक समितिले जानकारी दिएको छ । माघी पर्वलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रचारप्रसार गरी थारु संस्कृतिको संरक्षण, संवर्द्धन र प्रवर्द्धन गर्ने उद्देश्यका साथ महोत्सव गर्न लागिएको आयोजकले जनाएको छ ।

 ‘थारु संस्कृतिको संरक्षण, संवर्द्धन र प्रवर्द्धनमा हाम्रो अभियान, न्याय, समानता र अधिकारका लागि हाम्रो आन्दोलन’ भन्ने मूल नाराको साथमा हुन लागेको महोत्सव माघ १ गते मध्यान्ह १२ बजे प्रधानमन्त्री पुष्पकमल दाहालले उद्घाटन गर्नुहुने मूल आयोजक समिति सदस्य कानुनलाल चौधरीले जानकारी दिए । 

महोत्सवमा थारु सांस्कृतिक झाँकी र्‍याली प्रदर्शन, सांस्कृतिक प्रस्तुति, थारु खानपिन प्रदर्शनी एवं बिक्री, थारु सीप हस्तकला प्रदर्शन, पुस्तक प्रदर्शनी र बिक्री, मोटरसाइकल र्‍याली लगायतका विभिन्न कार्यक्रमहरू रहेको उनले बताए । 

 खानपिन, हस्तकला, पुस्तक प्रदर्शनी लगायतका १०० वटा स्टल राखिने सदस्य चौधरीले जानकारी दिए । उनका अनुसार पुस ३० गते बिहान ७ बजे कोटेश्वरबाट मोटरसाइकल र्‍याली सुरु भई भृकुटीमण्डपमा समापन हुनेछ भने माघ १ गते बिहान १० बजे थारु संस्कृति, भेसभुसा, बाजागाजासहित वसन्तपुरमा जम्मा भएर झाँकी र्‍याली प्रदर्शनसहित रत्नपार्क परिक्रमा गर्ने कार्यक्रम पनि रहेको छ । महोत्सवको व्यवस्थापनका लागि करिब १५ लाख रुपैयाँ खर्च हुने आयोजकको अनुमान रहेको मूल समारोह समिति सदस्य कानुनलाल चौधरीले बताए । 

प्रकाशित:

१३४७ दिन अगाडि

|

२७ पुष २०७९

रेशम चौधरीको उम्मेदवारी विरुद्ध उजुरी किन ?
रेशम चौधरीको उम्मेदवारी विरुद्ध उजुरी किन ?

१४३९ दिन अगाडि

|

२५ असोज २०७९

डा. केआई सिंहको बिर्तावाल ‘गुलयारी’ : थारू उपर कहिल्यै नमेटिने ती घाउहरू
डा. केआई सिंहको बिर्तावाल ‘गुलयारी’ : थारू उपर कहिल्यै नमेटिने ती घाउहरू

१४७४ दिन अगाडि

|

२१ भदौ २०७९

स्वतन्त्रहरु अनि नागरिक उन्मुक्ति पार्टीको उदयको दस्तक
स्वतन्त्रहरु अनि नागरिक उन्मुक्ति पार्टीको उदयको दस्तक

१४८३ दिन अगाडि

|

१२ भदौ २०७९

‘रेशम रक्तबीज हो, एक रेशमको उमेदवारी खारेजले हजार रेशम जन्मिन्छन्ः’ हिमाञ्चल भट्टराई
‘रेशम रक्तबीज हो, एक रेशमको उमेदवारी खारेजले हजार रेशम जन्मिन्छन्ः’ हिमाञ्चल भट्टराई

१४३८ दिन अगाडि

|

२६ असोज २०७९

टीकापुर घटनाको मुद्दा फिर्ता नलिइए नागरिक उन्मुक्तिका सांसदले शपथ नलिने 
टीकापुर घटनाको मुद्दा फिर्ता नलिइए नागरिक उन्मुक्तिका सांसदले शपथ नलिने 

१३८८ दिन अगाडि

|

१५ मंसिर २०७९

रातीसम्म नाचगान गरेको भन्दै टीकापुर प्रहरीबाट जानकीका ३ जनालाई पक्राउ
रातीसम्म नाचगान गरेको भन्दै टीकापुर प्रहरीबाट जानकीका ३ जनालाई पक्राउ

१४४४ दिन अगाडि

|

२० असोज २०७९

टीकापुर घटना राज्यसत्ताले चलाखीपूर्ण रूपमा घटाएको घटना होः मोहना अन्सारी
टीकापुर घटना राज्यसत्ताले चलाखीपूर्ण रूपमा घटाएको घटना होः मोहना अन्सारी

१३७६ दिन अगाडि

|

२७ मंसिर २०७९