Above News Title

खिचरा महोत्सवको उदघाटन गृहमन्त्री रवि लामिछानेले गर्ने

खिचरा महोत्सवको उदघाटन गृहमन्त्री रवि लामिछानेले गर्ने

चितवनः आठौं संस्करणको ‘खिचरा महोत्सव–२०७९’ को समुदघाटन गृहमन्त्री रवि लामिछानेले गर्नुहुने भएको छ । खिचरा महोत्सव आयोजक समितिले बुत्रबार एक प्रेस विज्ञप्ति जारी गर्दै महोत्सवको समुदघाटन गृहमन्त्री रवि लामिछानेले गर्नुहुने जानकारी गराएका छन्। 

पुस २८ गते गृहमन्त्री आउने भएपछि जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी उपरीक्षक नवराज अधिकारीले आज अपरान्ह महोत्सव स्थलको निरीक्षण समेत गरेका छन् ।

खैरहनी नगरपालिका–५, जबकौलीस्थित गौचरनमा हुने महोत्सवको सम्पूर्ण तयारी पुगेको आयोजकले जनाएका छन् । महोत्सव समुदघाटन अघि मंगनी चोकदेखि महोत्सव स्थलसम्म बृहत झाँकीसहितको शोभा यात्रा निकालिने महोत्सव मुल आयोजक समितिका संयोजक कृष्णलाल चौधरीले जानकारी दिए ।

महोत्सवमा जिल्लास्तरीय भलिबल प्रतियोगिता, डान्सि आइडल, चित्रकला प्रतियोगिता, कृषि उपज प्रतियोगिता, पेहनी होड, रक्तदान कार्यक्रम, आँखा शिबिर, क्यान्सर स्क्रिनिङ कार्यक्रमका साथै दैनिक विशेषज्ञ चिकित्सकहरुद्धारा निःशुल्क स्वास्थ्य सेवा उपलब्ध हुनेछन् । 

महोत्सवमा मनोरञ्जनात्मक कार्यक्रमहरुमा स्थानीय तथा राष्ट्रिय स्तरका गायक कलाकारहरुबाट  विविध साँस्कृति कार्यत्रक्रम, बाल उद्यानहरु समेत रहनुका साथै विभिन्न खानाका परिकार र व्यापारिक स्टलहरु समेत रहने आयोजकले जनाएको छ ।

थारु कल्याणकारिणी सभा क्षेत्र नं. ७, चितवनले आयोजना गरेको आठौं खिचरा महोत्सवको खैरहनी नगरपालिका र थारु कल्याणकारिणी सभा चितवन संरक्षक र खैरहनी चेम्बर अफ कमर्शले सहआयोजकको भूमिका निर्वाह गरेको महोत्सवका प्रवक्ता नारायण प्रसाद महतोले जानकारी गराएका छन् । महोत्सव पुस २८ देखि माघ ४ गतेसम्म हुनेछ । 
 
प्रकाशित:

१३४७ दिन अगाडि

|

२७ पुष २०७९

रेशम चौधरीको उम्मेदवारी विरुद्ध उजुरी किन ?
रेशम चौधरीको उम्मेदवारी विरुद्ध उजुरी किन ?

१४३९ दिन अगाडि

|

२५ असोज २०७९

डा. केआई सिंहको बिर्तावाल ‘गुलयारी’ : थारू उपर कहिल्यै नमेटिने ती घाउहरू
डा. केआई सिंहको बिर्तावाल ‘गुलयारी’ : थारू उपर कहिल्यै नमेटिने ती घाउहरू

१४७४ दिन अगाडि

|

२१ भदौ २०७९

स्वतन्त्रहरु अनि नागरिक उन्मुक्ति पार्टीको उदयको दस्तक
स्वतन्त्रहरु अनि नागरिक उन्मुक्ति पार्टीको उदयको दस्तक

१४८३ दिन अगाडि

|

१२ भदौ २०७९

‘रेशम रक्तबीज हो, एक रेशमको उमेदवारी खारेजले हजार रेशम जन्मिन्छन्ः’ हिमाञ्चल भट्टराई
‘रेशम रक्तबीज हो, एक रेशमको उमेदवारी खारेजले हजार रेशम जन्मिन्छन्ः’ हिमाञ्चल भट्टराई

१४३८ दिन अगाडि

|

२६ असोज २०७९

टीकापुर घटनाको मुद्दा फिर्ता नलिइए नागरिक उन्मुक्तिका सांसदले शपथ नलिने 
टीकापुर घटनाको मुद्दा फिर्ता नलिइए नागरिक उन्मुक्तिका सांसदले शपथ नलिने 

१३८८ दिन अगाडि

|

१५ मंसिर २०७९

रातीसम्म नाचगान गरेको भन्दै टीकापुर प्रहरीबाट जानकीका ३ जनालाई पक्राउ
रातीसम्म नाचगान गरेको भन्दै टीकापुर प्रहरीबाट जानकीका ३ जनालाई पक्राउ

१४४४ दिन अगाडि

|

२० असोज २०७९

टीकापुर घटना राज्यसत्ताले चलाखीपूर्ण रूपमा घटाएको घटना होः मोहना अन्सारी
टीकापुर घटना राज्यसत्ताले चलाखीपूर्ण रूपमा घटाएको घटना होः मोहना अन्सारी

१३७६ दिन अगाडि

|

२७ मंसिर २०७९