Above News Title

खिचरा महोत्सवमा हुने कृषि प्रदर्शनीबाट कृषकहरू उत्साहित

खिचरा महोत्सवमा हुने कृषि प्रदर्शनीबाट कृषकहरू उत्साहित

कारी महतो     

चितवन जिल्लाको खैरहनी नगरपालिका वडा नं. ९ निवासी विक्रम पञ्जियार नेपाली काँग्रेसको खैरहनी नगर उपसभापति हुन् । राजनीतिलाई पेशाको रुपमा नहेरी समाजसेवाको रुपमा हेर्ने पञ्जियारले आफ्नै वडामा आधुनिक कृषि फर्म स्थापना गरी तीन विघा क्षेत्रफलमा व्यावसायिक तरकारी खेती गरिरहेका छन् ।

सोही नगरपालिका वडा नं. ६ निवासी पुरन महतो वैदेशिक रोजगारीबाट फर्केर २०५९ सालदेखि व्यावसायिक तरकारी खेती गरिरहेका छन् । वैदेशिक रोजगारीबाट कमाएको रकमबाट ट्रेक्टर किनेर सात विघामा व्यावसायिक तरकारी खेती सुरु गरेका थिए । हाल उनले लालीगुराँस कृषि फर्म स्थापना गरी तीन विघामा तरकारी खेती गरिरहेका छन् । 

राप्ती नगरपालिका वडा नं. ६ निवासी मानकुमार चौधरीले एक विघा क्षेत्रफलमा निर्वाहमुखी खेती गर्दै आएका थिए । हाल उनले पाँच कट्ठा क्षेत्रफलमा अर्गानिक तरकारी खेती गरिरहेका छन् । उनी जिल्ला अर्गानिक समितिको सहसचिव र जिल्ला आइपिएम संघको सल्लाहकार हुन् । चौधरी अर्गानिक खेती निरीक्षकसमेत हुन् ।

विक्रम पञ्जियार, पुरन महतो र मान कुमार चौधरी तीनैजना कृषकहरुले अर्गानिक र गुणस्तरीय उत्पादनमा जोड दिनुपर्ने र त्यसका लागि सम्बन्धित निकायहरुले कृषक वर्गलाई सहयोग गर्नुपर्ने धारणा व्यक्त गरेका छन् । गुणस्तरीय कृषि उत्पादन गर्ने व्यावसायिक कृषकहरूलाई प्रोत्साहन गर्ने उद्देश्यले आठौं खिचरा महोत्सवमा प्रतियोगितात्मक कृषि उपज प्रदर्शनी आयोजना गरिएको छ । 

कृषि प्राविधिक एवं विज्ञहरूको समूहबाट कृषि उपजको गुणस्तर मूल्याङ्कन गराई पहिलो, दोस्रो, तेस्रो र चौथो हुनेलाई नगद पुरस्कार र प्रमाण पत्र दिइने कृषि संयोजक हरिकुमार चौधरीले जानकारी दिए । 

महोत्सवमा काउली, बन्दा, ब्रोकाउली, मूला, गाजर, चुकन्दर, गोलभेडा, भन्टा, खुर्सानी, भेडे खुर्सानी, घिउसिमि, हरियो केराउ, राजमा, काक्रो, लौका, फर्सी,स्क्वायस, कन्ये, गोब्रेच्याउ, प्याज, लसुन, अदुवा, केरा, उखु, ड्रागन फ्रुट, मकै, रायो, पालक साग ३० वटा उपज बीच प्रतिस्पर्धा हुनेछ । 

प्रतियोगितामा ४५० भन्दा बढी कृषकहरु सहभागी हुने अनुमान गरिएको छ । १२० जनालाई दुई लाख रुपैयाँ बराबर पुरस्कार प्रदान गरिने संयोजक चौधरीले बताए । 

थारू सँस्कृतिको जगेर्ना गर्ने उद्देश्यले खिचरा पर्वको अवसर पारेर थारू कल्याणकारिणी सभा चितवन क्षेत्र नं. ७ ले सुरूवात गरेको खिचरा महोत्सवको तेस्रो संस्करणदेखि कृषि, पर्यापर्यटन, उद्योग, व्यापार, व्यावसायलाई पनि जोड्दै आएको छ । यस वर्ष आठौं खिचरा महोत्सव पुस २८ देखि माघ ४ गतेसम्म खैरहनी नगरपालिका वडा नं. ५ को गौचरनमा हुने भएको छ ।


 

प्रकाशित:

१३४८ दिन अगाडि

|

२६ पुष २०७९

रेशम चौधरीको उम्मेदवारी विरुद्ध उजुरी किन ?
रेशम चौधरीको उम्मेदवारी विरुद्ध उजुरी किन ?

१४३९ दिन अगाडि

|

२५ असोज २०७९

डा. केआई सिंहको बिर्तावाल ‘गुलयारी’ : थारू उपर कहिल्यै नमेटिने ती घाउहरू
डा. केआई सिंहको बिर्तावाल ‘गुलयारी’ : थारू उपर कहिल्यै नमेटिने ती घाउहरू

१४७४ दिन अगाडि

|

२१ भदौ २०७९

स्वतन्त्रहरु अनि नागरिक उन्मुक्ति पार्टीको उदयको दस्तक
स्वतन्त्रहरु अनि नागरिक उन्मुक्ति पार्टीको उदयको दस्तक

१४८३ दिन अगाडि

|

१२ भदौ २०७९

‘रेशम रक्तबीज हो, एक रेशमको उमेदवारी खारेजले हजार रेशम जन्मिन्छन्ः’ हिमाञ्चल भट्टराई
‘रेशम रक्तबीज हो, एक रेशमको उमेदवारी खारेजले हजार रेशम जन्मिन्छन्ः’ हिमाञ्चल भट्टराई

१४३८ दिन अगाडि

|

२६ असोज २०७९

टीकापुर घटनाको मुद्दा फिर्ता नलिइए नागरिक उन्मुक्तिका सांसदले शपथ नलिने 
टीकापुर घटनाको मुद्दा फिर्ता नलिइए नागरिक उन्मुक्तिका सांसदले शपथ नलिने 

१३८८ दिन अगाडि

|

१५ मंसिर २०७९

रातीसम्म नाचगान गरेको भन्दै टीकापुर प्रहरीबाट जानकीका ३ जनालाई पक्राउ
रातीसम्म नाचगान गरेको भन्दै टीकापुर प्रहरीबाट जानकीका ३ जनालाई पक्राउ

१४४४ दिन अगाडि

|

२० असोज २०७९

टीकापुर घटना राज्यसत्ताले चलाखीपूर्ण रूपमा घटाएको घटना होः मोहना अन्सारी
टीकापुर घटना राज्यसत्ताले चलाखीपूर्ण रूपमा घटाएको घटना होः मोहना अन्सारी

१३७६ दिन अगाडि

|

२७ मंसिर २०७९